| न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Monday, 15 June 2009 15:31 | |||
![]() Illustration: eEyeCam
"इन्डियाले कुनै सीमा मिचेको छैन । हामी यस्तो पत्र लिन सक्दैनौं।" -संरासं भारतीय स्थाई नियोग
Updated: न्यू योर्क- भारतमा बरालिएका आफ्ना पुर्खाको थाँतथलो खोज्दै नेपालमा आएर आफ्नो जीवन नेपाल आमालाई अर्पेका, "देशले रगत मागे मलाई बली चढाऊ" अमर गीतका गायक, संगितकार तथा रचनाकार स्व. गोपाल योन्जनलाई भन्दा ज्यादा भारतको खप्की र पिडा अनि मातृभूमीको माया कस्लाई होला?
"बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरोमा जन्में, टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
म आगो सहन्छु अन्याय सहन्न
म त्रिश्णा सहन्छु, तिरस्कार सहन्न
मेरी शीर उडावोस बरु म त्यो सहन्छु
तर कोइ परायाले टेके सहन्न..."
-गोपाल योन्जन
यता न्यू योर्कमा आज घटेको घटना प्रसंग ठ्याक्क मिल्न गएको छ। भारतले नेपाली सीमा मिचेको तथा निर्दोस नेपालीहरु भारतीय सुरक्षाकर्मीहरुको अत्याचारको शिकार र बिस्थापित हुनु परेको बिषयलाई लिएर विश्वब्यापी बिरोध कार्यक्रमअनुसार न्यू योर्कबासी नेपालीहरुको एक प्रतिनिधि मन्डलले आज बिहान संयुक्त राष्ट्र संघका लागि भारतीय स्थाई नियोग मार्फत भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई बिरोध बिज्ञप्ती बुझाउन जाँदा नियोगका कर्मचारीहरुले ठाडै हकार्दै पत्र बुझ्न अस्विकार गरेका छन्। मानब अधिकारको रखवारी गर्ने राष्ट्र संघ र आफ्नो देशबिच सम्बन्ध स्थापित गर्ने सेतुको भूमिका निभाउने भारतीय नियोगको यस्तो निक्रिस्ट व्यबहारबाट प्रतिनिधि मन्डलमा सहभागी नेपालीहरु स्तब्ध र क्रुद्ध बनेकाछन् र सशक्त आन्दोलनकोलागि एक जुट हुन सम्पूर्ण न्यू योर्कबासी नेपालीहरुलाई अपील गरेका छन्।
यसरी हेपियो र अस्विकार गरियो
आज बिहान ९ बजे संयुक्त राष्ट्र संघ मुख्यालय कै सामुन्ने 235 East, 43rd St. न्यू योर्कको म्यानहट्टन शहरमा रहेको भारतीय स्थाई नियोग पुगेका नेपाली प्रतिनिधिहरुलाई त्यहाँका कर्मचारीहरुले साढे नौ बजे बिज्ञप्ती बुझाउन सकिने बताएका थिए। नेपाली प्रतिनिधिहरुले जब ९:३० मा भिजिटर काउन्टरमा गएर भारतीय स्थाई नियोग प्रतिनिधि हरदीप सिंह पुरीसंग भेट गर्ने पुन: माग गरे, त्यहाँका एक कर्मचारीले सबै प्रकारका चिट्ठीहरु कन्सुलर जनरललाई अर्को कार्यालयमा गएर बुझाउनु पर्ने बताएर पन्छिन खोजेका थिए।
Nepalese delegates in front of Indian Permanent Mission to the UN in New York. Photos: eEyeCam
तर नेपाली प्रतिनिधिहरुले "हामी भिसाका लागि आएका होइनौं, हामी हाम्रो देशको भु-भाग भारतले मिचेको कारण र हाम्रा नेपाली दाजु-भाई दिदी-बहिनी र परिवारहरु भारतीय सुरक्षाकर्मीहरुबाट अत्याचार र लेखेटाइ भोग्न परेकोले उक्त मानब अधिकार बिरोधी भारतीय कृयाकलापको बिरोध जनाउन तपाईंको प्रधानमन्त्रीलाई बिज्ञप्ती बुझाउन आएका हौँ र त्यो ठाउँ यही नै हो" भन्ने जवाफ दिएका थिए।
नेपाली प्रतिनिधि मन्डलको यो जवाफबाट नाजवाफ बनेका एक कर्मचारीले बिरोध पत्रको शिर्शक "Border encroachment and human rights violation by Indian security authorities in Nepal" भन्ने देख्ना साथ हेयको दृष्टिले हेर्दै कड्किएर "इन्डियाले कुनै सीमा मिचेको छैन । हामी यस्तो पत्र लिन सक्दैनौं।" भन्दै सुरक्षाकर्मी लगाएर प्रबेश कक्षबाट निकाल्न खोजेका थिए। त्यसपछि नेपाली प्रतिनिधिहरुले "अब हामी सङ्युक्त राष्ट्र संघ मार्फत तपाईंका प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाउन वाध्य हुने छौं किनकि तपाईंले हाम्रो शान्तीपूर्ण तवरबाट पेश गर्न आएको बिरोध पत्रलाईसमेत बुझ्न मान्नु भएन" भनेका थिए। तर नेपालीहरुको यो शिस्ट भाषाको त्यहाँ कुनै अर्थ रहेन। एक्कासी श्रीजना भएको तितो बातावरणको साक्षी बनेको यो पङ्क्तिकारले मनमनै प्रश्न गर्यो- अहो ! नेपालको सदियौँ पुरानो साँस्कृतिक र हाड नाता (सीमाना) जोडीएको भनिने छिमेकी मुलुकको यस्तो निक्रिस्ट व्यबहार ?
यसरी सोमबार एकाबिहानै आ-आफ्ना काम थाँती राखेर भारतीय स्थाई नियोग पुगेका नेपालीहरु भारतीयहरुको ठाडो खप्की र हेपाइ खान वाध्य हुनु पर्यो।
अब यस्तो ज्यादती र नजरअन्दाज कति सहने? आन्दोलनको तयारी
Sita Kharel and her friends.
न्यू योर्कस्थित भारतीय स्थाइ नियोगको उक्त हेपुवा रबैया घटनापछि प्रतिनिधि मन्डलमा सहभागी नेपालीहरुले आकस्मिक अनौपचारिक बैठक बसी आगामी जून २१ तारिख आईतवार १ बजे कुइन्सको ज्याक्सन हाइट्सस्थित थकाली किचन रेस्टुरेन्टमा न्यू योर्कबासी नेपालीहरुको एक भेला राख्ने निर्णय गरेको छ र भेलामा उपस्थित हुन न्यू योर्कमा कृयाशिल ३० भन्दाबेशी नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गरेको छ।
ईमेल र फ्याक्स गर्न कस्ले छेक्ने ?
भारतीयहरुले यसरी हाकाहाकी बिरोध पत्र बुझ्न आनाकानी गरेपछि 'युनाइटेड नेपालीज इन अमेरिका' (United Nepalese in Americas) नाम दिइएको उक्त प्रतिनिधि मन्डलले पत्र नबुझ्ने न्यू योर्कस्थित भारतीय स्थाइ नियोग, वासिङगटन डिसीस्थित भारतीय राजदूताबास र सोझै नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यालयहरुका फ्याक्स र ईमेल ठेगानामा संयुक्त बिरोध पत्र हरेक नेपालीहरुद्वारा प्रेशित गर्न अपील गरेको छ।
ति ठेगानाहरु यस प्रकार छन्:
New York, USA:
Hardeep Singh Puri
Permanent Representative
Permanent Mission of India to the UN
235 East 43rd Street, New York, NY-10017
Tel: 212-490-9690
Fax: 212-490-9656/9858
email:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Washington D.C. USA:
Ambassador (Ms) Meera Shankar
Embassy of India
2107 Massachusetts Avenue, N.W., Washington D.C. USA - 20008
Phone: (202) 939-7000
Fax: 202-65-4351 or 202-797-4693
Email:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
New Delhi, India:
Office of Prime Minister of India
South Block, Raisina Hill,
New Delhi, India-110 011.
Telephone: 91-11-23012312.
Fax: 91-11-23019545 / 91-11-23016857
अब कुनै ढिला सुस्ती नगरी झट्ट फ्याक्स मार्ने र ईमेल गर्ने होइन त?
अर्कोतिर, यस अभियानलाई अन्लाइन मार्फत विश्वब्यापी नेपालीहरुको डिजिटल हस्ताक्ष्यर संकलन गर्न अनलाइन पिटिसनको थालनी पनि गरिएको छ। जसअनुसार पहिलो एक लाख नेपालीहरुको डिजिटल सिग्नेचर छिट्टै संख्या पुग्नासाथ भारतीय प्रधानमन्त्रीलाई बुझाईने छ।
तपाईंको ईमेलमा पठाउने बिरोध बिज्ञप्ती पत्र डाउनलोड गर्न यो लिङ्कमा थिच्नुहोस्। त्यसपछि पुन: तपाईंको ईमेलमा एट्याच गर्नुहोस्।
Nepalese delegates in front of Indian Permanent Mission to the UN in New York. Photos: eEyeCam
उसो पनि टेक्नोलोजी र इन्टर्नेटको जमाना छ, फेरी हप्की र खप्कीसँग डराउने नेपाली हामी कहाँ हौं र? गीतै छ नि हाम्री गायिका कुन्ती मोक्तान दिदीको-
"कति जल्छौ आरिसले अझै जल्दै गर
म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर
काँडे तारको बार लाएनी मेरो यात्रा रोकिन्न
हत्केलाले सुर्यलाई कहिले पनि छेकिन्न
कती गर्छौ उपहास अझै गर्दै गर
म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर"
तर अर्काको हप्की र खप्कीको के कुरो काटेर मात्र बसी रहनु? आफ्नै देशको परराष्ट्र मन्त्री सुजाता कोइराला जस्ताबाट 'भारतले नेपालको सीमाना मिचेको छैन' भनेर भारत भक्तिको अपुर्ब भक्ती देखाइ रहदासम्म हामीले आक्रोसित हुनु पनि निरर्थक नै छ। पहिले आफ्नै रछ्यानका गनाउने झारपात र काँडा नउखेलीकन अर्कालाई गाली गर्नु कहाँसम्मको बुद्धिमता हुन सक्छ ?
Shailesh Shretha, Tek Gurung, Bishwa Shah, Anil Shahi and Suman Rai. Photos: eEyeCam
यसो भनी रहदा मलाई दार्जिलिङका युबा कबी केबलचन्द्र लामाका मार्मिक कबिता झलक्क याद आयो-
"टाउको मात्र हाम्रो हजुर ! गिदी अर्काकै
निधार मात्र हाम्रो कठै ! तक्दिर अर्काकै
आँखा मात्र हाम्रो आहै ! सपना अर्काकै...
खुट्टा हाम्रो, यात्रा अरुकै
मुटु हाम्रो, ढुक्ढुकी अरुकै...
हृदय भरी हेला मात्रै, हाम्रो आफ्नो भन्नु
हात भरी ठेला मात्रै, हाम्रो आफ्नो भन्नु
आफ्नै लागि हाँस्नु सक्ने एक छिन काँ पाउँछ?
आफ्नै लागि बाँच्नु पाउने त्यो दिन कैले आउँछ?"
त्यसैले त कबि भूपि शेरचनले भनेका थिए हामी नेपालीलाई-
"हो हामी मानिस कम र बर्ता गोटी हौं
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौँ
हामी बुद्धु नभैइ वीर कहिल्यै हुन सकेनौं..."
तर लौ अब चाँही नेपालीहरुले कसैको अघी शिर नझुकाइकन मातृभूमी नेपालको पक्षमा उभिनु पर्ने बेला आएको छ। भारतीयहरुबाट खेदिएका नेपालीहरुको पिडालाई आत्मसात गर्ने बेला चुपचाप बस्नु भनेको हामी आँफैले आफ्नै घुँडोलाई बन्चरोले हान्नु सरह हो। शिर्फ निरोहरु आफ्नो दरबार जली रहदा पनि बाँसुरी बजाइ रहन्छन्, हाम्रो त घरबारको कुरो हो लौ ! हुँदा हुँदा अब न्यू योर्कमासमेत भारतीय तत्टुहरुले हामीलाई फेरी "कान्छा" र "बहादुर" बनाइ सके। हेप्नेको पनि हद हुन्छ। सहनेको पनि हद हुन्छ। होइन त?
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
भारतीय स्थाइ नियोग न्यू योर्कद्वारा लिन अस्विकार गरिएको भारतीय प्रधानमन्त्रीलाई लेखेको बिरोधपत्र र लिफाफा:
Dr. Manamohan Singh
Right Honorable Prime Minister of India New Delhi 110001, India June 15, 2009 Dear Prime Minister: As global citizens and citizens and friends of Nepal, we are deeply saddened by the recent actions of the Indian Border Security Forces (IBSF) on Nepali territory. The encroachment on Nepali lands and the atrocities committed against Nepalese citizens is a violation of international law and human rights, and constitutes an attack on Nepal’s sovereignty. With this encroachment our great hope, which is to see India’s foreign policy demonstrate mutual respect and trust, is dashed. The Indian establishment has once again failed to grasp the fact that such folly imposes huge cost to both India and Nepal. Still, Mr. Prime Minister, you have a choice and you can make the difference. In May of 2009, the IBSF encroached on Nepali lands and committed atrocities along the border villages of western district of Dang. Two separate delegations of the Constituent Assembly and legislature parliament investigated and reached that conclusion unanimously. These actions resulted in the displacement of more than 6000 people from their homes. Cases of rape and disappearance have also been reported. This is not the first time the IBSF has encroached on Nepali territory and committed atrocities: from Jhapa in the east all the way to Darchula in the west (where the Indian military has even set up a permanent base), the pattern of border encroachment is repeated, with forceful displacement, shifting of border markers and appropriation of territory. India has already appropriated some 59,970 hectares of Nepali territory at 54 points in 21 districts. All these cases are well documented, but India has not shown any sign of taking responsibility of its excesses in a foreign land.
This is not the only example of India’s interference in Nepal’s sovereignty. Recently the Indian Ambassador to Nepal, Mr. Sood, interfered in the choice of Nepal’s Commander-in-Chief. By doing so, he has made it clear that Nepalese right to choose their government remains a right as long as their choice does not contradict with India’s vested interest in Nepal. Mr. Prime Minister, we believe that you understand that the love for motherland and quest for justice does not depend on the size of a country. No matter how small Nepal is compared to India, our love for Nepal and its independence is equal to the love any Indian feels for his motherland. People from Nepal and India have very cordial relations; they respect and admire each other. They share many common attributes. Our former prime ministers Manmohan Adhikari and B P Koirala were active participants of your national liberation movement. Nepali people in the Indian Army have helped safeguard Indian territory in both the Sino-Indian war and the Indian-Pakistan war. Reciprocally, Indian people have always supported democratic movements in Nepal. The irony is that Indian foreign policy towards Nepal has shown itself over time to be unfair, unjust and vicious. Nepalese and Friends of Nepal have been hopeful that you, Mr. Prime Minister, would be able to change the “Big Brother” nature of India’s policy in Nepal into one that stands on a firm foundation of mutual respect and trust. These hopes are fading fast. You have the opportunity to make India a great nation by basing India’s foreign policy as it was conceived by former prime minister I. K. Gujral as the Gujral Doctrine. This is time for Indian foreign policymaking be taken out of the hands of bureaucrats still living in the shadow of colonialism. Change is long overdue. As a first step, we Nepalese, Friends of Nepal and peace loving people around the globe urge you to correct the present aggression immediately, bring the IBSE home to their barracks in India, apologize to those Nepalese who have been the victims of a barbaric act, and compensate those whose property has been destroyed. ![]()
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली

























Comments
This is really Great job done for Nation, who attend the event today. I hope this is the Starting against India's disorder to Nepali Land and people of Nepal, including Politics of Nepal. Let's continue to join hands and Strongly condemn India's misbehaviour to Nepal.
JAYA Janmabhumi NEpAL.
Thanking you all,
Nagendra Ingnam
New York, USA
Good luck.
thank you all for doing this.
good news.
Hami le saher basyo bhane sadhai hepcha yini haru le .
india ko real picture show garnu parcha world ko sammunne .
Neta haru le ta kehi garne wala chainan.
Neta lai ta paiasa bhaye pugi lalyo aba hami public sabai miler Peace protest garnu parcha .
Please keep it and go ahead from everywhere.