Inside

All Time Top 50 News

अनेसास (INLS) केन्द्रीय नेत्रित्वकालागि ३ समूहका नेपाली साहित्यकारहरुबिच चुनावी प्रतिस्पर्धा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 01 June 2012 18:37

३ समूहका घोषणापत्रमा के के छन्?
Updated: Exclusive: ३ घोषणा पत्र, 3 photos:
न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितीको आगामी जुन महिनाको १८-२० तारिखबिच २०१२-१४ कार्यकालकालागि हुने निर्वाचनमा नेपाली साहित्यकारहरुको ३ छुट्टाछुट्टै समूहबिच कडा प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय अध्यक्ष पदकालागि न्यू योर्कका दुई महिला साहित्यकारहरु: बर्तमान केन्द्रिय महासचिब गीता खत्री र पूर्व केन्द्रिय कोशाध्यक्ष कमला प्रसाई चुनावी मैदानमा उत्रिएकाछन् भने बेलायतका बर्तमान बरिस्ठ उपाध्यक्ष कृष्ण बजगाईंले दुई महिला उम्मेद्वारबिच मत काटाकाट् हुँदा आफू बिजयी हुने सपना देखेकाछन्।

 

 

INLS Central Committee presidential candidates: Gita Khatri, Kamala Prasai and Krishna Bajagai. Photos courtesy: candidates'facebook profile pictures.

सन् २०१० को जुन २८ देखी जुलाई १० बिच सम्पन्न केन्द्रिय समितीको बहुचर्चित बिद्धुतीय निर्वाचन (online election) मा अध्यक्षमा अमेरिकाको कोलोराडो राज्यका साहित्यकार ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी भएको थियो। उक्त निर्वाचनमा अध्यक्ष पदमा गदालसंग पराजित हुन पुगेकी प्रसाईले पुन: अध्यक्ष पदमा लड्ने दाबी गरेकी हुन् भने कतारका प्रसाई समूहका दिपक भेटवाललाई पराजित गरेर महासचिब पदमा बिजयी खत्री आफ्नो समूहका बर्तमान अध्यक्ष ज्ञानेन्द्र गदालले पुन: अध्यक्षमा उठ्ने इच्छा नगरेपछि अनेसासको बाग्डोर सम्हाल्ने निधोमा गरेकि हुन्।

यसैबिच, ३ वटै समूहले आ-आफ्नो कार्यकालमा आफ्नो समूहले गर्ने कार्यक्रमहरुको सार्वजनिक घोषणा पत्र जारी गरेकाछन्। (हेर्नुहोस् तल ३ घोषणा पत्रहरु)

अध्यक्ष उम्मेद्वार गीता खत्री (न्यू योर्क) समुहको वरिष्ठ उपाध्यक्षमा नेपालका राधेश्याम लेकाली र कोषाध्यक्षमा भर्जिनिया, अमेरिकाका नारायण अधिकारी निर्विरोध निर्बाचित भएकाछन् भने स्वतन्त्र उम्मेद्वार क्षेत्रीय उपाध्यक्षमा भिमसेन सापकोटा (अष्ट्रेलिया तथा ओशियाना) निर्विरोध निर्बाचित भएकाछन्।

कस्का उम्मेद्वार को को छन्?

अध्यक्ष उम्मेद्वार गीता खत्री (न्यू योर्क) समुहका अन्य उम्मेद्वारहरुमा क्षेत्रीय उपाध्यक्ष- डा. विद्याराज सुवेदी (उत्तर अमेरिका तथा ल्याटिन अमेरिका), क्षेत्रीय उपाध्यक्ष- कृसु क्षेत्री (एसिया), क्षेत्रीय उपाध्यक्ष- जगत नवोदित (यृ्रोप), महासचिव- पदम विश्वकर्मा (कोलोराडो, अमेरिका) र सचिव- बेदराज बस्नेत (टेक्सास, अमेरिका) छन्।

उता अध्यक्ष उम्मेद्वार कमला प्रसाई (न्यू योर्क) समुहका अन्य उम्मेद्वारहरुमा क्षेत्रीय उपाध्यक्ष- समदर्शी काइँला (एशिया, युएई) र महासचिव- हरि मानन्धर (इज्राइल)

अध्यक्ष उम्मेद्वार कृष्ण बजगाईं (बेलायत) समुहका अन्य उम्मेद्वारहरुमा क्षेत्रीय उपाध्यक्ष (नर्थ अमेरिका र ल्याटिन अमेरिका)- बासु ढकाल (अमेरिका), क्षेत्रीय उपाध्यक्ष (युरोप)- सुनिल संगम (पोर्चुगल), क्षेत्रीय उपाध्यक्ष (एशिया)- दिनेशराज ज्ञवाली (जापान), महासचिव- गोपीकृष्ण काफ्ले (क्यानडा) र सचिव- राजकुमार पुडासैनी (बेल्जियम) छन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Note: क्षेत्रीय उपाध्यक्षमा निर्विरोध निर्बाचित भिमसेन सापकोटा (अष्ट्रेलिया तथा ओशियाना) स्वतन्त्र उम्मेद्वार हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ।

पढ्नुहोस् तल ३ घोषणापत्रहरु

INLS ICC अध्यक्ष उम्मेद्वार गीता खत्री (न्यू योर्क) समुहको कार्ययोजनाहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
केन्द्रीय कार्यसमिति २०१२-२०१४ का लागि
उम्मेद्वारी दिने अध्यक्ष श्रीमती गीता खत्रीलगायत
समूहका सबै उम्मेद्वारहरुको

साझा चुनावी घोषणापत्र

नेपाली भाषा साहित्य संस्कृति कला तथा साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति आजीवन सदस्यज्यूहरु सम्पृ्र्ण च्याप्टरका अध्यक्ष एवम् पदाधिकारी तथा सदस्यज्यृ्हरुमा हाम्रो हार्दिक न्यानो अभिवादन ।

उम्मेद्वारहरुको सूची

१. अध्यक्ष - श्रीमति गीता खत्री - न्यृ्योर्क
२. वरिष्ठ उपाध्यक्ष-श्री राधेश्याम लेकाली -नेपाल (निर्विरोध निर्बाचित)
३. क्षेत्रीय उपाध्यक्षहरु -
क. डा. विद्याराज सुवेदी- उत्तर अमेरिका तथा ल्याटिन अमेरिका
ख. श्री कृसु क्षेत्री - एसिया
ग. श्री जगत नवोदित - यृ्रोप
४. महासचिव - श्री पदम विश्वकर्मा - कोलोराडो
५. सचिव- श्री बेदराज बस्नेत - टेक्सास
६. कोषाध्यक्ष - श्री नारायण अधिकारी - भर्जिनिया (निर्विरोध निर्बाचित)

आदरणीय अनेसास सदस्य महानुभावज्यूहरु !

नयाँ कार्यसमितिको निर्वाचनमा माथि उल्लिखित हामी आठ जनाले आफ्नो उम्मेद्वारी पेश गरेका छौँ । सोमध्ये वरिष्ठ उपाध्यक्ष श्री राधेश्याम लेकालीज्यृ् र कोषाध्यक्ष श्री नारायण अधिकारीज्यृ् निर्विरोध निर्वाचित भइसक्नुभएको छ । हाम्रा सबै सदस्यहरु विगत लामो समयदेखि नेपाली भाषा साहित्य कला तथा संस्कृतिको जगेर्ना संरक्षण र संवद्र्धनमा आ-आफ्नो ठाउंबाट अनेसासलगायत विभिन्न संघसंस्थामार्फत योगदान पुर्याउँदैं आउनुभएको छ । साथै उहाँहरु विभिन्न क्षेत्रहरुमा आ-आफ्नै विशिष्टता हासिल गर्नुभएका साहित्य-सर्जकहरु हुनुहुन्छ । उम्मेद्वारहरु सबैको संक्षिप्त व्यक्तिगत विवरण द्यष्यम्बतब आदरणीय सदस्यज्यूहरुको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ ।

आदरणीय साहित्यप्रेमी मतदाताज्यूहरु !

हाम्रो समूहलाई आदरणीय साहित्यप्रेमी मतदाताहरुले आफ्नो अमृ्ल्य मत दिएर बिजय गराउनुभएमा हामी हाम्रो बुद्धि र विवेकले भ्याएसम्म संस्थाको संस्थागत विकास र नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विविध विकासकालागि समर्पित भई काम गर्ने छौँ । साथै नयाँ जिम्मेवारीका साथ लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्नेछौँ र अनेसासको गरिमालाई उच्च पार्ने काम गर्नेछौँ । तपाईंहरुको अमृ्ल्य मत पाएर बिजयी भएमा हामीले निम्नबमोजिमका कामहरु गर्ने प्रण गर्दै तपशील बमोजिमको यो घोषणा पत्र जारी गर्दछौँ ।

हाम्रा कार्यक्रम तथा नीतिहरु

१. अनेसासलाई पारदर्शी मर्यादित र थप व्यवस्थित गर्दै अन्य संघसंस्थाहरुसँग साझेदारी गरी अगाडि बढाउँदै लैजानेछौँ । अनेसासभित्र विभिन्न समितिहरुको निर्माण गरी अनेसासका गतिविधिहरुलाई थप गति प्रदान गर्नेछौँ । साथै अनेसासको साधारणसभालाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नेछौँ ।
२. अनेसासको वर्तमान विधानमा समयसापेक्ष नभएका केही बुँदाहरु सल्लाहकार, आदरणीय बोर्ड अफ ट्रष्टीका सम्पृ्र्ण सदस्यज्यूहरु, पृ्र्वअध्यक्षहरु तथा साधारण सभाले सिफारिस गरेका केही बौद्धिक व्यक्तित्वहरुलाई समावेश गरेर सबैको राय-सल्लाहबमोजिम विधान संशोधनलाई अगाडि बढाउनेछौँ ।
३. अनेसासको संसारभर रहेका विभिन्न च्याप्टरहरु तथा आजीवन सदस्यज्यूहरुका बीच सद्भाव, प्रेम, आपसी सहयोग, मित्रता र सहकार्यको वातावरण सिर्जना गर्नेछौँ । साथै सम्पृ्र्ण आजीवन सस्दस्यज्यृ्हरुलाई अनेसासको स्थायी परिचयपत्र र आजीवन सदस्यता प्रमाणपत्र प्रदान गर्नेछौँ ।
४. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको थप संस्थागत विकास र विस्तार गरी यसको गतिविधिहरुलाई विश्वको विभिन्न देशहरुमा फैल्याउन प्रयास गर्नेछौँ ।
५. अनेसासबाट प्रदान गरिने पुरस्कारहरुमा सबै स्रष्टाहरुको सहज पहुँच पुर्याउने तथा पुरस्कार मृ्ल्याङ्कन समितिमा केन्द्रीय कार्यसमितिको संलग्नताकोलागि पहल गर्नेछौँ ।
६. नेपाली साहित्य सर्जकहरुलाई विभिन्न देशहरुका ख्याति प्राप्त साहित्यकारहरुसँग सम्पर्क गराउनकालागि माध्यमकोरुपमा काम गनेछौं ।
७. नेपाली भाषामा लेखिएका उत्कृष्ट पुस्तकहरुको क्रमिकरुपमा अङ्ग्रेजी भाषालगायत अन्य भाषाहरुमासमेत अनुवाद गराई नेपाली स्रष्टाहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन आवश्यक पहल गर्नेछौँ ।
८. विश्वका सबै देशमा बसेर नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको सेवामा निरन्तरता दिइरहनुभएका सम्पृ्र्ण साहित्य सर्जकहरुको भेला गराई विधागत समूह छुट्टुउन पहल गर्नेछौँ ।
९. सन् २००४।०५ मा अनेसास केन्द्रीय कार्यसमितिले अमेरिकामा संस्थाको भानुस्मृति भवन बनाउने गरेको निर्णयलाई कार्यान्वयन गर्न पहल गर्नेछौँ ।
१०. अनेसासका आजीवन सदस्यहरुको सम्पूर्ण विवरण, फोन, मोबाइल, इमेल, फ्याक्स आदिसहितको टेलिफोन डाइरेक्ट्री प्रकाशन गर्नेछौँ ।
११. सम्पूर्ण संचारमाध्यम- विद्युतीय एवम् प्रिन्ट मिडियामा कार्यरत साहित्यिक सर्जक तथा पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछौं ।
१२. नेपाली भाषाको पाठशाला संचालनमा निरन्तरता दिने अनेसास च्याप्टर र अन्य सहयोगी संस्थाहरुलाई प्रोत्साहनको व्यवस्था गर्नेछौँ ।
१३. संस्थाको कोष वृद्धिकालागि पहल गर्नुकासाथै आर्थिक तथा अन्य गतिविधिहरुलाई पारदर्शी बनाउन ठोस नीति तथा कार्ययोजनाहरुको निर्माण गर्नेछौँ ।
१४. अनेसास च्याप्टरहरुको विकास र विस्तार गर्दै च्याप्टरहरुसँग थप सम्पर्क र सम्बन्धको विकास गर्नेछौँ ।
१५. अनेसास नेपाल च्याप्टरलाई डायस्पोरा डेक्सकोरुपमा विकास गर्नेछौँ ।
१६. अन्य थप कार्यहरु सम्पन्न गर्न अनेसास कार्यसमिति, ट्रष्टीका सदस्यज्यूहरु, पृ्र्व अध्यक्षज्यृ्हरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु तथा सम्पूर्ण साहित्यानुरागीहरुबाट प्राप्त हुने सुझाबहरुसमेतलाई ग्रहण गर्नेछौं ।
१७. उल्लिखित कार्यहरु सम्पन्न गर्न अनेसास ट्रष्टी र सदस्यता विस्तारलगायत अन्य वैकल्पिक स्रोतको खोजी गर्नेछौँ ।

आदरणीय मतदाताज्यूहरु !

अतः आफ्नो अमूल्य मत दिई हामीलाई विजयी गराउनकोलागि हार्दिक अनुरोध गर्दछौँ ।

धन्यवाद ।

गीता खत्री - न्यृ्योर्क
वरिष्ठ उपाध्यक्ष-श्री राधेश्याम लेकाली -नेपाल (निर्विरोध निर्बाचित)
क्षेत्रीय उपाध्यक्षहरु -
डा. विद्याराज सुवेदी- उत्तर अमेरिका तथा ल्याटिन अमेरिका
श्री कृसु क्षेत्री - एसिया
श्री जगत नवोदित - यृ्रोप
महासचिव - श्री पदम विश्वकर्मा - कोलोराडो
सचिव- श्री बेदराज बस्नेत - टेक्सास
कोषाध्यक्ष - श्री नारायण अधिकारी - भर्जिनिया (निर्विरोध निर्बाचित)


INLS ICC अध्यक्ष उम्मेद्वार कमला प्रसाई (न्यू योर्क) समुहको कार्ययोजनाहरु

हाम्रा कार्य योजनाहरु:

आदरणीय अनेसासका अग्रज, साहित्य श्रष्टा तथा अनेसासमा समर्पित सम्पृ्र्ण सदस्यहरु, अनेसास च्याप्टरका अध्यक्ष एवम् पदाधिकारीज्यृ्हरूमा हाम्रो साहित्यिक अभिवादन ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्नु हुन्थ्यो, "उडी छुनु चन्द्र एक " अर्थात ठूलो सोचाई राखेर गहकिलो कार्य गर्नु । हामीहरुले यही कुरालाई मनन गरेर अनेसासका सम्पृ्र्ण सदस्य तथा नेपाली भाषा-साहित्यमा रुची राख्ने सबै व्यक्तित्वहरुसँग सुझाव लिएर केही यस्ता कार्यहरु गर्ने छौं जसले गर्दा अनेसासका सदस्यहरु मात्र होईन आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अनेसासको तारिफ नगरी बस्नु हुने छैन । हामीहरुले व्यवहारमा कार्यान्वयन गर्ने हाम्रा कार्य योजनाहरु निम्न बमोजिम रहेको जानकारी गराउँदछौं ।

१. साहित्यकार झमक घिमिरेको रचना 'जीवन काँडा की फूल ?’ जुन अंग्रेजीमा उल्था हुँदैछ सो रचनालाई अनेसास अन्तर्गत विशेष समिति बनाई यस विशेष समिति मार्फत  विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार र खासगरी नोबेल साहित्य पुरस्कारको निमित्त जोडदार प्रयास गरिने छ ।  यस्तै प्रकारले यो कुरा नेपालका अन्तर्राष्ट्रिय स्तरका विशिष्ट साहित्यकारहरु राष्ट्रकवि श्री माधव घिमिरेज्यू, साहित्यकार श्री मदन मणी दिक्षितज्यू, साहित्यकार श्री परशु प्रधानज्यू, साहित्यकार श्री वैरागी काइँलाज्यू, साहित्यकार डा. वानिरा गिरीज्यू, साहित्यकार डा. तारा नाथ शर्माज्यू, कथाकार माया ठकुरीज्यू, डा. श्री गोविन्द भट्टराईज्यू र अन्य विशिष्ट साहित्यकारहरुको सम्वन्धमा पनि लागू हुनेछ ।
२. अनेसासको आफ्नै साहित्यिक टेलिभिजन या रेडियो स्थापना गरिने छ । यस टेलिभिजन या रेडियो मार्फत साहित्यिक कार्यक्रमहरु प्रेशित गरी साहित्यको माध्यमबाट हामी सबै नेपाली भन्ने एकताको भावना उजागर गरिने छ । वालवालिका र विदेशीहरुलाई समेत नेपाली भाषा सिकाउने प्रयास गरिने छ । केही शुल्क लिएर गरिने भएकोले यस्तो कार्यक्रमले अनेसासमा देखिएको आर्थिक समस्यालाई समेत हल गर्न सक्ने विश्वास लिन सकिन्छ ।
३. अनेसासको वेवसाइटलाई अझ उत्कृष्ट बनाई सबै च्याप्टरको गतिविधिलाई समावेश गरिने छ । अनेसास वेवसाइटमा उत्कृष्ट लेख रचनाहरु राखेर पाठकहरु समक्ष पु-याउने व्यवस्था गरिने छ ।
४. अनेसास विधानको कुरालाई लिएर धेरै वाद-विवद भईरहेको छ । त्यसैले यसमा सुधार ल्याउन गरिएको प्रयासलाई उच्च मुल्यांकन गरी अझ त्यसमा के कति सुधार गर्न सकिन्छ सो कुराको विचार गरी अनेसासमा रहनु हुने सम्पूर्ण आजीवन सदस्यहरुको साधारण सभाबाट सहज रुपमा बिना कुनै झगडा पारित गराउने छौं । सुधारलाई कसैले रोकेर रोकिने कुरा होईन भन्ने विश्वास दिलाउन चाहन्छौं ।
५. जहाँ जहाँ नेपालीहरु पुगेका छन् ती राष्ट्र र क्षेत्रहरुमा अनेसास च्याप्टर स्थापना गरिने छ । मुलुक सुहाउँदो सदस्य शुल्क लिने व्यवस्था गरिने छ ।
६. अनेसास केन्द्रीय कार्यालय भवन र पुस्तकालय निर्माण गर्ने, सभा-सम्मेलन गर्ने, साहित्यिक हाजिरी जवाफ कार्यक्रम र अन्य साहित्यिक प्रतियोगिता गर्ने आदि कार्यहरुमा सुधार सहित निरन्तरता दिने छौं ।
७. अनेसासलाई नसुहाउने फोहोरी राजनीति गर्नेहरुलाई पूर्णरुपमा पन्छ्याउने नीति कडाइकासाथ पालन गराई साहित्यिक माहौल तयार गरी अनेसासलाई साहित्य अनुरागीहरुको पवित्र संगठनमा परिवर्तन गर्ने छौं ।

धन्यवाद ।

कमला प्रसाई
समदर्शी काइँला
हरि मानन्धर

INLS ICC अध्यक्ष उम्मेद्वार कृष्ण बजगाईं (बेलायत) समुहको कार्ययोजनाहरु

हाम्रा समुहका उम्मेद्वारका नामहरू :

अध्यक्षः कृष्ण बजगाईं (बेलायत)
वरिष्ठ उपाध्यक्षः (निर्विरोध निर्वाचित)
क्षेत्रीय उपाध्यक्ष (नर्थ अमेरिका र ल्याटिन अमेरिका) : बासु ढकाल (अमेरिका)
क्षेत्रीय उपाध्यक्ष (युरोप) : सुनिल संगम (पोर्चुगल)
क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया तथा ओशियाना) (निर्विरोध निर्वाचित)
क्षेत्रीय उपाध्यक्ष (एशिया) : दिनेशराज ज्ञवाली (जापान)
महासचिवः गोपीकृष्ण काफ्ले (क्यानडा)
सचिवः  राजकुमार पुडासैनी (बेल्जियम)
कोषाध्यक्षः (निर्विरोध निर्वाचित)

हाम्रा कार्ययोजनाहरु :

क) डायस्पोरा साहित्यको अध्ययन अनुसन्धान सम्बन्धमा
१) डायस्पोरा साहित्य र साहित्यकारको बारेमा विभिन्न मत, दृष्टिकोणमा एकरुपता  नभएकोमा यसको सर्वमान्य परिभाषा, सिमा र क्षेत्र निर्धारण गर्न अनेसासको आयोजनामा प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, अन्य विश्वविद्यालय र डायस्पोरामा सक्रिय साहित्यिक संघसंस्थाहरुको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन गरिनेछ ।
२) डायस्पोरा साहित्यमा विद्यावारिधी गर्न चाहनेलाई दुइलाख रुपैँयाको विद्वद्वृत्ति उपलब्ध गराइने छ ।
३) हरेक देशका नेपाली डायोस्पोरा साहित्यको छुट्टा छुट्टै समग्र अध्ययन अनुसन्धान शोध गर्ने ब्यक्ति, संघसंस्था वा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तरमा गरिने अनुसन्धानको कार्य अन्तर्गतको अनुसन्धानकर्तालाई पचास हजार रुपैयाको विद्वद्वृत्ति र सम्मान पत्रको ब्यवस्था गरिने छ ।
४) नेपाली अनलाइन साहित्य बारेमा शोध अनुसन्धान गर्ने ब्यक्ति वा संस्थालाई पचास हजार रुपैँयाको विद्वद्वृत्ति र सम्मान पत्रको ब्यवस्था गरिने छ ।

(ख) अन्तर्राष्ट्रियस्तरको साहित्यिक पुरस्कार तथा उपचार कोष स्थापना सम्बन्धमा
१) हरेक तीन वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको पाँचलाख रुपैया राशिको डायोस्पोरिक साहित्य पुरस्कारको स्थापना गरिने छ ।
२) स्वदेश तथा डायोस्पोराका साहित्यकारहरुलाई आपत परेको बेला सहयोग गर्न साहित्यकार उपचार कोषको स्थापना गरिने छ ।

(ग) साहित्यिक रचना प्रकाशन, वितरण तथा समालोचना सम्बन्धमा
१) अन्तर्राष्ट्रियस्तरको बहुभाषिक साहित्यिक गोष्ठी गरिने छ । र त्यस अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुत रचनाको सङ्ग्रह प्रकाशित गरिनेछ ।
२) अनेसासबाट प्रकाशित पुस्तकहरुको नेपाल भर बिक्रिवितरण गर्न साझा प्रकाशन लगायत नीजि क्षेत्रका प्रकाशन गृह तथा वितरकसँग सम्झौता गरिने छ ।
३) पाठक, समालोचक तथा पत्रकारको नजरमा अनेसासबाट प्रकाशित लेखकहरुका कृतिहरु परोस् र बिक्रिवितरण पनि ब्यापक होस् भन्नाकालागि नेपाल च्याप्टरको संयोजनमा काठमाण्डौं लगायत नेपालभर हुने पुस्तक प्रदर्शनीमा अनेसासको छुट्टै प्रदर्शन स्टल राख्ने ब्यवस्था गरिने छ ।
४) डायस्पोराका रचनाकारहरुको कृतिको समालोचना गराउन समालोचक तथा प्राध्यापकहरुसँग सम्बन्ध विस्तार तथा सम्झौता गरी नियमित रुपमा महिनामा एउटा डायस्पोराको कृतिमाथि समालोचनात्मक अध्ययन तथा अन्तरक्रिया गराइने छ ।
५) डायोस्पोरामा लेखिएका पुस्तकहरु सबै विश्वविद्यालय, उच्च माध्यमिक विद्यालय, विद्यालय आदिको पाठ्यक्रममा राख्न आवश्यक पहल गरिने छ ।

(घ) स्रष्टा सम्मान सम्बन्धमा
१) अनेसासका भूतपूर्व अध्यक्षहरु, दाताहरु, प्रायोजकहरु र डायोस्पोरा साहित्यमा उत्कृष्ट योगदान पुर्याएका साधक तथा ब्यक्तित्वहरुलाई एक विशेष समारोहमा सम्मान गरिने छ ।
२) नेपालका स्थापित साहित्यकारहरुको अन्तर्राष्ट्रिय स्तरको कृतिलाई अंग्रेजीमा अनुवाद गराई विक्रिवितरण गरिने छ ।
३) आजीवन सदस्यहरुलाई ससम्मान आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिने छ ।
४) डायस्पोराका जेष्ठ स्रष्टाका नाम पुरस्कार कोष, अनुसन्धान कोष स्थापना तथा सम्मान कार्यक्रमको थालनी गरिने छ ।

(ङ) वेबसाइट सम्बन्धमा
१) संस्थाको वेब साइटमा हरेक च्याप्टरका ससाना सूचनाको पनि अभिलेख होस् र पठनिय पनि होस् भनेर एक छुट्टै वेब सम्पादकको ब्यवस्था गरिने छ । अनेसासबाट प्रकाशित सम्भव भएसम्मका सबै पुस्तकहरु र अन्तर्दृष्टि पत्रिकाको पीडीएफ फाइल राखिने छ ।
२) वेबसाइटलाई दैनिक रुपमा अपडेट गरिने र नयाँ रचना समावेश हुने गरी स्तरीय रचनाहरुको विशाल विश्वब्यापी अनलाइन सङ्ग्रहको रुपमा विकास गरिने छ ।

(च) महिला स्रष्टाहरुको उन्नयनका सम्बन्धमा
१) डायोस्पोराका महिला साहित्यकारहरुको प्रतिभालाई उजागार गर्न र उनीहरुको लेखनलाई प्रर्बद्धन गराउन अधिकार सम्पन्न एक महिला समिति गठन गरिने छ ।
२) वार्षिक रुपमा उत्कृट रचना छनोट गरी डायस्पोराकी कम्तिमा एकजना लेखिकाको पुस्तक प्रकाशन गरिने छ ।

(छ) समावेशी र गतिशील संस्था निमार्ण सम्बन्धमा

१) अनेसासलाई समयानुकुल सुधार गर्दै लैजान वर्तमान कार्यसमितिमा प्रस्तुत विधान संशोधनको प्रक्रियालाई अगाडि बढाइने छ । विधानलाई पटक पटक संशोधन गर्नु नपरोस भनेर विधानलाई च्याप्टरसम्म ब्यापक छलफल चलाई सबै क्षेत्रबाट आएका सुझावलाई ध्यानमा राखेर विधान तयार गरिने छ ।
२) संस्था हरेक हिसावले समावेशी होस् भनेर पाँच वटा क्षेत्रिय संयोजक मनोनीत गरिने छ । हरेक क्षेत्रमा केन्द्रीयस्तरको एक कार्यक्रम आयोजना गरिने छ ।
३) च्याप्टर र केन्द्र बीचमा समन्वय गर्न एक केन्द्रीय विभाग गठन गरी सबै च्याप्टरहरुका साहित्यिक काम र सांगठनिक गतिविधीहरुलाइ व्यबस्थित गरिनेछ ।

(ज) डायस्पोरिक साहित्यकारहरुको व्यक्तित्व र कृतित्वको अभिलेख राख्ने सम्वन्धमा

१) डायोस्पोरिक साहित्यकारहरुका बारेमा अध्ययन अनुसन्धान गर्न र यसको प्रामाणिक तथा आधिकारिक अभिलेख राख्न डायोस्पोरिक साहित्यकार परिचय कोशको मुद्रण तथा सीडी कपी प्रकाशन गरिने छ । सो परिचय कोशलाई समाजको वेब साइटमा पनि राखिने छ ।
२) डायोस्पोरिक स्रष्टाहरुको जीवनी संकलन गर्ने कार्य सुरु गरिने छ । र उनीहरुको अन्तर्वार्ता र आत्मबृतान्त सम्बन्धित अडियो-भीडियो संकलन र तयार गरी त्यसलाई सुरक्षित राखिने छ ।
३) डायोस्पोरिक साहित्य तथा साहित्यकार सम्बन्धी एउटा डकुमेन्ट्री तयार गरी नेपाल तथा विदेशका टेलिभिजनबाट प्रशारण गराइने छ ।

(झ) भाषा अध्ययनका लागी एकीकृत पाठ्यक्रम र शैक्षिक सामग्री सम्बन्धमा

१) विदेशमा बालबालिकाहरुलाई नेपाली भाषा र नेपाली संस्कृतिको जानकारी दिन विशेषज्ञको सहयोगमा सबै तिर पढाउन मिल्ने पाठ्यक्रम तयार गरिने छ । विदेशमा नेपाली भाषा पठनपाठनको स्कूल संचालन गराउन च्याप्टरहरुलाई उत्प्रेरित गरिने छ । त्यसकालागि बालबालिका तथा भाषा स्कूल हेर्ने अधिकार सम्पन्न एक समिति गठन गरिने छ ।
२) नेपाली भाषा संस्कृति सिक्नकालागि आवश्यक हुने डिस्टेन्स लर्निङ्का सामग्रीहरुको विकास गर्दै लगिने छ ।
३) डायस्पोराका रचनाहरुलाई अझ प्रभावकारी बनाउन आवश्यक हुने नियमित प्रशिक्षण र विशेषज्ञ प्राध्यापकहरुका प्रशिक्षण ब्याख्यानका अडियो भिज्यूअल, इ-लर्निङ सामग्रीहरुको उत्पादन गरी वेबसाइटमा राखिने छ ।
४) नेपालमा रहेका साहित्यिक संघसंस्थाहरु बीचमा सम्बन्ध विस्तार गर्ने र नेपाल भित्रका विभिन्न राष्ट्रिय भाषाहरुमा पनि डायस्पोराका रचना अनुवाद गराउन पहल गरिने छ ।

(ञ) एनआरएन तथा अन्य साहित्यिक संस्थाहरुसँगको सहकार्यका सम्बन्धमा
१) एनआरएनसँग नजिकको सम्बन्ध विस्तार गरी समान रुचिका विषयमा सहकार्य गरिने छ । एनआरएनसँग समन्वय र सहकार्य गर्न कार्यसमितिका एक जनालाई सम्पर्क अधिकारी बनाइने छ ।
२) नेपाली साहित्यको उन्नयनमा लागेका स्थानीय तहका अन्य साहित्यिक संस्थाहरुसँग सहकार्य गरि एकीकृत नेपाली साहित्यको उन्नयनको अभियानका लागि पहल गरिनेछ ।

(ट) मुखपत्र प्रकाशन तथा वितरण सम्बन्धमा
१) समाजको साहित्यिक मुखपत्र अन्तर्दृष्टिको विक्रि वितरण सर्वशुलभ बनाई कम्तिमा आजीवन सदस्यहरुसम्म पुर्याउन यसको इ-कपि र प्रिन्ट कपि दुबै प्रकाशन गरिने छ । इ-कपि हरेक आजीवन सदस्यको इमेलमा पुर्याउने ब्यवस्था गरिने छ ।
२) च्याप्टरहरुव्दारा नियमित प्रकासन भइरहेका सबै च्याप्टरका साहित्यिक प्रकासनहरुलाई पनि केन्द्र वेबसाइटमा ब्यबस्थितरुपमा राखिने छ ।

(ठ) नियमित साहित्यक कार्यक्रम सम्बन्धमा
१) च्याप्टरहरुको आयोजना र केन्द्रको संलग्नतामा नियमित साहित्य कार्यक्रम गरी विश्वका कुनाकाप्चामा रहेका सबै नेपाली साहित्य अनुरागीहरुलाई विश्वब्यापी अनेसासको सञ्जालमा आवद्व गराइने छ ।
२) विश्वब्यापी रुपमा भिडियो कन्फरेन्स माध्यमबाट साहित्यिक रचना प्रस्तुत गर्ने तथा साहित्यिक गोष्ठी आयोजना गरी डायस्पोराका स्रष्टाहरुलाई प्रोत्साहन गर्दै प्रचार-प्रसार गरिने छ ।

(ड) साहित्यकारहरुको व्यावसायिक वृत्ति विकासको पहल गर्ने सम्बन्धमा
१) गीतकार, गायक, संगीतकार, कथाकार, चलचित्र निर्माता, निर्देशक, निबन्धकार, डकुमेन्ट्री निर्माताहरु बीचमा समन्वय गराई डायस्पोराका रचनाकारहरुलाई स्थान दिलाउन प्रोत्साहान गरिनेछ ।
२) विभिन्न देशमा रहेका भाषा साहित्य एकाडेमीमा नेपाली भाषी स्रष्टाहरुलाई समावेश गराउन आवश्यक पूर्वाधारकाबारेमा अध्ययन गर्न एक आयोग गठन गरिने छ ।

(ढ) अनेसासको साहित्यिक रेडियो कार्यक्रम सञ्चालन सम्बन्धमा
१) नेपाली डायस्पोरिक साहित्यिक रेडियो कार्यक्रमको उत्पादन गरी नियमित रुपमा नेपालका एफएम, अन्य रेडियो तथा अनलाइनमा प्रशारणको कार्य तुरुन्त थालनी गरिने छ ।
२) जेष्ठ स्रष्टाहरुका रचना, अन्तरवार्ता र आत्मबृतान्त समेटिएका सामाग्रीहरुको अडियो भिडियो संकलन गरी अभिलेख राख्ने कामको थालनी गरिने छ ।

हरेक दुइ वर्षमा निर्वाचन हुने अमेरिकामा मुख्य कार्यलय रहेको अनेसासको यस पटकको निर्वाचन जुन १८–२० मा हुँदैछ ।

अध्यक्षः कृष्ण बजगाईं (बेलायत)
वरिष्ठ उपाध्यक्षः (निर्विरोध निर्वाचित)
क्षेत्रीय उपाध्यक्ष (नर्थ अमेरिका र ल्याटिन अमेरिका) : बासु ढकाल (अमेरिका)
क्षेत्रीय उपाध्यक्ष (युरोप) : सुनिल संगम (पोर्चुगल)
क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया तथा ओशियाना) (निर्विरोध निर्वाचित)
क्षेत्रीय उपाध्यक्ष (एशिया) : दिनेशराज ज्ञवाली (जापान)
महासचिवः गोपीकृष्ण काफ्ले (क्यानडा)
सचिवः  राजकुमार पुडासैनी (बेल्जियम)
कोषाध्यक्षः (निर्विरोध निर्वाचित)


INLS ELECTION 2012 UPDATE

The INLS election of Executive Board will be held on June 18 through June 20, 2012.The INLS will elect President, three Regional Vice- Presidents, General Secretary, and Secretary for the term 2012-2014. Three officers are elected unopposed for Senior Vice-President, Regional Vice-President (Australia), and Treasurer Position. Please refer to the Elected Unopposed Officers section below for details.

The following members qualified to run for different position to the INLS Executive Board: Six (6) officers will be elected.

Qualified Candidates:

Position | Name    | Email ID | Phone Number

President:

Gita Khatri ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 347 654 6792, USA)             
Kamala Prasai ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 718-766-5284, USA)             
Krishna Bajgai ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 07402889370, UK)

Regional VP:

Asia
Dinesh Raj Gyawali ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 81-80-5477-7894, Japan)
Samadarshi Kainla ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 00971-555-344-955, UAE)
Krishu Chhetri ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 00951526602, Myanmar)

Europe
Jagat Rai "Nabodit" ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 0044-7881938761, UK)
Sunil Sangam ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 351-918545425, Portugal)

NA & LA
Basu Dhakal ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 5304024088, USA)             
Dr.Bidya Raj Subedi ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 561-909-8530, USA)             

General Secretary:
Gopi Krishna Kaphle ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 001 647 878 4674, Canada)
Hari Manandhar "Bibash"    ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 00972543185980, Israel)
Padam Bishwakarma ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 7206286313, USA)

Secretary:
Bedraj Basnet (6824729137, U.S.A)                                                                                          
Raj Kumar Pudasaini ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 0032484653230, Belgium)                        

The election shall be conducted by internet based voting system developed by Votenet Solutions, Inc.

Elected Unopposed Officers:

Position | Name | Email ID | Phone Number

Senior VP:
Radheshyam Lekali ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 9851059354, Nepal)

Regional VP:
Bhimsen Sapkota ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 0434570379, Australia)    

Treasurer:
Narayan Adhikari ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , 703 618 6715, USA)

Sincerely,

H.B. Bhandari, Maryland (USA)
Chief Election Commissioner

Commissioners
Bimal Nepal, Florida (USA)   
Dhaniram Sapkota, New York (USA)  
Prakash Poudel Maila, Tokyo (Japan) 818041553132
Uma Subedi, Kathmandu (Nepal)

Observers
Prof. Mohan Sitaula Texas (USA)
Dr. Bheem Kattel Maryland (USA)
Mr. Khem Bhattachan Washington D.C (USA)

Read related news:

-http://usnepalonline.com/inls/

--न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

-अनेसास बोष्टन च्याप्टरको नयाँ कार्यसमिति गठन

-अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

-डि.सी.मा अनेसासद्वारा शीतकालीन नेपाली साहित्य सम्मेलन सम्पन्न

-अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु

-बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न

-लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो

-अमेरिकाको वाशिङ्गटन डिसीमा १९८ औं भानुजयन्ती कार्यक्रम सम्पन्न

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन

-न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न

-वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान

-अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल

- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.