Inside

All Time Top 50 News

अमेरिकामा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहमा १८ कृतिहरु र त्यसका लेखकहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Saturday, 06 January 2018 21:17

साहित्यकार कृष्ण धरावासीको 'ग्रेट फल्स' (उपन्यास) सर्बोत्कृष्ट पुस्तक घोशणा
Special:
वासिङ्गटन डिसी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) ले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ वितरण समारोह सम्पन्न भएको छ । सुपरिचित लेखक कृष्ण धरावासीको 'ग्रेट फल्स' (उपन्यास) सर्बोत्कृष्ट पुस्तकको रुपमा घोशणा भएकोछ भने अन्य १७ पुरस्कृत कृतिहरु र लेखकहरुमा मीनराज वसन्तको 'मुदिर' (उपन्यास), भारती गौतमको 'अमेरिकामा आमा' (उपन्यास), पद्मावती सिंहको 'नि:शब्द यात्रा' (उपन्यास), सुदीपाभद्र खनालको 'भुईँफूलको गीत' (कविता), रामजी घिमिरेको '१०१ गजलहरु', सागर मुखियाको 'फर्विडन' (कविता), कल्पना सत्यालको 'द विलो ट्री' (कविता), गुणराज लुईँटेलको 'जलेको मन' (कविता), केदार न्यौपानेको 'कङ्गो इथियोपियाको सेरोफेरो' (नियात्रा), किरण ढुङ्गानाको 'मन्ट्रियल क्याफे' (संस्मरण), डा. बन्जु शर्माको 'बेन्जु शर्माका कथाहरु', भगवती बस्नेतको 'मर्दको माया' (कथा), नगेन्द्रराज पौडेलको 'सीडीओका सत्र वर्ष' (संस्मरण), शारदा सुबेदीको 'भोको पेट' (संस्मराण), मुक्तिप्रशाद उपाध्यायको 'भारतेली नेपाली बाल साहित्य', शकुन ज्ञवालीको 'तिमी र म' (कविता), र लाल गोपाल सुवेदीको 'सबाल्टर्न पात' (कविता) छन् । विश्वका बिभिन्न मुलुकमा रहेका लेखकहरुबाट सन् २०१५ को जनवरी १ देखि २०१६ को डिसेम्बर ३१ सम्म प्रकाशित कृतिहरु अनेसास केन्द्रिय कार्यालय वासिंगटन डिसी र अनेसास नेपाल च्याप्टर काठ्माण्डौंमा २०१७ को मार्च ३१ तारिख भित्र प्राप्त भएका कृतिहरु मात्र मुल्याङ्कनका लागि समावेश गरिएका थिए । अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे थिईन् ।


कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले कार्यक्रमको पानसमा बत्ति बालि उद्घाटन गरेका थिए । राजदूत कार्कीले 'बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरुले योगदान गरेको कुराको प्रशंसा' गर्दै नेपाल सरकार र राजदूतावासको तर्फबाट बिजेताहरुलाई बधाई दिए।


INLS Best Books 2017 Award Ceremony held in Wasinghton DC on January 6, 2018. Photos courtesy: Bijay Thapa

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरुले नेपाल तथा अमेरिका दुवै देशका राष्ट्रिय गीत गाएका थिए । कार्यक्रमको सभापतित्व केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले गरेका थिए भने संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व अध्यक्षहरु, बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्की, अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो ।


INLS Best Books 2017 Award Ceremony held in Wasinghton DC on January 6, 2018. Photos courtesy: Bijay Thapa

बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्कीले सर्बोत्कृष्ट पुरस्कार अब क्षेत्रीय रुपमा गर्नु पर्ने बताए । यसको साथै बिजेताहरुका पुस्तक कम्तिमा पनि एक हजार बेच्ने प्रयास गर्नु पर्ने कुरामा जोड दिए । कार्कीले अनेसास उत्कृष्ट पुरस्कारका बिजेताका पुस्तकलाई अरुको जन्म दिवस तथा अन्य कार्यक्रममा दिनु पर्ने सुझाए ।

कार्यक्रम तीन चरणमा गरिएको थियो भने उक्त कार्यक्रममा उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएकोले पुरस्कार सहित अमेरिकी डलर $ १,५०० नगद प्रदान गरियो ।

कार्यकममा पुरस्कार बिजेता लेखक कृष्ण धरावासीले उनको पुस्तक ग्रेट फल्सले डायसपोरिक गाथालाई समातेको भन्दै पुस्तकमा कल्पना र सत्य मिसिए पनि जीवन र संघर्षमा आधारित रहेको उल्लेख गरे।

कार्यकममा कृष्ण धरावासीको अंग्रेजी पुस्तक राधा, बिमला निरौलाको सिडी तथा नर्बेबाट आएका बैज्ञानिक बिशाल सिटौलाको संसार एक पाठशालाको समेत बिमोचन गरियो ।

यसै गरि मन्तब्य तथा शुभकामना दिनेहरुमा अनेसास पुरस्कार वितरण कि सभापति सीता पाण्डे, अबैतनिक महाबाणिज्यदूत प्रेमराजा महत, ह्यारी एचबि भण्डारी, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, नर्वेका साहित्यकार तथा बैज्ञानिक बिशाल सिटौला, अनेसासका बोर्ड अफ ट्रस्टिका रोहिणी शर्मा थिए ।

अमेरिकी डलर दुई हजार सहितको अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान बिजेता अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले आफूले प्राप्त गरेको २ हजार डलरको रकम व्यक्तिगत रुपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गरे ।

यसैगरि अनेसासको आफ्नै भवन डिसी क्षेत्रमा खरिद गर्ने बिषयमा चर्चा गरिएको र त्यसका लागि अग्रिम रुपमा केही रकम प्रदान गर्ने प्रतिबद्धता जाहेर गरियो ।

कार्यक्रम बोर्ड अफ ट्रस्टीका सचिव शिब लामिछानेले सन्चालन गरेका थिए ।

-Bijay Thapa in Wanshington DC

Read related news at:

-http://www.usnepalonline.com/literature/

-http://www.usnepalonline.com/inls/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.