Inside

All Time Top 50 News

अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी ! PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 21 June 2012 02:04

साहित्यकार गीता खत्रीले पहिलो निर्बाचित महिला अध्यक्ष बनेर ईतिहास रचिन्
: Exclusive: 13 photos + Official INLS Election Result:
न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितीको २०१२-१४ कार्यकालकालागि यही जुन १८ देखि २० तारिखबिच सम्पन्न अनलाइन मतदानमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी भएको छ। साहित्यकार खत्रीले अनेसास केन्द्रिय समितीको पहिलो निर्बाचित महिला अध्यक्ष बनेर ईतिहास रच्न सफल भएकिछिन्।


Newly elected 1st women INLS president Gita Khatri. Photo courtesy: Gita Khatri

अनेसास निर्वाचन समितीले जुन २० तारिख मध्यरातपछि अर्थात जुन २१ तारिख बिहान १.७ EST बजे जारी गरेको निर्वाचन परिणामको नतिजाअनुसार अध्यक्ष पदका उम्मेद्वार न्यू योर्ककि साहित्यकार गीता खत्रीले २४१ मत लिएर बिजयी भएकिछिन् भने उनका निकटतम प्रतिद्वन्दी बेलायत निवासी कृष्ण बजगाईले ९३ मत प्राप्त गरेकाछन्। अध्यक्ष पदका अर्की उम्मेद्वार न्यू योर्ककि कमला प्रसाईले ८७ मत लिएर पराजित हुनु परेको छ। यसरी हिसाबले साहित्यकार खत्रीले ५७.२४ प्रतिशत मत ल्याएकिछिन् भने बजगाईले २२.०९ प्रतिशत र प्रसाईले २०.६७ प्रतिशत मत ल्याएकिछिन्।

यसपालीको निर्वाचनमा ५५६ आजीवन सदस्यहरु मध्ये ४२१ जनाले निर्वाचनमा भाग लिएको जनाइएको छ जुन कूल आजीवन सदस्यहरुको ७५.८६ प्रतिशत मत खसेको निर्वाचन समितीले जनाएकोछ।

The Winners: L to R: Radheshyam Lekali, Krishu Chhetri, Jagat Rai 'Nabodit', Dr. Bidhyaraj Subedi. Photos courtesy: Gita Khatri, INLS

The Winners: Bhimsen Sapkota, Padam Bishwakarma, Bedraj Basnet, Narayan Adhikari. Photos courtesy: Gita Khatri, INLS, LinkedIn

उक्त परिणामअनुसार मतदानबाट बिजयी र निर्बिरोध निर्बाचित केन्द्रिय पदाधिकारीहरुको सूची निम्नानुसार छ:

1. अध्यक्ष: गीता खत्री (२४१ मत) (न्यू योर्क)
2. वरिष्ठ उपाध्यक्ष: राधेश्याम लेकाली (निर्विरोध) (नेपाल)
3. क्षेत्रीय उपाध्यक्ष (एसिया): क्रिशु छेत्री (२५४ मत) (म्यानमार)
4. क्षेत्रीय उपाध्यक्ष (युरोप): जगत राई 'नबोदित' (२८५ मत) (बेलायत)
5. क्षेत्रीय उपाध्यक्ष (उत्तर तथा दक्षिण अमेरिका): डा. बिद्याराज सुबेदी (२६५ मत) (फ्लोरिडा, अमेरिका)
6. क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया तथा ओशियाना): भिमसेन सापकोटा (स्वतन्त्र, निर्विरोध) (अष्ट्रेलिया)
7. महासचिब: पदम विश्वकर्मा (२३४ मत) (कोलोराडो, अमेरिका)
8. सचिब: बेदराज बस्नेत (२७२ मत) (टेक्सास, अमेरिका)
9. कोषाध्यक्ष: नारायण अधिकारी (निर्विरोध) (भर्जिनिया, अमेरिका)

Note: निर्वाचन परिणामको पूर्ण विवरणको सुची तल अनेसास निर्वाचन समितीद्वारा जारी पत्र हेर्नुहोस् ।


Official INLS website: www.inls.org

 

केन्द्रीय अध्यक्ष पदकालागि न्यू योर्कका दुई महिला साहित्यकारहरु: केन्द्रिय महासचिब खत्री, पूर्व केन्द्रिय कोशाध्यक्ष प्रसाई र बेलायतका केन्द्रिय बरिस्ठ उपाध्यक्ष बजगाईंबिच कडा र अनेसासको ईतिहासमा सम्भबत: सबैभन्दा कटाक्ष्यपूर्ण निर्वाचन प्रचारप्रसार भएको थियो।

तर नबनिर्बाचित अध्यक्ष खत्रीले निर्वाचन परिणामको लगत्तै युएस नेपाल अनलाइनसंगको छोटो टेलिफोनमा बोल्दै निर्वाचनका बेला जे जस्तो गालीगलौज र तिगडमबाजी भएको भएपनि आफूले सबैलाई समेटेर लैजाने र समग्र साहित्यकारहरुको हित र नेपाली साहित्यको प्रबर्धनतिर लाग्ने बताएकिछिन्।

 

अध्यक्षका पराजित उम्मेद्वार


Lost Battle: The INLS presidential candidates: Kamala Prasai and Krishna Bajagai. Photos courtesy: candidates' facebook profile pictures.

स्मरण रहोस्, निर्वाचन पूर्व नक्कली ईमेल प्रयोग गर्दै उम्मेदवारहरु बिरुद्ध बिश बमन गर्ने, सम्बन्धित आजीवन सदस्यहरुलाई थाहै नभै अर्को ईमेल बदल्न माग गर्ने र निर्वाचन कै अबधी मै अनेसास निर्वाचन पर्यबेक्ष्यण (INLS Poll Observation) भन्दै कुन उम्मेद्वारले कति मत पाउने भन्ने अनुमान सार्वजनिक गरिएको थियो। तर निर्वाचन परिणाम भने उक्त पर्यबेक्ष्यणभन्दा बिल्कुलै फरकरुपमा आएको छ। यसबाट निर्वाचनमा मतदाता साहित्यकारहरुलाई प्रभाबित पार्न उक्त नक्कली निर्वाचन पर्यबेक्ष्यणको हावाला दिदै प्रचार गरिएको भन्ने प्रस्ट देखिन्छ।

 

को हुन् गीता खत्री?


Newly elected first woman INLS president Gita Khatri. Photo courtesy: Gita Khatri


नाम: गीता खत्री
शिक्षाः स्नातक, पाटन संयुक्त क्याम्पस
डिप्लोमा, एलाएन्स फ्रान्स, पेरिस
ओमन लिडरशीप कोर्श, हण्टर कलेज, न्यृ् योर्क
सेवा, पेसा र संलग्नताः मन्दिर निर्माण कोष व्यवस्थापक, कलंकीस्थान, खड्का गाउं (१९९७)
संयोजक: नेपाल भ्रमण बर्ष १९९८ सांस्कृतिक कार्यकम, न्यृ् योर्क
उपाध्यक्ष: अनेसास, न्यृ् योर्क च्याप्टर (२००४)
अध्यक्ष: अनेसास, न्यृ्योर्क च्याप्टर (२००५ देखि २००९ सम्म)
संयोजक: ANA Convention कविता महोत्सब (२००६)
संरक्षक: नारी साहित्य प्रतिष्ठान
आजीवन सदस्यता: बिश्व परिक्रमा, युएस नेपाल अनलाईन, गुन्जन
महासचिब: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति (२०१० देखि २०१२)
सम्मान/पुरस्कारः सर्बदा बाङ्गमय सम्मान २०६४
Best INLS Chapter President Award 2008
नारी साहित्य प्रतिष्ठान सम्मान २०६७
सरस्वती संगीत निकेतन सम्मान २०६७
अनेसास नेपाल च्याप्टर सम्मान २०६७

प्रकाशित कृतिहरु:

कविता/गजल सङ्ग्रह: 'सिर्जना यात्रामा गीता' (२००४)
गीति एल्बम: 'स्वीकृति' (२००८)
गीति संग्रह: 'सम्झनाका तरेली' (२०१०)
कविता संग्रह: 'सपनाको धरहरा' (२०११)
प्रकाशोन्मुख कृतिहरुः डुब्दै गरेको सृ्र्य (नियात्रा संग्रह) -प्रेसमा
मीठो मुस्कान (कथा संग्रह) -प्रेसमा

नबनिर्बाचित अध्यक्ष खत्री श्रीमान राम खत्री र दुई छोराकासाथ न्यू योर्क शहरमा बस्दछिन्।

 

समाजको स्थापना

सन् १९९१ को जनवरी ११ मा अमेरिकाको वासिङ्गटन डिसीमा स्थापना भएको समाजको संस्थापक अध्यक्ष अमेरिका निवासी साहित्यकार होमनाथ सुबेदी हुन् । अनेसासका निबर्तमान अध्यक्ष अमेरिकाको कोलोराडो निवासी साहित्यकार ज्ञानेन्द्र गदाल हुन्।

Founding President & Board of Trustee Chair Homnath Subedi and outgoing INLS president Gyanendra Gadal. Photos courtesy: eEyeCam.com & Gadal's facebook profile


२६ देशमा ६० शाखाहरु

समाजको विश्व भरका २६ देशमा ६० शाखाहरु रहेको छ । समाजको अमेरिकामा २६ वटा शाखाहरु छन् भने भारतमा ४ वटा, अस्ट्रालिया र क्यानाडामा २/२ वटा शाखाहरु छन्।

यसबाहेक एउटा मात्र राष्ट्रिय समिती रहेका राष्ट्रहरुमा बङ्गलादेश, भुटान, चिन, हङ्कङ, नेपाल, जापान, मलेसिया, पाकिस्तान, कतार, साउदी अरबिया, युएइ, अस्ट्रालिया, न्यूजिल्यान्ड, साउथ अफ्रिका, बेल्जियम, जर्मनी, नेदर्ल्यान्ड, पोर्चुगल, रसिया, स्कट्ल्यान्ड, युके र इज्राएल छन्।

अप्डेट जारी छ...

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

अनेसास निर्वाचन समितीद्वारा जारी निर्वाचन परिणाम प्रेस बिज्ञप्ती:


Dear voters and excited candidates,

We are pleased and honored to inform you that, with your co-operation, continued support, and confidence on our team, we have completed the job given to us by INLS Executive Board to conduct the election of INLS HQ Executive Board for the term 2012-1014 successfully.

We are completely satisfied with the entire election process since we started our job. We received full support from INLS Executive Team to complete our job independently. The continued support, co-operation and trust from the voters and candidates were our fuel and the electronic voting system, Votenet Solutions, Inc. made our job amazingly easy and enjoyable.

The voter’s turnout was 75.86% This is a historical endorsement to INLS's mission and high expectation from the leadership.

This election, beyond its purpose, also became an occasion of a lively connection of global Nepali diaspora with its own strength.

Thank you once again for your support to our work, your enthusiasm and participation, and your patience and expectation that made this election a historical one in its magnitude and procedure, and, we believe, a grand success as well. It was an honor to be a part of it.

Please see the result below:

INLS Election - 2012
President
(Total 421 responses)
Gita Khatri 57.24% - (241 votes) winner
Kamala Prasai 20.67% - (87 votes)
Krishna Bajgai 22.09% - (93 votes)
Regional VP (Asia)
(Total 421 responses)
Dinesh Raj Gyawali 17.81% - (75 votes)
Samadarshi Kainla 21.85% - (92 votes)
Krishu Chhetri 60.33% - (254 votes) winner
Regional VP( Europe)
(Total 421 responses)
Jagat Rai " Nabodit" 67.70% - (285 votes) winner
Sunil Sangam 32.30% - (136 votes)
Regional VP (NA & LA)
(Total 421 responses)
Basu Dhakal 37.05% - (156 votes)
Dr. Bidya Raj Subedi 62.95% - (265 votes) winner
General Secretary
(Total 421 responses)
Gopi Krishna Kaphle 23.75% - (100 votes)
Hari Manandhar "Bibash" 20.67% - (87 votes)
Padam Bishwakarma 55.58% - (234 votes) winner
Secretary
(Total 421 responses)
Bedraj Basnet 64.61% - (272 votes) winner
Raj Kumar Pudasaini 35.39% - (149 votes)
Report generated June 21, 2012 1:07 AM Eastern time


--
Sincerely,

H.B. Bhandari, Maryland (USA) – Chief Election Commissioner

Commissioners
Bimal Nepal, Florida (USA)
Dhaniram Sapkota, New York (USA)
Prakash Nepal, Tokyo (Japan)
Uma Subedi, Kathmandu (Nepal)

Observers

Prof. Mohan Sitaula, Texas (USA)
Dr. Bheem Kattel, Maryland (USA)
Mr. Khem Bhattachan, Washington D.C (USA)

Read related news:

-http://usnepalonline.com/inls/

-अनेसासका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल चुनावको मुखमा के भन्छन्?

-अनेसास (INLS) केन्द्रीय नेत्रित्वकालागि ३ समूहका नेपाली साहित्यकारहरुबिच चुनावी प्रतिस्पर्धा

--न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

-अनेसास बोष्टन च्याप्टरको नयाँ कार्यसमिति गठन

-अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

-डि.सी.मा अनेसासद्वारा शीतकालीन नेपाली साहित्य सम्मेलन सम्पन्न

-अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु

-बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न

-लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो

-अमेरिकाको वाशिङ्गटन डिसीमा १९८ औं भानुजयन्ती कार्यक्रम सम्पन्न

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन

-न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न

-वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान

-अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल

- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.