Inside

All Time Top 50 News

न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 03 May 2012 15:44

Updated: May 11, 2012: Special: 5 photos: न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितीको आगामी जुन महिनामा २०१२-१४ कार्यकालकालागि हुने निर्वाचनमा न्यू योर्कका दुई साहित्यकार नेपाली महिला हस्तीहरु बर्तमान केन्द्रिय महासचिब गीता खत्री र पूर्व केन्द्रिय कोशाध्यक्ष कमला प्रसाईले अध्यक्षको दाबी गर्दै आ-आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन्।


 

INLS presidential candidates: Gita Khatri, General Secretary INLS ICC and Kamala Prasai, former Treasurer INLS ICC. Photos courtesy: candidates'facebook profile pictures.

सन् २०१० को जुन २८ देखी जुलाई १० बिच सम्पन्न केन्द्रिय समितीको बहुचर्चित बिद्धुतीय निर्वाचन (online election) मा अध्यक्षमा अमेरिकाको कोलोराडो राज्यका साहित्यकार ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी भएको थियो। उक्त निर्वाचनमा अध्यक्ष पदमा गदालसंग पराजित हुन पुगेकी प्रसाईले पुन: अध्यक्ष पदमा लड्ने दाबी गरेकी हुन् भने कतारका प्रसाई समूहका दिपक भेटवाललाई पराजित गरेर महासचिब पदमा बिजयी खत्री आफ्नो समूहका बर्तमान अध्यक्ष ज्ञानेन्द्र गदालले पुन: अध्यक्षमा उठ्ने इच्छा नगरेपछि अनेसासको बाग्डोर सम्हाल्ने निधोमा गरेकिहुन्।

तर यि दुई न्यू योर्कका महिला उम्मेद्वारहरुको बिकल्पकोरुपमा बर्तमान बरिस्ठ उपाध्यक्ष बेल्जियमका कृष्ण बजगाई उठ्ने चर्चा चलेको छ। बजगाईलाई समाजका संस्थापक अध्यक्ष तथा हाल बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदी (भर्जिनिया, अमेरिका) को आशिर्बाद प्राप्त छ भनिन्छ।

Krishna Bajagai, INLS ICC Senior VP, INLS ICC President Gyanendra Gadal and INLS Board of Trustee Chair Homnath Subedi. Photos courtesy: Bajagai, Gadal & Subedi's facebook profile pictures

युएस नेपाल अनलाइनसंगको बिशेष टेलिफोनवार्तामा अध्यक्षका उम्मेद्वार अनेसास महासचिब गीता खत्रीले आफूले आफ्नो कामको अनुभब र नेपाली डायस्पोरिक साहित्यको बिकासमा केही उल्लेखनीय काम गर्ने अठोटकासाथ अध्यक्षमा उठ्ने निर्णयमा पुगेको बताईन्।

उनलाई ट्रस्टी अध्यक्ष सुबेदीले गोप्य मन्त्रणाद्वारा सहयोग गर्ने बचन दिएकोबारे सोधिएको प्रश्नमा उनले आफूले सबैको समर्थन लिएर अबिभाजितरुपमा समाजलाई अघि बढाउने उद्देश्य लिएर उम्मेद्वारी दिएको बताउँदै सबैलाई समेटेर लैजान आफू तयार रहेको उल्लेख गरिन्।

उता अध्यक्ष पदका अर्का उम्मेद्वार कमला प्रसाईले आफूलाई साथीभाईहरुबाट समाजलाई एक पटक नेत्रित्व दिनु पर्छ भन्ने आग्रह आएको र नेपाली साहित्यमा केही सकारात्मक कामहरु गरेर देखाउन आफ्नो उम्मेद्वारी रहेको उल्लेख गरिन्।



न्यू योर्कबाट समझदारीमा साझा नेत्रित्व बनाउन नसक्नु दु:खद कुरा होइन त भन्ने प्रश्न जवाफमा अध्यक्ष का दाबेदार खत्री र प्रसाईले आफूहरु न्यू योर्कमा रहेका समाजका आजीवन सदस्य साहित्यकार साथीहरुको तजबिजमा हुने वार्तामा सहभागि भएर साझा नेत्रित्वकोलागि तयार रहेको चाँही बताए।

यि दुई अध्यक्षका उम्मेद्वारहरुले सहमती हुन नसके आ-आफ्नो समूह निर्वाचनमा खडा गर्ने तयारी गरिरहेको अनेसास बिशेष सुत्रले युएस नेपाल अनलाइनलाई जानकारी गराएकोछ।

यसैबिच, अनेसास केन्द्रिय समितीको अप्रिल १८, २०१२ माबसेको बैठकले सन् २०१२-१४ को केन्द्रिय कार्य समितीको निर्वाचन सम्पन्न गर्न बाल्टिमोर अमेरिका निवासी एचबि भण्डारीलाई मुख्य निर्वाचन आयुक्त तोकेको छ। समितीका अन्य सदस्यहरुमा बिमल नेपाल (फ्लोरिडा, अमेरिका), उमा सुबेदी (नेपाल), धनीराम सापकोटा (न्यू योर्क, अमेरिका) र प्रकाश पौडेल (जापान) छन् भने निर्वाचन पर्यवेक्षण समितिमा प्रा. मोहन सिटौला (टेक्सास, अमेरिका), डा. भिम कट्टेल (बाल्टिमोर, अमेरिका) र खेम भट्टचन (वाशिंगटन डीसी, अमेरिका) छन्।

निर्वाचन अप्डेट जारी छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/inls/

अध्यक्षका उम्मेद्वार अनेसास महासचिब गीता खत्रीद्वारा जारी उम्मेद्वारी घोषणा सम्बन्धी प्रेस बक्तब्य

हार्दिक अनुरोध

अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध समादरणीय मित्रहरु, नेपाली कला, संस्कृति, पहिचान तथा साहित्यानुरागी सम्बन्धित सबैमा हार्दिक नमस्कार छ ।

अहिले सनै सनै जसो अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाज सन् २०१२-२०१४ को केन्द्रीय कार्यकारिणी समितिको निर्बाचनको संघारमा आइसकेको छ । विगत बाल्यावस्था देखिकै मेरो साहित्यप्रतिको रुची, समयको प्रबाहसंगै अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको स्थापनामा जुटेर सन २००४ देखि २००५ सम्म च्याप्टरको उपाधेक्छे भई काम गरें, २००५ देखि २००९ सम्म च्याप्टरको नेतृत्व सम्हालें र २०१० देखि हालसम्म अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यकारिणी समितिमा महासचिवको जिम्मेवारी निभाउनका लागि तपाईंहरु सबैले दिनु भएको आस्था, बिश्वास र हार्दिकतालाई पुनः एकचोटी नमन, मनन गर्दै पुनः हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । यसै पृष्ठभूमिमा फेरि एक पटककालागि अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यकारिणी समितिको निर्बाचनमा अध्यक्ष्य पदमा उम्मेदवारी दिन गैरहेको व्यहोरा निवेदन गर्न चाहन्छु । विगतदेखिकै जस्तो आस्था, बिश्वास, सल्लाह, सुझाव यहाँहरु सबैबाट निरन्तर पाइरहने नै छु भन्ने कुरामा पूर्ण आशावादी रहँदै अमूल्य मत तथा सहयोगकालागि अनुरोध गर्दछु ।

प्रबाशमा रहेका हामी नेपालीहरु लगभग सबै जसो प्रथम पुस्तामा नै पर्दछौं । हामी सबैको साझा चुनौती भनेको हाम्रो आ-आफ्नो भाषा, संस्कृति, कला र साहित्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने, उनीहरुलाई आ-आफ्नो भाषा, संस्कृति, कला र साहित्यप्रति गौरवको अनुभूति गर्न सक्ने खालका क्रियाकलापहरु जसले जहाँ गरेको भए पनि हामी सबैले मन बचन र कर्मले सक्दो सहयोग गर्ने मूल उद्देस्य हुनुपर्छ भन्ने लागेको छ ।

अन्यथा हाम्रो भाषा, संस्कृति, कला र साहित्य हामी पहिलो पुस्तामा नै सीमित हुन गै प्रबाशमा हाम्रा सन्ततिको पहिचान नै हराउंदै जाने सम्भावना नहोला भन्न सकिन्न । मैले सकेसम्म आफ्नो बाँकी नीजि जीवन र संस्थागत जीवनलाई यसैतिर केन्द्रित गर्ने सोचाइ लिएकी छु ।

"बालबालिकालाई घर-घरमा आ-आफ्नो भाषा संस्कृति सिकाऔं, प्रबाशमा  नेपालीपनको संरक्षण र प्रवर्धन गरौँ " भन्ने भनाइकासाथ पुनः तपाइंहरुको अमूल्य मत र सहयोगकालागि बिनम्र अनुरोध गर्दछु ।

आफ्ना साथीहरुसहित फेरी भेट्ने बाचा र न्यानो आदरसहित

गीता खत्री

अध्यक्षका उम्मेद्वार कमला प्रसाईद्वारा जारी उम्मेद्वारी घोषणा सम्बन्धी प्रेस बक्तब्य

प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वारेमा

आदरणीय अनेसासका अग्रज तथा मेरा प्यारा साथीहरु,

सबैमा मेरो नमस्कार !

मैले फेरि तपाईंहरु समक्ष अनेसासको गरिमा बढाउने उदेश्यले आगामी हुने अनेसासको निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गर्दैछु । अनेसास भनेको हाम्रो ईज्जत हो, हाम्रो शान हो । अनेसासको नाम नेपाली साहित्यको ईतिहासमा अग्रपंत्तिमा छ ।

तपाईंहरुले मलाई एक पटक विश्वास गर्नुहोस्, मैले अनेसासको निमित्त सकारात्मक कामहरु गरेर अगाडि बढ्नेछु । अनेसासका हरेक कार्यक्रमहरुमा अनेसासको आफ्नै मौलिक गीतबाट शुरु गर्नु पर्ने मेरो धारणा रहिआएको छ । जसरी राष्ट्रिय गीत बजाएर कुनै पनि कार्यक्रमहरु शुरु गरिन्छ त्यसरी नै अनेसासको गीत बजाएर अनेसासको कुनै पनि कार्यक्रम शुरु गर्न सकियोस् ।

अध्यक्ष पदको उम्मेदवारीको घोषणाको साथ-साथै हाम्रा भावी योजनाको केही विवरण तपाईहरु समक्ष प्रस्तुत गर्दैछु ।

१. अनेसासका हरेक कार्यक्रमहरुमा अनेसासको आफ्नै मौलिक गीतबाट कार्यक्रमहरु शुरु गर्ने परम्परा बसाल्ने हाम्रो योजना छ ।

२. प्रत्येक च्याप्टरबाट ५ जनाले मत खसाल्ने व्यवस्था गर्नु पर्दछ जसले गर्दा च्याप्टर र केन्द्रको सामिप्य सम्वन्धको विकास हुन्छ ।

३. अनेसासले नेपाली भाषा-साहित्यको निमित्त यति धेरै कार्य गरेको छ, तर त्यसको वावजुद पनि नेपालबाट सही मानेमा मान्यता पाउन सकिरहेको छैन । त्यसैले प्रज्ञा-प्रतिष्ठानले प्रदान गर्ने प्रमुख पुरष्कार तथा मदन पुरष्कार जस्ता उच्च मान्यता प्राप्त पुरष्कारहरु अनेसासले संस्थागतरुपमा नै पाउनु पर्छ । यसको निमित्त हामीहरुले प्रयास गर्नेछौं । हामीहरुले हाम्रा अग्रज र साथी-श्रष्टाहरुको पसिना र मेहनतको धेरै ठूलो मुल्यांकन गरेका छौं । यसबाट सबैलाई यो कुरा बुझ्न अनुरोध गर्दछौं कि कुनै विशेष व्यक्ति नभएर संस्था मुल्यवान हो ।

४. नेपालीहरुको उपस्थिति राम्रो भएको विभिन्न स्थानहरुमा नेपाली पुस्तकालयहरु स्थापना गर्नु पर्ने देखिन्छ। यसको निमित्त अनेसासलाई सक्रिय गराउनु पर्ने हाम्रो विचार हो । जहाँ पुस्तकालय खोल्न समस्या हुन्छ त्यहाँ नेपाली कुटनैतिक नियोगहरुमा नै प्रवासमा रचिएको साहित्यिक रचनाहरु राख्न्ने व्यवस्था हामीहरुले गर्नेछौं ।

५. अनेसासले वालवालिकालाई नेपाली भाषा-साहित्यप्रति रुचि हुने कार्यक्रमहरुको योजना बनाई कार्यान्वयन गर्नु पर्दछ ।

६. अनेसासको आफ्नै केन्द्रिय कार्यालय भवन बनाउने पहल गर्नेछौं ।

७. अनेसासले क्षेत्रीय कार्यालय स्थापना गर्नु पर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ जसले आ-आफ्नो क्षेत्रको कार्यहरुको समन्वय गर्दछ ।

यस्ता धेरै कामहरुको विवरण सहितपछि फेरि अर्को प्रेस रिलिजमार्फत म र मेरा साथीहरु यहाँहरु समक्ष आउनेछौं ।

जय अनेसास !

कमला प्रसाई

अनेसास निर्बाचन समिति- २०१२

अनेसासका आदरणीय सदस्यज्यू तथा शुभचिन्तक साथीहरु,

अनेसास केन्द्रिय कार्यसमितिको २०१२-१४ कार्यकालकालागि हुने निर्बाचन सुसम्पन्न गर्न गराउन यहि अप्रिल १८, २०१२ को केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम निम्नअनुसार निर्बाचन समिति (Election Committee ) र निर्बाचन पर्यवेक्षण समिति (Election Observation Committee ) गठन गरिएको छ ।

निर्वाचन समिति:

मुख्य निर्बाचन आयुक्त:

श्री एच. बि. भण्डारी, बाल्टिमोर, अमेरिका

निर्वाचन आयुक्तहरु:

१. श्री बिमल नेपाल, फ्लोरिडा, अमेरिका
२. श्री उमा सुबेदी, नेपाल
३. श्री धनीराम सापकोटा, न्यू योर्क, अमेरिका
४. श्री प्रकाश पौडेल, जापान

निर्वाचन पर्यवेक्षण समिति:
प्रा. मोहन सिटौला, टेक्सास, अमेरिका
डा. भिम कट्टेल, बाल्टिमोर, अमेरिका
श्री खेम भट्टचन, वाशिंगटन डीसी, अमेरिका

अनेसासको गरिमालाई कायम राख्दै केन्द्रिय कार्यसमितिको आसन्न चुनाब सफलतापूर्बक सम्पन्न गर्न गराउन अनेसासका सबै सदस्य एवं सुभचिन्तक महानुभाबबाट उक्त निर्बाचन तथा पर्यवेक्षण समितिलाई रचनात्मक सहयोग मिल्नेछ भन्ने आशा एवं बिश्वाससमेत लिएको छु ।

ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास ।

Read related news:

-http://usnepalonline.com/inls/

-अनेसास बोष्टन च्याप्टरको नयाँ कार्यसमिति गठन

-अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

-डि.सी.मा अनेसासद्वारा शीतकालीन नेपाली साहित्य सम्मेलन सम्पन्न

-अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु

-बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न

-लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो

-अमेरिकाको वाशिङ्गटन डिसीमा १९८ औं भानुजयन्ती कार्यक्रम सम्पन्न

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन

-न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न

-वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान

-अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल

- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.