Inside

All Time Top 50 News

अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Wednesday, 18 July 2012 23:10

Special: 10 photos: फ्लोरिडा, अमेरिका- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितिको २१ औं साधारण सभा तथा १९९ औं भानु जयन्ती भब्यताकासाथ सम्पन्न भएको छ। साथै सोही कार्यक्रममा २०१२-१४ कार्यकालकालागि यही जुन १८ देखि २० तारिखबिच सम्पन्न अनलाइन मतदानमा अध्यक्ष पदमा बिजयी गीता खत्री र उनको टिमलाई सपथ ग्रहण र पद हस्तान्तरण गरिएको छ।


The newly elected INLS Central Committee Executive Members taking oath of their office in Florida, USA on July 14, 2012. Photo courtesy: INLS


अनेसास २१ औं साधारण सभा

वेष्ट पाल्म बीच, फ्लोरिडामा जुलाई १४ तारिख अनेसास, फ्लोरिडा च्याप्टरको संयोजकत्वमा सम्पन्न उक्त साधारण सभाको पहिलो चरणमा अनेसास, कार्यकारीणी समिती तथा बोर्ड अफ ट्रस्टीका वार्षिक प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो ।

वार्षिक साधारण सभाको उद्घाटन अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल तथा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदीले गरेका थिए।

सभामा महासचिब गीता खत्रीले अनेसास केन्द्रिय समितिको वार्षिक प्रगति प्रतिबेदन पेश गरेकी थिइन् भने अध्यक्ष ज्ञानेन्द्र गदालले कोशाध्यक्ष क्रिशु छेत्रीको अनुपस्थितीमा आर्थिक प्रतिबेदन पेश गरेका थिए।

अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा सम्पन्न उक्त सभामा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदी, विश्व नेपाली साहित्य महासंघका बरिस्ठ उपाध्यक्ष गोबिन्द गिरी प्रेरणा, अनेसास डिसी च्याप्टर अध्यक्ष प्रकाश नेपाल, अनेसास कोलोराडो च्याप्टर अध्यक्ष पदम विश्वकर्मा, अनेसास ह्युस्टन च्याप्टर अध्यक्ष गंगा रिगल, हाँस्य कलाकार मनोज गजुरेलले सम्बोधन गरेका थिए।

सोही सभामा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदीले गंगा रिगलको "भानुको सम्झनामा" कृतिको बिमोचन गरेका थिए।

कार्यक्रममा कार्यकारीणी समितिको तत्कालिन तथा दीर्घकालिन कार्य योजनाहरु तथा तीसंग सम्बन्धित समितिहरुको बारेमा प्रस्तुती अनेसास क्षेत्रीय उपाध्यक्ष (उत्तर अमेरिका र ल्याटीन अमेरिका)- डा. बिद्याराज सुबेदीले पेश गरेका थिए भने आगामी दुइ बर्षे कार्यकालको संक्षिप्त मार्गचित्र महासचिब पदम विश्वाकर्माले प्रस्तुत गरेका थिए ।

समारोहमा अनेसासका नयाँ आजीबन सदस्यहरुलाई निबर्तमान अध्यक्षले सदस्यताको प्रमाणपत्र बितरण गरेका थिए।

कार्यक्रममा अनेसास, केन्द्रिय कार्यालय र फ्लोरिडा च्याप्टरकोबीच एक सम्झौतापत्रमा पनि हस्ताक्षर गरियो जसअनुसार नेपाली पाठशाला संयोजन तथा बिस्तार समितिको नेत्रित्व केन्द्रिय कार्यालयको तत्वबधानमा फ्लोरिडा च्याप्टरले गर्नेछ ।

सभाको अन्तमा अध्यक्ष गदालले सहभागी सबैलाई आभार प्रकट गर्दै सभाको समापन गरेका थिए।

नब निर्बाचित केन्द्रिय कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको शपथ र पद हस्तान्तरण समारोह

जुलाई १४ तारिख वार्षिक साधारण सभाको समापनपछि शुरु भएको नब निर्बाचित केन्द्रिय कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको शपथ र पद हस्तान्तरण समारोह अनेसास फ्लोरिडा च्याप्टरको अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

उक्त समारोहमा अनेसास, निर्वाचन आयोग २०१२ कोतर्फबाट सदस्यव्द्य बिमल नेपाल तथा धनीराम सापकोटाले निर्वाचनको नतिजा तथा बिजयी पदाधिकारी तथा सदस्यहरुको नामाबली उद्घोषण गर्नुकोसाथै उनिहरुलाई सपथ ग्रहण र पदअनुसारको प्रमाणपत्र प्रदान गरेका थिए।

सपथ ग्रहण समारोहमा नब निर्बाचित अध्यक्ष- गीता खत्री (न्यू योर्क, अमेरिका); क्षेत्रीय उपाध्यक्ष (उत्तर तथा दक्षिण अमेरिका)- डा. बिद्याराज सुबेदी (फ्लोरिडा, अमेरिका); महासचिब- पदम विश्वकर्मा (कोलोराडो, अमेरिका)  र कोषाध्यक्ष- नारायण अधिकारी (भर्जिनिया, अमेरिका) उपस्थित थिए भने स्काइप च्याटमार्फत वरिष्ठ उपाध्यक्ष- राधेश्याम लेकाली (नेपाल); क्षेत्रीय उपाध्यक्ष (एसिया)- क्रिशु छेत्री (म्यानमार); क्षेत्रीय उपाध्यक्ष (युरोप)- जगत राई 'नबोदित' (बेलायत) र सचिब- बेदराज बस्नेत (टेक्सास, अमेरिका) ले सहभागिता जनाएका थिए।

 

L to R: Gita Khatri, Radheshyam Lekali, Krishu Chhetri, Jagat Rai 'Nabodit', Dr. Bidhyaraj Subedi. Photos courtesy: Gita Khatri, INLS

Bhimsen Sapkota, Padam Bishwakarma, Bedraj Basnet, Narayan Adhikari.Photos courtesy: Gita Khatri, INLS, LinkedIn

1. अध्यक्ष: गीता खत्री (२४१ मत) (न्यू योर्क)
2. वरिष्ठ उपाध्यक्ष: राधेश्याम लेकाली (निर्विरोध) (नेपाल)
3. क्षेत्रीय उपाध्यक्ष (एसिया): क्रिशु छेत्री (२५४ मत) (म्यानमार)
4. क्षेत्रीय उपाध्यक्ष (युरोप): जगत राई 'नबोदित' (२८५ मत) (बेलायत)
5. क्षेत्रीय उपाध्यक्ष (उत्तर तथा दक्षिण अमेरिका): डा. बिद्याराज सुबेदी (२६५ मत) (फ्लोरिडा, अमेरिका)
6. क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया तथा ओशियाना): भिमसेन सापकोटा (स्वतन्त्र, निर्विरोध) (अष्ट्रेलिया)
7. महासचिब: पदम विश्वकर्मा (२३४ मत) (कोलोराडो, अमेरिका)
8. सचिब: बेदराज बस्नेत (२७२ मत) (टेक्सास, अमेरिका)
9. कोषाध्यक्ष: नारायण अधिकारी (निर्विरोध) (भर्जिनिया, अमेरिका)

शपथ ग्रहणपछि अध्यक्ष ज्ञानेन्द्र गदालले नवनिर्वाचित अध्यक्ष गीता खत्रीलाई बधाई ज्ञापन गर्दै दोशल्ला ओढाई अनेसासको प्रतीककोरुपमा धातुको सरस्वतीको मुर्ति प्रदान गरेका थिए भने नवनिर्बाचित अध्यक्ष खत्रीले गदाललाइ अनेसासको हित चिताई सफल पूर्बक कार्यकाल पूरा गरे बापत कदरपत्र प्रदान गरेकी थिइन्।

कार्यक्रममा नबनिर्बाचित अध्यक्ष गीता खत्रीले प्रमुख निर्वाचन आयुक्त एचबी. भण्डारी एबं आयोगका सदस्यहरु, मतदाताहरु तथा सम्पूर्ण साहित्य प्रेमी महानुभाबहरुलाई धन्यवाद ज्ञापन गरिन्।

अनेसासको नव-निर्वाचित कार्यकारीणी समितिलाई शुभकामना मन्तब्य ब्यक्त गर्ने महानुभावहरुमा नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाकोतर्फबाट सुन्दर जोशी,  विश्व साहित्य महासंघकोतर्फबाट संघका बरिस्ठ उपध्यक्ष गोबिन्द गिरी 'प्रेरणा' ले बधाई ज्ञापन गरेका थिए।

त्यसैगरी, नयाँ कार्यसमितिलाई अनेसास फ्लोरिडा च्याप्टरकि उपाध्यक्ष साबित्री श्रेष्ठ, अनेसास डिसी च्याप्टर अध्यक्ष प्रकाश नेपाल, अनेसास ह्युस्टन च्याप्टर अध्यक्ष गंगा रिगल, हाँस्य कलाकार मनोज गजुरेल, नासा (नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ), फ्लोरिडा एसोसिअसन अफ नेपाली सोसाइटीज (फ्यान्स), फ्लोरिडा नेपाल एसोसिअसन आदी संस्थाका प्रतिनिधीहरुले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमको सन्चालन बिमल नेपालले गरेका थिए।

१९९ औं भानु जयन्ती समारोह

जुलाई १४ तारिखकै बेलुकी आयोजना गरिएको १९९ औं भानु जयन्ती समारोहको सुभारम्भ अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदीले दीप प्रज्वलन तथा समाजका जेष्ठ नागरिक द्वय लक्षमण सत्याल र इश्वर श्रेष्ठद्वारा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी भएको थियो।

समारोहमा नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानबारे चर्चा गरिनुकोसाथै बिभिन्न कवि-कवयित्रीहरुले आ-आफ्नो कबिता बाचन गरेका थिए।

उक्त समारोहमा अनेसास फ्लोरिडा च्याप्टर पाठशालाका बालबालिकाहरुले नेपाली गीत तथा न्रित्य प्रस्तुत गरेका थिए भने हास्य कलाकार मनोज गजुरेलले हास्यब्यंग प्रस्तुत गरेका थिए ।

अन्य कलाकारहरुले बिभिन्न न्रित्य र गीत प्रस्तुत गरेका थिए।

उक्त समारोहमा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदी, नवनिर्वाचित अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री, विश्व नेपाली साहित्य महासंघका बरिस्ठ उपाध्यक्ष गोबिन्द गिरी प्रेरणा र नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाका सुन्दर जोशी ले सम्बोधन गरेका थिए।

समारोह अनेसास फ्लोरिडा च्याप्टरको अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन बिमल नेपालले गरेका थिए।

 

Read related news:

-http://usnepalonline.com/inls/

-अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी !
साहित्यकार गीता खत्रीले पहिलो महिला अध्यक्ष बनेर ईतिहास रचिन्

-अनेसासका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल चुनावको मुखमा के भन्छन्?

-अनेसास (INLS) केन्द्रीय नेत्रित्वकालागि ३ समूहका नेपाली साहित्यकारहरुबिच चुनावी प्रतिस्पर्धा

--न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

-अनेसास बोष्टन च्याप्टरको नयाँ कार्यसमिति गठन

-अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

-डि.सी.मा अनेसासद्वारा शीतकालीन नेपाली साहित्य सम्मेलन सम्पन्न

-अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु

-बोस्टनमा भीमनिधी तिवारी सतवार्षिकी समारोह सम्पन्न

-लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो

-अमेरिकाको वाशिङ्गटन डिसीमा १९८ औं भानुजयन्ती कार्यक्रम सम्पन्न

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन

-न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न

-वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान

-अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल

- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.