Inside

All Time Top 50 News

अनेसास (INLS) केन्द्रिय समिति अध्यक्ष गदाल र बोर्ड अफ ट्रस्टी अध्यक्ष सुबेदीबिच आरोप प्रत्यारोपको वाकयुद्द शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 24 February 2012 07:59

'त्वम् शरणम् गरेर फेरी अध्यक्ष बन्नु मलाई छैन'- अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास, केन्द्रिय समिति
Exclusive:
न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (INLS) केन्द्रिय समितिको बैठकको बहुमतले पारित गरेको बिधान संशोधन प्रस्तावलाई समाजको बोर्ड अफ ट्रस्टीका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले एकलौटी धोती लगाइदिएपछि केन्द्रिय समितीभित्र उब्जिएको रडाको अब समाजका झन्डै ४०० आजीवन सदस्यहरुमाझ छताछुल्ल हुनेगरी अध्यक्ष ज्ञानेन्द्र गदालले निर्णयार्थ भन्दै अपिल जारी गरेकाछन् भने भुसको आगो झैं सल्केको बिबाद अब समाजको ४ महिनापछि हुने निर्वाचनको तयारी हुनु अगावै संचार माध्यममासमेत सल्किन पुगेको छ।

 

 

Gyanendra Gadal, president INLS Central Committee. Photo courtesy: Gadal's facebook profile.

समाजको ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीको अनेसासको बिधान कहिल्यै बलिदैन भन्ने आशयको अन्तरवार्ता विश्व परिक्रमा पाक्षिक पत्रिकाको अनलाइन संस्करण www.vpknews.com मा आएपछि अध्यक्ष गदाल अझ आगो भएका हुन्। त्यसको लगत्तै उनले समाजका झन्डै ४ सय आजीवन सदस्यहरुलाई सम्बोधन गरेर निर्णयार्थ अपिल जारी गरेका हुन्। यसै रिपोर्टको तल समाजका अध्यक्ष ज्ञानेन्द्र गदालद्वारा जारी अपिल पढ्नुहोस्। उता अझैपनि हालसम्म ३७ देशमा ७२ शाखा स्थापना भईसकेको अनेसास (INLS) लाई ट्रस्टी अध्यक्ष होमनाथ सुबेदीले बपौतिकोरुपमा चलाऊन खोजेको आरोप अध्यक्ष गदालले लगाएकाछन् जुन कुराको खन्डन गर्ने प्रयास ट्रस्टी अध्यक्ष सुबेदीले विश्व परिक्रमासंगको अन्तरवार्तामा गरेकाछन्। तल पढ्नुहोस् ।

Homnath Subedi, chair, Board of Trustee INLS. Photo courtesy: Subedi's facebook profile.

अनेसास (INLS) को सन् २०१०-१२ कार्यकालकोलागि सन् २०१० को जुन २८ देखी जुलाई १० बिच सम्पन्न केन्द्रिय समितीको बहुचर्चित बिद्धुतीय निर्वाचन (online election) मा अमेरिकाको कोलोराडो राज्यका साहित्यकार ज्ञानेन्द्र गदाल अध्यक्षमा निर्बाचित भएका थिए। तर उनले ट्रस्टी अध्यक्ष सुबेदी कै कारण आफ्नो दुई बर्शे कार्यकाल समाजलाई सुबेदीको खल्तीबाट निकालेर जनसमुदायमा लैजाने प्रयास मै बित्न पुगेको युएस नेपाल अनलाइनसंगको कुराकानीमा गुनासो गरेकाछन्।

उनले यो पनि खुलस्त पारे कि अहिले कै बिधान, जुन पछिल्लो पटक सन् २००९ मा संशोधन गरिएको थियो, अनुसार यदी निर्वाचन हुने हो भने आफू त्वमशरणम गरेर फेरी अध्यक्ष बन्न निर्वाचन लड्ने छैनन्। तर यदी नयाँ बिधान आयो र संस्था ट्रेयाकमा गयो भने र साथीहरुको चाहना हुन्छ भने काम गर्न नचाहने मान्छे आफू नभएको उल्लेख गर्ने पनि उनले छुटाएनन्।


युएस नेपाल अनलाइनले समाजका अध्यक्ष गदालसंग लिएको बिशेष अडियो वार्ता सुन्नुहोस्


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


अनेसासका अध्यक्ष ज्ञानेन्द्र गदालद्वारा जारी अपिलको पूर्ण रुप:

आदरणीय अनेसासका सम्पूर्ण आजीवन सदस्य महानुभावहरु;
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्थापना भएको २० बर्ष नाघिसक्दा पनि यसको कार्यपद्दति अर्थात बिधानमा समयसापेक्ष सुधार हुन सकेको छैन । जसका कारण केन्द्रिय कार्यकारीणी समिति, बोर्ड अफ ट्रस्टिज तथा च्याप्टरहरु बिचमा राम्रो सहकार्य हुन नसकेको अवस्था विद्दमान छ र संस्थाले आफ्नो शाख बचाएर व्यापकता लिन नसकेको यथार्थ प्रष्ट भएको छ । यहि कम्जोर विधानका कारण यो संस्थामा सधैं ब्यक्तिबादी प्रबृत्ति हावी भैरहेको र यसबारे जनमानसबाट गुनासा सहित नराम्रा टिप्पणीहरु समेत संस्थाले खेप्नु परेको प्रष्ट छ । यसको ज्वलन्त उदाहरण केन्द्रिय कार्यसमितिको गत निर्वाचनमा देखिएका इमेल पत्राचार नै काफी छन् ।

यी सब कुरालाई हृदयंगम गरि समयसापेक्ष अनेसासको बिधान तयार गर्न अनेसासको बोर्ड अफ ट्रस्टिज, केन्द्रिय कार्यकारीणी समिति, अनेसास च्याप्टरहरुको कार्यकारीणी समितिको सदस्यहरु तथा धेरै आजीवन सदस्यहरुले व्यक्त गर्नुभएको इच्छा बमोजिम वर्तमान कार्यकारीणी समितिले एउटा बिधान संशोधन सुझाव समिति गठन गर्यो । यसरी गठन गरिएको बिधान संशोधन समितिले दिएको सुझाव अनुसार बिधान संशोधनको प्रकृया अगाडि बढाउन खोज्दा वर्तमान बोर्ड अफ ट्रस्टिजका अध्यक्ष होमनाथ सुबेदीज्यूबाट नितान्त व्यक्तिगत स्वार्थमा रुमलिएर ठाडो बिरोध आयो । पारितको लागि साधारण सभा (All Voters) मा प्रश्तुत गर्नु अघि समितिबाट प्राप्त बिधान संसोधन सुझाव प्रतिबेदनमाथि छलफल गरेर अन्तिम रुप दिन केन्द्रिय कार्यसमिति र बोर्ड अफ ट्रष्टीको संयुक्त बैठकमा राखिएका बेला आएर होमनाथजीले यो बिधान संसोधन हुनुहुदैन भनेर ठाडो बिरोध गरेका कारण अवरुद्ध हुन पुगेको छ ।

यस सम्बन्धि वहांको जिकिर सहित बोर्ड अफ ट्रष्टीको बहुमतले यो बिधान संसोधन प्रस्ताव अस्वीकृत गरेको छ भनेर वहांको एकल निर्णय सार्बजनिक बाहिर आएको छ । तसर्थ म यसै पत्रद्वारा वहाँ (होमनाथ सुबेदिज्यू) लाई आग्रह गर्छु कि: यो बिधान संसोधनबारे प्रक्रिया रोक्न वा यसलाई संसोधन गर्न बोर्ड अफ ट्रष्टीका सदस्यज्यूहरुमा कहिले Voting भयो? यसबारे ट्रष्टी सदस्यज्यूहरुको लिखित मत कुन बैठकमा कहाँ र कहिले आयो? म स्वयं पनि यसको सदस्य हुँ, मलाई समेत थाहा छैन । यसलाई आधिकारिक पुष्टि गरेर देखाइदिनु हुन अनुरोध समेत गर्छु । अन्यथा बोर्डअफ ट्रष्टीको नाम लिएर यसरि वहांको नितान्त व्यक्तिगत कुराहरुले सस्थाभित्र स्थान पाउने कुनै गुन्जायस रहँदैन ।    

यसरि यो अवस्थामा आएर अवरुद्ध हुन पुगेको बिधान संसोधन प्रक्रियाका बारेमा बिधान संशोधन जस्तो महत्वपूर्ण मुद्दामा अनेसासको आजीवन सदस्यहरुलाई अनभिज्ञ राख्न नहुने जिम्मेवारी महसूश गर्दै सम्पूर्ण आजीवन सदस्यहरुलाई  समितिले पेश गरेको प्रस्तावित बिधान संशोधन प्रतिबेदनको मूल कपि यसै साथ संलग्न राखी पठाएको छु । संसोधन गर्न खोजिएका संक्षिप्त बुँदाहरु यसप्रकार रहेका छन्:

साधारण सभाको सम्बन्धमा:

साधारण सभा अनेसासको सर्बोच्च निकाय हुनेछ, यसले कार्यकारिणी समिति तथा बोर्ड अफ ट्रस्टिजको चयन गर्नेछ, बोर्ड अफ ट्रस्टिज र कार्यकारीणी समितिले गरेको निर्णयहरुलाई पारित गर्नेछ, बोर्ड अफ ट्रस्टिज तथा कार्यकारीणी समितिले गरेको कार्यहरुको मूल्याकंन गर्नेछ र आवश्यकता परेको अवस्थामा यिनीहरुलाई विगठन पनि गर्न सक्नेछ ।

अनेसासको ट्रस्टिजको सम्बन्धमा:

ट्रस्टी सदस्यहरु स्वत: केन्द्रिय कार्यकारीणी समितिको सदस्य हुने बर्तमान बिधान व्यवस्थालाई परिमार्जन गरि  यो नहुने, संस्था संचालनमा केन्द्रिय कार्यकारिणी समिति स्वतन्त्र रहने व्यवस्था गरिएको छ । बोर्ड अफ ट्रष्टी भनेको अनेसासको नै अंग भएकाले यसको चयन पनि साधारण सभाले नै गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समिति गठनको सम्बन्धमा:

केन्द्रिय कार्यकारीणी समितिले निर्वाचन समितिको गठन गर्ने प्रावधान राखिएको छ ।

कोष संचालन सम्बन्धमा:

संस्थाको दैनिक कार्य-संचालन कोष केन्द्रिय कार्यकारिणी समितिले र स्थायी कोष (अक्षय कोष) बोर्ड अफ ट्रष्टीले संचालन गर्ने यसका लागि दुवै निकायको आर्थिक संचालनमा यौटै कोषाधक्ष (के.समिति) ले नै हेर्न पाउने, दुइ जना छुट्टा-छुट्टै कोषाधक्ष्यको प्रावधान राख्नु नपर्ने प्रस्ताब गरिएको छ ।
(बर्तमान बिधान अनुसार, बोर्ड अफ ट्रस्टी र केन्द्रिय कार्यकारीणी समिति गरेर दुई जना कोषाध्यक्षको व्यवस्था रहेको छ )

पदावधि सम्बन्धमा:

हालको बिधानअनुसार बोर्ड अफ ट्रस्टीको कार्यकाल ४ बर्ष र केन्द्रिय कार्यकारिणी समितिको सेवा अवधि २ बर्ष रहने भएकोमा यी दुवै निकायको कार्यावधि समान कायम गर्ने (दुइ-दुइ बर्ष या चार-चार बर्ष)

केन्द्रिय कार्यकारिणि समिति र च्याप्टरहरुको सम्बन्धमा:

·हरेक च्याप्टरको सहभागिता केन्द्रमा सुरक्षित रहनुपर्ने, केन्द्र र च्याप्टर बीचको नीतिगत र कार्यगत सम्बन्ध सुमधुर पार्ने प्राबधान राखिएको छ ।
·नेपाल च्याप्टरलाई अनेसासको सम्पर्क कार्यालयको रुपमा स्थापित गर्ने र अन्ततः सचिवालयको रुपमा विकास गर्ने व्यवस्था गरिएको छ ।  प्रत्येक च्याप्टरले ५० अमेरिकी डलर तिरी केन्द्रसँग अनुबन्धित हुनै पर्ने, च्याप्टरले बढीमा दुई जनासम्म प्रतिनिधि साधारण सभामा पठाउन पाउने, च्याप्टरले १००० अमेरिकी डलर तिरेर ट्रस्टी हुन पाउने प्राबधान राखिएको छ ।

निर्वाचनको सम्बन्धमा:

केन्द्रिय पदाधिकारीहरु चयन प्रक्रियामा संस्था दर्ता रहेको देश (अमेरिका) को नियम कानुन बमोजिमको योग्यता पुग्नुपर्ने प्राबधान विधानमै किटान गरिएको छ ।

अनेसास पुरस्कारको सम्बन्धमा:

अनेसासद्वारा प्रदान गरिने बिभिन्न पुरस्कारका लागि गठित "अनेसास पुरस्कार समिति"मा हालको बिधान अनुसार केन्द्रिय कार्यकारिणी समितिको प्रतिनिधित्व नरहेकोले यो हुनुपर्ने, पुरस्कारको लागि बोर्ड अफ ट्रस्टीका पदाधिकारीहरु, केन्द्रिय कार्यकारिणि समितिका पदाधिकारीहरु तथा सल्लाहकार समितिका सदस्यहरु तथा उनिहरुको परिवारको सदस्यहरु योग्य नहुने प्राबधान गरिएको छ ।

अन्तमा,

बर्तमान केन्द्रिय कार्यसमितिले चुनावताका जाहेर गरेको प्रतिबद्धता अनुरुप गर्न खोजिएको हरेक काममा कार्यसमितिलाई बाधा गर्ने, अंकुस लगाउने र कार्यसमितिभित्रै खलबल मच्चाईदिने जस्ता कामहरु होमनाथ सुबेदिज्यूबाट भै नै रहेको र विश्वभरिका असंख्य प्रबुद्ध महानुभाबहरुको सहभागिता रहेको यस संस्थामा सबैको भावना अनुरुप गर्न खोजिएको बिधान संसोधन जस्तो गम्भीर बिषयमा पनि वहाँ नै प्रमुख बाधक हुनुभएको छ । यी सब सृयाकलाप हेर्दा सुबेदिज्यूले अनेसासलाई कसरि संचालन गर्न खोज्नुभएको रहेछ भन्ने प्रष्ट थाह लाग्छ । यस बिषयमा संस्थासंग आबद्ध विभिन्न बिद्वानहरुले लिखित रुपमा श्री सुबेदिजिलाई सकारात्मक रुपमा प्रस्तुत हुन दिएको सुझाबप्रती पनि नकारात्मकता देखाई सम्बन्धित महानुभावहरुलाई लिखित रुपमा गालीगलोज गर्ने काम समेत वहाँबाट भएको छ जसका कारण आजीवन सदस्य शेखर ढुंगेलजीले यो संस्थाको आजीवन सदस्यबाटै निक्लिएको घोषणा समेत गर्नु भएको छ । संस्थाको हितविरुद्ध यो एउटा गम्भीर घटना ठानेको छु मैले ।

यसरि प्रतिबेदनमा छलफल सम्म गर्ने साहस नगरी ठाडो बिरोधका साथ यो प्रक्रियालाई अवरुद्ध पार्न वहाँले खोजिरहनु भएको छ । तपाईंहरुकै सुझाव र रायको आधारमा समितिले तयार पारेको यो संसोधन प्रस्ताव लागु भै सबै मतदाताहरुको मतको कदर गरिनुपर्छ भन्ने धारणा अनुरुप यो बिस्तृत जानकारी तपाईंहरु समक्ष प्रश्तुत छ । केन्द्रिय कार्यसमितिको निर्वाचन नजिकिंदैछ त्यसलाई बाधा नपर्ने गरि अप्रिल महिनाको दोश्रो हप्तासम्ममा यो बिधान संसोधनको कुरालाई टुंगो लगाउनु अनिवार्य ठानी तपाईंहरु समक्ष पेश गरेको छु । अनेसासलाइ यो अवस्थासम्म ल्याइपुर्याउने काममा तपाईं-हामी सबैको अमुल्य योगदान रहेको र यसको उन्नति र प्रगतिको निम्ति सुधार गर्नु पनि तपाईं हाम्रै दायित्व हुने हुँदा यहि फेब्रुअरी महिनाभित्र सुधारको यस कार्यमा सहयोग पुग्ने रचनात्मक सुझावद्वारा दबाब सिर्जना गर्नुहुन सबैमा सादर अनुरोध गर्दछु ।

यस सन्दर्भमा अध्यनका लागि संलग्न सामाग्रीहरु:
1.   होमनाथ सुबेदिज्यू, म सहित अनेसाससंग प्रत्यक्ष सम्बन्धित केहि व्यक्तित्वहरुसंग अमेरिकास्थित 'विश्व परिक्रमा' अखबारले लिएको निम्न अन्तरबार्ता:
http://vpknews.com/2012/02/अन्तरराष्ट्रिय-नेपाली-सा/
2. अनेसासको बर्तमान बिधान: http://www.inls.org/others/bylaws.pdf
3. संसोधनकालागि प्रस्तावित सुझाब प्रतिबेदन: Attached herewith.

तपाइंको रायसहित इमेल पठाउँदा निम्न ठेगानाहरुमा पठाउनु होला:

1. Gyanendra Gadal: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
2. Homnath Subedi: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
3. Gita Khatri: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it  

अनेसासको हितका खातिर,

ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास ।

अनेसास ट्रस्टी बोर्डका अध्यक्ष होमनाथ सुबेदीद्वारा विश्व परिक्रमा पाक्षिक पत्रिकामार्फत ब्यक्त अभिब्यक्ती:

"...अनेसासको विधानलाई राम्ररी यौटा भाइले पढ़ेछ– राजु सिटौलाले. उनले के लेखे भने –ट्रस्टीहरुले ओके न गर्ने हो भने अनेसासको बिधान कहिल्यै चेन्ज हुदैन . हो त he is right ! यो सस्था स्थापना गर्दै खेरि त्रास्तीहरुलाई त्यो शक्ति दिएर बा भनौ त्यो शक्ति देखाएर ट्रस्टी हरु बनाउने र् यसका एवार्ड , भवनहरु सम्पूर्ण चिजलाई अगाडि बढाउने हिसाबले यसको बिधान पहिले स्थापनामै बनेको छ . यो कुरो तिगेला पनि बुझ्नुभा छ कि अनेसास ट्रस्टबाट परिचालित छ . पावर कहाँ सेन्ट्रलाइज छ त्यो हेरे थाहा हुन्छ नि यो मोर ट्रस्ट हो बा मोर बिद्यार्थी संगठन टाईपको संगठन . यो ट्रस्ट हो . बिधानको सुझाउ दिनेले नै भनेकाछां ट्रस्टको सेट अफ रुल्स फरक हुन्छ यो हामीले दिएको सुझाउ ट्रस्टलाई म्याच गर्दैन . हाम्रो काम जे भए पनि लेखेर दिने हो दियौ शेष पास फेल जे गरे पनि तपाईहरुको काम हो . हो त नि भिमजी सफा कुरा गर्नुभो . हाम्रो बोर्डले पनि यसलाई पारित गरेन . हेर्नुस , म त यो विधानमा खेलेको २० बर्ष भो त्यहाँ भएको तलमाथि २ कोष टाढाबाटै थाहा पाउछु . मैले पैले भन्दिएको थिएँ- यो सुझाउ काम लाग्ने छैन . कतिपय बुदा त पहिले नै रिजेक्ट भैसकेका कुरा पनि थिए ती त कसैले निको मान्ने कुरै आएन . फेरि अनेसासको भएको बिधान यस्तो तगडा छा कि पहिले भएका घटना थाहा पाउने मान्छेहरु पनि पार्लियामेन्टमा रहीरहन्छन र् नया निर्बाचित पनि थपिदै जान्छन अनेसासको केन्द्रीय पार्लियामेन्टमा . अनेसास ठगिदैन कहिल्यै . ट्रस्ट त्यसै बनेको छैन नि . मान्छेहरु भएको बिधान ठीकसित प्रयोग गर्दैनन् अनि आफ्नै अर्को ल्याएर बा जे मन लाग्यो त्यो गर्न खोज्छन अनि कसिरी हुन्छा . भएकोलाई राम्ररी युज गर्नुपर्यो पहिले .

ट्रस्ट छ . त्यसको पनि BOD छा . उता अनेसासको कार्य कारिणी समिति छ त्यो नै अनेसासको पार्लियामेन्ट जहाँ इलेक्टेद , मनोनित मोनिनेतेद , र् ट्रस्टीहरु सबै यो सभामा हुछां . यसमा ऐले ३० जना छन् . यस पटक मैले BOT चेयरको हैसियतले बोलाएको यो ३० जनाको बैठकमा जसलाई म अनेसासको पार्लियामेन्ट भन्छु त्यसमा संशोधन प्रस्ताब पारित भएन . पछि अर्को ठाउ र् पटक कसैको प्रस्ताब आयो फेरि कमिटि बनाएर छलफल गर्ने प्रस्ताब आएको थियो त्यो पनि क्याबिनेट मेम्बरबाटै बिरोध प्रस्ताब पनि आयो त्यसको समर्थन अनुमोदन भयो . त्यो फेरि कमिटि बनाउने भन्ने कुरामा कैले पनि समर्थन जनाएन . त्यो पनि पारित भएन . अब तपाइँ कसरी भन्नुहुन्छ मैले हस्तक्षेप र् मिच्याई गरें . के म मेरो विचार राख्न पाउन्न ? तपाईले बुझनुपर्ने कुरा हो – होमनाथले होमनाथ आफ्नो विचार मात्र राखे पनि उसको पक्षमा भोट आउछ किनकि उसको कुरामा पनि दम छ . त्यसलाई जबर्जस्ती भन्ने ?

पुरा अन्तरवार्ता पढ्नुहोस्: www.vpknews.com/2012/02/अन्तरराष्ट्रिय-नेपाली-सा/

Read related news:

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-'अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.