Inside

All Time Top 50 News

न्यू योर्कमा संघीयता र तामाङसालीङ स्वराज्य सम्बन्धी गहन अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 18 April 2011 21:16

अमेरिकि राष्ट्रपति ओबामा लामा?
Exclusive: 1 video, 12 photos:
न्यू योर्क- न्यू योर्कको कोर्नेल विश्व बिद्यालयबाट डक्टरेट हाँसिल गर्नुभएका नेपालका चर्चित मानबशास्त्री डा. मुक्तसिंह लामाद्वारा नेपालमा संघीयताको सवाल र तामाङ्सालीङ स्वायत्त राज्यको महत्वबारे बिशेष प्रस्तुतिमा न्यू योर्कस्थित तामाङ सोसाइटी अफ अमेरिकाका सद्स्यहरुले गहन अन्तर्कृया सम्पन्न गरेकाछन् ।

 


Dr. Muktasingh Lama Tamang at the interaction on Tamangsaling and federalism in New York on April 16, 2011. Photo: eEyeCam.com


शनिबार अपरान्ह हिमालयन याक रेस्टुरेन्ट ज्याक्सन हाइट्समा सम्पन्न उक्त कार्यक्रममा मानबशास्त्री डा. लामाले नेपालमा संघीयता अपरिहार्य रहेको बताउँदै उक्त संघीयतामा तामाङसालीङ स्वराज्यको अबधारणाकोबारेमा एतिहासिक तथ्यहरुको प्रमाण पेश गर्दै त्यसको औचित्यता र सम्भाब्यताहरुको बिस्त्रित चर्चा गर्नुभयो।



हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त अन्तर्कृया कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Dr. Mukta Singh Lama talks about Tamangsaling Autonomous State in NY, April 16, 2011



Image courtesy: Dr. Lama.


उहाँले हाल नेपालमा उत्पादन हुने कुल जल बिद्युत मध्ये तामाङसालीङ क्षेत्रभित्रबाट ५१ प्रतिसत बिद्युत उत्पादन हुने तर त्यस क्षेत्रमा बसोबास गर्ने जनताले शिर्फ २ प्रतिशतले मात्र उपभोग गर्न पाएको तथ्य पेश गर्दै यदि तामाङसालीङ स्वायात्त राज्य कायम भएमा त्यहाका जनताले उपभोग गर्ने पाउने र उक्त क्षेत्रको बिकास हुन सक्ने बताउनुभयो।

तामाङसालीङ राज्यलाई टुक्राउने प्रपञ्च रचिएको उल्लेख गर्दै डा. लामाले तर अखन्ड तामाङसालीङ स्वायत्त राज्यकालागि बिभिन्न राजानैतिक दल सम्बन्द्ध तामाङ मोर्चाहरु र तामाङ सामाजिक संस्थाहरुबिच सन्जाल कायम भएको बताउनुभयो।


Image courtesy: Dr. Lama.

उक्त संयुक सन्जाल 'तामाङ्सालिङ संयुक्त संघर्स समिती' मा एकिक्रित तामाङ राष्ट्रिय मुक्ती मोर्चा, नेपाल लोकतान्त्रिक तामाङ संघ, नेपाल तामाङ घेदुङ, तामाङ स्वायत्त संघ (एकिक्रित्), तामाङ ह्यूल परिशद र ताम्सालीङ नेपाल राष्ट्रिय दल रहेकाछन् ।

आफ्नो प्रस्तुतीपछि डा. लामाले बिभिन्न सहभागीहरुले राखेका जिज्ञाशाहरुको सबिस्तार जवाफ दिनुभएको थियो।

उक्त अन्तरकृया कार्यक्रममा सोसाइटीका अध्यक्ष भरत लामाले डा. लामालाई तामाङ्सालीङ बिषयबस्तु प्रस्तुतीकोलागि र पाहुनाहरुलाई उपस्थितीकोलागि धन्यवाद ब्यक्त गर्नुभयो।

कार्यक्रमको सन्चालन सोसाइटीका महासचिब लक्यान लामाले गर्नुभएको थियो।

अमेरिकि राष्ट्रपति ओबामा लामा?

डा. लामाले प्रस्तुत गरेको तामाङ्सालीङ सम्बन्धी पावर पोइन्ट प्रस्तुतीको अन्तमा एउटा रोचक तस्बिर देखियो- अमेरिकि राष्ट्रपति बाराक ओबामाको फोटो परम्परागत तामाङ टोपी र दौरा सुरुवालसंग। तस्बिरकोमाथि लेखिएको छ: We love Obama Lama अर्थात "हामी ओबामा लामालाई माया गर्छौं।"

US President Barak Obama in Tamang traditional outfit. Image courtesy: Dr. Lama.

पङ्क्तिकारले डा. लामालाई तस्बिरको श्रोतबारे प्रश्न गर्दा उहाँले भन्नु भयो- "म एक जना कोर्नेल विश्व बिद्यालयका प्रोफेसरको अफिसमा गएको थिएँ। त्यहाँ राष्ट्रपति ओबामाको फोटोलाई तामाङ बनाइएको रहेछ। राम्रो लाग्यो र फोटो खिचेर ल्याएको हूँ।"

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 




Image courtesy: Dr. Lama.


Ex-President of Tamang Society of America, Indra Tamang, President Bharat Lama, General Secretary Lackyan Lama. Photo: eEyeCam.com




General Secretary Lackyan Lama. Photo: eEyeCam.com



Photo: eEyeCam.com



Image courtesy: Dr. Lama.

Image courtesy: Dr. Lama.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.