Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 06 May 2013 17:26

Special: 10 photos: न्यू योर्क- नेपाली जनसंपर्क समिती न्यू योर्क च्याप्टर अधिबेशन तयारी समिती तथा जनसंपर्क समिती केन्द्रिय अधिबेशन तयारी समिती अमेरिकाले नेपाली काँग्रेसका नेताहरु पूर्व पार्टी प्रबक्ता, पूर्व मन्त्री एबं केन्द्रिय सदस्य अर्जुन नर्सिंह केसी, पूर्व मन्त्री एबं केन्द्रिय सदस्य डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानाको स्वागत तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ।

 


Nepali Jana Samparka Samiti America hosted interaction with Nepali Congress leaders Arjun Narsingh KC, Dr. Ram saran Mahat and former speaker Damannath Dhungana in New York on May 5, 2013. Photos; eEyecam.com

मैई ५ तारिख आईतवार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त अन्तर्कृया कार्यक्रममा नेताहरुले नेपालको समसामयिक बिषयमा आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

जनसंपर्क समिती केन्द्रिय अधिबेशन तयारी समिती अमेरिका संयोजक खगेन्द्र जिसीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्वागत महासमिती सदस्य बेदप्रशाद खरेलले गरेका थिए भने सन्चालन न्यू योर्क च्याप्टरका पूर्व संयोजक कृष्ण पोख्रेलले गरेका थिए। कार्यक्रममा जनसंपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष आनन्द बिष्ट, सिन्धु युएस वेल्फेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङले सम्बोधन गरेका थिए।

Nepali Jana Samparka Samiti America members with Nepali Congress leaders in New York on May 5, 2013. Photos; eEyecam.com

अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पूर्व पार्टी प्रबक्ता, पूर्व मन्त्री एबं केन्द्रिय सदस्य अर्जुन नर्सिंह केसीले नेपाली काँग्रेसभित्र बिचारको पुनर्जागरणको आवश्यकतामाथि जोड दिदै कुनै नेताको अनुहार (चित्र) हेरेर हैन बिचार र नीति हेरेरपछि लाग्न आफ्ना कार्यकर्ताहरुलाई सिझाब दिए। निराशाबादबाट समस्याको समाधान नहुने बताउँदै लोकतन्त्रलाई बलियो बनाउन चित्र हैन चरित्र र नीतिको अनुसरण गर्नु पर्ने कुरा उल्लेख गरे।


Nepali Congress leader Arjun Narsingh KC speaking at the interaction in New York on May 5, 2013. Photos; eEyecam.com

चिंता र चितामा एउटा बिन्दू हटायो भने चितामा पुर्‍याउँने बताउँदै उनले चिन्ता हैन चिन्तन गर्नु पर्ने बताए। आफ्नो पार्टीको ईतिहासमा गर्ब गरेर मात्र बस्न नहुने सुझाएका उनले 'मेरो बाबुले घिउ खन्थे मेरो पाखुरा सुँघ' भनेर बस्ने बेला नभएको उल्लेख गर्दै काँग्रेसका कार्यकर्ताहरुलाई नेपाली काँग्रेसको आदर्श र नीति हेरेर चुनावमा जान आग्रह गरे।

आगामी चुनाव मंसिर भित्रै हुनु पर्ने र चुनावको बिकल्प नभएको बताएका नेता केसीले अलोक्तान्त्रिक संबिधान बन्नबाट जोगाएर लोकतान्त्रिक संबिधान बनाउन लाग्नु पर्ने बेला आएको बताए। २०६२/६३ को जनआन्दोलनको माग लोकतन्त्र मात्र हैन पहिचानको माग पनि हो भनेका नेता केसिले संबिधानलाई समस्या समाधानमा परिणत गर्न सबैलाई समेटेर ल्याउन सक्नु पर्ने उल्लेख गरे। अनाक्रमण सन्धी गरेर भएपनि प्रजातन्त्रबादी शक्तीहरुबिच कार्यगत एकता गरेर चुनावमा जानु पर्ने उनको राय थियो।

Former speaker Damannath Dhungana speaking at the interaction in New York on May 5, 2013. Photos; eEyecam.com

पूर्व सभामुख तथा नेपाली काँग्रेसका पूर्व नेता दमननाथ ढुङ्गानाले सम्बोधन गर्दै डेमोक्रेसी (प्रजातन्त्र) भन्दा ठूलो रिभोलुसन (परिबर्तन) अरु केही छैन, प्रजातन्त्रमा यती धेरै कम्यूनिस्टहरु किन बढेको? यो तर्कसंगत (लजिकल) छैन भने । उनले हामी समाधान मुखी हुनु पर्ने बताउँदै नेपाली नेताहरुले अब सुतुरमुर्गले झै उँधो हैन उभो हेर्न सक्नु पर्‍यो भने।

Nepali Congress leader Dr. Prakash Saran Mahat speaking at the interaction in New York on May 5, 2013. Photos; eEyecam.com

उता पूर्व मन्त्री एबं केन्द्रिय सदस्य डा. प्रकाशशरण महतले प्रजातन्त्र र राष्ट्रियताको बिकल्प छैन भन्दै बिदेशीसंग यि दुई बिषय बाहेकमा कुरा गरेर देशको हीतमा प्रयोग गर्न सक्नु पर्ने बताए। उनले देशको ठूलो पार्टी पंक्ती बिदेशिएकोमा दु:ख ब्यक्त गर्दै त्यसको स्थानमा नयाँ पुस्तालाई तयार पार्न नसकेको खुलाशा गरे। नेपालको प्रगतिकोलागि नेताहरुले सहमतिमा नयाँ संबिधान निर्माण गर्न नसक्नु बिडम्बना भएको बताएका नेता महतले संघीयतामा सहअस्तित्वलाई प्राथमिकतामा राखी नेपाललाई जोडेर लाग्न सक्नु पर्ने उल्लेख गरे।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

 

Khagendra GC. Photos; eEyecam.com

Anand Bist. Photos; eEyecam.com



Krishna Pokhrel. Photos; eEyecam.com



Bed P Kharel. Photos; eEyecam.com



Banshalal Tamang. Photos; eEyecam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.