NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

वाशिंगटन डिसीमा अर्थमन्त्री बर्षमान पुन मगरसंग अन्तरक्रिया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Wednesday, 28 September 2011 07:45

वाशिंगटन डिसी- अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियास्थित आर्लिंगटन केन्द्रीय पुस्तकालयको सभा कक्षमा बिश्व बैंक तथा अन्तरास्ट्रिय मूद्रा कोषको बैठकमा भाग लिन आउनु भएका माननीय अर्थमन्त्री बर्षमान पुन मगरसंग एक अन्तरक्रिया कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ।



सेप्टेम्बर २५ तारिख आइतबार सम्पन्न उक्त कार्यक्रम अमेरिका नेपाल सोसाईटी (ANS), नासो कम्युनिटी, धरान अमेरिका समाज, नेपाल अमेरिका प्रेस क्लब र थकाली समाज-अमेरिकाको सयुक्त आयोजनामा सम्पन्न गरिएको हो।

धरान अमेरिका समाजका अधक्ष्य श्याम लिम्बु तथा नासो कम्युनिटीका अधक्ष्य धरम बिश्वकर्माले प्रमुख अतिथि माननीय अर्थ मन्त्रि पुन तथा अर्थ सचिब कृष्णहरि बास्कोटालाई खादा ओढाई स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रमका सभापति अमेरिका नेपाल समाजका अधक्ष्य नगेन्द्र पौडेलले प्रमुख अतिथि, विशेष अतिथि र उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । नासो कम्युनिटीका अधक्ष्य धरम बिश्वकर्माले सम्पूर्ण संस्थाहरुकोतर्फबाट मन्तब्य व्यक्त गर्दै वर्तमान सरकारले संबिधान छिट्टो निर्माण गरोस भन्दै वर्तमान सरकारमा दलितहरुको कुनै पनि समाबेस नभएको भन्दै प्रमुख अतिथिको ध्यानाकर्षण गराउनु भएको थियो ।

अर्थ सचिब कृष्णहरि बास्कोटाले अत्यन्तै प्रभाबकारी रुपमा मन्तब्य व्यक्त गर्दै बिदेशमा बस्ने नेपालीहरुले नेपालप्रति सोचेको र परिकल्पना गरेकोभन्दा फरक रहेको र मुलुक त्यस्तो नभएको भन्दै नेपाल आमाप्रति सद्भाव देखाउन आग्रह गर्दै नेपालमा लगानी गर्न वातावरण राम्रो रहेको जानकारी गराउदै नेपालको एकदमै ताजा आर्थिक तथ्यांकहरू प्रस्तुत गर्नुभएको थियो ।

उक्त अबसरमा प्रमुख अतिथि माननीय अर्थमन्त्री पुनले बर्तमान सरकारप्रति सारा नेपाली जनता तथा विश्वले ठुलो अपेक्षा गरेको बताउंदै नेपालका जनताका अधिकार र उपलब्धिहरुको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको, शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याउने र संबिधान निर्माण गर्न सरकार हर कोसिस गरि रहेको कुरामा बिशेष जोड दिनु भएको थियो ।

बिबिध चुनौती भए पनि बर्तमान सरकार जन चाहनाको अपेक्षालाई सम्बोधन गर्न जुन सुकै चुनौतिको पनि सामना गर्न तम तैयार रहेको उल्लेख गर्दै उदार अर्थ नीति अनुरुप निजि क्षेत्रलाई प्रबर्ध्दन र प्रोत्साहित गर्ने तथा लगानी मैत्रीपूर्ण बातावरण निर्माण गर्ने कुरामा जोड दिनु भएको थियो भने प्रश्न उत्तर कार्यक्रममा केहि जिज्ञाशाहरूको उत्तर पनि दिनु भएको थियो ।

कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदुत डा. शंकरप्रसाद शर्मा तथा अमेरिकाको पेन्सलभेनिया तथा मेरिल्याण्ड राज्यका लागि नेपालसरकारका अवैतनिक बाणिज्यदुत/लोकगायक प्रेमराजा महतले पनि आ-आफ्ना मन्तव्यहरु राख्नुभएको थियो ।

दोश्रो चरणको प्रश्न उत्तर कार्यक्रम नेपाल अमेरिका प्रेस क्लबका अधक्ष्य शिव बिष्टले संचालन गर्नु भएको थियो र समय अभावको कारण सबैको जिज्ञासाको प्रति उत्तर दिन असमर्थ भएको जानकारी दिनु भै सबैलाई कृतज्ञता ज्ञापन गर्नु भयो ।

वाशिंगटन डिसीस्थित बिश्वो बैंक, प्रधान कार्यालयका बरिस्ठ अर्थशास्त्री डा. गोबिन्द तिमिल्शिना, पुर्ब अन्तरास्ट्रिय मुद्रा कोषका बरिस्ठ अर्थशास्त्री डा. सुकदेव शाह, जर्ज म्यासन बिश्वोबिद्यालयका प्राध्यापक डा. कृष्ण पन्त, डा. चित्रकृष्ण तिवारी, डा. श्याम लामा, डा. राजेन्द्रबहादुर श्रेष्ठ लगायत भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डिसीमा बसोबास गर्ने नेपालीहरू अर्थ मन्त्रि तथा माओवादी नेता पुनको कुरा सुन्न ऊत्साहसाथ ऊपस्थित हुँदा सभाकक्ष खचाखच भरिएको थियो ।

अमेरिका नेपाल सोशाईटी (ANS) वाशिंगटन डिसीका निबर्तमान अध्यक्ष खेम भट्टचनले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन अमेरिका नेपाल समाजका महासचिब बिजय थापाले गर्नु भएको थियो ।

-Bijay Thapa in Washington DC

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?