Inside

All Time Top 50 News

न्यू योर्कमा प्रधानमन्त्रीसंग "नेपालमा संघियता र नयाँ संबिधान" बारे अन्तर्कृया २५ सेप्टेम्बरमा हुने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 16 September 2009 04:06
नेपालका प्रधानमन्त्री, पररास्ट्र मन्त्रीको टोली २१ तारिख आउँदै
न्यू योर्कमा संयुक्त राष्ट्र संघको ६४ औं महासभा शुरु
न्यू योर्क, UN- संयुक्त राष्ट्र संघको ६४ औं महासभा न्यू योर्क शहरस्थित संघको मुख्यालयमा शुरु भएको छ । सभाको शुभारम्भ सभाका नयाँ अध्यक्ष डा. अलि ट्रेकीले गर्नु भयो ।
New UN General Assembly President Dr. Ali Abdussalam Treki of the Socialist People's Libyan Arab Jamahiriya (center), President of the 64th session of the General Assembly, Secretary-General Ban Ki-moon (left). Photos courtesy: UN Photo/Ryan Brown. USNepalOnline.com's special photos features from General Assembly meeting will be published later. Sorry for technical problem.
दोश्रो अन्तररास्ट्रीय प्रजातन्त्र दिवस (Second International Day of Democracy) समेत परेको यो दिन अध्यक्ष डा. ट्रेकी, जो लिबियाली हुन्, ले संघको संरचनामा सबै क्षेत्रलाई समेट्ने खालको सुधार हुनु पर्ने बताउनु भएको छ ।
संघको यो बैठक आगामी ३० तारिखसम्म चल्ने छ भने यो अबधिभर बिशेस गरी पर्याबरणिय बदलाब (Climate Change) र त्यसको असर तथा अल्पबिकसित मुलुकहरुबारे छलफल हुने छ ।
यता नेपालबाट प्रधानमन्त्री माधबकुमार नेपाल र पररास्ट्र मन्त्री सुजाता कोइरालाको झन्डै ३० जनाको जम्बो टोली २१ तारिख न्यू योर्क आइ पुग्दै छ ।
प्रधानमन्त्री र पररास्ट्र मन्त्रीको टोलीमा मुख्य सचिब माधब घिमिरे, बिदेश सचिबहरु ज्ञानचन्द्र आचार्य र मदनकुमार भट्टराइ, पररास्ट्र उपसचिब रुद्र नेपाल, प्रमका बिदेश सल्लाहकार राजन भट्टराइ, पररास्ट्र मन्त्रीका सल्लाहकार चिरन्जिबी नेपाल आदी छन् ।
न्यू योर्कमा प्रधानमन्त्रीसंग "नेपालमा संघियता र नयाँ संबिधान" बारे अन्तर्कृया २५ सेप्टेम्बरमा हुने
न्यू योर्कमा कृयाशिल झन्डै ३२ वटा नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा प्रधानमन्त्री माधबकुमार नेपालको मुख्य आतिथ्यमा "नेपालमा संघियता र नयाँ संबिधान" (Federalism in Nepal & the New Constitution) बारे बिशेस अन्तर्कृया २५ सेप्टेम्बर शुक्रबार साँझ ६ बजेदेखी १० बजे न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसनमा गरिने कुरा कार्यक्रमको पहल गरी रहेको अमेरिकामा रहेका नेपाली आदिबासी जनजातीहरुको महासंघ "फिप्ना" (Federation of Indigenous peoles of Nepal in America-FIPNA) ले जनाएको छ ।
उक्त कार्यक्रमको युएस नेपाल अन्लाईन (www.usnepalonline.com) ले आफ्नो मुख्य होम पेजमा प्रतक्ष्य प्रसारण (Live Broadcast) गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको संयोजक संस्था "फिप्ना" को बिशेस प्रायोजनमा गरिन लागेको प्रतक्ष्य प्रसारण युएस नेपाल अन्लाईनले पहिलो पटक गर्न लागेको हो । आयोजकहरुका अनुसार प्रतक्ष्य प्रसारण (Live streaming broadcast) बेलुकी ६ बजे देखी १० बजे न्यू योर्क समय (EST) सम्म गरिने छ । नेपाली समय बिहानको ३:४० बजे शुरु भई बिहान ७: ४० सम्म प्रसारण गरिने छ ।
त्यसै गरि, एमाले समर्थकहरु र युएनडिएफ (UNDF) को पहलमा २६ तारिख प्रधानमन्त्री नेपालसंग भेट्घाट कार्यक्रम राख्ने तयारी भई रहेको UNDF न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङले युएस नेपाल अनलाईनलाई जानकारी गराउनु भएको छ ।
उता नेपाली कांग्रेस समर्थकहरुले पररास्ट्र मन्त्री कोइरालासंग २७ तारिख भेट्घाट कार्यक्रम राख्न लागेको कुरा बिघटित नेपाली जन सम्पर्क समिती न्यू योर्क च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले बताउनु भयो ।
यस अघि, २४ तारिख दिउसो २ बजे न्यू योर्कको कोलम्बिया बिश्व बिद्यालयमामा हुने कार्यक्रममा प्रधानमन्त्री नेपाल र पररास्ट्र मन्त्री कोइराला सहभागी हुने संयुक्त राश्ट्र संघका लागी नेपाली स्थायी नियोग प्रमुख राजदुत मधुरमण आचार्यले जानकारी गराउनु भएको छ ।
त्यसै दिन बेलुकी कुइन्सस्थित तङ्ग्रा मसला रेस्टुरेन्टमा  राजदुत आचार्यले प्रधानमन्त्री नेपाल र पररास्ट्र मन्त्री कोइरालाको सम्मानमा रातृभोजको आयोजना गर्नु भएको छ ।
संरासंमा प्रधानमन्त्री नेपालले २६ तारिख बिहान ११:४५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने उहाँ त्यसै दिन राती नै नेपाल फर्किने कुरा राजदुत आचार्यले जानकारी गराउनु भएको छ ।
General Assembly, Secretary-General Ban Ki-moon (left). Photos courtesy: UN Photo/Ryan Brown. USNepalOnline.com's special photos features from General Assembly meeting will be published later. Sorry for technical problem.
प्रधानमन्त्री नेपालले न्यू योर्क मै २३ तारिख बेलुकी ७ बजे अमेरिकि राश्ट्रपती बाराक ओबामासंग भेट गर्ने र २६ तारिख न्यू योर्क छोड्नु अघी अमेरिकि स्टेट सेक्रेटरी हिलारी क्लिन्टनसंग भेट गर्नु हुने पनि राजदुत आचार्यले बताउनु भयो ।
प्रधानमन्त्री नेपालले २५ तारिख केहि मुलुकहरुसंग दुइ पक्षिय वार्ता र सम्झौता गर्ने कार्यक्रम रहेको छ भने पररास्ट्र मन्त्री कोइरालाले २४ देखी २९ तारिख बिच बिभिन्न बैठकहरुमा भाग लिनु हुनेछ । उहाँले २५ तारिखमा हुने दक्षिण यशियाली मुलुकहरु (SAARC nations) को पररास्ट्र मन्त्रीहरुको बैठकमा भाग लिने कार्यक्रम छ ।
प्रधानमन्त्री नेपाल र पररास्ट्र मन्त्री कोइरालाको संरासं भित्र र बाहिर अन्य कार्यक्रमहरुको समाचार अप्डेट निरन्तर गरिने छ ।
Madhavkumar Nepal. Photo courtesy: cpnuml.org.np. Sujata Koirala. Photo courtesy: NepaliCongress.org
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our last year's 63rd UN General Assembly meeting reporting:
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
(20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
(6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
-News update:
बुश र प्रचन्ड दुबै प्रसन्न

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.