Inside

All Time Top 50 News

न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 04 March 2013 08:58

प्यानेलिस्ट लिली थापा, बिष्णुमाया परियार, गौरी मल्ल र अतिथी बक्ताहरुद्वारा महिला हिंशाको चर्चा
समाजसेवी परियार जनसंपर्क समिती न्यू योर्क च्याप्टरद्वारा सम्मानित
Updated: Special; 17 photos;
न्यू योर्क- नेपाली जनसंपर्क समिती न्यू योर्क च्याप्टर अधिबेशन तयारी समितीको आयोजनामा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न भएको छ।

Nepali Jana Samparka Samiti New York Chapter Convention Preparation Committee organized an interaction program to celebrate the 102nd International Women's day in new York on March 3, 2013. Photos: eEyecam.com

आईतवार मार्च ३ तारिख न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हिमालअयन याक रेस्टुरेन्टमा जनसंपर्क समितीद्वारा आयोजित "नेपालमा बड्दो महिला हिंशा: समस्या र समाधान" (Increasing Violence against Women in Nepal: Problems and Solutions) बिषयक अन्तरकृया कार्यक्रममा प्यानेलिस्ट र अतिथी बक्ताहरुले नेपालमा महिला हिंशाको चर्चा र समाधानबारे बहस गरेका हुन्।

नेपाली जनसंपर्क समिती न्यू योर्क च्याप्टर अधिबेशन तयारी समितीकि सदस्य सचिब जनेश गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शारदा क्षेत्रीले स्वागत मन्तब्य राखेकी थिइन् भने पुनम राना मगर मल्लले सहजकर्ताको भूमिका निभाएकी थिइन्। कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो।

Nepali Jana Samparka Samiti New York Chapter Convention Preparation Committee member Secretary Janesh Gurung speaking at the interaction program in new York. Photos: eEyecam.com

लिली थापा
प्यानेलिस्ट अतिथी बक्ता
संस्थापक अध्यक्ष, Women for Human Rights, single women group (WHR)

तीन प्यानेलिस्ट मध्येकि Women for Human Rights, single women group (WHR) अर्थात "मानव अधिकारकालागि महिला, एकल महिला समूह" कि संस्थापक अध्यक्ष लिली थापाले सम्बोधन गर्दै नेपालको ईतिहासमा पुरुषको मात्र कहानी लेखिने गरेको र महिलाको ईतिहास नलेखिएको भन्दै हाम्रो ईतिहासमा His story मात्र छ अब Her story लेखिनु पर्दछ भनिन्।

WHR founding president Lily Thapa speaking the interaction program in new York. Photos: eEyecam.com

उनले ७४ बर्षको नेपाली नारी आन्दोलनको ईतिहास भएपनि महिला हक अधिकारको कुरामा नेपालपछि परेको दुखेसो पोखिन्। हालसालैको महिला हिंशाको आँकडा प्रस्तुत गर्दै नेपालमा ३ महिनामा ८० वटा यौनजन्य अपराध (Sexual harassment) को रिपोर्ट दर्ज भएको उल्लेख गरिन्। उनले नेपाल सरकारले घरेलु हिंशा र लैङ्गिक समानता सम्बन्धी बिधेयक पारित गरेको भएपनि त्यसको कार्यान्बयन हुन नसकेकोमा आक्रोस पोखिन्।

नारीलाई हेप्ने कुरा धर्मसंग गाँसिएको उल्लेख गर्दै आमाले दिएको रातो चुरी र चोलो श्रीमान् मरेपछि फालेर आफै तर्सिने सेतो कपडा लगाउनु पर्ने कुरितीको बिरोध गरिन्।

नेपाल सरकार संयुक्त राष्ट्र संघको महिला असमानता निर्मुलन सम्बन्धी महासंधी Convention on the Elimination of All Forms of Discrimination against Women (CEDAW) हस्ताक्ष्यरकर्ता मुलुक भएपनि त्यसको लागू गर्ने कुरामापछि परेको उल्लेख गरिन्।

लिली थापाको संस्था WHR को स्थापना सन् १९९४ मा काठमाडौंमा भएको हो। लिली थापा आफै एक बिधवा हुन् र उनले बिधवा महिलाहरुको हक अधिकारको निम्ती यो संस्थाको स्थापना गरेकि हुन्। यो संस्था हाल नेपालको मनाङ् र मुस्ताङ बाहेक ७३ जिल्लाका १०५० गाबिसमा एकल महिला समूह खडा गरेर ८४ हजार बिधवा महिलाहरुलाई संगठित गर्न सफल भएको छ। यो समूहले महिला र बिधवा महिलाहरुको अधिकार बिरुद्धमा रहेको दर्जनौं कानूनहरुलाई हटाउन प्रमुख भूमिका खेलेको छ।

उनको यो स्तुत्य कामको कदर गर्दै सन् २००१ मै अमेरिकाको अशोका फाउन्डेसनद्वारा अशोका फेलोद्वारा उनलाई सम्मान गरिएको छ। उनले सन् २००४ मा नेपाल उध्योग बाणिज्य महासंघद्वारा 'परिवर्तनको संबाहक' (Champions of Change) पुरस्कार पाएकीछिन् भने म्यानेजमेन्ट एशोसियसन अफ नेपालले सन् २००६ मा उत्कृष्ट महिला ब्याबस्थापक (Best Woman Manager 2006)  द्वारा सम्मान गरेको छ। युरोपियन युनियनको सहयोगमा 'लिलि क्याटलिस्ट' (Lily Catalyst) पुरस्कारको स्थापना गरिएको छ।

यो समूहले सन् २०११ को जुलाईमा संयुक्त राष्ट्र संघद्वारा संरासंको इकोनोमिक एन्ड सोसियल काउन्सिल (ECOSOC) को बिशेष परामर्शदात्री संस्थाकोरुपमा मान्यता पाएको छ। यस्तो सल्लाहकार संस्थाको हैसियत नेपालका ३ संस्थाहरुले मात्र पाएको छ- लिलि थापाको संस्था WHR, Inhured International र Forum for Women, Law and Development (FWLD) ।

लिली थापा दक्षिण एशियाली बिधवा महिलाहरु मिलेर सन् २००३ मा स्थापित South Asian Network for Widows’ Empowerment in Development (SANWED) संस्थाको संस्थापक महासचिब पनि हुन् भने उनले त्रिभुवन विश्वबिद्यालयमा अध्यापन पनि गर्ने गर्दछिन्। वेब लिङ्क: www.whr.org.np

The participants at the interaction program in new York. Photos: eEyecam.com

बिष्णुमाया परियार
प्यानेलिस्ट अतिथी बक्ता
संस्थापक, Empower Dalit Women of Nepal (EDWON), Boston, USA

उता अन्तरकृया कार्यक्रमकि अर्की प्यानेलिस्ट Empower Dalit Women of Nepal (EDWON), Boston, USA कि संस्थापक, तथा "नेपाल दलित महिला उत्थान संघ" (ADWAN), काठमाडौं कि संस्थापक अध्यक्ष बिष्णुमाया परियारले सम्बोधन गर्दै महिला हिंशा नेपालमा मात्र नभै अमेरिका जस्तो बिकसित मुलुकमा पनि कायम रहेको बताइन्।

EDWON founder Bishnu Maya Pariyar speaking the interaction program in new York. Photos: eEyecam.com

अमेरिकामा ८ बर्ष घरेलु हिंशा सम्बन्धी फ्यामिली एड्भोकेटकोरुपमा काम गरी महिला हिंशालाई नजिकबाट नियाल्ने मौका पाएकी परियारले महिलाहरुलाई सामाजिक, सांस्कृतिकरुपमा सचेत, शैक्षिक र आर्थिकरुपमा सबल बनाउन सके घरेलु हिंशा कम गर्न सकिने उल्लेख गरिन्। उनले पुरुषको स्तुती गर्ने र महिलालाई दासी र सेविकाकोरुपमा चित्रण गर्ने स्वस्थानी ब्रत कथाको आफूले बिरोध गर्ने बताउँदै "हामीले शिव लिंगलाई मात्र किन पूजा गर्ने, किन पार्वतीको whatever लाई पूजा नगर्ने ?" प्रश्न गरिन्। उनले यसो भन्दा कार्यक्रममा उपस्थित महानुभावहरु भने गलल हाँस्न वाध्य भए। उनको "whatever" बुझ्नेलाई श्रिखन्ड भएको प्रस्ट थियो।

समाजसेवी परियार जनसंपर्क समिती न्यू योर्क च्याप्टरद्वारा सम्मानित

यसैबिच, नेपाली जनसंपर्क समिती न्यू योर्क च्याप्टर अधिबेशन तयारी समितीले समाजसेवी बिष्णुमाया परियारलाई उनले नेपालका बिपन्न महिला र बालबालिकाहरुलाई सेवा पुर्‍याएबापत कदरपत्र र परम्परागत खादाद्वारा सम्मान गरेको छ।

EDWON founder Bishnu Maya Pariyar receiving commendation letter of Nepali Jana Samparka Samiti New York Chapter from the Chief Guest and Charge d' Affairs Sewa Lamsal Adhikari at the interaction program in new York. Photos: eEyecam.com

उक्त सम्मान अन्तर्कृया कार्यक्रमकि प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारीले समाजसेवी परियारलाई प्रदान गरिन् भने नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाले परम्परागत खादाद्वारा सम्मान गरिन्।

बिष्णुमाया परियारका दुई संस्था EDWON र ADWAN द्वारा अहिलेसम्म १२ हजार भन्दाबेशी नेपालका दलित, गरीब, सिमान्तकृत बालबालिका उत्थानकालागि बिद्यालय स्थापना र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएको छ भने २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक (Agent of Change) बनाउन सफल भएको छ जसको कारण अरु ११ हजार महिलाहरु प्रतक्ष्य तथा अप्रतक्ष्यरुपमा लाभान्बित हुन पुगेका छन्।

सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरुप बिष्णुमाया परियार विश्व बैंक फ्यामिली नेटवोर्कको 'मार्गरेट माक्नमारा मेमोरियल' पुरस्कार (२००७), संयुक्त राष्ट्र संघ एसोसिसनको 'पर्दिता हस्टन मानब अधिकार' पुरस्कार (२००७), सगरमाथा प्रतिस्ठानको "नेपाल सम्मान" (२०६८), डा. अंबेडकर पुरस्कार (२००३)  लगायत झन्डै दुई दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित भै सकेकी छिन्।

बिष्णुमाया परियारलाई महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको Pine Manor College ले आगामी मई १२, २०१३ को दिक्षान्त समारोहमा मानार्थ बिद्यावारिधी (पिएच्डी) प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकामा मानार्थ डिग्री पाउने उनी पहिलो नेपाली महिला हुन्।

परियारले यहि विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तररास्ट्रिय बिकासमा स्नातक (बिए) गरेकी हुन् भने उनले मासाचुसेट्स राज्यकै अर्को प्रतिस्ठित क्लार्क विश्वबिद्यालयबाट सोही बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन्।

उनी सन् २००४ देखि एसियन टास्क फोर्स अगैस्ट डोमेस्टिक भायोलेन्स (ASIAN TASK FORCE AGAINST DOMESTIC VIOLENCE) बोस्टनमा "साउथ एशियन एड्भोकेट" कोरुपमा कार्यरतछिन् भने उनले नेपोनसेट हेल्थ सेन्टर, बोस्टनमा सन् २००७ देखि २०१२ बिच डोमेस्टिक भायोलेन्स फ्यामेली एड्भोकेटकोरुपमा काम गरेकी थिइन्। उनले बोस्टन शहरका झन्डै ५ सय नेपालीहरुलाई आफ्नो उक्त हैसियतमा सहयोग पुर्याएकिछिन्।

बिष्णुमाया परियार अहिले "गैर आवासिय नेपाली संघ" अन्तरराश्ट्रिय समिती (Non-Resident Nepali Association, ICC को सामाजिक सशक्तिकरण मामिला सम्बन्धी प्रोजेक्ट च्याम्पियन (Project Champion)  कोरुपमा पनि कृयाशिलछिन्। वेब लिङ्क: www.bishnumayapariyar.org & www.edwon.org

The participants at the interaction program in new York. Photos: eEyecam.com

गौरी मल्ल
प्यानेलिस्ट अतिथी बक्ता

अन्तरकृया कार्यक्रमकि अर्की प्यानेलिस्ट नेपाली चलचित्र जगतकि वरिस्ठ नायिका गौरी मल्लले सम्बोधन गर्दै नारी प्रति बिभेद नजन्मदैबाट शुरु हुने बताइन्।

चलचित्र, अभिनय पेशामा महिला हिंशा अझ बढी हुने खुलाशा गर्दै नायिका मल्लले नेपाली नायिकाहरुलाई हेर्ने दृष्‍टिकोण नै फरक हुने बताइन्। उनले कलाकारहरु रेड लाइटमा मुज्रा गरेर खाने त होइनन् नि भन्दै मान्छेहरुले "नाँचेर खाने" भन्छन् तर उनिहरु नाँचेर त हेरुन् भन्ने प्रश्न तेर्स्याउँदै राम्रो नाँच्न सजिलो नहुने बताइन्।

Prominent Nepali actress Gauri malla speaking the interaction program in new York. Photos: eEyecam.com

उनले आफू अप्ठ्यारोमा फलेको फर्सी जस्तो अली बिद्रोही छु भन्दै आफूले सासूको खुट्टा नढोगेको र दर्शन मात्र गरेको तर त्यसो गर्दा इस्यू भएको उल्लेख गर्दै उनले "म मात्र किन सासूको खुट्टा ढोग्ने? किन मेरो श्रीमानले चाँही मेरो आमाको खुट्टा नढोग्ने?" भन्ने प्रश्न गरेको स्मरण गरिन्।

नायिका मल्लले कार्यक्रममा जन्मन नसकेका बालिकाहरुको सन्दर्भमा लेखेको मार्मिक कविता पनि सुनाइन्-

"खुशी थिएँ म त्यस प्राचिरभित्र
ठान्थें राजकुमारी आफुलाई,
मस्त तैरिन्थें जलावर्तमा...
त्यही नै थियो
मेरो साम्राज्य पनि...,

म टेक्न चाहन्थें यो धर्ती
टाँसिन चाहन्थें आमाको छातीमा,
ब्यग्र थिएँ नयाँ नाता बुन्न
ब्याकुल थिएं स्नेहको माला उन्न..,
मेरो ब्याकुलतामा तुषारापात लाग्यो,
एक पैचाशिक 'छोरी पो रहेछ...'
को आवाजले मेरो अस्मिताको
भित्ता फोरेर भाग्यो...,
बस्, के थियो...
त्यही मेरो पहिचान बन्यो,
अनि पहिचानसंगै
मेरो अस्तित्व पनि बुत बन्यो...,

जान्न चाहन्थें म...
म किन तिमीहरुकोलागि
अपरिचित भए ..?
किन तिमीहरुको नजरको
कसिंगर भएँ..?
तितली झैँ पंख फिजाई
उड्नु मलाई पनि थियो...
तरुललता बिच झुल्नु
मलाई पनि थियो...
यो बिशाल बगियानको
म पनि केहि धुल हुँ...
इश्वरको सुन्दर बागको
म पनि एक फूल हुँ...
तर आधुनिक मानव सत्ताधारी
मेरो मनोबेदनासम्म पुग्न सकेन...
यही भविष्यको आविस्कारक पनि हो,
तिनीहरुले बुझ्नै सकेन...!

जन्माउनुको मात्र पीडा हुने
जन्मिनुको चाहिं कसले बुझ्ने...?
तेसैले होला जन्मिँदा नजन्मिंदै
प्लास्टिकको थैलो भित्र
कैद हुन्छु गरिइन्छु...
सकिनसकी मसिना हातखुट्टा,
चल्मलाइरहेकी हुन्छु...
जीवन र मृत्यु बिचको संघर्षमा,
कहिले हिलोमा बजारिन्छु
कहिले आफ्नै सालनाल सितै जेलिन्छु....

तथापी....
मेरो कोशिश जारी छ !
मेरो युद्ध, मात्र युद्ध नभई
एउटा प्रश्नचिन्ह हो...
इतिहास वर्तमान अनि
भविष्यप्रति गरिएको
आत्मसम्मान र मानवताको
शंखनाद पनि हो...
आफु बेरिएको यो
प्लास्टिक मात्र हैन
म,
यस समाजमा व्याप्त
भ्रमलाई पनि
च्यातेर फाल्न चाहन्छु...
म हमेशा छोरी भएर नै जन्मन चाहन्छु
जन्मिरहन चाहन्छु...
युगौं युग युगौं युग...।"

बिसं २०४३ सालदेखी चलचित्रमा अभिनय शुरु गरेकी नायिका गौरी मल्लले ४५ वटा ठूलो पर्दाको नेपाली चलचित्रमा प्रमुख नायिकाको भूमिकामा अभिनय गरेकिछिन् भने झन्डै एक दर्जन टेलिसिरियलहरुमा अभिनय गरेकिछिन्। उनले अभिनय गरेका केही बहुचर्चित चलचित्रहरुमा सन्तान (२०४३-४४), कन्यादान (२०४६), चेलीबेटी, नाता ( २०५१), बसन्ती (२०५७) लगायत छन्।

६ वटा "उत्कृष्ट नायिका पुरस्कार" (Best Actress Award) द्वारा सम्मानित नायिका गौरी मल्लले राम्रो गीत गाउँछिन् भने मीठा कविता लेख्छिन्।

नायिका मल्लले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उनलाई बिभिन्न संघ संस्थाहरुद्वारा दुई दर्जनभन्दाबेशी पदकहरुद्वारा सम्मान गरिएको छ।

नायिका गौरी मल्ल अहिले न्यू योर्कमा सन् २०१२ सालको अक्टोबरमा स्थापित "संयुक्त नेपाली कलाकार संघ" United Nepalese Artists Association (UNAA) को संयोजक छिन्। वेब लिङ्क: http://usnepalonline.com/gaurimalla/

सेवा लम्साल अधिकारी
प्रमुख अतिथी
संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि

The Chief Guest and Charge d' Affairs Sewa Lamsal Adhikari speaking the interaction program in new York. Photos: eEyecam.com

उक्त अन्तर्कृया कार्यक्रमकि प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारीले सम्बोधन गर्दै नेपालमा महिला आरक्षणको चर्चा गरिन्। त्यसको उपभोग creamy layer का टाठाबाठा महिलाले मात्र गर्ने बताइन्। उनले पित्री सत्ताको सोंचको बिरोध गर्नु पर्ने बताउँदै कसैको मुल्य चुकाएर हैन सबै मिलेर जान सके समाजमा महिलाप्रतिको दृष्‍टिकोण बदलिने बताइन्।

अन्य अतिथी वक्ताहरु

अन्तर्कृया कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभासद महेन्द्रध्वज जिसीले सम्बोधन गर्दै महिला हिंशा रोक्न कानून मात्र पर्याप्त नहुने बताउँदै सामाजिक परिबर्तन गर्न जरुरी भएको बताए।

नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाले सम्बोधन गर्दै महिला हिंशा कम गर्न घरको मुली पुरुषलाई पहिले शिक्षित गर्न जरुरी हुने बताइन्।

Nepali Congress North America Representative Mridula Koirala speaking the interaction program in new York. Photos: eEyecam.com

उता नेपाली काँग्रेस गुल्मी जिल्लाका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले पुरुषकोसाथ नलिई महिलाले मात्र महिला हिंशा रोक्न नसकिने बताए भने निर्जिब शिव लिङ्गको बिरोध गर्नुभन्दा समाज परिबर्तनतिर लाग्नु पर्ने सुझाब दिए ।

नेपाल अमेरिका फ्रेन्डशिप सोसाइटीका पूर्व अध्यक्ष डा. तारा निरौलाले सम्बोधन गर्दै महिला र पुरुष एउटै घरमा बसेर जिबिका चलाऊनु पर्ने भएकोले एउटाकोबारेमा कुरा गर्दा त्यसमा अर्कोलाई समाबेश गरिएन भने त्यो अधुरो हुने बताए।

नेपाल महिला संघ गुल्मी जिल्लाकि पूर्व अध्यक्ष गोमा सेनले सम्बोधन गर्दै अन्तरराष्ट्रिय महिला दिवस एक दिन मात्र होइन बल्की ३६५ दिनभर नै महिलाहरुले गर्ब गरेर मनाउने दिन हुनु पर्ने बताइन्।

जन संपर्क समिति अमेरिका न्यू योर्क च्याप्टरले सन्  २०१२ को मार्च ३ तारिख १०१ औं अन्तरराश्ट्रिय नारी दिवस "नेपाली महिलाहरुको बर्तमान अवस्था: समस्या र समाधान" नामक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरी मनाएको थियो (हेर्नुहोस्) भने १०० औं अन्तरराश्ट्रिय महिला दिवस सन् २०११ को मार्च २६ तारिख रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको थियो (हेर्नुहोस्)

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/


The participants observing a moment of silence at the interaction program in new York. Photos: eEyecam.com

Goma Sen. Photos: eEyecam.com


Former MP Mahendradhoj GC. Photos: eEyecam.com


Trailokya Pratap Sen. Photos: eEyecam.com


Dr. Tara Niraula. Photos: eEyecam.com

Sharada Kshetry. Photos: eEyecam.com

Moderator Punam Rana Magar Malla. Photos: eEyecam.com

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.