Inside

All Time Top 50 News

न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Thursday, 31 May 2012 19:47

न्यू योर्क- नेपाली काँग्रेसको अमेरिकास्थित भात्री संगठन 'नेपाली जनसम्पर्क समिति अमेरिका न्यू योर्क च्याप्टर' द्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा र राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने माग गरिएको छ।

उक्त बिज्ञप्तीमा माओवादीले "सार्वभौम नेपाली जनताद्वारा निर्वाचित ऐतिहासिक संविधान सभाको कपट्पूर्ण तवरले विघटन गरेर घोर ऐतिहासिक भूल गरेको" भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारको राजिनामा र राष्ट्रिय सहमतिको सरकार गठनको माग गरिएको हो।

पढ्नुहोस् जनसम्पर्क समितिद्वारा जारी प्रेस बिज्ञप्तीको पूर्ण पाठ:

नेपाली जनसम्पर्क समिति अमेरिका न्यू योर्क च्याप्टरको

प्रेस विज्ञप्ति

आज मिति मे  २८, २०१२ मा स्थानीय ज्याक्सन हाइटमा बसेको नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर, अमेरिकाको एक बैठकको निर्णयानुसार यही जेठ १४ गतेका दिन सत्तासीन माओवादीबाट गैर संवैधानिक तथा नियोजित ढंगले लामो पर्खाइपछि बल्ल गठन भएको सार्वभौम नेपाली जनताद्वारा निर्वाचित ऐतिहासिक संविधान सभाको कपट्पूर्ण तवरले विघटन गरेर घोर ऐतिहासिक भूल गरेको हुँदा माओवादिको यो एकलौटी सत्ता हथियाउने असंबैधानिक तथा राजनीतिक निरंकुशता लाद्न खोज्ने बदनियद कार्यको नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर घोर भत्सर्ना गर्दछ ।

यसरी राजनीतिक सहमति विपरीत र असंबैधानिक ढंगले संविधान सभाको बर्खास्त गर्दै एकलौटी निर्वाचनको घोषणा गरी देशमा सर्वशक्तिवादी एकाधिकार चिन्तन लाद्न खोजेकोले मावोबादीले सरकारमा रहने कुनै संबैधानिक र राजनीतिक आधार नभएको हुँदा सरकारबाट तुरुन्त राजीनाम गर्नुपर्छ भनी नेपाली जनसम्पर्क समिति न्यू योर्क च्याप्टर, जोडदार माग गर्दछ।

महान जनआदोलन (६२/६३ ) बाट प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई मटियामेट गर्ने दुष्प्रयास गरी मावोबादीले लोकतन्त्र र कानुनी राज्यको उपहाससमेत गरेको देखिन्छ। आम नेपाली जनताले दिएको म्यानडेटअनुसार तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा मावोवादीले उल्टो संविधान सभालाई नैविघटन गरेर देशलाई अराजक र अन्योलको स्थितिमा धकेलेको छ। यस्तो संगीन अवस्थामा लोकतन्त्रका सबै सहयोद्धा र सहकर्मी पार्टीहरूको सहकार्य र सहमतिले मात्र  अहिलेसम्म हामीले प्राप्त गरेको लोकतान्त्रिक मूल्य र मान्यताहरूको संरक्षण र संवर्धन हुनेसक्ने हुँदा अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठन मात्र वर्तमान राष्ट्रिय समस्याको एक मात्र निकास देखिने हुनाले देशलाई बच्चाउनको निम्ति पुन: सम्मानीय राष्ट्रपति समक्ष विनम्र अनुरोध गर्दछौँ ।

यसरी संविधान सभाको हतात् मृत्‍युको जिम्मेवार एकिक्रित नेकपा मावोवादीका प्रचण्ड र बाबुराम भट्टराईको यो अलोकतान्त्रिक, निन्दनीय र बदनियद कार्यकोलागि घोर भत्सर्ना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा देश विदेशमा रहेका सारा नेपालीहरूलाई घनिभूत ढंगले एक्जुट हुन आव्हान गर्दछौँ।

यस संगिन घडीमा देशलाई निकास दिनको निम्ति लोकतन्त्रको पक्षधर सम्पूर्ण राजनीतिक पार्टी, पत्रकार, बुद्धीजिवी, नागरिक समाज, आदिवासी जनजाति, दलित, महिला, युवावर्ग, मदेशी, पेशागत संघसंगठन, आम नेपाली समुदाय लोकतन्त्रको पक्षमा आबद्ध भई राष्ट्रिय एकतालाई अझ मजबुत बनाउनकोनिम्ति यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोधसमेत गर्दछौँ ।

जय नेपाल !
नवीन शेरचन
नेपाली जनसम्पर्क समिति
न्यू योर्क च्याप्टर, अमेरिका

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.