Inside

All Time Top 50 News

न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 05 October 2009 04:03
न्यू योर्क- न्यू योर्क शहरको कुइन्सस्थित एल्मर्हस्ट अस्पताल अगाडि आफ्नो अपार्ट्मेन्ट संगैको बाटामा हिड्दै गर्दा आइतबार साँझ ७:४० बजे एक नेपाली महिलाको टाउकोमा तीन तल्ला माथिबाट झन्डै दुई केजी गह्रुङो फर्सी खस्दा सिकिस्त घाइते भई उक्त एल्मर्हस्ट अस्पतालमा भर्ना गरी उपचार भई रहेको छ।
Kalpana Gurung with her husband Surya Gurung at Elmhurst Hospital, Queens, New York. Photos: eEyeCam.com
उक्त घटनामा घाइते हुनु भएकी कल्पना गुरुङलाई राखिएको अस्पतालको इमर्जेन्सी कक्ष्यमा यो पन्क्तिकार घटनाको एक घण्टा पछि पुग्दा उनी असह्य पिडाका कारण रोइ रहेकी थिइन्।
यो पन्क्तिकारलाई न्यू योर्कका गायक कलाकार तिलक श्रेष्ठले फोन गरी घटनाकाबारे जानकारी गराउनु भएको थियो।
घटना विवरणअनुसार कल्पना गुरुङ श्रीमान सुर्य गुरुङ र १८ महिनाकि छोरी क्रिस्टिनासंग सपिङ गरी घरतिर फर्किदै गर्दा बाक्स्टर र केचम स्ट्रिटको चोकमा रहेको बिल्डिङको तेश्रो तल्लाबाट एक किशोरिले फालेको फर्सी कल्पनाको टाउकोमा बज्रिन पुगेको थियो।
Kalpana Gurung at Elmhurst Hospital, Queens, New York. Photos: eEyeCam.com
यो घटनालाई कल्पनाको ५ पाइला पछाडि हिडि रहेका White Glove का रजिस्टर्ड नर्स Engene Litmanovich ले देखेका थिए। उनकाअनुसार उक्त फर्सीको बज्रपात पछि कल्पना ठहरै भुइमा ढल्न पुगेकी थिइन्।
उता छोरी क्रिस्टिनालाई बोकेर हिडि रहेका श्रीमान सुर्य गुरुङले घटना पछि तुरुन्त ९११ मा फोन गरेका थिए। जसको कारण ५ मिनट मै एम्बुलेन्स आएर कल्पनालाई घटना स्थलको अघिल्तिर रहेको अस्पताल Elmhurst Hospital को आकस्मिक कक्षमा लगिएको थियो।
This is the Pumpkin which fell on the head of Kalpana Gurung. Photos: eEyeCam.com
अझ आस्चर्यको कुरो त यो पङ्तिकार घटना स्थलमा पुग्नु अघी आइ पुगेको पुलिसको टोलीले कल्पनाका श्रीमान सुर्य गुरुङलाई -"फर्सी फाल्ने किशोरि रहेछ, त्यो पनि आप्रबासी अङ्ग्रेजी बोल्न नजान्ने रहेछ, हामीले त्यस कारणले "क्रिमिनल केस" लगाउन सक्दैनौं, एक, दुई दिन पछि हामीलाई फोन गर्नु" भनेर हिंडेको देख्दा न्यू योर्कको प्रहरीको गैर जिम्मेवारीपनाको झल्को दियो।
पोखरा घर भएका सुर्य गुरुङ र उनकी श्रीमती कल्पना गुरुङ उनिहरुकी १८ महिनाकि छोरी क्रिस्टिनासंग घटना स्थलभन्दा केही गल्ली परतिर ८० स्ट्रिट ब्रड्वेमा बसोबास गर्दै आएका छन्।
यो घटनाबाट कल्पना गुरुङलाई पुगेको चोट र उपचार खर्च, क्षती पुर्तीकालागि कानुनी उपचार खोजिने सुर्य गुरुङका साथीहरुले बताएका छन्।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

This is the building from where that pumpkin was thrown from the 3rd floor by a teenage. The building is located between Baxter Ave. and Ketcham St. in Elmhurst, Queens, New York.

Jasse, neighbour, Singer Tilak Shrestha, Surya Gurung and Registered Nurse Engene Litmanovich. Photos: eEyeCam.com


This is the building from where that pumpkin was thrown from the 3rd floor by a teenage. The building is located between Baxter Ave. and Ketcham St. in Elmhurst, Queens, New York.

Kalpana was comforted by husband Surya Gurung and Laxmi Gurung.

Kalpana's 18 month old daughter Kristina with her uncle Tikaraj Gurung.
For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.