Inside

All Time Top 50 News

न्यू योर्कमा महाभूकम्पबारे चर्चित पुस्तक 'कम्पन' को विश्वब्यापी लोकार्पण सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 11 May 2018 20:07

Exclusive: न्यू योर्क- महाभूकम्पबारे चर्चित पुस्तक 'कम्पन' को विश्वब्यापी लोकार्पण संयुक्तरुपमा महावाणिज्यदूत मधु मरासिनी, एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुली, कृति बिबेचनाकर्ता वाणिज्यदूत कृसु क्षेत्री, कम्पनका लेखक संचारकर्मी किशोर पन्थी, कृतिका पात्रहरू- लोक तिवारी, आनन्द विष्ट, डा. विष्णुमाया परियार र कल्पना घिमिरेबाट गरिएको थियो । डायस्पोरा नेपाली समाजमा निक्कै चर्चामा रहेका पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन' को विश्वब्यापी लोकार्पण मे ११ तारिख शुक्रबार न्यू योर्कमा सम्पन्न भएको हो ।

Kampan book by journalist Kishor Panthi world release ceremony was hosted in New York on May 11, 2018. Photo by Deepak Pariyar for USNepalOnline

लोकार्पण अघी महाभूकम्पमा दिबंगतहरुप्रति मौन धारण गरिएको थियो । स्वागत/लेखक मन्तव्य संचारकर्मी किशोर पन्थीले ब्यक्त गरे भने वक्ताहरुमा महावाणिज्यदूत मरासिनी, लोकार्पण समारोहका सभापति पराजुली, वाणिज्यदूत क्षेत्री, कृतिका पात्रहरू- लोक तिवारी, आनन्द विष्ट र डा. विष्णुमाया परियार र कल्पना घिमिरे र संचारकर्मी किरण मरहट्टाले कम्पनको महत्ता माथि प्रकाश पार्दै शुभकामना ब्यक्त गरेका थिए । समारोहको सन्चालन युएसनेपालअनलाईनका प्रधान सम्पादक प्रदीप परियार थापाले गरेका थिए । बुकसाईनिंग समारोह लाईभ प्रसारण सन्चालन संचारकर्मी किरण मरहट्टाले गरेका थिए । लोकार्पण समारोह युएसनेपालअनलाईनले आयोजना गरेको हो ।


Kampan book author journalist Kishor Panthi speaking at its world release ceremony in New York on May 11, 2018. Photo: Pradeep Pariyar Thapa

विश्वब्यापी लोकार्पणपछि 'कम्पन' विश्वका अन्य देशमा पनि उपलब्ध हुनेछ । कम्पन फिक्सनल स्वरूपमा लेखिएको ननफिक्सन कृति हो। यसका पात्रहरू र घटना सत्य हुन्। 'कम्पन' को पाठकहरूको बढ्दो मागसंगै नेपाली पुस्तक बजारमा विश्वब्यापी लोकार्पण र कैयन मुलुकमा बुकसाईनिंग कार्यक्रम गरी नयाँ कृतिमानी कायम गरेकोछ।


Kampan book by journalist Kishor Panthi world release ceremony was hosted in New York on May 11, 2018. Photo by Deepak Pariyar for USNepalOnline

सन् २०१५ को अप्रिल २५ को पहिलो भूकम्पको २ दिन अगाडि नेपालमा 'कम्पन'को लोकार्पण लेखककी आमा तुल्सीदेवी पन्थी, दुईजना पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वमन्त्री पम्फा भुसाल, कम्पनका पात्रहरु, प्राध्यापाक डाक्टर खगेन्द्र लुईटेल, बरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व प्रमुख उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई लगायतले गरेका थिए ।


Kampan book by journalist Kishor Panthi world release ceremony was hosted in New York on May 11, 2018. Photo: Pradeep Pariyar Thapa

दोश्रो ठूलो भूकम्प मे १२ मा आएको पूर्वसन्ध्यामा मे ११ मा न्यू योर्कबाट 'कम्पन'को लोकार्पण युएसनेपालअनलाईनको तजबिजमा गर्न लागिएको हो । 'कम्पन' विपत्तिको सामना आशा, उच्च मनोबल र मानवीय सहयोगका आधारमा सिमित साधनश्रोतका बीचपनि कसरी गर्न सकिन्छ भन्ने सन्देश दिने प्रयास गरिएको छ ।

Read related news:

-न्यू योर्कमा महाभूकम्पबारे चर्चित पुस्तक 'कम्पन' को विश्वब्यापी लोकार्पण मे ११ तारिख शुक्रबार हुँदै

-संचारकर्मी किशोर पन्थीको कृति 'कम्पन्न' को लोकार्पण सम्पन्न

--'कम्पन्न' ले ननफिक्सन लेखनमा महाकम्पन ल्याउँदै, संचारकर्मी किशोर पन्थीको कृति तीन पूर्व प्रधानमन्त्रीले लोकार्पण गर्दै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.