Inside

All Time Top 50 News

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा नेपाली छोरी कन्चन अमात्य 'प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७' द्वारा सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Tuesday, 21 November 2017 14:40

Exclusive: 3 photos: बोस्टन, अमेरिका- अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली छोरी कन्चन अमात्यलाई 'प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७' द्वारा सम्मान गरेको छ । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको हो । उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरि चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Nepali youth leader Kanchan Amatya awarded by former U.S. President Bill Clinton with Clinton Global Initiative's Presidential Honor Roll Award in Boston on November 18, 2017. Photos courtesy: Clinton Foundation

उक्त १० औ बार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए । १० औं सीजीआईयु बैठकले ७ सय ५० भन्दा ज्यादा कार्य गर्ने को साथै अहिलेका पिढीका वर्तमान चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् । उक्त कार्यक्रममा ७ लाख ५० हजार डलर कोष वृद्धि कार्यक्रम पनि सफलता पूर्वक गरिएको थियो ।

ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कंग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कंग्रेस समेत जिम्मेवारी पाएकी थिइन् ।

Nepali youth leader Kanchan Amatya with former U.S. President Bill Clinton and other youth leaders at Clinton Global Initiative's program in Boston in November, 2017. Photos courtesy: Clinton Foundation

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

उनले राष्ट्रपति भवन व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसंख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

Former U.S. President Bill Clinton speaking at Clinton Global Initiative's program in Boston in November, 2017. Photos courtesy: Clinton Foundation

अमात्य ग्लोबल च्याम्पियन फर वूमेन्स इकोनोमिक इम्पावरमेन्ट, संयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तरराष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावनादुत, लैंगिक तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कञ्चन अमात्य ,जोली अमात्यकि बहिनि पनि हुन् ।

उनलाई हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्ड द्वारा पुरस्कृत गरिएको छ भने उक्त पुरस्कार २५ बर्ष मुनिका १ सय जना मध्ये उनि परेकी थिइन् । यसको साथै आगामी डिसेम्बर ४ मा हुने मा डिसीमा हुने बिश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

-Bijay Thapa. Mr. Thapa is Guest Editor of USNepalOnline and Editor of eNepalese.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.