Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली पप गीतका सम्राट गायक ओम बिक्रम बिष्टको सहयोगार्थ साँगितिक साँझ डिसेम्बर ३० तारिख हुँदै, मन खोलेर सहयोग गर्ने बेला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 29 December 2017 02:17

Exclusive: न्यू योर्क- दुई सयभन्दा बढी नेपाली पप गीत, आधुनिक गीत, राश्टृय गीत, लोकगीत र भजनहरु तथा १२ वटा एल्बमहरुका पप सम्राट गायक ओम बिक्रम बिष्टको सहयोगार्थ न्यू योर्कमा साँगितिक साँझ डिसेम्बर ३० तारिख गरिने भएको छ । नेपाली अमेरिकन कलाकार संघ र रेबेल ईभेण्टको आयोजनामा उक्त सांगितिक साँझ न्यू योर्कको ज्याक्सन हाईट्सस्थित शेर्पा किदूग हलमा बेलुकी ५ बजेदेखि मध्यरातसम्म हुनेछ । न्यू योर्कमा रहेका झण्डै ५० जना कलाकारहरुको सहभागिता र प्रस्तुती रहने उक्त कार्यक्रममा मृगौला रोगबाट पिडित गायक बिष्ट भने डायलासिस उपचारको कारण अपस्टेट न्यू योर्कस्थित छोरीको निवासबाट उपस्थित हुन सक्ने नसक्ने टुङ्गो नरहेको युएसनेपालअनलाईनसंगको विशेश वार्तालापमा पप सम्राट बिश्टले जानकारी गराएका छन् । त्यस्तो अवस्थामा उनले स्काईपबाट उपस्थित पाहुना, दर्शक श्रोताहरुलाई सम्बोधन गर्न सक्नेछन् । पप सम्राट बिष्टले बिसं २०२९ सालबाट रेडियो नेपालमा गाउन थालेका हुन् भने बिसं २०३० को उत्तरार्धादेखि ६० को दशकसम्म उनले नेपाली पप संगितमा एकछत्र राज गरेका थिए । यसै कारण उनलाई नेपाली पप गीतका सम्राटको रुपमा मानिन्छ । पप सम्राट बिष्ट छिन्नलता पुरस्कार, नातिकाजी सङ्ती पुरस्कार, राश्टृय प्रतिभा पुरस्कार लगायत कदरहरुबाट सम्मानित छन् ।

 


King of Nepali Pop song Om Bikram Bista fundraising will be held in New York on December 30, 2017.

पप सम्राट गायक ओम बिक्रम बिष्टका हालसम्म बजारमा आएका एल्बम, डिस्क रेकर्डहरुमा- (१) ओम बिक्रम बिष्ट (४ वटा गीतहरुको डिस्क रेकर्ड, रत्न रेकर्डिङबाट, २०३१); (२) बेस्ट अफ ओम बिक्रम बिष्ट (रत्न रेकर्डिङ, २०३३), (३) संगीत सरिता (म्यूजिक नेपाल, २०३५३६); (४) बेस्ट अफ ओम बिक्रम बिष्ट (सिडि, मेलोडी टाईम्स्, २०३६/३७); (५, ६ र ७) सान्तना रेकर्ड्सबाट ३ वटा एल्बमहरु- रहर (२०४०), मौनता (२०४०) र बदनाम (२०४०) सबै क्यासेट्स्, १२ लाख भन्दा बढी बिक्री भएको); (८) प्रबाह (सिडि, २०४१/४२); (९) तेलकाशा (क्यासेट्स (२०५०?); (१०) तेलकाशा (सिडी २०५५/५६); (११) रिइन्कारनेशन (२०५९) र (१२) फ्लोरा (दिबंगत शृमती फ्लोरा बिष्टको स्मृतिमा, २०६९) प्रकाशित छन् ।

युएसनेपालअनलाईन उनै पप सम्राट गायक ओम बिक्रम बिष्टको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ साथै सहृदयी पाठक र शुभचिन्तकहरुलाई उनको उपचारको सहयोगार्थ आयोजित साँगितिक साँझ मार्फत र गोफण्ड्मी लिङ्क (https://www.gofundme.com/4aso5fs) मा गएर मन खोलेर सहयोग प्रदान गर्न हार्दिक अनुरोध गर्दछ ।



-Pradeep Pariyar Thapa in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.