Inside

All Time Top 50 News

पप गीतका बादशाह माइकल ज्याक्सनको असामयिक अबसान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Thursday, 25 June 2009 06:59
न्यू योर्क- पप गीतका बादशाह (King of Pop) भनेर विश्व बिख्यात अमेरिकि गायक माइकल ज्याक्सन ५० बर्षको अधबैसे उमेरमा बिहीवार असामयिक देहान्त भएको छ।

Michael Jackson. Photo courtesy: sheknows.com
 
उनी आफ्नो भाडामा लिएर बसेको घर होल्म्बी हिल्स लस्एन्जेलसमा हार्ट एट्याक भएपछि UCLA Medical Center मा उपचार गर्दा गर्दै निधन भएको खबर समाचार एजेन्सीहरुले बताएका छन्।

झन्डै ७५ करोड म्युजिक एल्बमहरु बिक्री गर्न सफल सुरिलो स्वरका धनी ज्याक्सन जति ख्याती प्रतिभाका कारण थिए त्यो भन्दा बढी बिबादास्पद व्यबहार र चरित्रका कारण बन्न पुगेका थिए।

उनको जीवनको सबैभन्दा चाख लाग्दो बिषय त उनी काला जातिका भएर किन गोरो छाला बनाउन करोडौं खर्च गर्न पुगे भन्ने हल्ला र शंका? तर सांचो कुरो चाँही उनलाई विटिलिगो (Vitiligo) भन्ने छाला सम्बन्धी रोग लागेको थियो जसका कारण उनको छाला कालोबाट गहुँगोरो र पुत्लो हुँदै पुराका पुरा सेतो बन्न पुग्यो।

गायक ज्याक्सनको ५० बर्से जीवनमा निक्कै उतार चढाबहरु आए- अन्तत: उनी आफ्नै बिलाशी र एइयासी जीवनका कारण भएभरको सम्पत्ती खर्चिन पुगे र हुँदा हुँदा टाट पल्टिन पुगे। उनले आफ्नो पुरानो नामको आडको भरमा पुन: गायनको नयाँ दौरान शुरु गर्नेवाला थिए आउदो जुलाई महिनाबाट। तर दैबको अर्कै योजना रहेछ उनको लागि। भन्छन् नि- 'न मरी बाँचे कालले साँचे फेरी फेरी भेटौँला...
 
यि महान गायकलाई कालले साँचेन। तर उनी उनका मिठा गीतहरु र सुमधुर स्वरहरुमा कालजयी बाँच्ने छन्। हामी उनको अनुपस्थितीमा उनको आत्माको चीर शान्तीको कामना गरौं। उनको परिवारमा समबेदना।

-Prathaa Magar in New York.
 
Read related news:
 

Michael Jackson - Don't Stop 'Til You Get Enough

  

 Michael Jackson - Thriller

 
 
 Michael Jackson Best Dance Moves (R.I.P.)
 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.