Inside

All Time Top 50 News

न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महाधिबेशन सम्पन्न, पूर्ण लिम्बु अध्यक्षमा पुन: निर्बाचित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Tuesday, 18 January 2011 10:17

Special: 11 photos: न्यू योर्क, जनवरी १५, न्यूयोर्क शहरको ज्याक्सनहाईट्सस्थित हिमालयन याक रेष्टुरेन्टको हलमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महाधिबेशन ११ सदस्यीय कार्य समितिको चयन गरेर आइतबार सम्पन्न भएको छ ।



The newly elected central executive committee members of Kirat Yakthung Chumlung USA. Photos: Nagendra Ingnam

 

सर्वसम्मतिमा चुनिएका नयाँ कार्य समितिको अध्यक्षमा पूर्ण लिम्बु थेबे, उपाध्यक्षमा देबेन्द्र सम्बाहाम्फे, महासचिवमा दिपेस लिम्बू, सचिवमा बुद्ध चेम्जोङ र कोषाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू तथा सदस्यहरुमा ईन्दिरा चेम्जोङ (तुम्बाहाम्फे), राम चोङ्बाङ, चेतन सुब्बा, देश लिम्बू चोङ्बाङ, सञ्जय सुब्बा मादेन र युगेश लिङ्देन छन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाका तदर्थ समितिका अध्यक्ष पूर्ण लिम्बु थेबेको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनलाई तीन चरणमा बिभाजनमा गरी सम्पन्न गरिएको थियो ।


Newly elected President Purna Thebe Limbu. Photos: Nagendra Ingnam

कार्यक्रमको पहिलो चरणमा अध्यक्षको आसनपछि उपस्तितिलाई इन्दिरा चोङ्बाङले स्वागत, भुतपुर्ब कार्यसमिती सदस्य प्रेमप्रसाद मेन्याङ्बोले शुभकामना तथा भुतपुर्ब अध्यक्ष श्याम लिम्बु मेन्याङ्बोले संस्थाकोबारेमा चर्चा गरेका थिए भने किरात याक्थुङ चुम्लुङ दुबई, किरात याक्थुङ चुम्लुङ कतार र टेक्सास अमेरिका कै सरोज सुब्बाबाट प्राप्त शुभ-कामना पत्रहरु बुद्ध चेम्जोङ्ले पढेर सुनाएका थिए ।

अधिवेशनको दोश्रो चरणको कार्यक्रममा संस्थाको बिधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम राखिएको थियो । सो अवसरमा जुद्ध पि. कुरुम्भङले बिधानको मस्यौदालाई प्रस्तुत गरेका थिए भने बिधानमाथिको संसोधनमा हुने टिका टिप्पणीलाई मुनिन्द्र बिक्रम नेम्बाङ्ले प्रत्युत्तर गरेका थिए । दिपेश लिम्बुद्वारा सञ्चालित सो चरणको कार्यक्रमलाई सभापति पूर्ण लिम्बु थेबेले औपचारिक रुपमा बन्द सत्रमा गएको जानकारी दिंदै टुंग्याएका थिए ।


Election Committee Members:Juddha P. Kurungbhang, Indira Chongbang and Shyam Subba Meyangbo. Photos: Nagendra Ingnam

चुनावी प्रकृयाको कार्यक्रमा राखिएको तेश्रो चरणको कार्यक्रममा चुनाव समितिको प्रमुख संयोजक श्याम सुब्बा मेन्याङ्बो तथा इन्दिरा चोङ्बाङ र जुद्ध पि. कुरुम्भङलाई संयोजक तोकिएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई चुनाव समितिका प्रमुख संयोजक श्याम सुब्बा मेन्याङ्बोले खादा पहिर्याएर बधाई ज्ञापन गर्दै बिधानत: नियुक्ती दिलाएका थिए ।  

-Nagendra Ingnam "Atharaili" in New York


Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Read our related news:

-न्यू योर्कमा स्थानीय बिकास मन्त्री पूर्णकुमार शेर्मा र नेपाली प्रतिनिधिहरुको स्वागत

-न्यू योर्कमा म्रिगौलाका रोगी साहित्यकार यासेलीको सहयोगार्थ ७ हजार डलर संकलन

-न्यू योर्कमा चुम्लुङ न्यु योर्क च्याप्टरद्वारा रक्तदान

-न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न

-न्यूयोर्कमा याक्थुङ चुम्लुङको अन्तरक्रियामा लिम्बुवानको कुरा



Indra Cehmjong (Tumbahamphe). Photos: Nagendra Ingnam














Photos: Nagendra Ingnam

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.