Inside

All Time Top 50 News

न्यू योर्कमा किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) को तेश्रो अधिबेशन सम्पन्न, नयाँ केन्द्रीय कार्य समितिको निर्वाचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Manu Lohorung Rai   
Monday, 27 May 2013 22:20

Special: 3 photos: न्यू योर्क- अमेरिकामा रहेका राईहरुको संस्था 'किराँत राई सोसाईटी अफ अमेरिका' (KRSA) को तश्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सभाबाट अध्यक्षमा चन्द्र आकश राई (कोलोराडो) पुन: निर्बाचित भएकाछन् भने बोर्ड चियरमा मणि बांग्देल (न्यू योर्क) पुन: चयन भएकाछन्।


Kirat Rai Society of America (KRSA)'s 3rd Convention was held in New York on May 25, 2013. Photos: Manu

मेई २५ तारिख शनिबार न्यू योर्कको क्विन्सस्थित मालिङ्गो रेष्टुरेन्टमा उद्घाटन सत्र र बन्द सत्र गरेर दुई चरणमा सम्पन्न भएको उक्त सभाको कार्यक्रमको अघिल्लो चरणमा साधारण सभालाई नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का महासचिव दिपेश लिम्बूले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए।

कार्यक्रममा सोसाईटीका निवर्तमान बोर्ड अफ डाइरेक्टर तथा न्यू योर्क च्याप्टरका अध्यक्ष खगेन्द्र राईले स्वागत मन्तव्य राखेका थिए। संस्थाको गतिविधिको बारेमा बोर्ड चियर मणि बांग्देले प्रकाश पारेका थिए।

Kirat Rai Society of America (KRSA)'s 3rd Convention was held in New York on May 25, 2013. Photos: Manu

सोसाईटीका अध्यक्ष चन्द्र आकाश राईको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा सम्पूर्ण बोर्ड अफ डाइरेक्टरहरु क्रमश: मणि बांग्देल, प्रमोद थुलुंग, खगेन्द्र राई, चन्द्रकुमार राई, साथै संस्थाका संस्थापक सदस्य तथा हालका वरिष्ठ सल्लाहकार डा. कल्याणी राई र थानेश्वर राई उपस्थित रहेका थिए भने अतिथिमा किराँत याक्थुंङ चुम्लुङ, अमेरिकाका केन्द्रिय सह-कोषाध्यक्ष देश लिम्बू उपस्थित रहेका थिए ।

संस्थाका सल्लाहाकार डा. कल्याणी राईले संस्थाको महत्वबारे आफ्नो मन्तब्य ब्यक्त गरेकी थिईन् भने उक्त साधारण सभाको उद्घाटन सत्रको अन्त्यमा संस्थाका सचिव विश्व किराँत राई उपस्थित हुन नसकेको कारण केन्द्रिय अध्यक्ष चन्द्र आकाश राईले संस्थाको प्रगति प्रतिवेदन पढेर अघिल्लो चरणको कार्यक्रम समापन गरेका थिए।

The newly elected Central Committee Members and Board of Directors of Kirat Rai Society of America (KRSA)'s 3rd Convention in New York on May 25, 2013. Photos: Manu

उद्घाटन सत्र पश्चात दिवाभोजको कार्यक्रम रहेको थियो भने त्यसपछि बन्दशत्र शुरु भयो । उक्त साधारण सभाले अर्को तीन बर्षे कार्यकालकोलागि नयाँ बोर्ड र कार्यकारी समितिको चयन गर्यो:

'किराँत राई सोसाईटी अफ अमेरिका' (KRSA)
बोर्ड कमिटि


बोर्ड चियर- मणि बांग्देल (न्यू योर्क)
बोर्ड अफ डाइरेक्टरहरु:
प्रमोद थुलुङ (न्यू योर्क)
भारती राई (न्यू योर्क)
रामकुमार राई (न्यू योर्क)
वाकशा वान्तावा (न्यू योर्क)
जिदेन राई (कोलोराडो)
दोभान राई (मासाच्युसेट)

'किराँत राई सोसाईटी अफ अमेरिका' (KRSA)
११ सदसीय एक्जुकेटिभ कमिटि


अध्यक्ष- चन्द्र आकश राई (कोलोराडो)
उपाअध्यक्ष 'क' - चन्द्रकुमार राई (कोलोराडो)
उपाअध्यक्ष 'ख'- खगेन्द्र राई (न्यू योर्क)
सचिव- विश्व किराँत राई (टेक्सास)
उपसचिव- निला राई (न्यू योर्क)
कोषाध्यक्ष- प्रताप दियाम राई (न्यू जर्सी)
सह-कोषाध्यक्ष- नितु खापुङ्ग (केन्टकी)

सदस्यहरु:

भीम राई 'क्षितिज' (कोलोराडो)
मनु लोहोरुङ राई (न्यू योर्क)
कुमार राई (न्यू योर्क)
चन्दा राई (न्यू योर्क)

-Manu Lohorung Rai in New York

Read related news:

-http://usnepalonline.com/rai/

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित

-किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) को न्यू योर्क च्याप्टर अधिबेशन सम्पन्न, चौँथो सुम्निमा साँझ डिसेम्बर २२ तारिख गरिने

-न्यू योर्कमा घन्केको सकेला उभौलीको त्यो शिली !

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न

-न्यू योर्कमा KRSA द्वारा साकेला पर्बको रमाइलो

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न

-अमेरिकाको कोलोराडोमा किरात साकेला पर्ब मनाइयो

-अमेरिकाको डेनभरमा किरात राईहरु साकेला मनाउँदै

-न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.