Inside

All Time Top 50 News

न्यू योर्क चुम्लुंग अमेरिकाद्वारा डा. चैतन्य सुब्बासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Buddha Chemjong Limbu   
Wednesday, 08 June 2011 19:42

Special: 4 photos: न्यू योर्क- किरात याक्थुंग चुम्लुंग अमेरिकाको आयोजनामा न्यू योर्कको ज्याक्सन हाइटमा गत जुन ४ मा नेपालबाट आउनु भएका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा राष्ट्रिय जनजाति बिकास समिती (स्थानीय बिकास मन्त्रालय अन्तर्गत) का पूर्व कार्यकारी निर्देशक डा. चैतन्य सुब्बालाई स्वागत, सम्मान तथा अन्तर्क्रियाको कार्यक्रम सम्पन्न गरेको छ



Dr. Chaitanya Subba at the interaction program in New York on June 4, 2011. Photos: eEyeCam.com

डा. सुब्बा किरात याक्थुंग चुम्लुंग नेपाल केन्द्रिय समितीको सल्लाहकार तथा आदिबासी जनजाति सभासदहरुको ककसको संयोजनकर्ताहरु मध्येका एक सकृय सदस्य हुनुहुन्छ ।

चुम्लुंग अमेरिकाका सचिब बुद्ध चेम्जोंगद्वारा संचालित उक्त कार्यक्रममा उपाध्क्ष्य देबेन्द्र लिम्बुद्वारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो।


Interaction program by Kirat Yakthung Chumlung (KYC) USA. Photos: eEyeCam.com

डा. सुब्बालाई परम्परागत खादा ओढाएर सम्मान गरिएको उक्त कार्यक्रममा चुम्लुंग अमेरिकाका अध्यक्ष पूर्ण लिम्बुले Life Time Achievement प्रमाण पत्र प्रदान गर्नु भएको थियो। त्यसैगरि,  अमेरिकाको चिनारी स्वरूप स्वतन्त्रताको प्रतिमूर्ति Statue of Liberty उपाध्क्ष्य देबेन्द्र लिम्बुले प्रदान गर्नु भएको थियो । डा. सुब्बासंगै आउनु भएकी उहाँकी जीवन संगिनी श्रीमती सुब्बालाई पनि न्यू योर्क सहरको चिनारी गिफ्ट इन्दिरा चेम्जोंग तुम्बाहाम्फेले प्रदान गर्नु भएको थियो ।


Purnakumar Thebe Limbu, President, Kirat Yakthung Chumlung (KYC) USA. Photos: eEyeCam.com

अन्तर्क्रियामा डा. चैतन्य सुब्बाले नेपालका समसामयिक विषयभित्र रहेर लिम्बुवानबारे राज्यको अबधारणा, लिम्बुवान आन्दोलन र यसको सफलता, यस आन्दोलन अन्य जातियतासंग सामजस्यता, लिम्बुवान प्राप्तिपछिको शासकीय स्वरुप, संघियताको विश्लेषणसाथै जनजातिबीचको बिभाजनको कारणको चिरफार गर्नु भएको थियो । डा. सुब्बाद्वारा आदिवासी जनजातिप्रति केन्द्रित रहेर अब बन्ने संबिधानमा कसरी जनजातिको अधिकारलाई सुसज्जित गर्न प्रयाश गर्ने कुरा खुलस्त पार्नु भएको थियो ।


Nepalese American Limbus at the event. Photos: eEyeCam.com

कार्यक्रम समापनपछि उहाँको सम्मानमा थकाली किचन रेस्टुरेन्टमा  रात्रीभोजको व्यवस्था गरिएको थियो ।

-Buddha Chemjong Limbu in New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read related news:

-किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा चुम्लुङ केन्द्रीय समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत

-न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महाधिबेशन सम्पन्न, पूर्ण लिम्बु अध्यक्षमा पुन: निर्बाचित

-किरात याक्थुङ चुम्लुङ २२ औं बर्षमा प्रबेश

-न्यू योर्कमा स्थानीय बिकास मन्त्री पूर्णकुमार शेर्मा र नेपाली प्रतिनिधिहरुको स्वागत

-न्यू योर्कमा म्रिगौलाका रोगी साहित्यकार यासेलीको सहयोगार्थ ७ हजार डलर संकलन

-न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न

-न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको दोश्रो महाधिबेशन र नयाँ नेत्रित्व चयन

-http://usnepalonline.com/limbuwan/ (लिम्बुवानबारे बिशेष सेक्सन)



Buddha Chemjong Limbu, Secretary, KYC USA. Photos: eEyeCam.com


Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.