Inside

All Time Top 50 News

न्यू योर्कबाट लिम्बुवान स्वायत्त राज्यको नयाँ संबिधानमा ग्यारेण्टी गर्न माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 28 April 2012 06:29

Exclusive: 1 video, 6 photos: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिका (KYC USA) ले नेपालमा बन्न लागेको नयाँ संबिधानमा लिम्बुवान स्वायत्त राज्यको ग्यारेण्टी गर्नु पर्ने माग गरेको छ।

Kirat Yakthung Chumlung (KYC) USA acting president Debendra Sambahamphe Limbu handing over memorandum letter to H. E. Ambassador Gyanchandra Acharya demanding to guarantee the Limbuwan Autonomous State provision in the new constitution of Nepal which is being written by the Constitution Assembly. Photos: eEyeCam.com

अप्रिल २७ तारिख शुक्रबार चुम्लुङ अमेरिकाको एक प्रतिनिधी मन्डलले उक्त कुराको माग गर्दै संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगका प्रतिनिधी एबं महामहिम राजदूत ज्ञानचन्द्र आचार्य समक्ष्य ज्ञापन पत्र बुझाएको हो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

KYC USA Submitting Memorandum for Limbuwan Autonomous State, New York, April 27, 2012




चुम्लुङ अमेरिकाको प्रतिनिधी मन्डलले राजदूत आचार्यमार्फत उक्त ज्ञापन पत्र नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख सुबासचन्द्र नेम्बाङ र बिदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाउन अनुरोध गरेको छ भने बोधार्थमा एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति सुशिल कोईराला, एनेकपा एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनाधिकार फोरम अध्यक्ष उपेन्द्र यादव, लोकतांत्रिक मधेसी जनाधिकार फोरम अध्यक्ष बिजयकुमार गच्छेदार, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अध्यक्ष ईन्द्रहाङ खम्बु, नेपाल आदिवासी जनजाति महासंघ नेपाल अध्यक्ष राजकुमार लेखी र किरात याक्थुङ चुम्लुङ नेपाल अध्यक्ष उत्तमसिङ थाङदेन लिम्बूलाई सम्बोधन गरिएको छ।

Limbuwan State proposed by Federal Limbuwan State Council

उक्त ज्ञापन पत्रमा नयाँ संबिधानमा ऐतिहासिकता, पहिचान र सामर्थ्यको तीन वटै आधारमा लिम्बुवान राज्यको औचित्य र आवश्यकता रहेको उल्लेख गर्दै वर्तमान नेपालको सङ्खुवा-अरुण-सप्तकोशी पूर्वका ९ जिल्ला (ताप्लिजोङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा) लाई समेटेर लिम्बुवान राज्यको ब्यावस्था गर्नु पर्ने माग गरिएको छ।

संविधान सभा राज्य पुनर्संरचना समितिले प्रस्तुत गरेको नेपालको नक्सा. Map courtesy: Santa Bagam

उक्त ज्ञापन पत्र बुझाउन चुम्लुङ अमेरिकाका कार्यबाहक अध्यक्ष देबेन्द्र सम्बाहाम्फे लिम्बु, उपाध्यक्ष इन्दिरा चेम्जोङ, महासचिब दिपेश लिम्बु, सचिब बुद्ध चेम्जोङ, काँग्रेसी युबा नेता मुनिन्द्र नेम्बाङ लिम्बुलगायतको टोली नेपाली स्थाई नियोगको कार्यालय ४२ स्ट्रिट म्यानहट्टन पुगेको थियो।

KYC USA delegates with the ambassador Gyanchandra Acharya. Photos: eEyeCam.com

ज्ञापन पत्रलाई महासचिब लिम्बुले पढेर सुनाएका थिए भने कार्यबाहक अध्यक्ष साम्बाहाम्फेले राजदूत आचार्यलाई बुझाएका थिए।

उक्त ज्ञापन पत्रमा लिम्बुवान राज्यकोबारेमा भनिएको छ- "ऐतिहासिक पृष्ठभूमिमा आधारित भूमिको पहिचानबाट उत्पति भएको नेपालको एउटा क्षेत्रको नाम हो- "लिम्बुवान" तर दुर्भाग्यको कुरा लिम्बू जातिहरुको बाहुल्य बसोबास रहेकै आधारलाई मानेर लिम्बुवान स्वायत्त राज्यको गरिमालाई एउटा जातीय आधारमा स्वयत्तताको माग गरेको भनी अपव्याख्या गरिंदै आएको छ । वास्तवमा सम्पूर्ण लिम्बुवान क्षेत्रका लिम्बुवानवासीहरुको स्वायत्तताकोलागि माग गरिएको राज्यको नाम हो- "लिम्बुवान" ।"


KYC USA delegates at Nepal Mission office in New York. Photos: eEyeCam.com

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री र नेपाल सरकारको सम्बन्धित निकायमा यथासक्या चाँडो पुर्याउने अश्वासन दिएका महामहिम आचार्यले संघीयताको बिषयमा सबै राजनैतिक पार्टीहरुको सहमतिको आधारमा सबैले आत्मसात गर्ने गरी नयाँ संबिधान जारी हुन्छ भन्ने विश्वाश ब्यक्त गरे।

चुम्लुङ अमेरिका कार्यबाहक अध्यक्ष देबेन्द्र सम्बाहाम्फे, महासचिब दिपेश लिम्बु र काँग्रेसी युबा नेता मुनिन्द्र नेम्बाङले सम्बोधन गर्दै लिम्बुवान राज्यको एतिहासिक पृष्‍ठभूमिको चर्चा गर्दै लिम्बुवान राज्य शिर्फ लिम्बु जातिको मात्र नभएर सम्पूर्ण लिम्बुवानवासी जनताको भएको स्पस्ट पारे।

ज्ञापन पत्रको पूर्ण पाठ यसै समाचारको तल पढ्नुहोस्;

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/limbuwan/

-लिम्बुवान राज्यको सुनिश्चितताको माग गर्दै प्रधानमन्त्री र दलका प्रमुखहरुलाई ज्ञापनपत्र पेश

-लिम्बुवान प्राप्तिकालागि हजार वर्ष पनि लड्ने घोषणा

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-नयाँ नेपाल र लिम्बुवान राज्यको साँध सिमानाको तुलनात्मक नक्सा



संयुक्त राष्ट्रसंघकोलागि नेपालका स्थायी प्रतिनिधी
महामहिम राजदुत ज्ञानचन्द्र आचार्य ज्यू,
स्थायी नियोगको कार्यालय
न्यू योर्क (अमेरिका)


बिषय : ज्ञापन-पत्र

बिक्रम सम्बत २०६४ साल फागुन १८ गते पार्टीहरुवीच भएको पाँच बुँदे सहमतिमा ऐतिहासीक पृष्ठभूमि, पहिचान र सामर्थ्यको आधारमा राज्यको पुनर्संरचना गरिने सहमति भएअनुसार अरुण-सङ्खुवा-सप्तकोशी पूर्ब नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्यको सुनिश्चताकोलागि किरात याक्थुङ चुम्लुङ नेपालले खेलेको भूमिकालाई ऐक्यवद्दता जनाउंदै किरात याक्थुङ चुम्लुङ अमेरिका यो ज्ञापन-पत्र बुझाउँदछ ।

किरात याक्थुङ चुम्लुङ अमेरिका जारी शान्ति प्रक्रिया अन्तिम चरणमा आईपुगेको अवसरमा बन्न लागेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संबिधान लेखनको सफलताको कामना ब्यक्त गर्दछ । साथै हाम्रा सरोकार र अधिकारका बिषयहरुको सम्बन्धमा यहाँहरुको गतिबिधि नजिकैबाट अवलोकन एवं अध्यन गरिरहेको कुरा पनि यहाँहरु समक्ष जानकारी गरउँदछौं र हाम्रो बिशेष चासोको बिषय भन्नु नै नयाँ संबिधानमा अरुण-सङ्खुवा-सप्तकोशीपूर्बको समग्र नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमि, पहिचान र सामर्थ्यको आधारमा  लिम्बुवान स्वायत्त राज्यको सुनिश्चता हो ।

सरकार प्रमुख तथा पार्टीका अध्यक्ष ज्यूहरु,

ऐतिहासिक पृष्ठभूमिमा आधारित भूमिको पहिचानबाट उत्पति भएको नेपालको एउटा क्षेत्रको नाम हो- "लिम्बुवान" तर दुर्भाग्यको कुरा लिम्बू जातिहरुको बाहुल्य बसोबास रहेकै आधारलाई मानेर लिम्बुवान स्वायत्त राज्यको गरिमालाई एउटा जातीय आधारमा स्वयत्तताको माग गरेको भनी अपव्याख्या गरिंदै आएको छ । वास्तवमा सम्पूर्ण लिम्बुवान क्षेत्रका लिम्बुवानवासीहरुको स्वायत्तताकोलागि माग गरिएको राज्यको नाम हो- "लिम्बुवान" ।

तसर्थ राज्य पुनर्संरचनाको निम्ति बनेका निकाय संबिधान सभा राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगसमेतले लिम्बुवान राज्यको  प्रस्तव र पारित गरेको परिप्रेक्ष्यलाई मनोनयन गर्दै लिम्बुवानवासीहरुको मागमुताविक यहीं आउँदो संबिधानसंगै लिम्बुवान राज्य घोषणा गरियोस । र नेपाल सरकारबाट अनुमोदन गरीसकेको आईएलओ १६९ महासन्धिलाई तुरुन्त कार्यन्वयन गरियोस ।

अत: किरात याक्थुङ चुम्लुङ अमेरिका अरुण-सङ्खुवा-सप्तकोशी पूर्ब नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितताको माग गरिरहेका सम्पूर्ण लिम्बुवानवासी दाजुभाई दिदीबहिनी, बिभिन्न राजनैतिक पार्टीका प्रतिनिधीज्यूहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार मित्रहरुसमेतलाई सधन्यवाद नैतिक समर्थन जनाउँदै लिम्बुवान प्राप्तिको सफलताको कामनासमेत गर्दछ । यसको अलावा लिम्बुवान प्राप्तिकोलागि शान्तिपूर्ण संघर्षमा रहेका लिम्बुवानवासीहरुलाई राज्यद्द्वारा अमानवीय तवरले मानव अधिकारको हनन गर्दै बल प्रयोग गरेको खण्डमा किरात याक्थुङ चुम्लुङ अमेरिका संयुक्त राष्ट्र संघ सामुमासमेत आवाज उठाउने कुराकोसमेत जानकारी गराउंदछ ।

मिति: अप्रिल २७, २०१२

बोधार्थ:

सम्माननीय प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू,
सम्माननीय सभामुख सुबासचन्द्र नेम्बाङ ज्यू,
माननीय बिदेशमन्त्री नारायणकाजी श्रेष्ठ ज्यू
श्रीमान पुष्पकमल दाहाल ज्यू, (अध्यक्ष, एनेकपा माओवादी)
श्रीमान सुशिल कोईराला ज्यू, (सभापति, नेपाली कांग्रेस)
श्रीमान झलनाथ खनाल ज्यू, (अध्यक्ष, एनेकपा एमाले)
श्रीमान उपेन्द्र यादव ज्यू, (अध्यक्ष, मधेसी जनाधिकार फोरम)
माननीय बिजयकुमार गच्छेदार ज्यू, (अध्यक्ष, लोकतांत्रिक मधेसी जनाधिकार फोरम)
श्रीमान ईन्द्रहाङ खम्बु ज्यू, (अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च)  
श्रीमान राजकुमार लेखी ज्यू, (अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ नेपाल)
श्रीमान उत्तमसिङ थाङदेन लिम्बू ज्यू, (अध्यक्ष, किरात याक्थुङ चुम्लुङ नेपाल)

का.वा. अध्यक्ष
देबेन्द्र साम्बाहाम्फे

महासचिव
दिपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिका
(Kirat Yakthung Chumlung USA)


KYC USA acting president Debendra Sambahamphe. Photos: eEyeCam.com




KYC USA general secretary Dipesh Limbu. Photos: eEyeCam.com

Nepali Congress youth leader Munindra Nembang Limbu. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.