Inside

All Time Top 50 News

लंग आईल्याण्ड नेपाली समाज, न्यू योर्कको पद हस्तान्तरण र स्मारिका बिमोचन समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 12 July 2017 23:59

Exclusive: 4 photos: न्यू योर्क- लंग आईल्याण्ड नेपाली समाज, न्यू योर्कको नवनिर्वाचित चौंथो कार्य समिति (२०१७-२०१९) को पद हस्तान्तरण तथा सपथ ग्रहण जुलाई १२ तारिख सम्पन्न भएको छ। निबर्तमान समिति (२०१५-२०१७) का अध्यक्ष दुर्गेश जंग कार्कीले नवनिर्वाचित अध्यक्ष टिका ढकाललाई बधाई सहित कार्यभार हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल सरकारको एनआरएन सल्लाहकार वरिष्ठ वकिल खगेन्द्र जिसिले नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचनको प्रमाण पत्र बितरण  गरेका थिए ।

LINS Outgoing President Durgesh Jung Karki handing over LINS official documents to newly elected LINS President Tika Raj Dhakal in Long Island, New York on July 12, 2017. Photos courtesy: LINS

सोही समारोहमा स्थापना काल सन् २०१० देखिको गतिविधि समेटिएको समाजको 'स्मारिका २०१०-२०१७' को बिमोचन प्रमुख अतिथि वरिष्ठ वकिल जिसि र समाजको अध्यक्ष कार्कीले संयुक्त रूपमा गरेका थिए। स्मारिकाको प्रधान सम्पादक प्रदीप परियार थापा रहेकाछन्। स्मारिकामा विगत ७ वर्षमा समाजले गरेका कार्यहरूलाई शब्दचित्रमा र ४० पृष्ठ फोटो फिचर प्रस्तुत गरिएको छ। स्मारिकामा अन्य जानकारी मूलक लेख रचनाहरु पनि समेटिएकाछन्

Chief Guest Senior attorney Khagendra GC and LINS Outgoing President Durgesh Jung Karki releasing LINS Souvenir 2010-2017 in Long Island, New York on July 12, 2017. Photos courtesy: LINS

कार्यक्रममा वक्ताहरु प्रमुख अतिथि वरिष्ठ वकिल खगेन्द्र जिसि, नेपाली जनसम्पर्क समिति अमेरिका लंग आईल्याण्ड च्याप्टर सभापति बिस्व बास्तोला, अर्जुन मैनाली, पण्डित पिपल मणि सिग्देलले सम्बोधन गर्दै नवनिर्वाचित चौंथो कार्य समितिलाई वधाई दिंदै कार्यकाल सफलताको कामना गरेका थिए। समारोहको सभापतित्व अध्यक्ष दुर्गेश जंग कार्कीले गरेका थिए भने संचालन महासचिव परमानन्द खनालले गरेका थिए।

LINS newly elected executive committee members after oath ceremony in Long Island, New York on July 12, 2017. Photos courtesy: LINS

नव निर्वाचित कार्य समिति (२०१७-२०१९) मा अध्यक्ष- टिका राज ढकाल, उपाध्यक्ष- कल्पना थापा, उपाध्यक्ष- बसन्त चापागाँइ, महासचिव- राजन गौली, सचिव- शंखनारायण प्रजापति, कोशाध्यक्ष- रन्जित गौली, सदस्यहरु- युवराज लम्साल, जंग बहादुर पाल, बाबुराम शर्मा, हेमन्त सिंह, निरज सापकोटा, रमेश केसी, सुरज गैरे, शोभा श्रेष्ठ र राज श्रेष्ठ निर्वाचित भएकाछन् ।

LINS members and guests at the program in Long Island, New York on July 12, 2017. Photos courtesy: LINS

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.