Inside

All Time Top 50 News

मगर संघ अमेरिकाद्वारा बाल्टिमोर र क्यालिफोर्नियामा माघे संक्रान्ति पर्व मनाईयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Manbahadur Rana Magar   
Thursday, 17 January 2013 16:53

Special: 3 photos: बाल्टिमोर- मगर संघ अमेरिकाको आयोजनामा मेरिलैंड राज्यको बाल्टिमोर शहरमा जनवरी १२, शनिवार माघे संक्रान्ति पर्ब धुमधामसंग मनाइएको छ।


Magar Association USA celebrated Maghe Sankranti in Baltimore, Maryland, USA on January 12, 2013. Photos: Man B Rana Magar

अमेरिकाको पेन्सिलभेनिया, न्यू योर्क, न्यू जर्सी, मेरिलैंड र भर्जिनियाबाट झन्डै एक सय बढीको उपस्थिति रहेको सो कार्यक्रममा संस्थाको अध्यक्ष क्या. दलबहादुर रोका मगरले नेपालीहरुको रास्ट्रीय चाड मध्ये माघे संक्रान्ति विश्व भरिका मगरहरुले बिशेष महत्वकासाथ मनाउदै आएको पर्ब भएकोले मगर संघ अमेरिकाले पनि २०१० देखि माघे संक्रान्ति पर्ब प्रत्येक वर्ष अमेरिकाको विभिन्न शहरमा मनाउदै आएको जानकारी गराउदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने तथा उपस्थित सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो ।

Magar Association USA president Capt. (Rtd.) Dalbahadur Roka Magar speaking at the Maghe Sankranti  celebration in Baltimore, Maryland. Photos: Man B Rana Magar

संस्थाको सल्लाहकार संगिनी राना मगरले सम्बोधन गर्दै हाम्रो रिति-रिवाज र सस्कृति नै हामीलाई पुर्खाले दिएको अमुल्य उपहार हो, सम्पति हो भन्दै हामीले हाम्रो सस्कृति र रिति रिवाजको संरक्षण र सम्बर्दन गर्न अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा नृत्य प्रतियोगिता

स्कुलस्तरका भाइबहिनिहरुलाई नेपाली सस्कृतिप्रति आकर्सित गराउन नेपाली गीतमा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम अनिशा घर्ति मगर (पेन्सिलभेनिया), दोस्रो- सिर्जना थापा मगर (न्यु जर्सी) र तेस्रो- सितल तुलाचन (बाल्टिमोर) तथा बाह्र बर्ष मुनिका बिजेता निर्जल थापा मगर (न्यु जर्सी) लाई  आकर्षक ट्रफी प्रदान गरियो ।

Anisha Gharti Magar, first prize winner in dance competition receiving trophy from Magar Association USA president Capt. (Rtd.) Dalbahadur Roka Magar speaking at the Maghe Sankranti  celebration in Baltimore, Maryland. Photos: Man B Rana Magar

प्रतियोगितामा सहभागी गीता थापा मगर (न्यु जर्सी) र सजनी रोका मगर (बाल्टिमोर) लाई पनि सहभागिताकोलागि ट्रफी प्रदान गरि धन्यबाद दिइयो । नृत्य प्रतियोगिता कार्यक्रम संस्थाको सचिब बेक पुर्जा मगरले संचालन गरेका थिए । त्यस्तै, बिधार्थी तथा बालबालिका बिभाग संयोजक यज्ञ थापा मगरको सक्रियतामा मसिना केटाकेटीहरुकोलागि बिभिन्न नेपाली चित्रहरुमा रंग भर्ने र चित्र पहिचान गराउने जस्ता प्रतियोगिता गराई हौसलाको लागि विभिन्न गिफ्ट प्रदान गरियो ।

तरुल, सेलरोटी, आलुदम, अचार अनि कार्यक्रम स्थलमै गरिएको बार्बिक्यु (ससेज, विङ्ग्स), कार्यक्रम हलकै चुलोमा पकाइएको दाल, भात र खसीको मासुको स्वादसंगै न्यु योर्कबाट जानु भएकी तारा चिदी मगरको आकर्षक नृत्य तथा भर्जिनियाबाट आउनु भएकी मन्जु  पुन मगर र बाल्टिमोर निवासी श्याम गुरुङको गितमा सबैले रमाइलो गरेका थिए ।

यसैबिच, उता क्यालिफोर्नियामा संस्थाको प्रथम उपाध्यक्ष बखन थापा मगरको निवासमा लस एञ्जलस क्षेत्रका मगरहरुको उपस्थितिमा घरमै तयार गरिएको नेपाली परिकारहरुकोसाथमा माघे संक्रान्ति धुमधामसंग मनाइएको छ।

-Man B Rana Magar
General Secretary

Magar Association USA, Inc.
http://www.MagarUSA.org

Read exclusive reporting on Magars in USA:

-http://usnepalonline.com/magar/

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा पहिलो सार्वजनिक देउसी-भैलो कार्यक्रम २०१२ सम्पन्न

-न्यू जर्सीमा मगर संघ अमेरिकाको ५ औं अधिबेशन सम्पन्न

-अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाद्वारा ७ औं दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न

-मगर संघ अमेरिकाद्वारा नेपालमा प्रहरीद्वारा मगर संघको झन्डा जलाईएकोप्रति आपत्ति

-न्यू योर्कमा ३० औं 'मगर दिवस' सम्पन्न

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो

-ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा मगरहरुले माघे संक्रान्ती मनाए, "याँभु" (इन्द्रेणी) इ-जर्नल प्रकाशन शुरुवात

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-६ पटक उत्कृष्ट युबा गायक पुरस्कार जितेका जगदिश समाल मगर न्यू योर्कमा के गर्दै छन्?

-न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो !

-अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

-न्यू योर्कमा आइ पुगे "पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम" का चर्चित गायक सुमन बुढा मगर

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.