Inside

All Time Top 50 News

न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 24 January 2012 08:56
Article Index
न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो
More photos of Maghe Sankranti in NJ, USA 2012
All Pages

अमेरिकामा पहिलो नेपाली प्रोफेसनल बक्सर देबेन्द्र थापा मगर सम्मानित
Exclusive: 28 photos; 1 video:
न्यू जर्सी- मगर संघ अमेरिकाको आयोजनामा नेपाली-अमेरिकि मगरहरुले माघे संक्रान्ती पर्ब धुमधामसंग मनाएकाछन्। उक्त अबसरमा भारतकोलागि बक्सिङ खेलमा ९ वटा अन्तरराष्ट्रिय स्वर्ण पदक (Gold Medal) जितेका र अमेरिकामा पहिलो ब्याबसायीक (professional) बक्सिङ खेलाडी बनेका मुक्केबाज नेपाली छोरो देबेन्द्र थापा मगरलाई सम्मान गरिएकोछ।



Olympion & first Nepali pro-boxing player in USA, Debind (Devindra) Thapa Magar (right) is being honored by Magar Association USA, Inc. at Maghe sankranti celebration in New Jersey, USA on January 22, 2012. Photos: eEyecam.com

जनवरी २२ तारिख न्यू जर्सीको एट्लान्टिक सिटी नजिकै मेस ल्यान्डिङमा मनाइएको उक्त माघे संक्रान्ती कार्यक्रममा बक्सर थापाको सम्मानकासाथै मगर कलाकारहरुद्वारा बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

The Nepalese-American Magar women with traditional Magar costumes posing for photo during Maghe sankranti celebration in New Jersey, USA on January 22, 2012. Photos: eEyecam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Maghe Sankranti celebration in New Jersey by Magar Association USA, Jan 22, 2012



मगर संघ अमेरिकाको अध्यक्ष ब्रिटिश सेनाका अबकास प्राप्त लेफ्टिनेन्ट महेन्द्र थापा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युएस नेपाल अनलाइनका प्रधान सम्पादक तथा संघका सल्लाहकार प्रदिप थापा मगरले बक्सर थापाको खेल जीवनकोबारेमा प्रकाश पार्दै माघे संक्रान्तीको महत्वकोबारेमा आफ्नो धारणा राखेका थिए भने मगर महिला संघ कि संस्थापक अध्यक्ष संगिनी राना मगरले मगर महिलाहरुको शशक्तिकरणकोबारेमा आफ्नो मन्तब्य राखेकी थिइन्।

Group photo from Maghe sankranti celebration in New Jersey, USA on January 22, 2012. Photos: eEyecam.com

कार्यक्रममा स्वागत मतब्य संघको विद्यार्थी तथा बाल बालिका बिभाग संयोजक यज्ञ थापा मगरले गरेका थिए भने पहिलो सत्रको सन्चालन संघका सचिब मानबहादुर राना मगरले गरेका थिए।

तरुल, सखर खन्ड, सेल, बटुके (बारा) रोटी, कुखुरा र खसीको मासु, मुलाको अचार र पुलाउको स्वादसंगै उपस्थित मगर बन्धुहरु चर्चित युबा लोक गायक सुमन बुढा मगर, राजेश थापा मगर, मन्जु पुन मगर, शेरबहादुर थापा मगर र केशब थापा मगरको गीतमा झुमेका थिए।



कलाकारहरु अनिशा घर्ती मगर, गीताकुमारी थापा मगर र श्रीजना थापा मगरको न्रित्य प्रस्तुती रहेको उक्त कार्यक्रममा कविता बाचन गर्ने कवियित्रीहरुमा मन्जु पुन मगर र श्रीजना थापा मगर थिए।

साँस्कृतिक कार्यक्रमको रोचक सन्चालन कलाकार तथा संघका द्वितिय उपाध्यक्ष राजेश थापा मगरले गरेका थिए।


Anisha Gharti Magar performing her solo folk dance.

कार्यक्रममा संघमा आजीवन सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो। उता विद्यार्थी तथा बाल बालिका बिभाग संयोजक यज्ञ थापा मगरको सकृयतामा बाल बालिकाहरुकोलागि नेपाली धरोहर, मगर जाति र संस्क्रिती सम्बन्धी चित्रहरुमा रंग भर्ने र पहिचान गर्ने प्रतियोगिताको आयोजना गरिएको थियो।


Magar children were taught how to identify or create Nepali and Magar artifacts or draw them.

न्यू योर्क, न्यू जर्सी, पेन्सलभानिया, भर्जिनिया, वासिङ्टन डिसीलगायतबाट भेला भएका झन्डै ८० जना मगरहरुको जमघटमा बिशेष गरी मगर महिलाहरु परम्परागत मगर पहिरनमा सजिएर उपस्थित भएका थिए।

पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर को हुन्?

नेपालमा स्याङ्जा जिल्लाको राङभाङ घर भएका देबेन्द्र थापा मगर अमेरिकामा सन् १९९८ देखी २००६ सम्म २८ वटा ब्याबसायिक बक्सिङ (pro-boxing) भिडन्तहरुमा खेलेर नेपालको नाम चम्काउन सफल भएका गर्बिला ब्यक्तित्व हुन्।

Olympion & first Nepali pro-boxing player in USA, Debind (Devindra) Thapa Magar (right) at Maghe sankranti celebration in New Jersey, USA on January 22, 2012. Photos: eEyecam.com

२८ खेलमा उनले २० वटा खेलमा आफ्नो प्रतिद्वन्दीलाई गोर्खाली मुक्काले नराम्रो गरी हराउन सफल भएका थिए। त्यसै कारण उनी अमेरिकि खेल जगतमा 'नेपाल टाइगर' (Nepal Tiger) को नामले चर्चित बन्न पुगेका थिए। जसमध्ये १३ जीत त नकआउट (Knockout) नै थियो। २८ खेलमा उनले शिर्फ ६ पटक हार बेहोर्नु परेको थियो।


सन् २००१ मा उनको १६ औं भिडन्त हेर्न न्यू जर्सीको एट्लान्टिक सिटी पुगेको यो पङ्क्तिकारले उनी १५ औं पटकको भिडन्तसम्म अपराजित रहेको रेकर्ड थाहा पाउँदा गर्बले छाती धक्क फुलाएको र शीर उँचो पारेको थियो।


Debind (Devindra) during the KO (knockout) fight with Dan Davis in Atlantic City, NJ in 2000.Photos & documents courtesy: Devindra

त्यति मात्र कहाँ हो र- उनले भारतीय गोर्खाली सेनामा सन् १९९२ मा भर्ती भएको एक बर्षपछि अर्थात सन् १९९३ देखी १९९७ सम्म २ राष्ट्रिय र १५ वटा अन्तरराश्ट्रिय बक्सिङ खेलकूदमा ९ स्वर्ण (Gold), ६ कास्य (silver) र १ रजत पदक (bronze medal) जितीदिएर नेपालको छिमेकी मुलुक भारतलाई विश्वमा चम्काउने खेलाडी पनि यिनै लाहुरे मुक्केबाज हुन्।

(पढ्नुहोस् उनै मुक्केबाज थापाबारे युएस नेपाल अनलाइनको बिशेष फिचर स्टोरी: "ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर")

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:

-न्यू योर्कमा मगरहरुले माघे संक्रान्ती मनाए, "याँभु" (इन्द्रेणी) इ-जर्नल प्रकाशन शुरुवात

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो !

-अमेरिकामा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न

-न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस

-अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेत्रित्व

-न्यूयोर्कमा लोक दोहोरी भाका घन्कियो

Read more at: http://usnepalonline.com/magar/

Singer Suman Budha Magar. Photos: eEyecam.com

Singers: Sherbahadur Thapa Magar and Manju Pun Magar.

Singer Rajesh Thapa Magar.

Magar Association USA, Inc's Secretary Manbahadur Rana Magar (standing) with the guests and the organizers. Photos: eEyecam.com

न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो
More photos of Maghe Sankranti in NJ, USA 2012
All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.