Inside

All Time Top 50 News

न्यू योर्कमा माइन्ड एन्ड म्याथ र बेसबलमा चम्केका नेपाली छोरो सविन घले PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 29 August 2012 11:36

Special: 8 photos: न्यू योर्क- लम्जुङको घले गाउँ बगुममा रोधी बसेर आफ्नो तन्नेरी जीवन बिताएका बिन घले आफ्नो ७ बर्शिय छोरो सविन घले न्यू योर्क राज्य स्तरीय गणीतीय जोड प्रतियोगितामा दोश्रो स्थान हाँसिल गरेपछि र बेसबल खेलमा एल्म्ज्याक क्लबबाट अल स्टार लिटल लिगको ट्राभल टिममा चुनिएपछि दङ्ग परेका छन्।


 

Sabin Ghale (Gurung), 7, who won 2nd place at New York Statewide Aloha Mind & Math Competition in Long Island, New York on June 17, 2012. Photos courtesy: Bin Ghale

हो, सविन घले सन् २००४ मे ९ तारिख न्यू योर्कमा जन्मेका नेपाली आमा चन्द्र गुरुङ र बुवा बिन घलेका एक मात्र सुपुत्र हुन् अर्थात यि गुरुङ जोडीको आँखाको नानी र अमेरिकाको भबिश्यको चम्किलो तारा।

सविनले गत जुन १७ तारिख न्यू योर्कको लङ आइल्यान्डमा सम्पन्न न्यू योर्क राज्य स्तरीय Aloha Mind & Math Competition तेश्रो तह (3rd level) को गणीतीय जोड प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्न सफल भएकाछन्। उनी आफ्नो समूहको ६० जना विद्यार्थीहरुलाई उछिन्दै दोश्रो भएका हुन्। र उनी उक्त पुरस्कार जित्ने पहिलो नेपाली छोरो पनि हुन्।

Sabin Ghale (center) who won 2nd place at New York Statewide Aloha Mind & Math Competition in Long Island, New York on June 17, 2012. Photos courtesy: Bin Ghale

अलोहा सनिसाइड, न्यू योर्क शाखा, जहाँ सविनले अध्ययन गर्छन्, कि प्रोप्राइटर किरण गुरुङकाअनुसार न्यू योर्क राज्यमा यो पहिलो प्रतियोगिता थियो। उनी सविनको सफलताबाट आफू निक्कै खुशी भएको युएस नेपाल अनलाइनलाई बताइन्।
उनकाअनुसार अलोहा माइन्ड एन्ड म्याथ सेन्टरमा मेन्टल म्याथ, अबाकस र फिङ्गर काउन्टिङको पढाई गरिन्छ जसबाट विद्यार्थीको स्मरण शक्ती र पढाईमा प्रगति हुन्छ। सविनको सफलतासंगै उनले उक्त सेन्टरका अन्य दुई शिक्षिकाहरु कृति रोका थापा मगर र अदिबालाई सम्झिन चाहिन्। उनको सेन्टर ३९-१८, ४७ एभेन्यू, सनिसाइड, कुइन्स, न्यू योर्कमा रहेको छ। पढाई चाँही शनिबार ९-२ बजे दिउँसो र आईतवार १०-२ बजे दिउँसो गरिन्छ।


Sabin Ghale who is one of the travel team members of All Star Little League of Elmjack Club of New York under 7-8 year-old group. Photos courtesy: Bin Ghale

उता सविन गणित बिषयमा मात्र चम्केका विद्यार्थी होइनन् बल्की अमेरिकि लोकप्रिय खेल बेसबल खेलमा आफ्नो ७ बर्षको समूहमा चुनिएका अल स्टार लिटल लिग ट्राभल टिमका उम्दा खेलाडी पनि हुन्। अर्का चम्किला नेपाली छोरो सोनेश गुरुङ (पढ्नुहोस् युएस नेपाल अनलाइनको बिशेष रिपोर्ट) जस्तै सविन पनि इल्म्ज्याक्स क्लब, कुइन्स, न्यू योर्कका ७ वटा समूहका झन्डै १०० जना खेलाडीहरुबाट चुनिएका १३ जना उत्कृष्ट खेलाडीहरु मध्येका चुनिएका खेलाडी हुन्। सविनले यो खेल खेल्न शुरु गरेको सन् २०१० देखि हो।

Sabin with his parents Bin Ghale and Chandra Ghale. Photos courtesy: Bin Ghale

सविनका बुवा बिन घलेले आफ्नो छोरोले खेलकूद र पढाईमा प्रगति गरेको देखेपछि खुशी हुँदै भने- "आफू त गाउँमा रोदी बसेर तन्नेरी जोवन बताइएको थियो। छोरोले रोदी परम्परामा हुर्किन नपाएपनि अमेरिकामा राम्रो गरेर खाला जस्तो छ।" सन् १९९६ देखि नेपाल जान नपाएका बिन र उनकी श्रीमती चन्द्र छोरोको लगनशिलता र सफलताबाट औधी खुशी भएकाछन्। उनिहरुले एक स्वरमा भने- "नेपाल जान नपाएपनि छोरोले नेपाल र नेपालीको नाम उँचो पार्ने कुरामा हामी आशावादी छौं।"

हुन पनि सविनको तीक्ष्ण दिमाक र खेल जीवनको प्रगति हेर्दा उनले एक दिन नेपाल र नेपालीको नाम चम्काउने आशा गर्न सकिन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कका १० बर्शिय बेसबल खेलाडी सोनेश गुरुङले जिते सर्बोत्क्रिस्ट खेलाडी (MVP) पुरस्कार

Sabin with Aloha Sunnyside, New York Center teachers Kriti Roka Thapa Magar and Kiran Gurung. Photos courtesy: Bin Ghale


Sabin with his prized sports trophies. Photos courtesy: Bin Ghale


Sabin's Elmjack Little League Team 2012. Photos courtesy: Bin Ghale

Sabin's Elmjack Little League Team. Photos courtesy: Bin Ghale

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.