NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 01 October 2011 17:44
Article Index
न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न
More photos from the Meet & Greet Dinner Gala
All Pages

Exclusive: 1 video, 21 photos: न्यू योर्क- मिस नेपाल युएसए २०११ को आयोजक संस्था e-Planet Inc. ले मिस नेपाल युएसए २०११ का बिजेता वासिङ्टन डिसीकि सुजिता बस्नेत र न्यू योर्कबाट प्रतियोगीहरुकोको सम्मानमा भेटघाट र सम्मान (Meet & Greet) कार्यक्रमको आयोजना गरेको छ।


 

Miss Nepal USA 2011 winner Sujita Basnet & participants from New York were being greeted in New York on September 30, 2011. Photos: eEyeCam.com

शुक्रबार बेलुकी न्यू योर्कको उड्साइडस्थित सगरमाथा रेस्टुरेन्टमा आयोजित उक्त सम्मान र रात्रीभोज कार्यक्रममा बिजेता सुजिता बस्नेतका साथै न्यू योर्कबाट प्रतियोगितामा सहभागि १० युबती सुन्दरीहरु मध्ये ६ जना टप फाइभ फाइनलिस्ट तथा मिस पर्सोनालिटी जुबी गौचन, मिस ट्यालेन्ट सम्झना कार्की, मिस बेस्ट हेयर त्रियुक्ता घिमिरे, दिब्या कार्की, लुना योङ्हाङ र राजश्री कायस्थ उपस्थित रहेका थिए । उनीहरुलाई आयोजक संस्था ई-प्लानेट इङ्कले प्रसंशा पत्र र उपहार प्रदान गरेको थियो। मुख्य अतिथी जेम्स सिमिकले उक्त प्रमाण पत्र प्रदान गरेका थिए।

The six Miss Nepal USA 201 participants and winner Sujita Basnet. Photos: eEyeCam.com

त्यसैगरी, संस्थाले कार्यक्रमका बेला सहयोग पुर्‍याउने ब्यक्तीहरु, प्रायोजकहरु र संचारकर्मीहरुलाई प्रसंशा पत्रद्वारा सम्मान गएको थियो।

Dancer Chheten Sherpa from Jhankaar Dance Center performing at the event. Photos: eEyeCam.com


हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Meet & Greet with Miss Nepal USA 2011 in New York, Sept 30 2011




कार्यक्रममा ई-प्लानेट इङ्कका अमित शाह, बिजेता सुजिता बस्नेत, उपस्थित प्रतियोगीहरु र नेपाली समाजको प्रतिनिधित्व गर्दै डा. तारा निरौला, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब दिपेश लिम्बु, रिज्वुड नेपालीज सिसाइटीका प्रेसिडेन्ट श्री पराजुली, वकिल गिरिजा गौतम, गायक यम बराल र मिस नेपाल युएसए २०११ कि हेयर स्टाइलिस्ट सबिता राना मगर लोन्जीले आ-आफ्नो मन्तब्य गरेका थिए ।

Chief Guest James Simik presenting appreciation letter to Miss Nepal USA 2011 Sujita Basnet. Photos: eEyeCam.com

उक्त कार्यक्रममा धरमवीर लामाद्वारा सन्चालित झन्कार डान्स सेन्टरद्वारा कलाकारहरुको बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कलाकारहरुमा बसन्ती राई, छेतेन शेर्पा, कृपाली गौतम, र सरिता श्रेष्ठ थिए। कार्यक्रमको सन्चालन गायक तिलक श्रेष्ठले गरेका थिए।

Basanti Rai from Jhankaar Dance Center performing at the event. Photos: eEyeCam.com

न्यू योर्कको फ्लसिङस्थित होटेल सेराटनमा गत अगस्ट २० शनिबार बेलुकी आयोजित मिस नेपाल युएसए सुन्दरी प्रतियोगितामा अमेरिकाको १० राज्यबाट चुनिएका २७ सुन्दरीहरु सहभागि रहेका थिए।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

 

Miss Nepal USA 2011 Sujita Basnet. Photos: eEyeCam.com


Young Social Entrepreneur Kripali Gautam performing at the event. Photos: eEyeCam.com

Dancer Sarita Shrestha. Photos: eEyeCam.com



न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न
More photos from the Meet & Greet Dinner Gala
All Pages
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?