Inside

All Time Top 50 News

न्यू योर्कमा ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा शोक सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 07 February 2011 09:09

Exclusive: 1 video, 19 photos: स्व. ४ कलाकारहरुको बिशेष प्रोफाइल: न्यू योर्क- न्यू योर्क कला मन्चद्वारा नेपालका हालसालै स्वर्गबासी नेपालका ४ बरिस्ठ कलाकारहरुको सम्झनामा शोक सभाको आयोजना गरिएको छ।



Remembering late artists Shanti Maskey, Hiradevi Waiba (Tamang), Kumar Kanchaa & Gopal Bhutani. Photos: eEyeCam.com


न्यू योर्कको उड साइडस्थित सत्य नारायण मन्दिरमा आइतबार अपरान्ह डाकिएको उक्त शोक सभा नेपालका ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा आयोजना गरिएको हो।

कलाकारहरु नरबहादुर दाहाल, शिसिर श्रेष्ठ, न्हुछेनारायण डङ्गोल र राज कपूरद्वारा प्रस्तुत भजनबाट उक्त शोक सभाको शुभारम्भ गरिएको थियो भने कलाकारप्रति सम्मान र स्मरण गर्दै एक मिनेट मौन धारण गरिएको थियो।


Bhajan performing by Narbahadur Dahal, Shisir Shrestha, Nhuchhe Narayan Dangol & Raj Kapoor. Photos: eEyeCam.com

उक्त शोक सभालाई नेपालबाट भर्खरै न्यू योर्कमा "काठमान्डू" चलचित्रको प्रदर्शनकालागि आउनु भएका निर्देशक तथा नायक आकाश अधिकारी, नेपाल कला, संगित तथा नाट्य प्रतिस्ठानका प्राज्ञ हरिबहादुर थापा, अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि केन्द्रिय महासचिब गीता खत्री,, बरिस्ठ नायिका गौरी मल्ल, कला मन्चकि संस्थापक तथा बरिस्ठ नायिका सुबर्ण छेत्री, अनेसासकि पूर्व केन्द्रिय कोशाध्यक्ष कमला प्रसाइ, वकिल तथा कवि बिनोद रोक्काले स्वर्गिय कलाकारहरुबारे आ-आफ्नो संस्मरण र मन्तब्य ब्यक्त गर्नु भएको थियो भने र सत्य नारायण मन्दिरका नेपाली पूजारी पंडित कृष्ण शास्त्रीले मन्त्रोच्चारण गरी स्वर्गीय कलाकारहरुको आत्माको चीर शान्तिकालागि प्रार्थना गर्नु भएको थियो।

सभाको सन्चालन कला मन्चका अर्का संस्थापक तथा बरिस्ठ कलाकार रामराज छेत्रीले गर्नु भएको थियो।


A minute of silence for jewels of Nepalese cinema. Photos: eEyeCam.com

युएस नेपाल अनलाइनले उक्त शोक सभाबारे तयार पारेको बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:
Late Nepalese artists Santi Maskey, Hira Devi Waiba, Kumar Kanchha & Gopal Bhutani Memorial, NY, Feb 6, 2011



बरिस्ठ चरित्र अभिनेत्री स्व. शान्ती मास्के

नेपाली सिने जगतकि बरिस्ठ चरित्र अभिनेत्री शान्ती मास्केको देहान्त ८३ बर्षको उमेरमा मुटुको रोगका कारण गत जनवरी १८ मा गंगालाल अस्पातल, बाँसबारीमा भएको थियो। सन्तान चलचित्रको सुटिङ बेला हृदयघात भएपछि कलाकार मास्केले पेसमेकर लगाउँदै आउनु भएको थियो।


Senior Nepalese artist hanti Maskey. Photo courtesy from her memorial ceremony in New York. Photos: eEyeCam.com

अभिनयमा झन्डै ६० बर्षदेखी निरन्तर लागिरहनु भएकी मास्केको पहिलो चलचित्र साठीको दसकमा बनेको 'हिजो आज र भोली' हो। उनका कान्छी, जीवन रेखा, मनको बाँध, सन्तान जस्ता चलचित्र अत्यन्त लोकप्रिय छन्। उनको झन्डै १०० वटा चलचित्र र टेलिसिरियलमा अभिनय रहेको छ।

लोक गायिका स्व. हिरादेवी वाइबा (तामाङ)

लोक गायिका स्व. हिरादेवी वाइबा (तामाङ) को देहाबसान ७१ बर्षको उमेरमा गत जनवरी १९ मा भएको थियो। जाडोमा ताप्न जलाइएको आगोमा उनले लगाएको सारी जलेर सिकिस्त भएपछि नर्थ बङ्गाल मेडिकल कलेज अस्पातल, सिलिगुरीमा उनको मृत्‍यु भएको थियो। उनको शरिरको ६० प्रतिशत भाग उक्त आगजनीबाट जलेको अस्पातलले जनाएको छ।

"फरिया ल्यादेछन् तेइ पनि मन परेन" जस्ता लोक गीतबाट उनले ख्याती कमाउनु भएको थियो।


Folk singer Hiradevi Waiba (Tamang). Photo courtesy from her memorial ceremony in New York. Photos: eEyeCam.com. Late Waiba during Lok Sanskritik programme organised by Parvatya Vidyarthi Sangathan of NBU on 27 February 2010. Photo: DK Waiba

बरिस्ठ लोक गायक स्व. कुमार कान्छा

बरिस्ठ लोक गायक कुमार कान्छा ५३ बर्षको उमेरमा गत जनवरी १७ तारिख भारतको मुम्बई स्थित एसएल राहेजा अस्पातल, मुहिममा स्पाइनल कोर्डको अप्रेसनबाट प्यारालाइसिस भएकै अवस्थामा बित्नु भएको थियो। उनको उपचार आर्थिक अभाबका कारण धरापमा परेपछि विश्व भरका नेपालीले सहयोग गरेका थिए। तर उनलाई बचाउन भने सकिएन।

Folk singer Kumar Kanchha. Photo courtesy from her memorial ceremony in New York. Photos: eEyeCam.com

उनको साईनो चलचित्रको "आमैले भन्थे धाराको पानी" शिर्सकको जँड्याह पारामा गाइएको गीत, चिनो चलचित्रको "बतासैले उडाइ लाग्यो माया मेरो", "जिन्दगीको के भरोसा छ र" जस्ता गीतहरु निक्कै लोकप्रिय छन्।

सन् १९५३ को जुलाई २३ मा कोलकातामा जन्मिएका स्व. कान्छाका बुवा मनबहादुर शाह र आमा तुलसी देवी शाह हुन् भने उनका श्रीमती र दुई छोरा छन्।

बरिस्ठ द्वन्द तथा कला निर्देशक स्व. गोपाल भुटानी

७८ बर्शिय बरिस्ठ द्वन्द तथा कला निर्देशक गोपाल भुटानीको देहान्त गत बर्षको नोभेम्बर २३ तारिखमा भएको हो।


फोक्सोको क्यान्सरको उपचार गर्दागर्दै जनमैत्री अस्पातल बालाजु, काठमाडौंमा उनको देहाबसान हुन गएको थियो। वि.सं. १९८९ मा नेपालको इलाम जिल्लाको फिक्कलमा जन्मेका नेपाली छोरो भएर पनि मृत्‍यु पर्यन्त कलाकार भुटानीले नागरिकता लिन पाउनु भएन। तामाङ जातिमा जन्मिनु भएका भुटानीलाई बंशजको नाताले नागरिकता भएको कोही नभएकाले नेपाल सरकारद्वारा उनलाई गैर नेपाली ठानियो जुन गलत थियो। कलाकार भुटानीले आफू जिबित छँदा नेपाली कहलाएरै जिए र उनी सदा नेपाली भएरै नेपालीका मनमा अमर बाँच्नेछन्।

Fight and art Director Gopal Bhutani. Photo courtesy from her memorial ceremony in New York. Photos: eEyeCam.com

सन् १९७५ मा 'मनको बाँध' बाट अभिनय र सन् १९७८ मा बनेको 'जीवन रेखा' चलचित्रबाट द्वन्द निर्देशककोरुपमा ख्याती कमाउनु भएका भुटानीले चिनो, देउता, दुई थोपा अंशुलगायत दर्जनौं नेपाली चलचित्रमा द्वन्द र कला निर्देशन् गर्नुभएको छ।

श्रोत: बिभिन्न नेपाली कलाकारसंगको कुराकानी र नेपाली मिडियामा प्रकासित समाचारको आधारमा तयार पारिएको कलाकार प्रोफाइल।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 



Senior Actor Haribahadur Thapa. Photos: eEyeCam.com



Senior Actress Suberna Chhetri. Photos: eEyeCam.com



Director & actor Akash Adhikari. Photos: eEyeCam.com



Actress Gauri Malla. Photos: eEyeCam.com



Nepali Kala Mancha New York co-founder Ramraj Chhetri. Photos: eEyeCam.com



International Nepali Literature Sciety (INLS) Central General Secretary Gita Khatri. Photos: eEyeCam.com



INLS former Central committee Treasurer Kamala Prasai. Photos: eEyeCam.com



INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com



Pandit Krishna Shastri. Photos: eEyeCam.com




Poet & Lawyer Binod Rokka. Photos: eEyeCam.com



Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.