Inside

All Time Top 50 News

न्यू योर्कका १० बर्शिय बेसबल खेलाडी सोनेश गुरुङले जिते सर्बोत्क्रिस्ट खेलाडी (MVP) पुरस्कार PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 07 June 2012 15:45

Updated: Exclusive: 1 video, 17 photos: न्यू योर्क- हुने बिरुवाको चिल्लो पात भने झैं १० बर्शिय बेसबल खेलाडी सोनेश गुरुङले "मोस्ट भ्यालुएबल खेलाडी (MVP)" अर्थात सर्बोत्क्रिस्ट खेलाडी पुरस्कार जित्न सफल भएकाछन्। उनी ८ बर्ष कै छँदा सन् २०१० मा प्रसिद्ध अमेरिकन फूटबल टिम न्यू योर्क जेट्स (NY Jets) को थ्याङ्क्सगिभिङ प्रतियोगिताकोलागि टि किड्स (Tee Kids) बन्ने अबसर पाएका थिए (हेर्नुहोस्) जहाँ उनले उक्त टिमले बल हानेपछि 'किकिङ टि' लाई साइड लाइनमा ल्याउने जिम्मा पाएका थिए।


All Star Little League Most Valuable Player (MVP) winner baseball player Shonesh Gurung playing as pitcher at Elmjack Club in Astoria, New York on June 2, 2012. Photos: eEyeCam.com


सर्बोत्क्रिस्ट खेलाडी बन्ने ह्याट्रिक अबसर

न्यू योर्क शहरको पब्लिक स्कुल PS 199 कुइन्समा कक्षा ५ मा अध्ययनरत १० बर्शिय सोनेश गुरुङले गत जुन २ तारिख Elmjack Little League All Star टिमकोलागि ९-१० बर्षकाबिच भएको खेलमा उनको डिभिजन २ को टिमको खेलमा प्रतिद्वन्दी टिमलाई ९ रनको बिरुद्ध ११ रनले पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको कारण उनलाई उक्त Most Valuable Player (MVP) पुरस्कारद्वारा सम्मान गरिएको हो।


10-year-old Shonesh Gurung with his All Star Little League Most Valuable Player (MVP) award at Elmjack Club in Astoria, New York on June 2, 2012. Photos: eEyeCam.com

उनको खेल कौशलताको कारण पिचिङ क्लोजरकोरुपमा खेलको मैजारो गर्ने जिम्मेवारी पाएका थिए। नभन्दै उनले प्रतिद्वन्दीलाई रन (run) गर्ने मौका नै दिएनन् र ३ रनले बढोत्तरीमा रहेको आफ्नो टिमलाई जिताई छाडे । उनले खेल अबधिभरमा 2 RBI, 4 for 4 र 3 Base steal स्टाटस कायम गर्न सफल भएका थिए।

उसो त उनले यसअघी वाइएमसिए (YMCA) को सन् २०११ मा सम्पन्न 9 U Soccer खेलमा र YMCA कै सन् २०११ को बास्केटबल खेलमा दुई पटक Most Valuable Player (MVP) पुरस्कार जित्न सफल भईसकेकाछन्।

Display of trophies won by Shonesh Gurung at his parents Tek Gurung & Laxmi Gurung's apartment in New York. Photos: eEyeCam.com

हेर्नुहोस् उक्त खेल प्रतियोगिताको युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Most Valuable Player (MVP) Shonesh Gurung, 10-year-old, New York, June 2, 2012



यसरी चम्किदैछन् सोनेश

सन् २०१० मा ८ बर्ष कै उमेरमा बेसबलमा बिशेष दखल जमाउन सफल सोनेश अहिले इल्म्ज्याक क्लबको अल स्टार ट्राभल टिममा चुनिएका ९-१० बर्ष उमेरका १२ खेलाडी मध्ये एक अगुवा खेलाडी हुन्। यो टिम ६ वटा टिमका १२० जना खेलाडीहरुबाट चुनेर बनाइएको हुन्छ। ट्राभल टिम बर्षभर न्यू योर्क र छिमेकी राज्यहरुमा गएर सोही उमेरका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्नु पर्दछ।

पढाईमा अनर विद्यार्थी (honor student) रहेका सोनेशका बुवा टेक गुरुङ र आमा लक्ष्मी गुरुङ हुन्। टेक गुरुङ न्यू योर्कस्थित नेपाली संस्था युनाइटेड नेपालीज डेमोक्रेटिक फोरुम (UNDF) न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष र सोही संस्थाका केन्द्रिय उपाध्यक्ष हुन्।

Shonesh Gurung with his teammate. Photos: eEyeCam.com

इल्म्ज्याकका ९-१० बर्ष समूहका म्यानेजर स्कट सोर्जले सोनेश उनको क्लबका उक्त उमेरका खेलाडीहरु मध्येका उत्कृष्ट खेलाडी भएको युएस नेपाल अनलाइनलाई बताए। उनले क्लबले बेसबल खेल मात्र होइन जीवन कै पाठ सिकाएको बताए- "If they don't make the grades they don't play. We're not teaching just baseball but we're teaching life. We teach baseball as a tool to show them- never quit, always keep your head up and be always smart at your school."

उता सोनेशका बुवा टेक गुरुङ आफ्नो छोरोले गरेको प्रगतीप्रति गर्ब गर्दै सोनेशले भबिश्यमा पनि राम्रो गर्ने आशा ब्यक्त गरे। उनले सोनेश बिद्यालयको पढाईमा राम्रो विद्यार्थी बन्नमा उनको खेल प्रति झुकावको प्रभाब रहेको बताए। अझ उनले स्कूलको होम ओर्क गराउनु छ या अरु कुनै काम गराउनु छ भने "तिमीलाई म खेल खेलाउन लाग्दिन" भनेपछि सोनेशले खेल खेल्नकैलागि पढाइ राम्रो गर्ने, होम ओर्क समयमा खुरुक्क सकाउने गरेको खुलासा गरे।

Sonesh with his parents Tek Gurung and Laxmi Gurung. Photos: eEyeCam.com

बहु प्रतिभाशाली सोनेशले यो सफलता त्यसै हात पार्न सकेका भने होइनन्। टेक गुरुङ छोरो सोनेशलाई यो खेलमा भर्ना गरेदेखि हरेक हप्ता आईतवार नेपाली समाजमा देखिन छोडेकाछन्। किनकि छोरोलाई खेलमा पुर्याउन र ल्याउन कुनै हप्ता छुटाउनु हुँदैन। उनले भने- "यो त ठुलो कमिट्मेन्ट हो। मैले यति समय नदिने हो भने सोनेशले यो सफलता हाँसिल गर्न सम्भब हुँदैन्।" उनले यो पङ्क्तिकारसंग ठट्टा गर्दै भने- "बेसबल खेलाडीहरुले मिलियन्स अफ डलर कमाउँछन्। छोरो राष्ट्रिय खेलाडी भो भने दुई चार मिलियन डलर छोरोसंग मागेर नेपालमा चुनाव लड्न जानु पर्ला।"

हेरौं, सोनेशले प्रगतिको पथमा कसरी लम्कने हुन्। हुने बिरुवाको चिल्लो पात त छँदैछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कका ८ बर्शिय नेपाली छोरो सोनेश गुरुङ NY Jets को Tee Kids बनेर खेलेको त्यो खेल !


Elmjack Club's 9-10 Group Manager Scott Sorge. Photos: eEyeCam.com






Shonesh with his teammate Christian. Photos: eEyeCam.com


All Star MVP (Most Valuable Player) Baseball Trophy which was awarded to Shonesh Gurung.


Shonesh Gurung with his Teammates.





Trophies won by Shonesh Gurung at his parents Tek Gurung & Laxmi Gurung's apartment in New York. Photos: eEyeCam.com





Trophies won by Shonesh Gurung at his parents Tek Gurung & Laxmi Gurung's apartment in New York. Photos: eEyeCam.com



Trophies won by Shonesh Gurung at his parents Tek Gurung & Laxmi Gurung's apartment in New York. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.