NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा युएनडिएफको चौथो कोशेली 'मदरल्यान्ड नाइट' को रोमान्चक प्रस्तुती PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 28 November 2011 15:08
Article Index
न्यू योर्कमा युएनडिएफको चौथो कोशेली 'मदरल्यान्ड नाइट' को रोमान्चक प्रस्तुती
More photos of Motherland Nite- 4, 2011
All Pages

Exclusive: 31 photos: 1 video: न्यू योर्क- युनाइटेड नेपालीज डेमोक्रेटिक युथ फोरुम (UNDF) द्वारा बिगत ४ बर्षदेखी लगातार आयोजना गरिदै आएको मदरल्यान्ड नाइटको चौथो कोशेली 'मदरल्यान्ड नाइट' भब्यतापूर्बक सम्पन्न भएको छ।


 

UNDF organized its Motherland Nite-4 cultural program with live Dohori in New York on November 26, 2011. Photos: eEyeCam.com

गत शनिबार कुइन्स प्यालेश, उड साइड, न्यू योर्कमा आयोजना गरिएको उक्त साँगितिक साँझमा बिबिध साँस्कृतिक कोशेलीका अलावा लोक दोहोरीको रोमान्चक प्रस्तुतीबाट कार्यक्रमको मैझारो गरिएको थियो।

कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्र गान र "जाग हे लम्क नेपाली" राष्ट्रिय गीतको जोशिलो प्रस्तुतीबाट भएको थियो।


Dohori singers: L to R: Gita Burlakoti, Shanti Bhandari, Suman Budha Magar, Rajesh Thapa Magar and Shyam Gurung. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

UNDF Motherland Nite-4 and Live Dohori in New York, November 26 2011

 


UNDF organizers singing Nepalese national anthem. Photos: eEyeCam.com

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथीकोरुपमा नेपालका पूर्व उध्योग मन्त्री तथा राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष केशबप्रशाद बडालले दीप प्रज्वलन गरी गरेका थिए। बडाल एमालेका बरिस्ठ नेता र किसान आन्दोलनका अगुवा पनि हुन्।

उनका साथमा नेपालबाट आएका राष्ट्रिय सहकारी महासंघका कार्यकारी सदस्य रामचन्द्र उप्रेती, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष रमेशप्रशाद पोख्रेल पनि कार्यक्रममा उपस्थित थिए।


Chief Guest former minister of Nepal, Keshab P. Badal inaugurating the event. Photos: eEyeCam.com

कार्यक्रमलाई प्रमुख अतिथी बडाल, बिशिस्ट अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सम्बोधन गरेका थिए।

युएन डिएफ न्यू योर्क च्याप्टरकि अध्यक्ष सीता खरेलले स्वागत मन्तब्य राखेकी थिइन् भने उद्घाटन सत्रको सन्चालन महासचिब अर्जुनबहादुर सिंहले गरेका थिए।



बसन्त डान्स सेन्टरका कोरियोग्राफर बिजयमान नकर्मीद्वारा निर्देशित न्रित्यहरुको मोहक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए भने झन्कार डान्स सेन्टरका कोरियोग्राफर धरमबीर लामाद्वारा निर्देशित न्रित्यले पनि उत्तिकै प्रशंशा पाएको थियो।


Basnata Dance Center artists Sunita Gurung and Amir Gurung performing folk dance.

उता नायिका गौरी मल्लको बहुआयामिक प्रतिभाको छनक यसपाली शान्तीको खोजी गर्ने अभिनय र न्रित्य मिश्रित प्रस्तुती नौलो र सार्थक बनेको थियो।

Actress Gauri Malla performing her dance-act choreographed by Vijayman Nakarmi. Photos: eEyeCam.com



बिबिध साँस्कृतिक कार्यक्रममा गायिका सपना श्री, नायिका गौरी मल्ल, रोशन गुरुङ, सुमन बुढा मगर, शान्ती भण्डारी, श्याम गुरुङ, दावा गुरुङ, विश्व, तिलक श्रेष्ठ, गीता बुर्लाकोटी, पबिता बाग्चन्द परियारको एकल र युगत गायन प्रस्तुती रहेको थियो भने सुमन बुढा मगर, शान्ती भण्डारी, श्याम गुरुङ, राजेश थापा मगरको "सिमसिम पानी नझिम्क्याउ परेली भुतुक्कै हुन्छु म" बोलको दोहोरी गीतको रोचक प्रस्तुती रहेको थियो।



चर्चित युबा लोक गायक सुमन बुढा मगर, 'जो पोइल जान पाम भन्नेलाई मैले लान पाम' भन्ने बहुचर्चित गीतका गायक हुन्, र अर्की चर्चित लोक दोहोरी गायिका शान्ती भण्डारीको समूहमा जोल्टिएका न्यू योर्कका चर्चित लोक गायक राजेश थापा मगर, श्याम गुरुङको दोहोरीले धेरैलाई नचाएको थियो।

दोहोरीमा संगित दिनेहरु राज कपुर, राजेन्द्र कर्ण र तिलक श्रेष्ठ थिए।

कलाकार शैलेश श्रेष्ठले साँस्कृतिक कार्यक्रमको शुभारम्भ जोशिलो उद्घोषणबाट गरेपनि उनले न्यू योर्कका चर्चित उद्घोषण जोडी कलाकार राजेश थापा मगर र निमा लामा लई माइक थम्याइ दिएपछि भने साँगितिक साँझले रोमान्चक मोड लिएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:

-न्यू योर्कमा युएनडिएफ (UNDF) द्वारा रक्तदान सम्पन्न

-न्यू योर्कमा युएन डिएफ (UNDF, NY) को नयाँ नेत्रित्व: सीता खरेल बनिन् अध्यक्ष

-UNDF, NY को दोस्रो साधारण सभामा महासचिब सञ्जय थापाद्वारा प्रस्तुत गरिएको प्रतिवेदन

-न्यू योर्कमा युएनडिएफ (UNDF) को दोश्रो अधिबेशन मार्च १३ तारिखमा हुँदै, प्रगतिशिल नेत्रित्वबिच कडा प्रतिस्पर्धा हुने सम्भावना

-न्यू योर्कमा नेपालकि युबा नेत्री रामकुमारी झाँक्री मगरले गरेका खरा कुरा सुन्ने होइन?

-न्यू योर्कमा ओलीको बोली: "म जङ्गबहादुर होइन, म सुझाब दिने ब्यक्ती हूँ, म भुक्तानी दिन सक्ने मात्र कुरा गर्छु"

-न्यू योर्कमा मदर ल्यान्ड सांगितिक साँझको रौनक

-न्यू योर्कमा एमाले उपाध्यक्ष अशोक राइको स्वागत तथा अन्तर्कृया

-न्यू योर्कमा नेपालको नयाँ संबिधान र संघीयताबारे बिशेष अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की

-न्यू योर्कमा आज साँझ घन्किदै छ- "माझी दाई पोखरा फेवा तालको"

-अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?

Bijeta Hirachan. Photos: eEyeCam.com



Emcees: Nima Lama and Rajesh Thapa Magar. Photos: eEyeCam.com



Actress Gauri Malla



Singer Suman Budha Magar. Photos: eEyeCam.com


Singer Dawa Gurung.


Singer Shanti Bhandari. Photos: eEyeCam.com


Singers Shyam Gurung and Shanti Bhandari (Gurung)

Singer Roshan Gurung. Photos: eEyeCam.com

न्यू योर्कमा युएनडिएफको चौथो कोशेली 'मदरल्यान्ड नाइट' को रोमन्चक प्रस्तुती
More photos of Motherland Nite- 4, 2011
All Pages

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?