NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकाको ओहायोमा नेपाली विद्यार्थी मुकेश डाँगीको गाडी दुर्घटनामा निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by s   
Monday, 07 November 2011 14:14

मृतकको शरिर नेपाल पठाउन सहयोग गर्नुहोस्
Exclusive: 2 photos: अमेरिका / काठमाण्डौं- विगत दुइ बर्षअघिदेखि संयुक्त राज्य अमेरिकाको युनिर्सिटी फाइन्डले ओहायोमा अध्ययनरत वर्ष २४ का मुकेश डाँगीको अक्टोबर ३१ तारिख स्थानीय समय दिउँसो करिव साढे बाह्र बजे ओहायोमा गाडी दूर्घटनामा परी निधन भएको छ ।



इन्भारोमेन्टल पोलेसीमा मास्टर तहको अन्तिम वर्षमा अध्ययनरत डाँगी आफैंले चलाएको गाडी विपरित दिशाबाट आएको कारसँग ठोकिन पुग्दा उनको घटनास्थलमै निधन भएको जानकारी विश्वविद्यालयका इन्टरनेशनल स्टुडेन्ट को-अर्डिनेटर ब्राइनले दिएका छन् । विपरित दिशाबाट आएको कारमा सवार दुइ व्यक्ति भने घाइते भएका र अस्पताल पुर्याइएको थियो ।

स्थानीय प्रहरीले दिएको समाचार भन्दै ओहायोको कुरियर अनलाइनकाअनुसार डाँगीले २००२ को मिस्टिव्युसी कार चलाएका र स्थानीय हृयानकक काउन्टि रोड युएस ६८ उत्तर आर्लिंटनमा उक्त दूर्घटना भएको हो ।

विश्वविद्यालयले वासिंटन डीसीस्थित नेपाली दूताबाससँग सम्पर्क गरिसकेको र निधन भएका विद्यार्थीको शवलाई स्थानीय लुकासा काउन्टीस्थित अस्पतालमा पोष्टमार्टम गरिने जानकारी ब्राइनले दिएको दूताबासका प्रथम सचिव आनन्द शर्माले नेपाली पोष्टलाई जानकारी दिनुभएको छ ।

नेपाल संखुवासभा चैनपुर घर भएका मुकेश विक्रम सम्वत् २०५८ सालको एसएलसी परीक्षामा संखुवा सभा जिल्लाकै सबैभन्दा बढी अंक प्राप्त गरी उत्तिर्ण भएका थिए ।

Late Mukesh Dangi. Photos courtesy: Mukesh's facebook page


मुकेश पिता उमेश तथा माता विमलाका एक मात्र सन्तान रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनका पिता उमेश डाँगी नेपाल कम्युनिस्ट पार्टी (एमाले) संखुवासभाका जिल्ला अध्यक्ष हुन् ।

-Sitaram Baral in Kathamandu

विषय : गाडी दुर्घटनामा निधन भएका विद्दार्थी मुकेश डाँगीको शरीर नेपाल पठाउन आर्थिक सहयोग गरौं !

अमेरीकाको यूनिभर्सिटी फाइन्डले ओहायोमा इन्भाइरोमेन्टल पोलेसीमा मास्टर तहको अन्तिम वर्षमा अध्ययनरत २४ वर्षिय विद्दार्थी मुकेश डाँगीको गाडी दुर्घटनामा परी असामहिक निधन भएको समाचारले वाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) मर्महत भएको छ ।

नेपालको संखुवासभा चैनपुर घर भएका मुकेश डाँगी वि.सं. २०५८ सालको एस एलसी परीक्षामा जिल्लाकै सबै भन्दा बढि अंक प्राप्त गरी उतिर्ण भएका थिए । पिता उमेश तथा माता बिमला डाँगीका एक मात्र सन्तान मुकेशको निधनको यस दुःखत घडीमा वाना परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछ । माता पिताको इच्छा अनुसार मृत शरीर नेपाल पढाउनको लागि वाना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आफूले सक्ने सहयोगको लागि विनम्र अनुरोध गर्दछ ।

परुराम थापा (प्रभु)
महासचिव
वाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना)

Help to send his body to Nepal. Please make your donation now. Contact Priti Sagar Khatri at 502-442-1096

or donate by paypal:

https://www.paypal.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?