| मेरो प्यारो ओखलढुंगा बिकास र निर्माण पर्खि रहेछ |
|
|
|
| Written by Guru Kedar Baral | |||
| Tuesday, 19 May 2009 23:00 | |||
|
Colorado- ओखलढुङ्गांका प्रमुख नदी नालाहरु नदी नालाहरु प्राकृतिका वरदान नै हुन्। किनकी त्यहाबाट जलबिद्युत उत्पादन मात्र होइन माछापालनदेखि र्याफ्टिङ पनि गराउन सकिन्छ। दुधकोसी, सुनमकोसी, लिखु, मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला, खानी खोला, ढाड खोला, पंखु खाला, एलुगं खोला, लिम्फु खोला, साल्पु खोला, डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभए पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु, दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ। एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत सञ्चालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले सिंगों नेपाललाई झलमल्ल पार्न सक्छ। त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा चिनाउने कडि हुन सक्छ। पोकली झर्ना ![]() Pokali Waterfall. Photo courtesy: Gurukedar नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि.) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। नेपालका प्रमुख झर्नाहरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ। केही साथिहरुको पहलमा पोकली झर्ना सेवा समाज, आश्रम नेपाल, ओखलदुङा ड्ट ओरजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ। हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा, अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि मोटर बाटो पुगेको छैन, पक्की त परै जाउँ कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एक जना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकांश यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। नेपाल स्वीस सामुदायिक वन परियोजना आइएनजिओले अहिलेसम्म के गर्यो भनेर कसैले भन्न सत्तै्कन। जबकी उसले चाहने र गर्न सक्ने हो भने वनजंगल आधारित विभिन्न परियोजनाहरु सञ्चालन गर्न सक्छ। दोलखा जिल्लामा गर्ने संस्थाले ओखलढुङ्गामा चै किन हात नहालेको ? ग्रामीण उर्जा विकास र नेपाल रेडक्रस सोसाइटी पनि त्यहा कार्यरत छन्। अहिले जनता सात दिनको बाटो लगाएर जुकाको औषधी किन्न सदरमुकाम धाउनु पर्ने अवस्था छ। उर्जाको कुरा गर्दा लेकाली भेगका जनता दियालोको भरमा र अन्य क्षत्रका टुकी युगकै अवस्थामा छन् । ब्रिटेन नेपाल मेडिकल टस्टले आजसम्म ५००–१००० जति सिटामोल र केहि सय ढाल बाडेको वाहेक अरु केहि नगरेको पिडितहरुको दुखेसो छ। यदि सामाजिक संस्था मिलेर, मनमा पवित्र भावना राखेर काम गर्ने हो भने प्रत्येक महिना नया नया विकास परियोजनाहरु सञ्चालन गर्न सकिन्छ। यसको लागि वैज्ञानिक र समाजिक सम्भावनाका तर्कहरु म यहा दिन चाहन्छु: पहिलो चरणका सम्भावनाहरु: क) प्रत्येक महिना प्रत्येक गा.वि.स.मा स्वास्थ्य चौकी निर्माण। ख) प्रत्येक वर्ष कम्तिमा तीनवटा माध्यमिक विद्यालय निर्माण। ग) सुविधा सम्पन्न जिल्ला अस्पतालको निर्माण। घ) गा.वि.स.को सहयोगमा लघु जलविद्युत निर्माण ङ) प्रत्येक इलाकामा प्राविधिक शिक्षालय निर्माण। दोस्रो चरणका सामुहिक कार्यहरु: क) लघु उद्योगहरु सञ्चालन। ग्रामीण छाला–जुत्ता कारखाना अचारदेखि सुकुटिसम्म कुटीर उद्योग सञ्चालन ख) बास, वेतका घरायसी सामान उत्पादन ग) उन्नत पशुपालन लेकाली क्षेत्रमा जडिवुटि व्यापार माथि उल्लेखित बुदाहरुका बारेमा मेरो निचोड यस्तो छ, जसलाई व्यवहारमा उतारी कार्यान्वयन गर्न अति सरल र सहज छ: (क) प्रत्येक महिना प्रत्येक गाविसमा स्वास्थ्य चौकी निर्माण सबै आइएनजीओ र एनजीओहरुलाई थाहा छ जिल्लामा जनताले घर बनाउन आज पनि ढुङ्गा-माटो, गोबर, छेउछाउका वनका खावा, दलिन प्रयोग गर्छन। खरको छानो र वासका डाडा-भाट्ना गाउँमै उपलब्ध हुन्छन्। हामीले नगदमा खरिद गर्नु पर्नेमा काटि, किला, डोरी र झ्याल-ढोकाका सामग्रीहरु पर्छन। सिकर्मी र डकर्मीहरु नभएको गाउ छैन। जन श्रमदान केही दिन गराएको खण्डमा कम्तिमा २ कोठाको स्वास्थ्य चौकी निर्माण गर्न सकिनेछ। प्रत्येक एनजीओ र आइएनजीओहरुले एक हजार रुपैया दिंदा पनि ८७ हजार रुपैया संकलन हुनेछ। यो रकमले फर्निचरलाई समेत यथेष्ट रकम पुग्नेछ। (ख) प्रत्येक वर्ष जिल्लामा कम्तिमा तीनवटा मावि निर्माण स्वास्थ्य चौकी झै गाउकै साधन, स्रोत र जनश्रमदानबाट यो पनि सम्भव छ। शिक्षा मन्त्रालयदेखि दातृ निकाय र विदेशी दुतावास गुहारेर चाहिने आर्थिक रकम सङ्कलन गर्न सकिनेछ। यसका फाइदाहरु: जनताको आर्थिक भार कम, घरेलु वातावरणमै शिक्षा आर्जन गर्ने विद्यार्थीलाई अवसर। प्रवेशिका तथा +2 उतिर्णपछि गाउमै रोजगारीको व्यवस्था। युवापुस्ता कुलतमा फस्न नसक्ने सम्भावना। (ग) सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण सरकारले पहल नगरे पनि एनजीओ र आइएनजीओबाट सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सकिन्छ। उपत्यकाकै ॐ अस्पताल र मेडिकेयर हेरौं अथवा बी एण्ड बी अस्पताल, उपत्यका बाहिर विराटनगर अवस्थित रामलाल गोल्छा अस्पताल हेरौं, यस्ता उदाहरण आज सयौं छन्। रेडक्रस सोसाइटीलाई सबै सामाजिक संस्था मिलेर राम्रो प्रस्ताव दिन सकेको खण्डमा यो काम शत प्रतिशत पुरा हुन्छ। (घ) गाविसको सहयोगमा लघु जलविद्यूत केन्द्र निर्माण एउट विडम्वना नै मान्नु पर्छ ओखलढुङाको सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट अहिलेसम्म १३५ किलोवाट मात्र विद्युत उत्पादन गरिएको छ। सुनकोशी नदी, भोटेकोशी अस्थायी नदी अर्थात् खोला होइनन्। यिनीहरुको वहाव स्थीर रहनछ। वर्षायाममा बढ्नु स्वभाविकै हो। जबकी भोटेकोशी, लिखुबाट सयौं मेगावाट उत्पादन प्रतिवेदन सरकारले नै देखाएको छ। आइएनजीओ र एनजीओ स्थानीय निकाय सबैले मिलेर गरेको खण्डमा १ देखि ५ किलोवाट बिजुली त जहासुकैबाट निकाल्न सक्छौं। त्यसबाट हुन सक्ने फाइदाहरु: (१) कुखुरापालन किनभने विकासे कुखुरालाई अनिवार्य बिजुली चाहिन्छ। (२) गृहस्थ खपत यसबाट रेडियो, टेलिभिजन हेर्न सुन्न र मनोरञ्जनमा सहुलियत हन्छ। (३) माछापालन कम्तिमा पनि बिजुलीको टर्वाइनसम्म पानी पुर्याउँदा दुइटा स्थायी बनाउनु पर्ने हुन्छ। माछाको जात हेरि पालन गराउन सकिन्छ। (४) सिचाई ताल बन्ने भएपछि ठाउा अनुसार त्यही पानीबाट उत्पादित बिजुलीबाट मोटर वा पाइप मार्फत पानी लगाउन सकिन्छ। (५) फलफूल ताल क्षेत्र रसिलो हुनाले जात अनुसारको फलफूल लगाउन सकिन्छ। अन्य अनुसन्धान र अध्ययनबाट पनि ओखलढुङ्गाका नदी–नालाहरुबाट धेरै विद्युत उत्पादन गर्न सकिने प्राविधिक अध्ययनमा देखाइएको छ। एउटा गाविसले सरकारबाट मात्रै वार्षिक १० लाख रुपैयाँ पाउँछ । त्यो रकम के मा खर्च भई रहेको छ ? कुनै गाविसले यसको उत्तर दिन सक्ने हिम्मत राख्दैन। जिविसको त कुरै छोडौं। प्रत्येक इलाकामा प्राविधिक शिक्षालय सञ्चालन अहिलेसम्ममा ओखलढुङ्गा जिल्लामा एउटा मात्र प्राविधिक शिक्षालय सञ्चालित छ। बुझ्दा खेरी त्यो पनि पर्याप्त ज्ञान दिन नाम मात्रैको छ। धेरैलाई थाहा छ, प्राविधिक ज्ञानको मूल्य विश्वभरी छ। उदाहरणको लागि बिजुली वायरिङ गर्न जान्ने एक अनपढले खाडी मुलुकमा मासिक ३० हजार कमाउँछ। तर बी.ए.पास गरेको प्राविधिक ज्ञान दिन जो सुकैले १०–१२ हजार भन्दा बढी कमाउन सक्तैन। प्राविधिक शिक्षालय खोल्न नया घर नै चाहिदैन। १२–१५ जना बस्न मिल्ने स्कुलको कक्षा कोठा जस्तो ठाउँ भए पुग्छ । क्रमश.. -Guru Kedar Baral, 303-725-5818 in Colorado, USA
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments