NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा कवि नगेन्द्र ईङनाम "आठराईली" द्वारालिखित कविता सङ्ग्रह "कोसेली परदेशबाट" को बिमोचन कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 01 January 2012 06:07

Updated: Exclusive: 2 videos; 15 photos: न्यू योर्क- युएस नेपाल अनलाइनका साहित्य सम्पादक तथा कवि नगेन्द्र ईङनाम "आठराईली" द्वारा लिखित कविता सङ्ग्रह "कोसेली परदेशबाट" को बिमोचन कार्यक्रम सम्पन्न भएको छ।


 

INLS General Secretary Gita Khatri releasing 'Koseli Paradeshbat'by Nagendra Ingnam Átharaili'. Photos: eEyecam.com

न्यू योर्क शहरस्थित ज्याक्सनहाईट्सको थकाली किचनमा शनिबार डिसेम्बर ३१ का दिन यूएसनेपाल मिडिया सेन्टर इन्क र विश्व नेपाली साहित्य महासंघको संयुक्त आयोजनामा उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको हो।

विश्व नेपाली साहित्य महासंघकोतर्फबाट प्रकाशित उक्त कविता सङ्ग्रहको अन्तरराष्ट्रिय साहित्य समाजका केन्द्रीय समितिकी महासचिव गीता खत्रीद्वारा बिमोचन भएको थियो ।

कवि "आठराईली" को कविता संग्रहमा सन् १९९६ यता लेखिएका ५० वटा कविता सङ्कलित छन्।



संग्रहमा नेपाल प्रज्ञा प्रतिस्ठानका कूलपति बैरागी काँईला, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष डा. मधु माधुर्य, महासचिब विश्वदीप तिगेला, अन्तरराश्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालको शुभ कामना मन्तब्य र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर भूमिका रहेको छ।

The guests at the Nagendra Ingnam Átharaili's poetry book releasing event in New York. Photos: Ashok Pant (NepalPhotoNews.com)

कार्यक्रममा वरिष्ठ साहित्यकार अमर नेम्बाङ लिम्बुले उक्त कविता सङ्ग्रहमाथि विवेचना गरेका थिए भने प्रा.डा. गोविन्द कोइराला, सन्तोष थपलिया, शैलेस श्रेष्ठ, सीता खरेल, राजाराम क्षेत्री, मनु लोहोरुङ, बिनोद रोका, देवेन्द्र लिम्बूलगायतले पत्रकार तथा कवि "आठराईली" र उनको कृतिको सन्दर्भमा बोलेका थिए ।

Amar Nembang. Photos: eEyecam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Nagendra Ingnam Atharaili poetry book release in New York, Dec 31, 2011, Part I



Nagendra Ingnam Atharaili poetry book release in New York, Dec 31, 2011, Part II



युएस नेपाल अनलाईन डटकमका प्रमुख सम्पादक प्रदीप थापाबाट सञ्चालित सो कार्यक्रमलाई यूएसनेपाल मिडिया सेन्टर इन्कका अध्यक्ष दावा ल्होबा शेर्पाले अध्यक्षता गरेका थिए।

उत्तर अमेरिका साहित्य प्रतिष्ठानका उपाध्यक्ष बिनोद रोकाले स्वागत मन्तब्य र अन्तरराष्ट्रिय साहित्य समाज न्यू योर्क च्याप्टरकी उपाध्यक्ष सीता खरेलले धन्यवाद ज्ञापन गरेका थिए ।

न्यू योर्कमा रहेका नेपाली साहित्यकारहरुको उपस्थिती रहेको उक्त पुस्तक बिमोचन कार्यक्रममा नेपालमा भर्खरै निधन भएका साहित्यकार दैबज्ञराज न्यौपानेको सम्मान र उनको आत्माको चीर शन्तिकोलागि एक मिनेट मौनधारण गरिएको थियो ।


Binod Roka. Photos: eEyecam.com

कवितामार्फत बिनोद रोकाले "आठराईली" को प्रशंसामा मन्त्रमुग्ध चार हरफ कविता वाचन गरेका थिए:

"ईङनाम आठराईसहितको विश्व देख्छन्
कथा, मीठा गीत कविता र गजल लेख्छन्
जात धर्म र क्षेत्रभन्दा यी उठ्छन् माथि
त्यसैले त बनेकाछन् सबैको प्रिय साथी "


कवि "आठराईली" ले बिमोचन समारोहमा पुस्तक बिक्रीबाट उठेको रकम नेपालमा अपाङ्गहरुको निम्ती कृयाशिल संस्था "परिलक्षित" (Forward Looking) (www.parilakshit.org.np) लाई अनुदान दिने बताएका छन्।

उक्त कविता संग्रहमा प्रकासित भूमिकाबाट


प्रबासको पीडा र स्वदेशको न्याश्रोबाट निस्केका सुशेलीहरुबाट तयार पारिएको कोशेली

युएस नेपाल अनलाइनका साहित्य सम्पादक नगेन्द्र इङ्नाम "आठराइली" प्रबासमा मौलाएका प्रखर कवि र पत्रकार हुन्।

नगेन्द्र जिसंग सहकार्य र दोस्तीको लगन गाँठो कसिएको एक दशक नाघेछ। यसबिच, उनी न्यू योर्कमा कविकोरुपमा चर्चित र स्थापित मात्र बनेनन् बल्की तीन बर्ष अघि यो पङ्क्तिकार न्यू योर्क आएर उनीसंग www.usnepalonline.com प्रकाशन शुरु गर्नुभन्दा अघि नै कम्युनिटी जर्नालिज्म गरेर आफ्नो कलमको प्रभाब जमाउन सफल भएका रहेछन्।

यसपाली उनका झन्डै दुई दशक लामो प्रबास बसाइ, र, अझ म त भन्छु- भोगाइबाट निचोरिएर निस्किएका रचनाहरु कवि भावनामा बहकिदै "कोशेली परदेशबाट" नामक रचना संग्रहबाट साहित्यिक फाँटमा लहलहलाउन आइ पुगेकाछन्।

उनको कवितामा सुन्दरता छ, गाउँको सम्झना छ, प्रबास पीडाको कहानी छ र चोखो माया र समर्पणको मीठो द्रिस्तान्त प्रस्तुत छ। त्यसैले त उनी पट्यारलाग्दा रातहरुको कुरा गर्दा पैंयु र चाँपका फूलहरुको बयान गर्न भुल्दैनन् ("गुनासो पोख्दछन् रातहरु" मा) भने लाखौं नेपालीहरुले बाध्यतामा बर्सेनी मुग्लान् पस्नु परेको पीडालाई उजागर गर्दै पापी परदेशलाई छोड्न नसकेको कारण दिदै लेख्छन्-

"चुहुने घरको छानोलाई टिनको फेर्ने
मेरी बुढी आमाको त्यो रहर
अनि पुरानो एक तले घरलाई
दुई तलाको उचो बनाउने
मेरो बुढा बाको सपनालाई
पुरा गरिदिने अठोट लिएर
वर्षौं अघिदेखि आफ्नो देश छोडी
जीवनको शून्यताभित्र बाँच्दैछु म परदेशमा"
-('मलाई पापी परदेशले छोडेको छैन' बाट)


आफ्नो मन भित्रको बास र हृदय भित्र थुप्रिएको ममताको राश उनको "तिमीलाई" सुम्पन तयार कवि "आठराइली" जीवन कै श्वास आहुत गर्न तम्सिन्छन्- "अजम्बरी प्रीतमा:

"मेरो स्वच्छ आत्माभरिको स्वर्ग तिमीलाई
जनम् जनम् र पुनर्जनमको मेरो साथपनि
यो सृष्टिदेखि प्रलयसम्म कै अटुट बन्धन
अनि मेरोतर्फबाट अजम्बरी प्रीत तिमीलाई"


उता "सोल्टेनीलाई लाहुरेको चिठी" मा गाउँकी सोल्टिनीलाई चटक्क छोडेर पल्टनमा गएपछिको बिरहको मीठो बान्की यसरी पोखेकाछन्-

"अब त भयो नि सोल्टेनीऊ,
कति खिन्न बनाई रहन्छौ मनलाई
पुसे मेलाबाट छुटेदेखि रोएको मन
अझै निको भएको छैन कि कसो हो ?
लडाईंको मैदानलाई ओछ्याएर
राइफलको चिसो सिरानी लाएर सुत्दा
आँखा झिमिक्क हुंदा नहुंदै
सुँक-सुँकाएको सपना देख्छु नि
खै, तिमी नै यसरी रोएको हो कि
आफ्नै भाग्य पो तिम्रो रुपमा रोएको हो ?"


"रोजाइ" मा उनलाई माया गर्ने र उनले मन पराउने प्रियकालागि चेतावनीको भाखामा कवि "आठराइली" भन्छन्-

"अफ्ठ्याराहरु धेरै हुन्छन् जीवनपथमा
कहीं काँडेबार त कहीं बलिया तगाराहरु
तिमीभित्र भय छैन भनेमात्र सहयात्री बन
नत्र पार गर्ने नै छु मलाई यही मोडमा छोड"


उसो त उनी देशको बेथितीसंग जति चिन्तित र आन्दोलित भएकाछन् उत्तिकै कुर्ची र स्वार्थसिद्धमा लिप्त नेताहरुप्रति आगो भएकाछन्, हेर्नुस् त-

"उर्वर नेपाली माटोमा
धेरै फैलिए रुखा नेताहरु
सिद्धान्तलाई टाढा लत्याएर
अघि बढ्छन कुर्सिका भोकाहरु"
-('हाम्रो देशको यथार्थ' बाट)


मान्छेहरुबिच आएको मानबीय ह्रासकोबारेमा मीठा बिम्ब र अलङ्कार जोड्दै कवि "आठराइली" ले "आजकाल" मा कसिलो ब्यङग्य गर्न सफल भएकाछन्-

"विशाल आकाश वजन विहीन
पानीका कणहरु मिस्सिएका छन्
आकाश मुनिको बादल गह्रुंगो,
क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन
आजकाल धर्तीमाथिका मान्छे गह्रुंगो"


कविबर मित्र नगेन्द्र जिका कविता पढेपछि निक्कै मज्जा आयो। आशा छ, पाठकहरुलाई पनि उनका कविताहरु औधी मन पर्नेछन्। सहकर्मी मित्रलाई कृतिकालागि बधाई !

“कविले अक्षर लेख्न छोड्नु हुन्न
आशिर्वादले पुलकित हुनुहुन्न
अक्षरको जीवनदाता भएर
दक्षिणाको पुरस्कार थाप्नु हुन्न
लेख्नु नै कवित्वको भाव हो
कवि हुनु नै स्वयम् पुरस्कार हो”
-('कवि हुनुको गर्ब' बाट)


प्रदिप थापा मगर
प्रधान सम्पादक
www.usnepalonline.com


View his more poetry at:

http://www.meroboli.com/index.php/writers-list/blogger/listings/78-atharaili



Nagendra Ingnam Átharaili'. Photos: eEyecam.com


Santosh Thapalia. Photos: eEyecam.com



Shailesh Shrestha. Photos: eEyecam.com



Ramraj Chhetri. Photos: eEyecam.com



Pradeep Thapa Magar. Photos: Ashok Pant (NepalPhotoNews.com)



Debendra Limbu. Photos: Ashok Pant (NepalPhotoNews.com)



Sita Kharel. Photos: Ashok Pant (NepalPhotoNews.com)



Dr. Govinda Koirala. Photos: eEyecam.com



Gita Khatri. Photos: eEyecam.com


Manu Loharung. Photos: Ashok Pant (NepalPhotoNews.com)

'

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?