Inside

All Time Top 50 News

अमेरिकाको एट्लान्टा शहरमा ANMA र NASeA को ७ औं संयुक्त सम्मेलन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 05 September 2011 02:03

नासा (NASeA) को अध्यक्षमा डा. सन्जिब सापकोटा निर्बाचित
Updated: Exclusive: 6 videos, 19 photos:
एट्लान्टा, जर्जिया- अमेरिकाको दक्षिण-पुर्बी क्षेत्रिय र मध्य-पश्चिमी दुई नेपाली संस्थाहरु Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त सम्मेलन सेप्टेम्बर २-५ तारिख बीच जर्जिया राज्यको एट्लान्टा शहरमा सम्पन्न भएको छ।

The newly elected executive members of Nepalese Association in Southeast America (NASeA) in Atlanta, GA on September 4, 2011. Photos: eEyeCam.com

यसै बिच्, नासा (NASeA) को आगामी सन् २०११-१२ कोलागि नयाँ कार्य समिती निर्वाचन सम्पन्न भएको छ। उक्त निर्वाचनबाट अध्यक्षमा डा. सन्जिब सापकोटा निर्बाचित हुनुभएको छ भने अन्य निर्बाचित पदाधिकारीहरुमा कार्यकारी उपाध्यक्ष राम एस डङ्गोल, उपाध्यक्ष धन तिमील्सिना, महासचिब सगुन श्रेष्ठ, संयुक्त सचिब बिमलकुमार नेपाल र कोशाध्यक्ष गोबिन्द श्रेष्ठ हुनुहुन्छ।

The NASeA's President-elect Dr. Sanjeeb Sapkota receiving certificate of election from the Chief Election Commissioner Dr. Prahlad Pant.

त्यसैगरी, कार्यकारी सदस्यहरुमा जनक बराल, डा. रामचन्द्र बराल, हरी भण्डारी, मोहन बि. बिष्ट, माधव ढकाल, डा. लीलाबहादुर कार्की, कुमार केसी, नारायण खड्का, चुडामणी खनाल, प्रिती खत्री, माधव मैनाली, डा. तिलक श्रेष्ठ, र दीपेन्द्र बिक्रम थापा निर्बाचित हुनुभएको छ।

The Outgoing President of NASeA Raja Ghale.

उक्त संयुक्त सम्मेलनको उद्घाटन सेप्टेम्बर ४ तारिख अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्माले द्वीप प्रज्वलन गरी गर्नु भएको थियो।

उद्घाटन समारोहलाई प्रमुख अतिथी महामहिम डा. शर्मा, संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी एबं महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, NASeA प्रेसिडेन्ट राजा घले, ANMA प्रेसिडेन्ट संयोजक राजेन्द्र खटिवडा, नेता तथा साहित्यकार राजेस्वर देबकोटा, Empower Dalit Women of Nepal (EDWON) कि संस्थापक बिष्णुमाया परियार, अमेरिकि काँग्रेस सदनका उम्मेद्वार दर्शन रौनियार, एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व साँसद काशिनाथ अधिकारी, एटलान्टा बैदिक समाज प्रेसिडेन्ट पंडित धिरेन शर्मा, डा. प्रह्लाद पन्त, ओर्गनाइजेसन अफ भुटानिज कम्युनिटी इन अमेरिका (OBCA) अध्यक्ष डिजे खालिङ, APAC प्रेसिडेन्ट लाम निगोलगायत आयोजक र अतिथीहरुले सम्बोधन गर्नु भएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त फोरमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

उद्घाटन सत्रमा Leaders of the Year 2011 पुरस्कार न्यू योर्कका १०० औं पटक रक्तदानदाता समाजसेवी अर्जुनप्रशाद मैनाली र जर्जियाकि महिला नेत्री श्रीजना के. शर्मालाई प्रदान गरियो।

Honorees of the Leaders of the Year 2011: Arjunprasad Mainali (New York) and Srijana K. Sharma (Atlanta).

सम्मेलनको दोश्रो दिन (सेप्टेम्बर ३ तारिख) लोकगायक प्रेमराजा महत, सुमन बुढा मगर, पपगायक राजु लामा, सिता गुरुङ, पबिता बाग्चन्द परियारलगायतका कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाउन सफल हुनुभयो भने तेश्रो दिन (सेप्टेम्बर ४ तारिख) बेलुकी स्थानीय नेपाली कलाकारहरुद्वारा बिबिध नेपाली साँस्कृतिक साँझ प्रस्तुत कार्यक्रम प्रस्तुत गरियो।

Pop singer Raju Lama.

Versatile singer Suman Budha Magar.

Folk singer Premraja Mahat and Sita Gurung receiving award from ambassador Gyanchandra Acharya.
हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त साँस्कृतिक कार्यक्रमहरुबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:


बिभिन्न महत्वपूर्ण साइड इभेन्ट/फोरमहरुको मन्चन

सम्मेलनको दोश्रो र तेश्रो दिन बिभिन्न महत्वपूर्ण साइड इभेन्ट / फोरमहरुको आयोजना गरियो।

दोश्रो दिन (सेप्टेम्बर ३ तारिख)

महिला फोरम NRN Women Moving Forward: Achievements & Challenges को सफल मन्चन भयो। दलित तथा महिला आन्दोलनकि नेत्री बिष्णुमाया परियारद्वारा सहजकर्ताको भूमिका निभ्याइएको उक्त फोरमका प्यानेलिस्टहरुमा राजदूत द्वय डा. शंकरप्रशाद शर्मा तथा ज्ञानचन्द्र आचार्य, ग्लोबल वुमन नेटओर्क (NWGN) कि प्रेसिडेन्ट बिष्णुकुमारी थापा, फ्लोरिडा नेपालीज एसोसियसनकि अध्यक्ष डा. अर्चना कट्टेल र एन्माकि कार्यकारी सदस्य सरला पाण्डे हुनु हुन्थ्यो।

Women Forum: NRN Women Moving Forward: Achievements & Challenges.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त फोरमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Women leaders: Bihnu Maya Pariyar, Bishnu Kumari Thapa, D. Archana Kattel & Sarala Pandey.

अतिथी बक्ताहरुमा नासा प्रेसिडेन्ट राजा घले, एनआरएन अमेरिका प्रेसिडेन्ट सुमन तिम्सिना, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष शिवकुमार राई र ANMA प्रेसिडेन्ट संयोजक राजेन्द्र खटिवडा,ले सम्बोधन गर्नुभएको थियो।

Opportunities & Barriers to Development in Nepal फोरमको सहजकर्ता एन्माका निबर्तमान अध्यक्ष मुकेश सिंहले गर्नु भएको थियो भने प्यानेलिस्टहरुमा राजेश्वर देबकोटा, डा. अम्बिका अधिकारी, सुमन तिम्सिना र काशिनाथ  अधिकारी हुनुहुन्थ्यो।

Literary festival and poetry competition.

उता सोही दिन नेपाली साहित्य महोत्सब तथा कविता प्रतियोगिताको आयोजना अन्तरराश्ट्रिय नेपाली साहित्य समाजद्वारा सम्पन्न गरियो। उक्त अबसरमा समाजले साहित्यकार राजेस्वर देबकोटालाई बिशेष कदर प्रदान गर्‍यो।

तेश्रो दिन (सेप्टेम्बर ४ तारिख)

उकत दिन एनआरएन अमेरिका र फिप्नाको छुट्टाछुट्टै फोरमहरु सम्पन्न भयो।

FIPNA's Indigenous Forum.

NRN USA meeting at the convention.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त फोरमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:


त्यसैगरी डा. तारा निरौलाद्वारा सहजकर्ता गरिएको फोरम "Himalayas, Tourism, and Environment: A balancing act and prospects for econmic development of Nepal" मा राजदूत द्वय डा. शंकरप्रशाद शर्मा तथा ज्ञानचन्द्र आचार्यले प्यानेलिस्टकोरुपमा सम्बोधन गर्नुभएको थियो।

सोही दिन महाबिर पुन मगरको नेपाल वायर्लेस प्रोजेक्ट र  Earthquake Preparedness and Disater Relief सम्बन्धी फोरमहरु पनि सम्पन्न गरियो।

सन् १९८२ मा स्थापना भएको एन्मा (ANMA) र सन् १९९१ मा स्थापना भएको नासा (NASeA) को संयुक्त सम्मेलनमा झन्डै ५ सय अमेरिकि नेपालीहरु र क्यानाडा, नेपाललगायत अन्य मुलुकका पाहुनाहरुको जमघट रहेको थियो।

Next year's 8th  joint convention will be in Indianapolis.

NASeA & ANMA को आगामी संयुक्त सम्मेलन इन्डियानापोलिसमा गर्ने निर्णय भएको छ।

नासा (NASeA) अमेरिकामा एनआरएन अमेरिका (NRN USA) र 'एएनए' पछि तेश्रो ठुलो र प्रभाबशाली नेपाली संस्था मानिन्छ। 'नासा' मा अलाबामा, नर्थ र साउथ क्यारोलिना, जर्जिया, मिसिसिपी, अर्कान्सास, फ्लोरिडा, मिचिगन, केन्टुकी र टेन्नेसी राज्यका नेपालीहरु आबद्ध छन्।

This news, videos & photos are being updated.

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.