Inside

All Time Top 50 News

१४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 06 October 2009 06:22
मानब बिकास रिपोर्ट २००९ जारी
न्यू योर्क- संयुक्त राष्ट्र संघ बिकास कार्यक्रम (UNDP) ले सन् १९९० देखी हरेक बर्ष जारी गर्दै आएको "मानब बिकास रिपोर्ट" Human Development Report (HDR) को २००९ संस्करणमा नेपाल पोहर सालभन्दा २ देश अरु पछाडि धकेलिएको छ। सोमबार जारी गरिएको रिपोर्टमा नेपाल १४४ औं नम्बरमा पुगेको छ। पोहर साल नेपाल १४२ औं स्थानमा थियो।
यो सुचीमा नेपालका छिमेकी देशहरु चिन ९२ औं स्थान छ भने भारत १३४ औँ स्थान छ। उता भुटान  १३२ औं स्थानमा हुनु बिकासमा प्रगति गरेको भारतको लागि चुनौतीको बिषय हुन सक्छ। सुचिमा नेपालका अन्य छिमेकी मुलुकहरु पाकिस्तान १४१ औंस्थानमा, श्रीलङ्का १०२ औं स्थानमा, बाङ्गलादेश १४६ औं स्थानमा र म्यान्मार (बर्मा) १३८ औं स्थानमा रहेकाछन्।
कुन देशको स्थान कहाँ भन्ने चाँजो औसत बाँच्ने उमेर (Life expectancy at birth), शिक्षा (Adult literacy and education), राष्ट्रिय उत्पादन र प्रति ब्यक्ती आय (GDP per capita) लगायतका सुचाङ्कहरुको आधारमा तय गरिन्छ। कुन देश उभो लागेको छ र कुन देश उधोगतीतिर धकेलिएको छ भन्ने मात्र होइन कुन देशले कुन देशलाई उछिनेको छ भनेर तुलना गर्न पनि यो रिपोर्ट निक्कै चाख लाग्दो बन्ने गरेको छ।
यो रिपोर्ट अनुसार अत्यन्त उच्चतम मानब बिकास (Very High Human Development) भएका ३८ मुलुकहरु मध्ये १० उत्कृष्ट देशहरुमा क्रमश: नर्वे, अस्ट्रेलिया, आइस्ल्यान्ड, क्यानाडा, आयर्ल्यान्ड, नेदर्ल्यान्ड्स, स्विडेन, फ्रान्स, स्विट्जर्ल्यान्ड र जापान छन्।
संयुक्त राज्य अमेरिका यो बर्षको सुचीमा १३ औं स्थानमा छ। पोहर साल १२ औं स्थानमा थियो। उता पोहर साल पहिलो स्थानमा रहेको आइस्ल्यान्ड यो बर्षको सुचिमा तेश्रो स्थानमा पुगेको छ। स्मरणीय छ, विश्व आर्थिक मन्दीको कारण गत बर्षदेखी आइस्ल्यान्डको बैकिङ प्रणाली तहनहस बन्न पुगेको छ। पोहर साल दोश्रो स्थानमा रहेको नर्वेले यो बर्ष प्रथम हुने अबसर पाएको हो।
यो सुचीमा पर्ने अन्य मुलुकहरुमा लक्जेमबर्ग, फिन्ल्यान्ड, संयुक्त राज्य अमेरिका, अस्ट्रिया, स्पेन, डेन्मार्क, बेल्जियम, इटाली, लिच्टेन्स्टिन, न्यू जिल्यान्ड, युके, जर्मनी, सिङ्गापुर, हङ्कङ, ग्रिस, साउथ कोरिया, इज्रायल, अन्डोरा, स्लोभेनिया, ब्रुनाइ, कुवेत, साइप्रस, कतार, पोर्चुगल, युएइ, चेक रिपब्लिक, बार्बाडोस र माल्टा छन्।
त्यसै गरी उच्चतम मानब बिकास (High Human Development) सुचीमा पर्ने ४४ देशहरुमा बहराइन, इस्टोनिया, पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, चिले, क्रोसिया, लिथुवानिया, एन्टिगा-बार्बुडा, लाट्भिया, अर्जेन्टिना, उरुगुवे, क्युबा, बहामास, मेक्सिको, कोस्टारिका, लिब्यान अरब जमाहिरिया, ओमन, सिसिलिस, भेनेजुएला, साउदी अरबिया, पानामा, बुल्गारिया, सेन्ट किट्स्-नेभिस, रोमानिया, ट्रिनिडाड्-टोबागो, मोन्टेनेग्रो, मलेसिया, सर्बिया, बेलारुस, सेन्ट लुसिया, अल्बानिया, रसिया, मासेडोनिया, डोमिनिका, ग्रेनाडा, ब्राजिल, बोस्निया-हर्ज्गोबिना, कोलम्बिया, पेरु, टर्की, इक्वेडोर, माउरिसस्, काजकिस्तान र लेबानन पर्दछन्।
त्यसै गरी मध्यम मानब बिकास (Medium Human Development) सुचीमा पर्ने ७४ देशहरुमा आर्मेनिया, उक्रेन, अजर्बैजान, थाइल्यान्ड, ईरान, जर्जिया, डोमिनिकन रिपब्लिक, सेन्ट भिन्सेन्ट्-ग्रेनाडाइन्स, चिन, बेलिज, सामोआ, माल्दिभ्स, जोर्डन, सुरिनाम, ट्युनिसिया, टोङ्गा, जमैका, पारागुवे, श्रीलङ्का, गाबोन, अल्जेरिया, फिलिपिन्स, एल साल्भाडोर, सिरिया, फिजी, टुक्मिनिस्तान, प्यालेस्टाइन, इन्डोनेसिया, होन्डुरस, बोलिभिया, गुयाना, मङ्गोलिया, भियतानाम, मोल्डोभा, इक्वाटोरियल गुइनिया, उज्बेकिस्तान, कर्जिस्तान, केप भर्डे, ग्वाटेमाला, इजिप्ट, निकारागुवा, बोत्स्वाना, भानाटु, ताजिकिस्तान, नामिबिया, साउथ अफ्रिका, मोरोक्को, साओ टोम्-प्रिन्सेप, भुटान, लाओस, भारत, सोलोमन आइल्यान्ड, कोङ्गो, क्याम्बोडिया, म्यान्मार, कोमोरोस, एमन, पाकिस्तान, स्वाजिल्यान्ड, अङ्गोला, नेपाल, माडागास्कर, बङ्गलादेश, केन्या, पपुवा न्यू गिनिया, हाइटी, सुडान, तान्जानिया, घाना, क्यामेरुन, माउरिटानिया, डिजिबुटी, लेसोथो, उगान्डा र नाइजेरिया छन्।
त्यसै गरी न्युन मानब बिकास (Low Human Development) सुचीमा पर्ने २३ देशहरुमा टोगो, मालावी, बेनिन, टिमोर-लेस्टे, कोट डिभोर, जाम्बिया, इरिट्रेया, सेनेगल, रवान्डा, गाम्बिया, लाइबेरिया, गुइनिया, इथियोपिया, मोजाम्बिक, गुइनिया बिसाउ, बुरुन्डी, चाद, कोङ्गो, बुर्किना फासो, माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सेरा लियोन, अफ्गानिस्तान र नाइजर छन्।
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरु अहिले १९२ वटा छन्। सुचिक्रित नगरिएका अन्य १२ देशहरुमा इराक, किरिबाटी, उत्तर कोरिया, मार्सल आइ ल्यान्ड, माइक्रोनेसिया, मोनाको, नाउरो, पलाउ, सान मारिनो, सोमालिया, टुभालु र जिम्बाबवे पर्दछन्।
उता यो बर्षको मानब गरीबी सुची-१ (Human Poverty Index-1) मा सुचिक्रित १३५ देशहरुको लहरमा नेपाल ९९ (99) औं स्थानमा छ। पोहर साल १०८ देशहरु मध्ये नेपाल ८४ औं स्थानमा थियो।
त्यसै गरी, युएनडिपीद्वारा नेपालको अलग मानब बिकास रिपोर्ट २००९ पनि जारी गरेको छ। पढ्नुहोस्
Least Developing Countries (LDCS) बारे मेरो पूर्ण विवरण भएको रिपोर्टिङ पढ्नुहोस् )
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:
iLoveMyWorld.com
For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.