NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

घुस खाने देशहरुको कुख्यात सुचिमा नेपाल १५४ औं नम्बरमा, भ्रस्टाचारको मात्रा बढ्दो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 01 December 2011 13:30

Exclusive: न्यू योर्क- नयाँ नेपालमा नेता र कर्मचारी इमान्दार होलान् र देशको चौतर्फी बिकासको रफ्तार होला अनि जनताले आफ्नो काम फत्ते गर्न पैसाको बिटो लिएर घुस खुवाउन नपर्ला भन्ने आशामा तुसारापात भएको छ।


 

Source: http://cpi.transparency.org/cpi2011/results/

ट्रान्सपारेन्सी इन्टर्नेसनल (Transparency International को सन् २०११ को भ्रस्टाचार सुचाङ्क (Corruption Perceptions Index 2011) अनुसार १८३ देशहरुको सुचिमा नेपाल १५४ औं नम्बरमा दर्ज भएको छ।

नेपाल सधैं अधोगती: जुन जोगी आएपनि कानै चिरेका?

सन् २००४ मा ९० औं नम्बरमा रहेको नेपाल सन् २००५ मा ११७ औं नम्बरमा, सन् २००६ मा १२१ औं नम्बरमा, सन् २००७ र ०८' मा १३१ औं नम्बरमा, सन् २००९ मा १४३ औं नम्बरमा र सन् २०१० मा १४६ औं नम्बरमा खुस्किदै गएको ट्रान्सपारेन्सी इन्टर्नेसनलको उपलब्ध सुचाङ्कले देखाएकोछ।

भ्रस्टाचार कम हुने देशहरु

उता सबैभन्दा भ्रस्टाचार कम हुने देशमा न्यू जिल्यान्डले ९.५ अङ्क प्राप्त गरेको छ भने डेनमार्क र फिनल्यान्डले ९.४ अङ्क ल्याएर दोश्रो काम भ्रस्टाचार हुने देशमा दर्ज हुन पुगेकाछन्। कम भ्रस्टाचार हुने अन्य टप टेन देशहरुमा क्रमश: स्विडेन, सिङ्गापुर, नर्वे, नेदर्ल्यान्ड, अस्ट्रेलिया, स्विज्जर्ल्यान्ड र क्यानाडा छन्।

सबैभन्दा भ्रस्ट देशहरु

यसपालीको सबैभन्दा भ्रस्ट देशमा १८२ औं सुचिमा सोमालिया र नर्थ कोरियाले रेकर्ड कायम गरेकाछन्।

उता नेपालको छिमेकी मुलुक भारत यसपाली ९५ औं सुचिमा उक्लेको छ । भारतको पोहर सालको सुची चाँही ८७ औं नम्बर रहेको थियो।

सन् २००९ को सुचिमा भारत ८४ औं नम्बरमा रहेको थियो। सन् २००४ मा नेपालसंगै ९० औं स्थानमा रहेको भारत सन् २००५ मा ८८ औं नम्बरमा झर्न सफल भएको थियो। सन् २००६ मा ७० औं नम्बर कायम गर्न सफल भारत सन् २००७ मा ७२ औं स्थानमा उक्लेको थियो।

नेपालको उत्तरतिरको छिमेकी मुलुक चीन यसपाली ७५ औं नम्बरमा झरेको छ।। सन् २०१० मा ७८ औं नम्बरमा रहेको चीन सन् २००९ मा ७२ औं नम्बरमा थियो ।



अमेरिकाको अधोगती

संयुक्त राज्य अमेरिका यसपाली २४ औं नम्बरमा उक्लेको छ। पोहर साल २२ औं नम्बरमा रहेको अमेरिका सन् २००९ मा १९ औं नम्बरमा र सन् २००८ मा १८ औं नम्बरमा रहेको थियो।

बेल्जियम, चिले, कतार जस्ता साना र अमेरिकाभन्दा बिकासमापछि रहेका मुलुकभन्दा अमेरिका घुसखोरीको मामालामा त्यसमाथि पनि परिबर्तन सम्भब छ (Change, yes we can) भन्ने नारा दिएर राष्ट्रपतिमा निर्बाचित भएका डेमोक्याट बाराक ओबामा कै ४ बर्से कार्यकालमा सुधार हुनुको साटो भ्रस्टाचार मौलाउनु दु:खको कुरो भएको छ।

हुन त अमेरिकाको युद्ध र हतियार माफिया, कमिशनखोर र ठुला मल्टी न्यासनल कम्पनीहरुको पैसाको तुजुक र स्वार्थलाई निस्तेज गर्न नसक्दासम्म अमेरिकाले किमार्थ घुस कम गर्न सक्ने छाँट देखिदैन।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our related news:

-"घुस खान्या र दिन्या" मा नेपाल १४३ औं नम्बर नटबर लाल

-१४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?