Inside

All Time Top 50 News

न्यू योर्कमा "दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सब-२०१८" भव्यतापूर्वक सम्पन्न, उत्कृष्ट चलचित्रमा ‘यारी’(किराती राई) छनौट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 16 September 2018 23:15

Exclusive: न्यू योर्कमा नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको ‘दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०१८’ मा छनौटमा परेका ९ चलचित्रहरू मध्येबाट किराती राई जातिको चलचित्र ‘यारी’ उत्कृष्ट चलचित्र (बेष्ट फिल्म) चुनिएकोछ। उक्त चलचित्रको निर्देशन बीरबहादुर राईले गरेका हुन्। त्यसैगरी, महोत्सवबाट प्रदान गरिएको १० बिधाहरूमा ‘बेष्ट एक्टर’ राजेश गुरुङले ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्रबाट, ‘बेष्ट एक्ट्रेस’ भिन्तुना जोशीले ‘स्वयनगु’ (नेवार) चलचित्रबाट, ‘बेष्ट स्टोरी’ प्रिया तामांगले ‘सेम्की तम’ (तामांग) चलचित्रबाट, ‘बेष्ट फिल्म बाई पब्लिक चोईस्’ ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्र, ‘बेष्ट डाईरेक्टर’ अरूण कुमार प्रधानले ‘ओम्ला’ (याख्खा) चलचित्रबाट, ‘बेष्ट कस्टुम’ ‘स्वयमगु (नेवार) चलचित्र, ‘बेष्ट सिनेमेटोग्राफ़र’ युवराज राईले ‘यारी’ (राई) चलचित्रबाट, ‘बेष्ट स्कृन प्ले’ अमृतमान महर्जनले ‘स्वयनगु’ (नेवार) चलचित्रबाट र ‘बेष्ट म्यूजिक’ रैंयाँ (मगर) चलचित्रले प्राप्त गर्न सफल भएकाछन्। त्यसैगरी, छनौटमा परेका ३ वटा लघु चलचित्रहरूबाट ‘बेष्ट सर्ट फिल्म’ को पुरस्कार ‘गिल श्याँदर’ (सुनुवार) ले प्राप्त गरेको छ भने २ वटा डकुमेण्ट्रीहरूबाट ‘बेष्ट डकुमेण्ट्री’ संजोग लाफा मगरद्वारा निर्मित ‘कमल पोखरी’ (नेवार सम्पदा) ले जित्न सफल भएकोछ।

Nepal Indigenous Film Festival hosted in New York between September 15 & 16, 2018. Photos by Pradeep Pariyar Thapa

महोत्सवका लागि प्रवेश गरेका नेपालका ४२ आदिवासी चलचित्रहरु मध्ये ९ चलचित्रहरु दुई दिने महोत्वसमा छनौट गरी प्रदर्शन गरिएको थियो । उक्त महोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शन गरिएको थियो । चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुको व्यबस्था गरिएको थियो । महोत्सवबाट उत्कृस्ट हुने चलचित्रको नगद पुरस्कार एक लाख पचिस हजार रुपैयाँ नेपाल सरकारको चलचित्र बिकास बोर्डले प्रायोजन गरेको छ भने ‘बेष्ट सर्ट फिल्म’ र ‘बेष्ट डकुमेण्ट्री’ को लागि कदरपत्रसहित जनही एकतीस हजार रूपैंयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

Nepal Indigenous Film Festival hosted in New York between September 15 & 16, 2018. Photos by Pradeep Pariyar Thapa

महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटको लागि 'आदिवासी चलचित्र महासंघ नेपाल' केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भूपेन्द्र गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको पाँच सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो । नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र एवं डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो । नेपालबाट चलचित्रहरु मध्ये एउटै समुदायको २ वा २ भन्दा बढी चलचित्र मध्ये सम्बन्धित समुदायको संस्थाको चलचित्र सम्बन्धित व्यक्तिहरुको संलग्नतामा एक एक वटा छनौट गरि महोत्सवको लागि ९ वटा लामो चलचित्र, ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको थियो ।



महोत्सव तथा निफ्फ अवार्ड २०१८ को अन्तिम चरणको लागि छनौट भएको चलचित्रहरुको निस्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज लामा र छिरिङ्ग रिन्जिन गुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । त्यसैगरी, महोत्सवमा सहभागी लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाको सभामुख बिनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङ सम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको थियो ।

Nepal Indigenous Film Festival hosted in New York between September 15 & 16, 2018. Photos by Pradeep Pariyar Thapa

त्यसैगरी, अमेरिकामा क्रियाशील आदिवासी जनजातिहरुको साँस्कृतिक संस्था तथा महासंघको सदस्य संस्थाहरुलाई बृहत रुपमा सहभागी गराई प्रोत्साहन गर्न महोत्सवको पहिलो दिन 'आदिवासी साँस्कृतिक कार्यक्रम' को आयोजना गरिएको थियो । यसको तयारीको लागि घ्याल्सुम्दो सेवा संस्थाको अध्यक्ष राप्के लामा संयोजक र केशबराम राई र गोमा योञ्जन सदस्य रहेको साँस्कृतिक समिति तयार गरिएको थियो ।

महोत्सवको पहिलो दिनको उद्घाटन प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिका उप-संयोजक नबिन शेरचन र महासंघका अध्यक्ष मानबहादुर राना मगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए भने नेपाल चलचित्र विकास बोर्डको सदस्य सचिब महेन्द्रप्रसाद शांखी, नेपाली वाणिज्यदूत कृसु क्षेत्री र काउन्सिलम्यान कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रुपमा महोत्सवको ब्यानर ओपन गरेर उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा नेपाली र अमेरिकी राष्ट्रगानका साथै नेपाली आदिवासी राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो ।

उद्घाटन सत्रमा महोत्सव संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले अतिथिहरूलाई स्वागत गरेका थिए । सन्चालन फिप्नाका महासचिब प्रेम गुरुङ्ले गरेका थिए भने पुरस्कार वितरण एवं समापन समारोहको संचालन प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले गरेकी थिईन्।

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.