Inside

All Time Top 50 News

एनआरएनहरुलाई राजनैतिक अधिकार बिनाको नेपाली नागरिकता प्रदान गर्ने सहमति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 26 September 2014 15:04

Exclusive: 6 photos: न्यू योर्क- नेपालका प्रमुख राजनीतिक दलहरु सम्मिलित 'उच्च स्तरीय संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति' शुक्रबार सेप्टेम्बर २६ तारिख सिंहदरबारमा बसेको बैठकले बिदेशी मुलुकको नागरिकता लिएका गैर आवासीय नेपाली (एनआरएन) हरुलाई राजनितिक अधिकार बिनाको 'बिशेष नागरिकता' प्रदान गर्न नेपालको नयाँ सम्बिधानमा ब्याबस्था गर्ने निर्णय गरेको छ । गैर आवासीय संघ अन्तरराश्ट्रिय समन्बय समिति र त्यस मातहतका ६५ राश्ट्रका राश्ट्रिय समितिहरुले बिगत १० बर्षदेखि माग गर्दै आएको दोहोरो नगरिकता, नेपाली नागरिकताको निरन्तरता, एक पटकको नेपाली संधैको नेपाली भन्ने मागले बल्ल सार्थक टुङ्गो लाग्न पाउने अवस्था आएको छ । तर नेपालको नयाँ सम्बिधानमा त्यो 'बिशेष नागरिकता' किटानी उल्लेख नहुँदासम्म भने एनआरएनहरु चनाखो भएर राजनितिक घट्नाक्रमहरुको कडा निगरानी र खबरदारी राख्नु पर्ने देखिन्छ ।


उक्त समितिले नेपाली नागरिकता प्राप्त गर्ने ३ प्रकारहरु- वंशज, अंगीकृत र मानार्थ बाहेक एनआरएनहरुकालागि 'बिशेष नागरिकता' को ब्याबस्था गर्ने सहमति गरेको हो ।

बिशेष नागरिकता' प्राप्त गर्ने प्रवासी नेपालीले सांस्कृतिक, आर्थिक अधिकार पाउने तर राजनैतिक अधिकार जस्तोकि मतदान गर्न र चुनावमा लड्न चाँही पाउनेछैनन् । तर यदी बिदेशको नागरिकता त्याग गरेर ५ बर्ष निरन्तर नेपालमा बसेको खण्डमा चाँही राश्ट्रपति, प्रधानमन्त्री र अन्य संबैधानिक अंगको प्रमुखबाहेक अन्य मन्त्री, सभासद आदी बन्न भने सकिने ब्याबस्था गरिएको जनाईएको छ ।

NRNA ICC Continuation of Nepali Citizenship (CNC) Chair and NRNA ICC Chief Patron Ram Pratp Thapa (2nd from left). Photo courtesy: facebook profile

यसैबीच, बिगत आधा दशकदेखि नागरिकताको निरन्तरताकोलागि एनआरएन आईसिसीमा रहेर निरन्तरलागि परेका एनआरएन आईसिसी उत्तर अमेरिकि उपसंयोजक एबं अमेरिका र नेपालमा ब्याबसाय भएका न्यू योर्क निवासी सोनाम लामाले युएस नेपाल अनलाईनसंग कुराकानी गर्दै नेपालका राजनितिक दलहरुले एनआरएनहरुलाई 'बिशेष नागरिकता' दिने निर्णय गरेकोमा खुशी ब्यक्त गरे ।

NRNA ICC DPR (North America) Sonam Lama with NRNA ICC President Shesh Ghale in New York on August 24, 2014. Photo courtesy: Sonam Lama

उनले नागरिकताको निरन्तरता टाक्सफोर्सका संयोजक रामप्रताप थापा, आईसिसी अध्यक्ष शेश घले, पूर्व आईसिसी अध्यक्षहरु उपेन्द्र महतो, देबमान हिराचन, जिवा लामिछानेलगायत सम्पूर्ण आईसिसी सदस्यहरु र ६५ मुलुकका राश्ट्रिय समितिहरुको अथक प्रयास सार्थक भएको उल्लेख गरे ।

NRN Delegates with NRNA ICC President Shesh Ghale at the 8th NRN Reginal Conference in Tokyo on September 19, 2014. Photo courtesy: Sonam Lama

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/nrn/

-http://www.usnepalonline.com/nrnusa/

-एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन नौं बुँदे घोशणा पत्र जारी गर्दै समापन, एनआरएन भवन निर्माणकोलागि २ करोड १२ लाख रुपैयाँ संकलन

-गैर आवासीय नेपाली संघ (एनआरएन) को ८ औं क्षेत्रीय सम्मेलन जापानको राजधानी टोकियोमा शुरु

-एनआरएन अमेरिकाद्वारा २५ सदस्यीय जम्बो सल्लाहकार समितिको गठन

-एनआरएन अमेरिका राष्ट्रिय महिला समिति गठन

-न्यू योर्कमा एनआरएन भवन निर्माणकोलागि २ लाख ११ हजार डलर संकलन, अमेरिकाबाट कूल ३ लाख ७३ हजर डलर संकलन, आईसिसि अध्यक्ष घले दंग

-न्यू योर्कमा एनआरएन महिलाहरुद्वारा बिश्वको ७ महादेशको सर्बोच्च शिखरहरु चुम्ने नेपाली महिलाहरुको स्वागत

-अमेरिकाको डिसी मेट्रो एरियामा एनआरएन भवन निर्माणकालागि ७० हजार डलर संकलन

-अमेरिकाको टेक्सासमा एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन

-अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

-एनआरएन अमेरिका (NRN USA) को निर्वाचनको परिणाम घोषणा: अध्यक्ष पदमा खगेन्द्र जिसी बिजयी

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.