Inside

All Time Top 50 News

नेपाली फूटबल (सकर) टिमले तेश्रो पटक स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय उपाधि जित्न सफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 15 February 2016 19:39

दुई पटक भारतीय टिमलाई पराजित गरेर अर्को ईतिहास रच्यो
Exclusive: 5 photos:
काठ्माण्डौं/न्यू योर्क- भारतको गुवाहाटी र सिलङमा सम्पन्न यस पटकको १२ औं साउथ एशियन खेलकूद (साग खेल) मा नेपाली फूटबल टिमले भारतीय टिमलाई उनीहरुको आफ्नो भूमिमा १ गोलका बिरुद्ध २ गोलले पराजित गरेर २३ वर्षपछि तेश्रो पटक साग खेलको स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको छ । यस अघि, सन् १९९३ मा बांगलादेशको ढाकामा सम्पन्न छैठौं साउथ एशियन खेलकूदमा नेपाली फूटबल टिमले भारतीय टिमलाई ५ गोलका बिरुद्ध ६ गोलले पराजित गरी दोश्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेको थियो । नेपाली फूटबल टिमले पहिलो स्वर्ण पदक चाहिं सन् १९८४ मा काठ्माण्डौंमा आयोजित पहिलो साग खेलमा बंगलादेशलाई सून्यका बिरुद्ध १ गोलले पराजित गरेर जितेको थियो । अब हेर्नु छ, सन् २०१९ मा काठ्माण्डौंमा हुने १३ औं साग खेलमा हालसम्म बिभिन्न खेलमा कूल १२ सय स्वर्ण पदक जित्ने भारतसंग अहिलेसम्म ७६ स्वर्ण पदक जित्ने नेपालले कसरी टकराव गर्ने हो ?


 

Nepalese Football (Soccer) Team after winning 12th South Asian Games (SAG 2016) in Guwahati, Assam, India on February 15, 2016. Photo courtesy: All Nepal Football Association (The-ANFA.com)

साग खेल र नेपालको सहभागिता

नेपालले साग खेल दुई पटक आयोजना गरिसकेको छ- सन् १९८४ को सेप्टेम्बर १७-२३ मा पहिलो साग खेल र आठौं साग खेल सन् १९९९ मा । नेपालले आगामी सन् २०१९ मा १३ औं साग खेल तेश्रो पटक आयोजना गर्दैछ ।

Nepal Team at 12th South Asian Games (SAG 2016) opening ceremony in Guwahati, Assam, India which is scheduled between February 5-16, 2016. Photo courtesy: southasiangames2016.com

नेपालले सन् १९८४ मा सम्पन्न पहिलो साग खेलकूद प्रतियोगितामा ४ स्वर्ण (गोल्ड), १२ सिल्भर, ८ ब्रोन्ज गरी कूल २४ मेडल जितेको थियो भने यसपाली सन् २०१६ को बाह्रौं साग खेलकूद प्रतियोगितामा ३ गोल्ड, २३ सिल्भर र २९ ब्रोन्ज गरी ५५ मेडल जित्न सफल भएको छ । नेपालले साग खेलकूद प्रतियोगितामा हालसम्म कूल ४१३ मेडल जित्न सफल भएको छ ।

Nepalese Football (Soccer) Team received grand welcome in Kathmandu after winning 12th South Asian Games (SAG 2016) in Guwahati, Assam, India on February 15, 2016. Photo courtesy: All Nepal Football Association (The-ANFA.com)

साग खेलको ईतिहास

साग खेल प्रथम-सन् १९८४ (काठ्माण्डौं, नेपाल); दोश्रो-सन् १९८५ (ढाका, बंगलादेश); तेश्रो-सन् १९८७ (कोलकाता, भारत); चौंथो-सन् १९८९ (ईस्लामाबाद, पाकिस्तान); पाँचौं-सन् १९९१ (कोलोल्बो, श्रीलङ्का), छैठौं-सन् १९९३ (ढाका, बंगलादेश); सातौं-सन् १९९५ (चेन्नै, भारत); आठौं-सन् १९९९ (काठ्माण्डौं, नेपाल); नवौं-सन् २००४ (ईस्लामाबाद, पाकिस्तान); दशौं-सन् २००६ (कोलोल्बो, श्रीलङ्का); एघारौं सन् २०१० (ढाका, बंगलादेश) र बाह्रौं-सन् २०१६ (गुवाहाटी र सिलङ, भारत) आयोजना भएको छ ।

Nepal Sports Team with Prime Minister of Nepal, KP Sharma Oli after winning 12th South Asian Games (SAG 2016) in Guwahati, Assam, India on February 15, 2016. Photo courtesy: All Nepal Football Association (The-ANFA.com). Photo courtesy: All Nepal Football Association (The-ANFA.com)

साग खेलकूद प्रतियोगितमा पदक कुन देशले कति जिते ?

साग खेलकूद प्रतियोगितमा भाग लिने ८ दक्षिण एशियाली देशहरुमा कूल मेडल जित्ने देशहरुको सूची विकिपिडियामा उल्लेख भएअनुसार यसप्रकार छ: भारत (२,०२८ मेडल); पाकिस्तान (१,०२२ मेडल); श्री लङ्का (९२८ मेडल); बंगलादेश (५७२ मेडल); नेपाल (४१३ मेडल); अफ्गानिस्तान (६४ मेडल); भुटान (५५ मेडल) र माल्दिब्स (९ मेडल) छ ।

South Asian games (SAG) 2016 logo.


नेपाली फूटबल टिमका खेलाडीहरुको नामावली यस प्रकार छ:

क्याप्टेन बिराज महर्जन (DF), किरण चेम्जोङ लिम्बु (GK), बिकेश कुथु (GK), अमृत चौधरी (GK), रबिन श्रेष्ठ (DF), रोहित चन्द (DF), अनन्त तामाङ (DF), रन्जित धिमाल (DF), आदित्य चौधरी (DF), जितेन्द्र कार्की (DF), बिक्रम लामा (MF), योगेश गुरुङ (MF), हेर्मन गुरुङ (MF), जगजीत श्रेष्ठ (MF), बिशाल राई (MF), अनिल गुरुङ (FW), नबिन लामा (FW), बिमल घर्ती मगर (FW) र नवयुग श्रेष्ठ (FW) । पूर्ण शब्दार्थ: GK: Goalkeeper, DF: Defender, MF Midfielder, FW: Forward । म्यानेजर: प्याटृक औसेम्स, हेड कोच: बाल गोपाल महर्जन । उपनाम: गोर्खालीज नेपाल रेड । संस्था: अखिल नेपाल फूटबल संघ (All Nepal Football Association) । श्रोत: विकिपिडिया

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा आठौं पट्लक र खेलकुद प्रतियोगिता सम्पन्न

-अमेरिकाको डिसीमा नेपाली खेलाडीहरु सम्मानित

-अमेरिकामा खेलकुद संस्था "नेपाल स्पोर्टस एण्ड कल्चर ईन्टरनेशनल" गठन

-न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा गोल्फ खेल प्रतियोगिता सम्पन्न

 

-न्यू योर्कमा ८ नेपाली खेलाडीहरु र १४ नेपाली संस्थाहरु सम्मानित

-बाईसौं शीतकालीन ओलम्पिक खेल खेलिने रसियाको स्वास्थ्यनगरी "सोची" को कथा

--न्यू योर्कमा नेपाली खेलाडीहरुको संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलेप्मेन्ट इङ्क" को दोश्रो अधिबेशन सम्पन्न

-न्यू योर्कमा माइन्ड एन्ड म्याथ र बेसबलमा चम्केका नेपाली छोरो सविन घले

-न्यू योर्कमा ७ नेपाली खेलाडीहरुको सम्मान

-न्यू योर्कमा खुल्ला कराते प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा ३ कास्य र १ रजत पदक जित्न सफल

-न्यू योर्कका १० बर्शिय बेसबल खेलाडी सोनेश गुरुङले जिते सर्बोत्क्रिस्ट खेलाडी (MVP) पुरस्कार

-न्यू योर्कका ८ बर्शिय नेपाली छोरो सोनेश गुरुङ NY Jets को Tee Kids बनेर खेलेको त्यो खेल !

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.