NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की PDF Print E-mail
Share
User Rating: / 11
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 20 June 2009 05:01
न्यू योर्क- युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टरले हिजो साँझ न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसन हलमा आयोजना गरेको बिबिध साँस्कृतिक संगालोमा नेपालका ५ चर्चित कलाकारहरुले न्यू योर्कबासी नेपाली संगित पारखीहरुलाई भरपूर मनोरन्जन दिलाउन सफल भए।
L to R: Singers Rajesh Thapa Magar, Mian Lama, Anna Stirr, Nisha Sunar and Devika KC at the cultural show in New York. Photos: eEyeCam
चर्चित लोक गायक मिलन लामा र गायिका द्वय देबिका केसी र निशा सुनारले दर्शकहरुलाई आफ्ना सुमधुर गीतहरुले मन्त्र मुग्ध मात्र पारेनन् बल्की खुबसँग पाहुनाहरुलाई नचाउन पनि सफल भए।
नाँच्दै र दोहोरी खेल्दै राजदूत आचार्य Ambassador Madhuraman Acharya showing his inner talent: singing dohori and dancing.
उनिहरुले साँझका मुख्य अतिथी संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यलाई दोहोरीको गीतै गीतले हानेर आत्थु आत्थु पारे र नाँच्नसमेत वाध्य पारे।
उता राजदूत आचार्य पनि के कम र ! गायिका द्वयसँग फटाफट दोहोरी खेलेर न्यू योर्कका नेपालीबिच दोहोरी गीतका लागि मरिमेट्ने अतिथीको रुपमा परिचित आफ्नो फेरी पहिचान दिए।
Singers Anna Stirr, Rajesh Thapa, Milan Lama, Nisha Sunar and devika KC.
अझ नेपाली लोक गीतमै बिद्यावारिधी (पिएचडी) गर्दै गरेकी अमेरिकि अनुसन्धानकर्ता तथा नेपाली दोहोरी गीत गायिका आन्ना स्टिरले गायक मिलन लामासँग दोहोरी खेल्न स्टेजमा पुगे पछि दर्शक दिर्घाबाट समेत दोहोरी खेल्न शुरु भएको द्रिश्य निक्कै चाख लाग्दो थियो।
Dr. Om Gurung with UNDF Vice President Sita Kharel.
नेपालबाट आजै न्यू योर्क आइ पुगेका डा. ओम गुरुङको भाषणभन्दा उनको नाँच हेर्न न्यूयोर्कबासी बढ्ता उत्सुक देखिन्थे।
साँस्कृतिक कार्यक्रमको बिचमा सभासद तथा एमाले नेता प्रदिप ज्ञवाली र पूर्व सभासद तथा मनमोहन ममोरियल अस्पातलका डाइरेटर डा. बम्शिधर मिश्त्रलाई छोटो मन्तब्य ब्यक्त गर्न अनुरोध गरियो र उहाँहरुले "दुइ शब्द" बोल्नु पनि भयो तर दर्शकहरुको मुड चाँही दोहोरी र न्रित्यतिर बढी देखिन्थ्यो।
UML leader and CA Member Pradeep Gyawali. Photos: eEyeCam
Dr. Bamsidhar Mishra.
नेपालका सर्बाधिक लोकप्रिय युबा लोक गायक मिलन लामाको साथमा आएकि अर्की सर्बाधिक चर्चित भिडियो म्युजिक एल्बम कि मोडल तथा २२ वटा नेपाली चलचित्र कि नायिका पूजना प्रधानको माइती घरको गीत र "आज बार्हहाते पटुकी" गीतमा गरिएको चिटिक्क न्रित्य प्रस्तुतीले सबैलाई मोहक बनाएको थियो।
Actress Poojana Pradhan perfoming her dance.
उता उत्तिकै चर्चित लोक गायिका देबिका केसीको न्रित्य प्रस्तुती पनि सुन्दर थियो।
Singer and dancer Devika KC. Photos: eEyeCam
त्यस्तै लोकप्रिय पप गायक सुदिप गिरीको चर्चित पप गीतहरुको प्रस्तुती युबा जमातले मात्र होइन उमेर छिप्पिएका नेपालीहरुले पनि खुब मन पराएको देखियो।
Pop singer Sudip Giri.
गत अप्रिलको पहिलो साता नेपालबाट आएको यो साङ्गितिक टोलिले न्यू योर्क आउनु अघी अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, बाल्टिमोर, वासिङ्गटन डिसी, फ्लोरिडा, एट्लान्टा, डल्लास र ह्युस्टनमा बेजोड कार्यक्रम प्रस्तुत गरिसकेको छ।
न्यू योर्क कार्यक्रमका आयोजक संस्था युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) का न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङकाअनुसार यो सांगितिक टोलीको न्यू योर्कमा राखिएको पहिलो कार्यक्रम हो भने अमेरिका भरको नबौं र दोश्रो अन्तिम साँझ हो। यसै महिनाको अन्तमा नेपाल फर्किने तरखरमा रहेको टोलीको बोस्टोनमा अन्तिम कार्यक्रम गर्ने योजना छ।
Musicians Ujjawal Mainali, Ramkumar Singh, Tilak Shestha and Rajkumar. Photos: eEyeCam
उक्त साँझमा न्यू योर्क मै रहेका संगितकारहरु उज्जवल मैनाली (गिटार), तिलक श्रेष्ठ (हार्मोनियम्), राज कुमार (मादल) र बासुरीमा रामकुमार सिंहले प्रस्तुती दिनुभएको थियो भने कार्यक्रमको संचालन कलाकार शैलेश श्रेष्ठ, गायक राजेश थापा मगर र निमा लामाले गर्नु भएको थियो।
MC of the event and actor, activist Shailesh Shrestha.
Anchors Nima Lama and Rajesh Thapa Magar.
कार्यक्रमको अन्त्यमा बिशेष अतिथी सभासद तथा एमाले नेता प्रदिप ज्ञवालीद्वारा कलाकारहरुलाई कदर स्वरुप प्रशंशा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा युएनडिएफ महासचिब संजय थापाले एमालेका नेताहरु अतिथी बन्नु एउटा संयोग मात्र भएको बताउदै बिगतमा युएस नेपाल अनलाइनले एमालेको भात्री संगठनको रुपमा चित्रण गरेकोमा गुनासो गर्दै त्यसो नभैइ सबै प्रगतिशिल र देशभक्त अमेरिकि नेपाली युबाहरुको साझा संगठन भएको प्रस्ट पार्नु भएको थियो।
तर उहाँले भन्नु भयो- "भोली बिहान युएस नेपाल अनलाइन हेर्नुहोला।"
UNDF members, artists and the guests at the photo session. Photos: eEyeCam. View enlarged photo 
युएनडिएफले यस अघी मदरल्यान्ड पहिलो र दोश्रोको सफल प्रस्तुति गरिसकेको छ।
कार्यक्रमको अन्त्यपछि सबैभन्दा खुशी चाँही युएनडिएफका अध्यक्ष टेक गुरुङ देखिनु हुन्थ्यो किन कि सप्ताहन्तभन्दा एक दिन अगावै कार्यक्रम राखेको कारण न्यू योर्कको ब्यस्त समयमा मनग्य नेपालीहरु हेर्न नआउँलान् कि भन्ने चिन्ता गरेका बेला प्रदर्शन हलमा दर्शकहरुको ओइरो लागेको देख्दा कस्को मन पो नरमाउला र?
-Pradeep Thapa Magar in New York. 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
UNDF members with Special Guest Pradep Gyawali.
USNepalOnline.com Contributing Videographer Shambhu Moktan of MoktanDigital.com was the sponsor of videography of the event.
जाँदा जाँदै नायिका पूजनाको यो हेराइ र मुस्कान न्यू योर्कबासीलाई !
Actress Poojana Pradhan after the cultural program. Photos: eEyeCam
गायक मिलन लामा र नायिका पूजना प्रधानको केही चर्चित प्रस्तुती हेर्नुहोस्:
Milan Lama & Poojana Pradhan:
माझी दाई पोखरा फेवा तालको
लाम माया साँचैको नलाम भो ख्याल ख्यालको
Singers Bima Kumari Dura & Milan Lama
Aja Bara Hate Patuki by Poojana Pradhan

Comments

avatar Chhitij Thegim
+3
 
 
Mr.Madhu r dance in party if you invite him on free basis. But if you invite him as paying guest, I am sure he would not atten your party. Also he discrimated indigeneous ,otherwise he would be there on last indigeneous annual cultural show.
Therefore, I would like to encourage all Indigeneous leaders of NYC to by cut any program attendate by Mr Madhu. We must protest against such activity.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar prakash tuladhar
0
 
 
I appreciate it
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar dipak titung tamang
+1
 
 
nice...but save nepa and nepalese culture.....equal excess....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar tekraj shahi
0
 
 
verry good it is great work of nepali idientity.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?