Inside

All Time Top 50 News

बोस्टनमा नेपाली नेताहरुद्वारा हार्वार्ड विश्वबिद्यालयका नेपाली विद्यार्थीहरुसंग छलफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 02 May 2013 23:19

Special: 3 photos: बोस्टन- नेपालबाट अमेरिका भ्रमणमा रहेका ४ दलहरु नेकपा माओवादी, नेपाली काँग्रेस, एमाले र राष्ट्रिय जन शक्ती पार्टीका नेताहरुले हार्वार्ड विश्वबिद्यालयका नेपाली विद्यार्थीहरु र बोस्टनका नेपालीहरुसंग अन्तरकृया गरेकाछन्।

Boston Chalphal hosted an interactive discussion of contemporary political scene in Nepal and its future direction with Co-chairman of Rastriya Janasakti Party & former foreign minister Dr Prakash Chandra Lohani; leader of Nepali Congress & ex-energy minister Dr Prakash Sharan Mahat; former home minister & leader of UML Bhim Rawal; leader of Maoist party & lawyer Khimlal Devkota and Prof. Sridhar Khatri in Boston on May 1, 2013

मैई १ तारिख हार्वार्ड विश्वबिश्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुद्वारा स्थापित बिचार मन्थन समूह "बोस्टन छलफल" द्वारा हार्वार्ड विश्वबिद्यालयको केन्नेडी स्कूल अफ गभर्न्मेन्ट भवनमा आयोजित उक्त कार्यक्रममा एमाओवादी नेता एबं वकिल खिमलाल देबकोटा, एमाले नेता एबं पूर्व गृह तथा पर्यटन मन्त्री भीम रावल, नेपाली काँग्रेसका नेता एबं पूर्व मन्त्री डा. प्रकाशशरण महत, राष्ट्रिय जनशक्ती पार्टिका सह-अध्यक्ष एबं पूर्व बिदेशमन्त्री डा. प्रकाशचन्द्र लोहनी र प्रोफेसर श्रीधरकुमार कार्कीले छलफलमा भाग लिएका थिए।

छलफलमा नेताहरुले नेपालको आगामी निर्वाचन, बिघटित संबिधान सभाका कामहरु, नेता र दलका कमजोरीहरु, संघीयता, एनआरएन, बैदेशिक लगानी र बिदेशमा रहेका युवा शक्तीकाबारेमा आ-आफ्नो धारणा राखेका थिए।



डा. लोहनीले नेताहरुको संघर्शको प्रधानमन्त्री बन्ने बितेको र संबिधान बनाउने कुरा गौड भएकोमा दु:ख ब्यक्त गरे ।

उता माओवादी नेता देबकोटाले माओवादीले गरेको गौरबपूर्ण जनयुद्धको कारण नेपाली जनताले गणतन्त्र, संघीयता, धर्म निरपेक्ष्यता र समाबेशीता पाएको भन्दै गर्ब उक्त कुरालाई मुख्य उपलब्धीकोरुपमा पेश गरे।

उनले नेताहरुले नयाँ संबिधान निर्माण गर्न नसकेको कम्जोरी स्विकार गर्दै तर आफूले माथि उल्लेखित कुराहरु नेताहरुले जनतालाई उपहारकोरुपमा दिएकोले गल्ती मात्र देख्न नहुने जिकिर गरे।

एमाले नेता रावलले एमालेले आफ्नो अल्पमतको सरकारको पालामा पहिलो चोटि गाउँमा जनताको नाउँमा "आफ्नो गाउँ आँफै बनाउँ" कार्यक्रमअन्तर्गत आर्थिक अनुदान पुर्‍याएको उल्लेख गर्दै आफू गृहमन्त्री रहेको बखत देशमा बिद्यामान सुरक्षा समस्याको समाधान गरेको दाबी गरे।

Nepalese leaders with Nepalese from Boston area at Boston Chalphal interaction in Boston on May 1, 2013

काँग्रेस नेता डा. महतले बिभिन्न भाषा र संस्क्रितीको बिकासकोलागि बिशेष ब्यबस्था गरिएको भन्दै पछाडि परेका जातिकालागि आरक्षणको ब्यबस्था गरिएको बताए।

प्रोफेसर खत्रीले आफू नेपाल फर्किदा सेक्सन अफिसरबाट सचिब तहमा पुग्न १७ बर्ष लाग्थ्यो भन्दै त्यो बेला आफूले जानेको कुरा लागू गर्ने तहमा पुग्न लामो समय लाग्थ्यो र अन्य अबसरहरु कम थियो तर अहिले नेपालमा फर्केर गर्न सकिने धेरै क्षेत्रहरु रहेको उल्लेख गरे। उनले नेपालकालागि आफूले एउटा काम के गर्न सक्छु भनेर सोच्नु मुनाशिव हुने बताए।

कार्यक्रमको सहजकार्ताको भूमिका हावार्ड विश्व बिद्यालयमा अध्ययनरत प्रज्ञा लोहनीले गरेकी थिइन्।

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.