Inside

All Time Top 50 News

न्यू योर्कमा प्रधानमन्त्री कोईरालासंग एनआरएन अमेरिका, जनसंपर्क समिति र आदिबासी जनजाति महासंघका प्रतिनिधीहरुबीच भेटघाट, प्रमको स्वास्थ्य लाभको कामना PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Thursday, 26 June 2014 21:58

Special 6 photos: न्यू योर्क- स्वास्थ्य उपक्षरचारकोलागि न्यू योर्क आएका नेपालका प्रधानमन्त्री शुशिल कोईरालालाई गैर आवासीय नेपाली संघ, नेपाली जनसंपर्क समिति अमेरिका र नेपाल आदिबासी जनजाति महासंघ (फिप्ना) का प्रतिनिधीहरुले छुट्टाछुटै भेटी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकाछन्।

Prime Minister Sushil Koirala meeting with NRN USA representatives in New York on June 25, 2014. Photos courtesy: NRN USA

जुन २५ तारिख एनआरएन अमेरिकाका नव निर्वाचित प्रेसिडेन्ट खगेन्द्र जिसीको नेत्रित्वमा गएको टोलीले प्रधानमन्त्री कोईरालालाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिनुकासाथै एक पटकको नेपाली संधैको नेपाली रहने संबैधानिक ब्याबस्थाको माग र दोहोरो कर प्रणालीको अन्त्य गरिनु पर्ने माग राखेका थिए।

Prime Minister Sushil Koirala meeting with Federation of Nepalese Indigenous Peoples in America (FIPNA) representatives in New York on June 26, 2014. Photos courtesy: FIPNA

उता फिप्नाका अध्यक्ष लुईसाङ् वाइबा तामाङको नेत्रित्वमा गएको टोलीले जुन २६ तारिख प्रम कोईरालासंग भेटी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो।

Prime Minister Sushil Koirala meeting with Jana Samparka Samiti America representatives in New York on June 23, 2014. Photos courtesy: Banshlal Moktan

यसबीच, नेपाली काँग्रेस पार्टीको भात्री संगठन नेपाली जनसंपर्क समिति अमेरिकाका संयोजक बिष्णु सुबेदी र उक्त समितिको न्यू योर्क च्याप्टरका नव निर्बाचित अध्यक्ष रोशन ढुङ्गानाको टोलीले प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालालाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

Prime Minister Sushil Koirala meeting with Jana Samparka Samiti America New York Chapter's newly elected President Roshan Dhungana in New York on June 23, 2014. Photos courtesy: Pramod Sitaula

प्रधानमन्त्री कोईरला जिब्रोमा सन् २००६ मा अप्रेसन गरिएको क्यान्सर रोगको वार्षिक जाँच गर्न जुन १७ तारिख बिहान न्यू योर्क आई पुगेका थिए। प्रम कोईरालालाई स्वागत गर्न नेपाली स्थाई नियोग र जनसंपर्क समितितीका प्रतिनिधीहरु जोन एफ केनेडी एयर्पोर्ट पुगेका थिए।

Jana Samparka Samiti America representatives at the JFK Airport, New York to welcome Prime Minister Sushil Koirala on June 23, 2014. Photos courtesy: Singhbahadur Rana Magar

सन् २००६ को जुन महिनामा सोही अस्पतालमा सभापति कोईरालाको जिब्रोमा देखिएको क्यान्सर रोगको अप्रेसन गरिएको थियो। उक्त रोग नबल्झियोस भन्नाका खातिर हरेक बर्षको जुन-जुलाई महिनामा उनी न्यू योर्कमा उपचार गर्न आउने गरेकाछन्। तर सन् २०१२ मा भने नेपालको राजनीतिक उतारचढावका कारण उनले उक्त नियमित उपचारलाई थाँती राखेर नेपाल मै ब्यस्त रहेका थिए।

एनआरएन एनसीसी अफ यूएसए

प्रेश बिज्ञप्ती


सम्माननिय प्रधानमन्त्री श्री सुशिल कोइराला ज्यू समक्ष एनआरएन एनसीसी अफ यूएसएका सभापती श्री खगेन्द्र छेत्रीको नेत्रित्वमा गएको टोलिले आज साझ भेटगरी ज्ञापनपत्र प्रेश गरेको छ। न्यु योर्कको प्रधानमन्त्री रहनुभएको निवासमै पुरेर स्वास्थलाभको कामना सहित बुझाईएको ज्ञापन पत्र सम्बन्धमा मुख्य गरी दुइवटा बिषय उठाइएको थियो।

एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो कर प्रणाली र सरल ब्यबस्था सम्बन्धमा। प्रधानमन्त्रिले सो बिषयमा धेरै चासो दिएर सुन्नुभएको अनि आफू नेपाल फर्केपछि तुरुन्तै क्याबिनेटमा सो कुरा राख्ने बताउनुभयो। सभापती जिसीले राख्नुभएको प्रधानमन्त्रीको स्वास्थको जिज्ञासामा आफू उपचारपछि तुरुन्तै नेपाल फर्कने कुरा बताउनुभयो। ज्ञापन पत्र एनआरएन एनसीसी अफ यूएसएका महासचिब कृष्ण पोख्रेलले पढेर सुनाउनुभएको थियो।  

सो टोलिमा एनआरएन आइसिसीका डिआर्सी सोनाम लामा र प्रतिनिधिहरु नबिन शेर्चनसमेत हुनुहुन्थ्यो।

२५ जुन 2014

धन्यवादसहीत,

मिडिया कोअर्डिनेटर
कृष्ण के.सी
एनआरएन एनसीसी अफ यूएसए

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.