Inside

All Time Top 50 News

न्यू योर्कमा सुनकोशी बाढिपीडितहरुको सहयोगकोलागि २६ नेपाली संस्थाहरु एक जुट्, अगस्ट १६ तारिखसम्म राहत संकलन गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Thursday, 07 August 2014 16:48

Exclusive: 2 photos, 4 documents: न्यू योर्क- सिन्धु युएसए वेल्फेर सोसाइटीको सकृयतामा डाकिएको आकस्मिक बैठकले गत अगस्ट २ तारिख राती सिन्धुपाल्चोक जिल्लाको राम्चे र मान्खा गाबिसामा गएको भिशण पहिरोमा परी हुन गएको धनजनको क्षतिको राहतकोलागि न्यू योर्कमा कृयाशील २६ नेपाली संघसंस्थाहरु जुटेकाछन् । सहयोगदाताले इच्छित अनुदान रकम सोसाइटीको न्यू योर्कस्थित टिडी बैंकको चेक्किङ खाता नम्बर 4287423184 मा जम्मा गर्न सकिने छ भने www.sindhuus.org/donation पेजमा राखिएको पेपाल एकाउन्टमार्फत पनि सहयोग उपलब्ध गराउन सकिने ब्यबस्था गरिएको छ । उक्त बाढीमा मर्नेहरुको ३३ जनाको शब सनाखत गरिएको छ भने सरकारले हराएका १३३ जनाको मृत्यू भएको घोशणा गरेको छ । बाढीमा करिब १५० घर पहिरोले बगाएको र डुबानमा परेको जनाईएकोछ ।

Sidhupalchok flood which affected Ramche and Mankha VDC villages in Nepal from the monsoon rain on August 2, 2014. Photos courtesy: Bigendra Tamang via his facebook page

सोसाइटीको सकृयतामा अगस्ट ६ तारिख डाकिएको न्यू योर्कस्थित नेपाली संघसंस्थाहरुको संयुक्त बैठकमा उक्त सहयोग संकलन गर्ने अभियानको निर्णय गरिएको हो । बैठकमा सोसाइटीका बोर्ड अफ डाइरेक्टर एबं युएस नेपाल अनलाईन डट कमका अध्यक्ष दावा शेर्पा ह्योल्मोले संकालीत लत्ताकपडा ५०० पाउन्डसम्म आफ्नो कुरियर कम्पनीमार्फत निशुल्क नेपाल पठाउने घोशणा गरेका थिए । लत्ताकपडा प्रदान गर्न चाहनेहरुले उनलाई नंबर 347-837-9878 मा सम्पार्क गर्न सकिनेछ ।

Press release requesting Sindhupalchok flood victims by Sidhu USA Welfare Society

नेपाली समुदायको तर्फबाट आपतकालिन सहयोगकोलागि
सिन्धु युएसए वेलफेयर समाजको हार्दिक अनुरोध


२०७१ श्रवान २१ गते

न्यू योर्क, अमेरिका

नेपालमा सिन्धुपाल्चोक जिल्लाको राम्चे र मान्खा गाबिशमा गत २०७१ साल श्रवण १७ गते (अगस्ट २ तारिख) राती गएको भिषण पहिरोका कारण धनजनको ठूलो क्षती भएको यहाँहरु प्राय: सबैलाई बिधित नै छ ! यस सन्दर्भमा सिन्धु यूएसए वेल्फेर सोसाइटीद्वारा आयोजित आपत्कालिन बैठकमा न्यू योर्कस्थित बिभिन्न संघ सस्था र समाजका प्रतिष्ठित बर्गहरूको संयुक्त बैठकले पीडितहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा मिति २०७१ साल श्रावण २१ (अगस्ट ६ तारिख) गते बिस्तृत छलफल गरि निम्नअनुसार निर्णय गरिएको ब्यहोरा सबैमा जानकारी गराउनुको साथै यस दूखद घटनाका पिडितहरुको उद्दारकोलागी सक्दो सहयोग गरिदिन हुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अपिल गर्दछौं ।

Sidhupalchok flood which affected Ramche and Mankha VDC villages in Nepal from the monsoon rain on August 2, 2014. Photos courtesy: Bigendra Tamang via his facebook page

बैठक्का निस्कर्शहरु:

(१) महाप्रलयकारी प्राक्रितिक बिपत्तीको घट्नाको प्रकृति हेर्दा तत्काल राहत पुराउनु पर्ने देखिएकोले सार्वजनिक सूचनामार्फत् विभिन्न संघ, संगठनहरु र ब्यक्तिहरूलाई सहयोगकोलागि आग्रह गर्ने र आगामी २०७१ श्रावण ३१ गते (अगस्ट १६ तारिख) भित्र राह्त रकम संकलन सिन्धु युएसए वेलफेयर सोसाइटिको TD Bank को चेक्किङ खाता नम्बर 4287423184 मा जम्मा गर्ने/गराउने अथवा www.sindhuus.org/donation पेजमा राखिएको PayPal account मार्फत पनि सहयोग उपलब्ध गराउन सकिने ब्यबस्था मिलाउने !

(२) राहत रकम सम्बधित पीडितहरू समक्ष छिटोभन्दा छिटो तरिकाले पुर्याउने उद्धेस्यले सिन्धु युएसए वेलफेयर समाजको अगुवाईमा नेपालका स्थानिय सरकारी निकायसँग समन्वय गरि आफ्नो नेपालस्थित संस्थाको सक्रियतामा सहयोग उपलब्ध गराउने !

Press release in the wake of Sindhupalchok flood by Sidhu USA Welfare Society

(३) कपडा सहयोग गर्न चाहने महानुभावहरूले सिन्धु युएसएका बोर्ड अफ डाइरेक्टर श्री दावा शेर्पा ह्योल्मोसंग 347-837-9878 मा संपर्क गरि आबश्यक संकलनको व्यवस्था मिलाउन सकिनेको साथै श्री दावा शेर्पाले ५०० पाउन्डसम्मको ढुवानी निशुल्करुपमा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएकोमा सराहनासहित वहाँप्रति आभार ब्यक्त गरियो !

उक्त प्राक्रितिक् बिपत्तिमा परि ज्यान गुमाउनु हुने सम्पुर्ण मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक् सम्बेदना प्रकट गरियो| संस्थाका अध्यक्ष बन्शलाल तामाङद्वारा घटनास्थलको दैनिक भैरहेको अवस्थाबारे जानकारी गराउदै आफ्नो कार्य व्यस्तताको बाबजुद पनि छोटो समयको सूचनाको आधारमा उपस्थित हुनु हुने सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलगायत, समाजका प्रबुद्ध बर्गहरू, पत्रकारहरुको साथै उपस्थित सबैमा हार्दिक धन्यबाद ज्ञापन गरियो !

बैठकमा उपस्थित संघ संगठनहरु:

(१) गैर आबाशिय नेपाली, राष्ट्रिय समन्वय समिती, अमेरिका
(२) नेपाली जन संपर्क समिती, अमेरिका
(३) प्रबाशी नेपालि मन्च, अमेरिका
(४) नेपाल आदिबासी जनजाति महासघ, अमेरिका (फिप्ना)
(५) नेपाल अमेरिका पत्रकार महासंघ    
(६) शेर्पा किदुग, अमेरिका
(७) तामाङ समाज, अमेरिका    
(८) नेपाल मगर संघ, अमेरिका
(९) ह्योल्मो सोसाइटी अफ अमेरिका    
(१०) आमा याङ्री ह्योल्मो, अमेरिका
(११) तमु (गुरुङ्) समाज, अमेरिका    
(१२) नेवा गुठी, अमेरिका
(१३) रिज उड नेपाली, समाज, अमेरिका    
(१४) यूएस नेपाल स्पोर्ट तथा कल्चर डीभलप्मेंट
(१५) सुदुर पश्चिम समाज, अमेरिका    
(१६) तराई मधेश नेपाली समाज, अमेरिका
(१७) नेपाल अमेरिका चिकित्सक संघ    
(१८) अन्तरराष्ट्रिय मार्शल आर्ट्स, अमेरिका
(१९) गैर आबाशिय नेपाली अन्तरराष्ट्रिय समन्वय समिती    
(२०) ग्रास रूट मुभमेन्ट इन नेपाल
(२१) इभेन्ट प्लानेट
(२२) थकाली सेवा समाज, अमेरिका
(२३) मुस्तांग किदुक, अमेरिका    
(२४) ब्लड डोनर्स अफ अमेरिका
(२५) अधिकार
(२६) सिन्धु युएसए वेल्फेर सोसाइटी

अन्त्यमा हाम्रो मातृभूमि नेपालमा आइपरेको यो दुखद घटनाका पिडितहरुलाई सक्दो र यथा सक्या चांडो सहयोग उपलब्ध गराई मद्दत गरिदिन हुन पून: आह्वान गर्दै यहाहरु प्रति आभार ब्यक्त गर्दछौं ! आबश्यक सम्पर्ककोलागि बंशलाल तामाङ: 64646-552-1532, सांगदोर्जे शेर्पा: 347-270-6269, छिरिंग शेर्पा: 347-891-8189 दावा शेर्पा ह्योल्मो: 347-837-9878 निमा शेर्पा: 646-620-7460 र प्रेम बिक्रम खड्का: 646-258-0719

Press release requesting Sindhupalchok flood victims by Tamang Society of America

Press release requesting Sindhupalchok flood victims by Hyolmo Society of America

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.