Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 02 April 2011 16:37
Article Index
न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत
More photos of General Gurung's reception in New York
List of the photographs of 49 Nepalese Army Generals
All Pages

तेक्वान्डोका ब्ल्याक बेल्ट प्रधान सेनापतिले अमेरिकामा रहेका नेपाली खेलाडीहरुलाई भेटेर खुशी भए
Exclusive: 1 video, 48 photos:
न्यू योर्क- नेपाली सेनाका प्रधानसेनापति छ्त्रमान सिंह गुरुङको न्यू योर्क शहरमा नेपालीहरुद्वारा भब्य स्वागत गरिएको छ।


Nepal Army Chief General Chhatraman Singh Gurung and his wife Kamala Gurung at their reception in New York on April 1, 2011. Photos: eEyeCam.com

अमेरिकि सरकार तथा संयुक्त राष्ट्र संघ (संरासं) संगको अन्य कामको सिलशिलामा उहाँ र उहाँकि श्रीमती कमला गुरुङ अमेरिका भ्रमणमा आउनुभएको हो।


UNDF NY former President Tek Gurung welcoming General Chhatraman Singh Gurung and his wife Kamala Gurung at their reception in New York on April 1, 2011. Photos: eEyeCam.com

अमेरिकाको सैन्य कलेजमा हल अफ फेम (Hall of Fame) कोरुपमा दर्ज हुँदै

अमेरिकि सरकारको निमन्त्रणामा अमेरिकि भ्रमणमा निस्किनु भएका प्रधानसेनापति गुरुङ अमेरिकाको फोर्ट लिभेनओर्थ, केन्सासस्थित अमेरिकि सेनाको कमान्ड एन्ड जनरल स्टाफ कलेजको पूर्व ग्रेजुएट् हुनुभएकोले उक्त सैन्य कलेजमा आफूलाई हल अफ फेम (Hall of Fame) को रुपमा दर्ज गरिने बिशेष समारोहमा भाग लिने कार्यक्रम छ।

उक्त कलेजले आफ्ना विद्यार्थीहरुले बिशिस्ठ उपलब्धी हाँसिल गरेपछि Hall of Fame मा दर्ज गर्ने गर्दछ। यस अघी नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुन नरसिंह राणालाई सन् १९६५ मा Hall of Fame मा दर्ज गरिएको थियो।


Nepal Army Chief General Chhatraman Singh Gurung. Photo courtesy: Nepal Army (www.nepalarmy.mil.np)


जनजातिबाट प्रधान सेनापति बन्ने उहाँ नै प्रथम व्यक्ति

नेपाली सेनाले जारी गरेको प्रधानसेनापति गुरुङको अफिसियल जीवनीमा उहाँबारे यस्तो उल्लेख छ:

"नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त भएका गुरुङ्गले करिव ९३, ००० नेपाली सेनाको जिम्मेवारी ( Command) सम्हालेर नेपाली सेनाको २४० बर्षको इतिहासमा एउटा नया र्इतिहास निर्माण गर्नु भएको छ । नया ईतिहास यस मानेमा कि एक सर्वसाधरण तथा जनजातिबाट प्रधान सेनापति बन्ने उहाँ नै प्रथम व्यक्ति हुनुहुन्छ ।"


General Chhatraman Singh Gurung and his wife Kamala Gurung being greeted at their reception in New York on April 1, 2011. Photos: eEyeCam.com

आफ्नो सम्मानमा संरासंकालागि नेपाली स्थाई नियोग र तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाको आयोजनामा शुक्रबार बेलुकी नेपाल-जापान यती रेस्टुरेन्ट, सनीसाइड, कुइन्समा डाकिएको सम्मान तथा भेट्घाट कार्यक्रममा प्रधानसेनापति गुरुङलाई न्यू योर्कबासी नेपालीहरुले परम्परागत नेपाली खादा पहिर्याएर भब्य स्वागत गरेका थिए।

पूर्व माओवादी कमान्डरले पनि भेटे

न्यू योर्कमा कृयाशिल बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुका अलावा अमेरिकामा रहेका पूर्व नेपाली सेनामा सेवा गरेका नेपालीहरु मात्र होइन माओवादीका एक पूर्व कमान्डर, जो अहिले अमेरिकि नागरिक भईसकेकाछन्, समेतले प्रधानसेनापति गुरुङलाई भेटे, हात मिलाए र फोटो खिचेका थिए ।

प्रधानसेनापति गुरुङद्वारा आभार ब्यक्त

मन्तब्य ब्यक्त नगर्ने मनस्थिती बनाएका प्रधानसेनापति गुरुङले आफ्नो भब्य स्वागतपछि झन्डै ८ मिनेट बोल्नु भएको थियो। प्रधानसेनापति गुरुङले आफ्नो अमेरिका यात्रा र अमेरिकि नेपालीहरुकाबारे बोल्दै स्वागतकालागि आयोजक र न्यू योर्कबासी नेपालीहरुलाई आभार ब्यक्त गर्नुभएको थियो।


Nepal Army Chief General Chhatraman Singh Gurung speaking at reception. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले प्रधानसेनापति गुरुङको उक्त स्वागत समारोहबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Nepal Army Chief General Chhatraman Singh Gurung reception in New York, April 1, 2011




प्रधानसेनापति गुरुङले अमेरिकि नेपाली र अमेरिकि जनताबिच राम्रो सम्बन्ध भएकोमा खुशी ब्यक्त गर्दै आफू अमेरिकि सरकारको निमन्त्रणामा आएको र आफूले रक्षा र राज्य बिभागका सेक्रेटरी र असिस्टेन्ट सेक्रेटरीहरुलाई भेट्ने कार्यक्रम रहेको उल्लेख गर्नुभयो भने अमेरिकि सरकार र सेनाबाट केही सहयोग मिल्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो।

उहाँले नेपालले संयुक्त राष्ट्र संघको शान्ती सेनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निभाउँदै आएको बताउँदै नेपाल सानो मुलुक भएपनि शान्ती सेनामा आफ्नो सेना पठाउने देशहरुमा नेपाल छैठौं स्थानमा रहेको उल्लेख गर्नुभयो ।

स्मरण रहोस्, संयुक्त राष्ट्र संघको सन् १९५५ मा सदस्य बनेयता नेपालले संरासंको ३५ शान्ती मिसनमा ७६ हजारभन्दा बेशी नेपाली सेनाले सेवा पुर्याइसकेकाछन् भने सेवकाक्रममा ५७ जनाले सहादत प्राप्त गरिसकेकाछन्। हाल नेपाली सेनाका ४ हजार ४२० जना संरासंका १२ बिभिन्न शान्ती मिसनमा संसारभर सेवारत छन्।


Tika Gurung, President of Tamu (Gurung) Society of America. Photos: eEyeCam.com

तमु (गुरुङ) सोसाइटी अफ अमेरिका अध्यक्ष तथा न्यू योर्क शहरका इन्जिनियर टिका गुरुङले कार्यक्रमको सन्चालन गर्नुभएको थियो।

प्रधानसेनापतिलाई सलाम ठोक्नेहरुको लस्कर

उक्त सम्मान साँझमा प्रधानसेनापति गुरुङ बिसं २०४८ सालमा पोखरास्थित शमसेर दलका गणपति लेफ्टिनेन्ट कर्णेल छँदा इन्टेलिजेन्ट अफिसर (Intelligent Officer-IO) रहेका हाल न्यू योर्कस्थित युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (युएनडिएफ) का सचिब अर्जुनबहादुर सिंहले प्रधानसेनापति गुरुङलाई स्यालुट मात्र ठोकेनन् बल्की निक्कै सकृय हुँदै प्रधानसेनापति गुरुङलाई भेट्न आएका अमेरिकामा बसोबास गर्ने नेपाली सेनाका पूर्व सैनिक अफिसरहरुलाई चिनापर्ची गराउन ब्यस्त देखिन्थे ।

Ex-Major & UNDF NY Secretary Arjunbahadur Singh saluting General Gurung. Photos: eEyeCam.com

नेपाली प्रतिनिधिहरुको ताँती

कार्यक्रममा नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइराला, नेपाली जनसंपर्क समिती अमेरिकाका पूर्व केन्द्रिय सदस्यहरु बंशलाल तामाङ, मुनिन्द्रा नेम्वाङ, न्यू योर्क च्याप्टर संयोजक नबिन शेरचन, जन संपर्क समिती न्यू योर्क च्याप्टरकि पूर्व उपाध्यक्ष जनेश गुरुङको उपस्थिती रहेको थियो।

Nepali Congress North America Representative Mridula Koirala sharing lighter moment with General Gurung. Photos: eEyeCam.com

उता युएनडिएफ न्यू योर्कका पूर्व अध्यक्ष टेक गुरुङ, युएनडिएफका बर्तमान पदाधिकारीहरु: अध्यक्ष सीता खरेल, उपाध्यक्ष केशब लामा, महासचिब मंगलदास श्रेष्ठ र सचिब अर्जुनबहादुर सिंहको उपस्थिती थियो।

त्यसैगरी, कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पूर्व महासचिब अर्जुन गुरुङ, महासंघका बर्तमान उपाध्यक्ष बिनोद पोमो, महासचिब दिपेश लिम्बु, सदस्य केशबराम राइ, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष सुभाश लामा, बर्तमान अध्यक्ष भरत लामा, उपाध्यक्ष साङ्गे लामा र नेपाल ब्लड डोनर्स अफ अमेरिकाका महासचिब यम अधिकारीको पनि सहभागीता रहेको थियो।

World Tour Nepalese Cyclist Furtemba Sherpa with General Gurung & his wife Kamala Gurung. Photos: eEyeCam.com

विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा र अमेरिकामा रहेका नेपालका चर्चित खेलाडिहरुको समूहलाई भेट्दा प्रधानसेनापति गुरुङ दङ्ग परेको देखिन्थ्यो।

नेपालमा कराते खेलको जन्मदाताकोरुपमा 'फादर अफ कराते' भनेर परिचित खेलाडी थानेश्वर राइ कार्यक्रममा उपस्थित हुन केही समय ढीला हुँदा प्रधानसेनापति गुरुङले पर्खेर भेट्नै चाहनु भयो। नेपाल कराते महासंघका संस्थापक अध्यक्ष राइले प्रधानसेनापति गुरुङलाई जाँदाजाँदै बाटामै भेट गर्नुभएको थियो। प्रधानसेनापति गुरुङ आफै तेक्वान्डो खेलका बेल्याक बेल्ट खेलाडी हुन् ।


US Nepal Sports & Culture Development Inc President Thaneshwar Rai with General Gurung. Photos: eEyeCam.com

युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलप्मेन्ट संस्थामा आबद्ध खेलाडीहरुको जमातमा प्रधानसेनापति गुरुङलाई भेट गर्ने खेलाडीहरुमा अध्यक्ष थानेश्वर राइ, उपाध्यक्ष नरबहादुर दाहाल, महासचिब सन्त थोकर तामाङ, सचिब छेमाङ दोर्जे लामा, कोशाध्यक्ष केशब लामालगायतका उपस्थित थिए।


General Gurung with Nepalese in New York. Photos: eEyeCam.com

नायिका गौरी मल्लद्वारा गीत गाएर स्वागत

उक्त सम्मान साँझमा नेपालकि चर्चित नायिका गौरी मल्लले प्रधानसेनापति गुरुङ र उहाँकी श्रीमती कमला गुरुङलाई आफूले गीत गाउँदै आएको रेस्टुरेन्टमा स्वागत र भलाकुसारी मात्र गरिनन् बल्की मीठा मीठा नेपाली र हिन्दी गीत गाएर मनोरन्जन पनि दिलाइन्। उनलाई गायक तिलक श्रेष्ठलेसाथ दिए।


Actress-turn-singer Gauri Malla welcoming General Gurung & his wife Kamala Gurung. Photos: eEyeCam.com

नेपाली स्थाई नियोगबाट संरासंकालागि स्थ्ह्यी प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, उपप्रमुख शंकर बैरागी, मिनिस्टर कन्सुलर अमृत राइलगायत्को टोली सहभागी थियो।

प्रधानसेनापति गुरुङ कहाँका हुन्?

प्रधानसेनापति गुरुङ तनहुँ जिल्ला, रिस्ती गा.बि.स. पुलिमराङ्ग गाउंमा सन् १९५२ को जुलाई १८ मा जन्मिनु भएको हो। उहाँ बुवा स्व. ईमानसिंह गुरुङ्ग तथा आमा स्व. ईमादेवी गुरुङ्गका माईला सुपुत्र हुनुहुन्छ । उहांकी श्रीमती कमला गुरुङ्ग नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त अधिकृत  हुनुहुन्छ । उहांका जेठा छोरा डा. प्रतिकमान सिंह गुरुङ्ग र कान्छा छोरा प्रबल मान सिंह गुरुङ्ग हुनुहुन्छ । (पढ्नुहोस् नेपाली सेनाले जारी गरेको उहाँको अफिसियल जीवनी)

नेपाली सेनाको वेब्साइटमा उल्लेख गरिएअनुसार उहांले त्रि. वि. वि. बाट वि. ए. (B.A.) राजनीति शास्त्र र ईतिहासमा गर्नु भएको छ भने उहांकी श्रीमती कमला गुरुङ्गले पनि त्रि. वि. वि. बाट राजनिति शास्त्रमा स्नाकोत्तर (M.A.) गर्नु भएको छ ।

जेठा छोरा प्रतिक मान सिंह गुरुङ्गले University of London बाट MBBS र UK बाटै MRCS गरी University of London को Medical College मा Medical Surgeon छन् भने कान्छा छोरा प्रबलमान सिंह गुरुङ्गले पनि Greenwich University बाट B.Sc. (Hon) गरी London स्थित एउटा ख्यात प्राप्त Real Estate Company को Director छन् ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read more related news about General Chhatraman Singh Gurung:

-प्रधानसेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गको अफिसियल संक्षिप्त चिनारी

-जनताको छोरो प्रधानसेनापति बनेपछि

-पहिलो पटक गैर राणा-शाह-ठकुरी-क्षेत्री बर्गको प्रधानसेनापति

-नेपालको आधुनिक इतिहासमा पहिलो पटक जनजातिका छोरो प्रधानसेनापति बन्ने

 

Genral Gurung and his wife Kamala Gurung with the members of Tamu (Gurung) Society of America. Photos: eEyeCam.com





Photos: eEyeCam.com

न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत
More photos of General Gurung's reception in New York
List of the photographs of 49 Nepalese Army Generals

All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.