Inside

All Time Top 50 News

न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 24 June 2011 23:07

"मेरो दुई वटा मक्सद छ, एक- शान्ती प्रकृयालाई टुङ्गो लगाउने, नयाँ संबिधान बनाउने र चुनाव प्रकृयामा जाने, अर्को- पार्टिमा सिस्टम बसाउने।"
Exclusive: 1 video, 11 photos:
न्यू योर्क- न्यू योर्कका नेपाली जन संपर्क समितीका दुई खेमामा बिभाजित काँग्रेसी बन्धुहरुले आफ्नो जिब्रोको क्यान्सर उपचारको शिलशिलामा न्यू योर्क आई पुग्नु भएका नेपाली काँग्रेसका सभापति सुशिल कोइरालालाई हात जोडेर बिन्ती गर्दै एक भएर अधिबेशन गर्न अनुरोध गर्न वाध्य पारेकाछन्।



Nepali Congress President Sushil Koirala speaking in New York on June 23, 2011. Photos: eEyeCam.com

बुधवार बेलुकी न्यू योर्क शहरको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित काँग्रेसी भेलामा हलमा खचाखच भरिएका झन्डै डेढ सय काँग्रेसी बन्धुहरुलाई सभापति कोइरालाले मिलेर जन संपर्क समितीको अधिबेशन गर्न र हजारौं प्रजातन्त्रप्रेमी नेपाली अमेरिकिहरुलाई समेटेर लैजान आग्रह गरे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Interaction with Nepali Congress President Sushil Koirala in NY June 23 2011




दुई वटा समानान्तर जन संपर्क समिती खडा गरेर बिभाजित रहेका न्यू योर्कका काँग्रेसी बन्धुहरु उक्त अन्तर्कृया कार्यक्रममा पहिलो पटक एकै ठाउँमा भेला भएका थिए।


Nepali Congress supporters and guests at the event. Photos: eEyeCam.com

सभापति कोइरालाले गम्भिर हुँदै भने- "हामीहरु माओवादी र अन्य कम्युनिस्टहरुसंग मिलेर गएकाछौं भने आफ्नै पार्टिका, एउटै सिद्धान्त भएका साथीहरुबिचमा अबिश्वासको भावना नराखौं। म हात जोडेर प्रार्थना गर्दछु कि तपाईंहरु सबै मिलेर जन संपर्क समितीको अधिबेशन गर्नुहोस्।"

जन संपर्क समिती बिपीले जन्माएको स्मरण गराउँदै सभापति कोइरालाले हिजोको कुरा बिर्सिदिन र आपसी बिस्तार, सद्भाब र मेलमिलापद्वारा एक ढिक्का भएर अघी बढ्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिए।


Nepali Congress President Sushil Koirala and Kanchha Lama at an interaction event in New York on June 23, 2011. Photos: eEyeCam.com

मुलुकमा तानाशाह लागु हुँदा नेपाली काँग्रेसले जहिले पनि त्यसलाई परास्त गरी प्रजातन्त्र ल्याउने कुराको स्मरण गराएका सभापति कोइरालाले तर आफ्नो पार्टी नेता, कार्यकर्ताहरुमा प्रजातान्त्रिक परिपाटीको बिकास र पालनाको अभाब भएको स्विकार गर्दै आफू नेपाली काँग्रेसको सभापतिमा निर्बाचित भएपछि आफ्नो दुई वटा अभिस्ट भएको बताउँदै भने- "मेरो दुई वटा मक्सद छ, एक- शान्ती प्रकृयालाई टुङ्गो लगाउने, नयाँ संबिधान बनाउने र चुनाव प्रकृयामा जाने, अर्को- पार्टिमा सिस्टम बसाउने।"

तर बिडम्बना ! पार्टीभित्र सिस्टम बसाउने कुरा गरेका सभापति कोइराला जन संपर्क समिती अमेरिकामा भएको चरम बिबाद कै कारण बुधवारको अन्तर्कृया कार्यक्रम जन संपर्क समितीको ब्यानरमा कार्यक्रम हुन नसकेको देखेर निक्कै दुखित भएका थिए।


Nepali Congress supporters and guests at the event. Photos: eEyeCam.com

स्मरण रहोस्, अमेरिकामा जनसंपर्क समितीको नाममा आनन्द बिष्ट र डा. सुरेन्द्र देबकोटाको नेत्रित्वमा अस्तित्वमा रहेका दुई संस्थाहरुलाई मिलाउन नेपालबाट नेपाली काँग्रेस पार्टिले सन् २०१० को जुन १८ मा एक पत्र पठाइ उक्त दुई जनसंपर्क समितिहरु बिघटन गरी संयोजक खगेन्द्र जिसीको नेत्रित्वमा एकताको महाधिबेशन तयारी समिती गठन गरेको थियो।

तर त्यस यता अमेरिकामा रहेका काँग्रेसी बन्धुहरुबिच एकताको साटो बिभाजनको गहिरो खाडल श्रीजना हुन पुगेको छ।

न्यू योर्क च्याप्टरको दुई समानान्तर अधिबेशन दुई पटक डाकिएर दुई पटक स्थगित भईसकेको छ।

काँग्रेस सभापति कोइरालाको हात जोड्ने मनस्थिती बुझ्दा अमेरिकि काँग्रेसी बन्धुहरुको डलरको प्रताप नेपालको चुनावमा प्रतक्ष पर्ने हुनाले कुनै नेताको पनि अमेरिकि काँग्रेसी बन्धुहरुलाई झाँको झार्न नसक्ने स्थिती हुनु स्वाभाबिक देखिन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 


Photos: eEyeCam.com



Photos: eEyeCam.com



Photos: eEyeCam.com



Photos: eEyeCam.com





Photos: eEyeCam.com


Photos: eEyeCam.com

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

एकताका लागि राजिनामा दिनेहरुको लर्को

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.