Inside

All Time Top 50 News

न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 01 July 2013 14:45

"शान्तीपूर्ण ढङ्गले सबैलाई बिरोध गर्ने अधिकार छ"
"संघीयताले सबैलाई सहभागि गराउने बाटो खुलाएको छ, ...एकल जातीय आधारमा राज्यको नामाकरण गर्दा द्वन्द निम्त्याउन सक्छ"
- काँग्रेस सभापति कोईराला
Special: 18 photos: न्यू योर्क- नेपाली काँग्रेसका केन्द्रिय सभापति सुशिल कोईरालालाई न्यू योर्क शहरमा नेपाली जनसंपर्क समिती अमेरिकाद्वारा आयोजित स्वागत तथा अन्तरकृया कार्यक्रममा नेपाली काँग्रेस पहिचान बिरोधी पार्टी भएको भन्दै नाराबाजी र कालो झन्डा देखाईएको छ।


Nepali Congress party president Sushil Koirala and Nepali Jana Samparka Samiti America members are observing a moment of silence in memory of martyrs and party founders in New York on June 30, 2013. Photo: eEyecam.com

जुन ३० तारिख आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित अन्तरकृया कार्यक्रममा सभापति कोईरालालाई संघीय लिम्बुवान समाज अमेरिकाले नाराबाजी र कालो झन्डा देखाउने काम गरेको हो। काँग्रेस सभापति कोईराला जिब्रोमा सन् २००६ मा अप्रेसन गरिएको क्यान्सर रोगको वार्षिक जाँचको क्रममा न्यू योर्क जुन २८ तारिख शुक्रबार आई पुगेका हुन् उनको न्यू योर्क शहरस्थित मेमोरियल सलोन-केटारिङ्ग क्यान्सर सेन्टरमा जुलाई २ तारिख जाँच परिक्षण गरिदैछ

अन्तरकृया कार्यक्रममा 'संघीय लिम्बुवान समाज अमेरिका' ले काँग्रेस पार्टीलाई पहिचान बिरोधी पार्टी भएको आरोप लगाउँदै 'पहिचान बिरोधि कांग्रेसी नेतृत्व मुर्दावाद', 'पहिचानसहितको लिम्बुवान नेपाल जिन्दावाद', 'अरुण पूर्व ९ जिल्ला लिम्बुवान घोषणा गर', 'चार दलिय सिन्डिकेट मान्दैनौं', 'चार जना बसेर अन्तरिम संबिधान संसोधन गर्न पाईंदैन', 'आदिबासी एकता जिन्दाबाद' भन्दै कालो झन्डा र माइकिङ गरेपछि केहीबेर अन्तरकृया कार्यक्रम हलमा खैलाबैला भएको थियो जसका कारण सभापति कोईरालाले आफ्नो भाषण रोक्नु परेको थियो। तर समय कत्तिपनि खेर नफाली हलमा उपस्थित काँग्रेसी बन्धुहरुले 'नेपाली काँग्रेस जिन्दाबाद', प्रजातन्त्र जिन्दाबाद' को नारा घन्काउन लागेपछि भने बिरोधी पक्षको आवाज ओझेलमा पर्न गएको थियो।


Sanghiya Limbuwan Samaj America members protesting to Nepali Congress party president Sushil Koirala at an interaction in New York on June 30, 2013. Photo: Ang Kami Sherpa (PhotoHera.com)

'संघीय लिम्बुवान समाज अमेरिका' नेपालको पूर्वाञ्चल अरुण नदी पूर्वका संखुवासभा, ताप्लेजुङ्, तेह्रथुम, पाँचथर, धनकुटा, ईलाम, सुनसरी, मोरङ र झापा जिल्लालाई जोडेर लिम्बुवान राज्यको माग गर्दै आन्दोलरत 'संघीय लिम्बुवान राज्य परिषद' को अमेरिकि भात्रि संगठन हो।

काँग्रेस सम्बद्ध आदिबासी नेताहरुले लिम्बुवान राज्यको माग गर्ने बिपक्षी नेताहरुलाई हलबाट सौहाद्रपूर्ण तवरले "भयो, भयो, अब गईदिनुहोस्" भन्दै हलबाट बाहिर्‍याउन पहल गरेका थिए।

उक्त बिरोध जुलुसको नेत्रित्व समाजका उपाध्यक्ष दिपेश लिम्बु, अर्का उपाध्यक्ष बिरेन्द्र लाबुङ लिम्बु, समाजका महासचिब राम लिम्बु र सचिब योगेश लिम्बुले गरेका थिए। उपाध्यक्ष दिपेश लिम्बु 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका' (फिप्ना) महासचिब एबं लिम्बुहरुको संस्था 'किरात याक्थुङ चुम्लुङ अमेरिका' का पूर्व महासचिब पनि हुन्।

बिरोधपछि प्रतिकृया दिदै समाजका उपाध्यक्ष दिपेश लिम्बुले ३३ दललाई पाखा लगाएर चुनावमा जान पेल्ने ४ दलहरु एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चालाई बिरोध गर्ने निति रहेको जानकारी गराए।

उनले भने- 'आदिबासी जनजातिहरुसंग पहिचानको आधारमा राज्य दिन्छौं भनेर सहमति गर्ने दल मध्ये एक काँग्रेसले आफूलाई प्रजातन्त्रको एक मात्र ठेकेदार दल ठानेपनि प्रजातान्त्रिक पद्दतिको बिरुद्धमा संघीयता बिरोधी कृयाकलाप गर्ने काँग्रेसको बिरोध गरेर आफूहरुले ठीक काम गरेको ठोकुवा गरे।


Nepali Congress party president Sushil Koirala at an interaction which was hosted by Nepali Jana Samparka Samiti America in New York on June 30, 2013. Photo: eEyecam.com

उता हलमा दुई पक्षको नाराबाजीका कारण आफ्नो बक्तब्यलाई रोकेर नेपाल कै जस्तो भाँड्भैलोको द्रिश्य टुलुटुलु हेर्न बिवस नेता कोईरालाले हलमा शान्ती छाएपछि यस्तो बिरोधलाई आफूले अन्यथा नलिएको भन्दै शान्तीपूर्ण ढङ्गले सबैलाई बिरोध गर्ने अधिकार रहेको बताएका थिए। उनले भने-

"आदरणीय साथीहरु, मैले यो बिरोधलाई प्रजातन्त्रको प्रयोगमा आबश्यक नै ठानेको छु। शान्तीपूर्ण ढङ्गले सबैलाई बिरोध गर्ने अधिकार छ। यहाँहरुले जो बिरोध गर्नु भो मैले यल्लाई अन्यथा लिएको छैन। प्रजातन्त्रको जो आन्दोलन छ यो अघि बढ्छ। र प्रजातन्त्र सदैब बिजयी भएको छ। र नेपाली काँग्रेसले कुनै पनि प्रजातन्त्रमा आस्था राख्ने कुनै पनि ब्यक्ती, संघ संगठन र संस्थाको टाउको निहुराउने काम गरेको छैन। र गर्ने पनि छैन।"

"प्रजातन्त्र बिजयी भएको छ"

नेपालमा एतिहासिक परिवर्तन भएको छ भन्दै सभापति कोईरालाले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र र समाबेशीमा परिवर्तन भएको उल्लेख गरे। उनले 'सारा नेपालमा महिला, जनजाति, आदिबासी, दलित, पिछाडिएका बर्ग, मुसलमान सब आफ्नो हक अधिकार, आफ्नो पहिचान, आफ्नो संस्क्रिती, आफ्नो भाषा, आफ्नो धर्मका निम्ती जाग्नु पर्छ भन्दै प्रजातन्त्रको निम्ती यो कम सानो कुरा हैन, यसमा प्रजातन्त्र बिजयी भएको छ, र बिजयी हुँदै जानेछ, अघि बढ्दै जानेछ' भने।


Nepali Congress party president Sushil Koirala speaking at an interaction which was hosted by Nepali Jana Samparka Samiti America in New York on June 30, 2013. Photo: eEyecam.com

'संघीयताले सबैलाई सहभागि गराउने बाटो खुलाएको छ' भन्दै काँग्रेस सभापति कोईरालाले आफ्नो पार्टीको संघीयता सम्बन्धी आफ्नो धारणा प्रस्ट पारे- 'एकल जातीय आधारमा राज्यको नामाकरण गर्दा द्वन्द निम्त्याउन सक्छ, धेरै प्रदेशहरु देशले धान्न सक्दैन, ७, ८ वटा राज्यमा अन्य दलहरु पनि सहमतिमा आउँनु पर्दछ।"

काँग्रेस सभापति कोईरालाले चुनाव प्रजातन्त्रको मुटु र आत्मा भएको बताउँदै चुनावकोलागि अन्तरराष्ट्रिय दबाबलाई अब कसैले रोक्न नसक्ने उल्लेख गरे।

'हामी कसैले बन्दुक पड्कायो भनेर हामी तोप को कुरा गर्दैनौं' भनेर माओवादीहरुलाई कटाक्ष हानेका उनले नेपाली काँग्रेसले पूर्ण बहुमत ल्याउने ठोकुवासमेत के कसरी भन्ने तथ्य बिनै गरे।

'एक पटकको नेपाली संधैको नेपाली' मागप्रति काँग्रेस प्रतिबद्द ?

उता सभापति कोईरालाले 'एक पटकको नेपाली संधैको नेपाली' भन्ने प्रबासी नेपालीहरुको मागलाई आफ्नो पार्टीको आगामी चुनावी संकल्प पत्रमा उल्लेख गर्न आफू प्रतिबद्द रहेको बताए।

उनको यो भनाईलाई पत्याउने हो भने गैर आवासीय नेपाली संघ (एनआरएनए) अगुवाहरुले सन् २००३ देखि माग गर्दै आएको यो माग आगामी चुनावको मुखसम्म सबै दलले पुरा गर्ने लख काट्न सकिन्छ।

नेपालमा आगामी नोबेम्बर १९ तारिख (मंसिर ४ गते) हुन लागेको संबिधान सभाको निर्वाचनको चुनावी मौसमलाई 'क्यास' गर्न सक्ने हो भने एनआरएनहरुले नेपालका सबै दलहरुलाई चुनावी घोषणा पत्रमार्फत यस्तो संकल्प गराउन कुनै अप्ठेरो देखिदैन।


Group photo session with Nepali Congress party president Sushil Koirala in New York on June 30, 2013. Photo: eEyecam.com


जनसंपर्क समिती अमेरिकाको भाँडभैलो छताछुल्ल

उक्त समारोहमा नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिकाको भाँडभैलो अमेरिकि काँग्रेसी बन्धुहरुले सार्वजनिकरुपमा छताछुल्ल पारे।

समितिका अपदस्थ संयोजक खगेन्द्र जिसीले आफ्नो भाषण गर्ने पालोमा सम्बोधन गर्दै आजैको मितीदेखि बिष्णु सुबेदीको संयोजकत्वमा गठित नयाँ अधिबेशन तयारी समितिलाई कार्यभार हस्तान्तरण गरेको घोषणा गरे।


Nepali Jana Samparka Samiti America ex-co-ordinator Khagendra GC speaking at the interaction. Photo: eEyecam.com

समितिका अर्का अपदस्त उपसंयोजक तथा काँग्रेस महासमिती सदस्य बेदप्रशाद खरेलले नयाँ समितीले सबैलाई समेटेर लैजान सके मात्र आफूहरुले सहयोग गर्ने बताउँदै सभापति कोईरालालाई 'एक पटकको नेपाली संधैको नेपाली' को संकल्प जारी गर्न आग्रह र चुनौती दिएका थिए जसको जवाफमा नेता कोईरालाले  उक्त संकल्प गरेको बताएका थिए।


Nepali Congress Organizational Dept member Mridula Koirala speaking at the interaction. Photo: eEyecam.com

कार्यक्रममा नेपाली काँग्रेस उत्तर अमेरिकि प्रतिनिधी एबं नेपाली काँग्रेसको संगठन बिभाग सदस्यमा हालसालै मनोनित म्रिदुला कोईरालाले पार्टीले सुम्पेको गहन जिम्मेवारी पुरा गर्न नेपाल फर्किएको बताएकी थिईन्।

कार्यक्रममा समितिका सल्लाहकार बंशलाल तमाङ, काँग्रेस महासमिती सदस्य एबं जनसंपर्क समिती अमेरिकाका पूर्व केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, समितीको अधिबेशन तयारी समिती सदस्य मुनिन्द्र नेम्बाङ र समितिको न्यू योर्क च्याप्टर अधिबेशन तयारी समिती सदस्य सचिब जनेश गुरुङले सम्बोधन गरेका थिए।


Nepali Jana Samparka Samiti America Co-ordinator Bishnu Subedi speaking at the interaction. Photo: eEyecam.com

नेपाली जनसंपर्क समिती अमेरिका अधिबेशन तयारी समितीका संयोजक बिष्णु सुबेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा अधिबेशन तयारी समिती सदस्य प्रमोद सिटौलाले स्वागत मन्तब्य राखेका थिए भने संचालक बिकास बिष्टले गरेका थिए।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 



Pramod Sitaula. Photo: eEyecam.com



Janesh Gurung. Photo: eEyecam.com



Munindra nembang. Photo: eEyecam.com



Banshalal Tamang. Photo: eEyecam.com



Bed P Kharel. Photo: eEyecam.com


Anand Bist. Photo: eEyecam.com


Bikash Bista. Photo: eEyecam.com


Photo: eEyecam.com

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.