Inside

All Time Top 50 News

न्यू योर्कमा संरासंको ६५ औं महासभामा भाग लिन गृह मन्त्री भीम रावलको नेत्रित्वमा ११ सदस्यीय नेपाली टोलीको तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 16 September 2010 16:00

संरासं मुख्यालय, न्यू योर्क अघिल्तिर हिमाल बचाउने र्‍याली Save the Himalaya को आयोजना गरिदै
Exclusive:
काठमाडौं / न्यू योर्क- संयुक्त राष्ट्र संघको ६५ औं महासभामा भाग लिनकालागि नेपाली प्रतिनिधि मण्डल शुक्रबार राष्ट्र संघको मुख्यालय रहेको अमेरिकाको ब्यापारिक नगरी न्यूयोर्कतर्फ लाग्ने भएको छ भने सेप्टेम्बर २१ बिहान ११ देखी ५ बजे संरासं मुख्यालय अघिल्तिर हिमाल बचाउने र्‍याली Save the Himalaya को आयोजना गरिएको छ।


नेपालको तर्फबाट गृहमन्त्री भीम रावलले नेतृत्व गर्ने सो महासभामा 'तीन चन्द्र' हरु सहभागी हुने भएपछि यो टोली चर्चित बनेको छ ।

सो टोलीमा सदस्यको रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, हाल प्रधानमन्त्री माधब नेपालको बैदेशिक सल्लाहकार रहेका संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कूलचन्द्र गौतम र न्यूयोर्कस्थित नेपालको राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य छन् । उनीहरुलाई तीन चन्द्रको रुपमा नामाकरण गरिएको छ।

को को भाग लिदैछन्?

सो महासभामा भाग लिन गृहमन्त्री रावलसँग डा. पोखरेल र गौतमका अलवा राष्ट्र संघ हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भट्टराई र उपसचिव डोरनाथ अर्याल जानेछन् भने न्यूयोर्कबाट स्थायी प्रतिनिधि आचार्य, उपस्थायी प्रतिनिधि शंकर बैरागी, उपसचिवहरु अमृत राई, मणि भट्टराई प्रथम सचिब (शाखा अधिक्रित) मणिरत्न शर्मा र द्विप्तीय सचिब (शाखा अधिक्रित) जङ्गबहादुर गुरुङ सहभागी हुनेछन् । नेपाली टोली ११ सदस्यीय हुने बताइएको छ ।

महासभामा भाग लिन काम चलाउ प्रधानमन्त्री नेपाल आफै जाने तैयारीमा भएपनि अनमिनलाई गरिएको अपमानका कारण त्यहाँ हुनसक्ने आलोचनाका साथै माओवादी नेतृत्वमा सरकार बन्न सक्ने सम्भावनालाई रोक्ने उद्देश्यकासाथ कार्यक्रम रद्ध गरेपछि गृहमन्त्री रावलको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलले महासभामा भाग लिन लागेको हो ।

राष्ट्र प्रमुख नआउँदा नेपालको कन्त बिजोग !

यता यस पालीको महासभामा सेप्टेम्बर २० देखी २२ संरासंको Millennium Development Goals (MDGs) सम्बन्धी उच्च्स्तरीय प्लेनरी बैठक हुने भएको हुँदा नेपाल 'अल्प बिकसित राष्ट्रहरु' (Least developing Countries) को अध्यक्ष राष्ट्र भएको नाताले राष्ट्र प्रमुखहरु भाग लिने यस्तो महत्वपूर्ण बैठकमा प्रधानमन्त्री आउन नसक्दा बैठकमा आफ्नो देशको समस्याप्रति विश्वको ध्यानकर्शण गर्न चुक्ने स्थिती श्रीजना हुन पुगेको छ।

यद्दपी गृह मन्त्री रावलले सेप्टेम्बर २० तारिख दिउसो नेपालकोतर्फबाट बैठकमा सम्बोधन गर्ने तय भएको संरासंकालागि नेपाली स्थाई नियोगका प्रोटोकल हेर्ने प्रथम सचिब मणिरत्न शर्माले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।

'अल्प बिकसित राष्ट्रहरु' (Least developing Countries) सम्बन्धी साइड इभेन्ट

त्यसैगरी, प्रथम सचिब शर्माकाअनुसार नेपालले LDCs कोतर्फबाट सेप्टेम्बर २१ बिहान ८:३० देखी १०:३० 'अल्प बिकसित राष्ट्रहरु' सम्बन्धी साइड इभेन्ट बैठक डाकेको छ जहाँ LDCs का ४९ सदस्य राष्ट्रहरुका अलावा अनुदानदाता राष्ट्रहरुको सहभागीता रहनेछ।

 



नेपाल गत बर्ष सेप्टेम्बर २९ देखी LDCs को अध्यक्ष बनेको हो। ५ बर्षको समयबधिमा बाङ्गलादेश देशले २ बर्ष कार्यकाल पुरागरी नेपाललाई जिम्मा लगाएको हो। नेपालले ३ बर्ष अध्यक्षको रुपमा नेत्रित्व प्रदान गर्नेछ। नेपाल अहिले LDCs को सन् २०११ मा टर्कीमा हुने चौथो सम्मेलनको तयारीमा लागेको छ।

पढ्नुहोस् सम्बन्धी हाम्रो बिशेष रिपोर्ट:

http://www.usnepalonline.com/ilovemyworld/the-fate-of-the-worlds-49-poorest-countries.html

हिमाल बचाउने काइदा: संरासं मुख्यालय अघिल्तिर Save the Himalaya र्‍याली

यता संरासं मुख्यालय अघिल्तिर यही सेप्टेम्बर २१ बिहान ११ देखी ५ बजे बिच  हिमाल बचाउने र्‍याली Save the Himalaya को आयोजना गरिएको छ।

गत बर्षको डिसेम्बर ७ देखी १८ मा सम्पन्न संरासंको जलवायु परिवर्तन (climate change) सम्बन्धी U.N. Framework Convention on Climate Change (UNFCCC) Conference “COP15” मा जलवायु परिवर्तनकाकारण नेपालका हिमालहरु पग्लिदै र खिइदै गएको र त्यसबाट नेपाललगायत मुलुकका हिमालबाट निस्कने पानीमा भर पर्ने जनतालाई पर्न गएको असरबारे नेपालले कुनै उपलब्धी हाँसिल गर्न असफल रहेको सन्दर्भमा विश्वको ध्यान आकर्सन गर्न उक्त र्‍यालीको आयोजना गर्न लागिएको हो।

Save the Himalaya Awareness rally flayer.

र्‍यालीलाई नेपाल सरकारको समर्थन

गत बर्ष डेन्मार्कको कोपेन्हेगनमा सम्पन्न उक्त कोप-१५ बैठकको सम्मुख नेपाल सरकारको मन्त्रिमन्डलको बैठक विश्वको सर्बोच्च शिखर सगरमाथाको बेस क्याम्प कालापथ्थरमा डाकेर फोटो सेसन गर्ने र हल्ला खल्ला गर्ने बाहेक कुनै उपलब्धी हुन नसकेपछि जिल्ल परेको बेला सरकारले न्यू योर्कमा आयोजना गरिएको चेतनामुलक र्‍यालीलाई नेपाल सरकारको बन तथा भूसंरक्षण मन्त्रालयद्वारा समर्थन गरिएको छ।

र्‍यालीलाई एनआरएन अमेरिका (NRN USA) र राष्ट्रिय प्रक्रिती संरक्षण कोशद्वारा पनि समर्थन गरिएको छ।

र्‍याली गर्नु अघी

न्यू योर्क र्‍यालीका संयोजक मध्येका एक टेक गुरुङकाअनुसार यो न्यू योर्क र्‍याली गर्नु पर्छ भनेर सबैभन्दा पहिले नेपाल सरकारको राष्ट्रिय प्रक्रिती संरक्षण कोश अन्तरगतको अन्नपूर्ण संरक्षण एरिया प्रोजेक्टका कार्यकारी निर्देसक सिद्धार्थ बज्राचार्यले NRN USA का Promote Culture & Visit Nepal 2011 का डाइरेक्टर राजा घलेलाई संपर्क गरेका थिए। त्यसपछि डाइरेक्टर घलेले न्यू योर्कमा युनाइटेड डेमोक्रेटिक युथ फोरमका न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङलाई यस बिषयमा काम गर्न अनुरोध गरेका थिए।

सरकारी समर्थन मात्र

NRN USA का प्रेसिडेन्ट सुमन तिम्सिनाले नेपाल सरकारबाट २५ सय अमेरिकि डलर र्‍याली आयोजना गर्न अनुदान गर्ने यस अघी घोषणा गरिएपनि त्यो नदिएको जानकारी युएस नेपाल अनलाइनलाई दिएका छन्।

बन मन्त्री बोहोरासहित २९ नेपाली पर्बतारोहीहरु सहभागी हुने

उता NRN USA ले एक प्रेस बिग्यप्ती जारी गर्दै उक्त र्‍यालीमा नेपालका बन तथा भूसंरक्षण मन्त्री दिपक बोहोराकासाथ सगरमाथा चढेका २९ नेपाली पर्बतारोहीहरु सहभागी हुने जानकारी दिएको छ।

र्‍यालीमा बन मन्त्रिका अलावा ५ जना मन्त्रालयका कर्मचारी, नेपालकासाथै अमेरिकामा रहेका १७ जना पर्बतारोहीहरु सम्मिलित हुनेछन्। जसमा पर्बतारोहीहरुले हिमाल चढ्दा प्रयोग गर्ने सुट पहिरिएर भाग लिनेछन्।

उक्त र्‍यालीमा सबैभन्दा छोटो समयमा सगरमाथा चढेर विश्व कृतिमान कायम गरेका काजी शेर्पा, २० पटक सगरमाथा चढेका आप्पा शेर्पा र सबैभन्दा धेरै उमेरमा सगरमाथा चढेका मिनबहादुर शेरचन सहभागि हुने पनि बिग्यप्तिमा जनाइएको छ।

समय मिले संरासं महासभामा सहभागी गृह मन्त्री रावल पनि र्‍यालीमा एक्यबद्दता जनाउन निस्कने आयोजकहरुले बताएका छन् तर संरासं प्रोटोकल हेर्ने जिम्मा लिएका नेपाली स्थाई नियोगका प्रथम सचिब मणीरत्न शर्माले युएस नेपाल अनलाइन यस बिषयमा जानकारी लिन खोज्दा निधो दिन सकेनन्।

आयोजकहरुकाअनुसार र्‍यालीमा NRN USA का प्रतिनिधिहरु र न्यू योर्कका नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहने छ।

र्‍यालीको तयारी कस्तो छ?

आयोजक मध्येका एक डा. तारा निरौलाकाअनुसार संरासंको मुख्यालयको पूर्वतिर पर्ने ४७ स्ट्रिटस्थित Dag Hammarskjold Plaza को समिपमा बिहान ११ बजेदेखी बेलुकी ५ बजेसम्म र्‍याली गर्न न्यू योर्क पुलिस डिपार्ट्मेन्टमा अनुमाति माग गरिएकोमा १२ देखी ४ बजे र्‍याली र १ देखी ३ बजे नाराबाजी गर्ने छुट मिलेको छ।

त्यसैगरी, ११ बजे देखी १२ बजे तयारी र ४ बजेदेखी ५ बजे सरसफाइको समय तोकिएको छ।

अनलाइन पिटिसन

NRN USA ले Save the Himalaya सम्बन्धी Stop Global Warming! Stop Melting Himalayas ! नारासहितको अनलाइन पिटिसनको शुरुवात गरेको छ। हेर्नुहोस्:

http://www.petitiononline.com/nrnus101/petition.html

 

Visit our special section on Climate Change: http://www.usnepalonline.com/climate-change/

र्‍यालीको प्रतक्ष प्रसारण (Live broadcasting)

युएस नेपाल अनलाइनले उक्त र्‍यालीको आफ्नो होमपेजमा प्रतक्ष प्रसारण गर्ने छ:




Note: Sitaram Baral contributed news from Kathmandu.

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline
http://twitter.com/pradeepthapa

 

Read our related news:

 

-The 65th UN General Assembly, Its agendas & Beyond

-न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !

ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो

-प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त

-न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने

प्रधानमन्त्री नेपालको २४ सदस्यीय भ्रमण टोलीमा को को छन्?

-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा

-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने

-Climate Change: Countdown to Copenhagen 2009

-न्यू योर्कमा प्रधानमन्त्रीसंग "नेपालमा संघियता र नयाँ संबिधान" बारे अन्तर्कृया २५ सेप्टेम्बरमा हुने

प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन

अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन

गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost?
-News update:
बुश र प्रचन्ड दुबै प्रसन्न

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.