NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gautam Dahal   
Tuesday, 09 February 2010 02:22

न्यूयोर्क, अमेरिका- नेपाली जनसम्पर्क समितिअमेरिका एकताको दोश्रो महाधिवेशन मार्च महिनाको २७ र २८ तारिख सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ । महाधिेवेशन स्थान आगामी बैठकबाट घोषणा गर्ने सहमति भएको छ

 


नेपाली जनसम्पर्क समिति, अमेरिका
एकताको दोश्रो महाधिवेशन तयारी समिति
न्यूयोर्क, अमेरिका

मितिः फेब्रुअरी ८, २०१०

प्रेस विज्ञप्ति

न्यूयोर्क, अमेरिका- नेपाली जनसम्पर्क समितिअमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समितिको पहिलो विस्तारित बैठक यही फेब्रुअरी ७ तारिख आईतवार सम्पन्न भएको छ ।

समितिका संयोजक खगेन्द्र जीसीको सभापतित्वमा बसेको बैठकले यही माघ १५ गतेका मितिमा नेपाली काँग्रेस केन्द्रीय समितिबाट प्राप्त निर्देशन तथा सुम्पिएको जिम्मेवारीलाई दृढतापूर्वक बहन गर्ने र पार्टीले निर्धारण गरेको समयसीमाभित्रै समितिको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसले जीसीको संयोजकत्वमा गठीत ३५ सदस्यीय तयारी समितिलाई अनुमोदन गर्दै यही मार्च महिनाभित्र समितिको महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक कार्य विभाजन र विभागहरु गठन गर्ने पूर्ण अधिकार संयोजक जीसीलाई सुम्पिएको पत्र माघ १५ मा प्रेषित गरेको थियो । सोही बमोजिम कार्य आरम्भ गर्नका लागि आइतवार बैठक आव्हान गरिएको थियो ।

बैठकले तयारी समितिको सह-संयोजकमा वेदप्रसाद खरेल (न्यूयोर्क) लाई नियुक्त गर्ने यस अघिको निर्णयलाई अनुमोदन गरेको छ । यसैगरी, समितिको सदस्य सचिवमा अर्जुन बन्जाडे (टेक्सास) लाई जिम्मेवारी दिइएको संयोजक जीसीले गर्नुभएको प्रस्तावलाई पनि अनुमोदन गरेको छ । बैठकले आगामी मार्च महिनाको २० तारिखभित्र साधारण तथा कि्रयाशील सदस्यता वितरण तथा नेपाली काँग्रेसका शुभेच्छुकहरु छरिएर रहेका अमेरिकाका सबै राज्यस्तरका स्थानीय च्याप्टर तहको अधिवेशन सम्पन्न गर्ने र सोही मितिभित्रै महाधिवेशन प्रतिनिधिहरुको चयन सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको छ । समितिको केन्द्रीय महाधिवेशन मार्च महिनाको २७ र २८ तारिख सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ । महाधिेवशन स्थान आगामी बैठकबाट घोषणा गर्ने सहमति भएको छ ।

बैठकले आइतवारका मितिदेखि लागू हुने गरी १० दिनभित्र अन्तरिम मस्यौदा विधान तयार गर्न समितिका सदस्य सुशील अधिकारी टेक्सास लाई संयोजक तोकी जिम्मेवारी सुम्पेको छ । यसैगरी, अमेरिकाभर छरिएर रहनुभएका काँग्रेस शुभेच्छुकहरुलाई तत्काल सदस्यता लिईदिन आग्रह गर्ने निर्णय गरेको छ । यसका लागि तीन वर्षे साधारण सदस्य बहाल रहने गरी विद्यार्थीलाई एकमुष्ठ २० अमेरिकी डलर र अन्यलाई एकमुष्ठ ३० अमेरिकी डलर साधारण सदस्यता शुल्क निर्धारण गरिएको छ । पार्टीको कि्रयाशील सदस्यताका लागि आवेदन शुल्क २५ डलर र पार्टीको भवन निर्माण समितिमा जम्मा हुने गरी कि्रयाशील सदस्यता फारामसँगै स्वेच्छिक चन्दा संकलन गर्ने निर्णयसमेत गरिएको छ ।

महाधिवेशनलाई व्यापक र भव्यरुपमा सम्पन्न गर्नका लागि आईतवारको बैठकले चित्रा केसी- मेरिल्याण्डको संयोजकत्वमा सदस्यता तथा संगठन उपसमिति, धर्मराज श्रेष्ठ- कोलोराडो को संयोजकत्वमा आर्थिक उपसमिति, गौतम दाहाल - मेरिल्याण्ड को संयोजकत्वमा सूचना तथा प्रचार प्रसार उपसमिति, रबिन्द्र राई- क्यालिफोर्नियाको संयोजकत्वमा सामाजिक,सांस्कृतिक एवं अल्पसंख्यक मामिला सम्बन्धी उपसमिति, प्रभा शर्मा- मेरिल्याण्डको संयोजकत्वमा महिला उपसमिति, कृष्ण पोखरेल- न्यूयोर्कको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उपसमिति र भगवान मैनाली- टेक्सासको संयोजकत्वमा अभिनन्दन तथा सम्मान उपसमिति गठन गरेको छ । साथै महाधिवेशन तयारी समितिको कार्यालय न्यूयोर्कमा राख्ने निर्णय समेत गरिएको छ ।

बैठकको आरम्भमा संयोजक जीसीले हालैको आफ्नो नेपाल भ्रमणको क्रममा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालगायत कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता शेरबहादुर देउवा, सहमहामन्त्री एवं पार्टी प्रवक्ता अर्जुननरिसंह केसी, केन्द्रीय सदस्य डाक्टर रामशरण महतलगायतका केन्द्रीय नेताहरुसँग भेटघाट तथा जनसम्पर्क समितिको महाधिवेशनका बारेमा छलफल भएको जानकारी दिनुभएको थियो । उहाँले पार्टी सभापति कोइरालाको सन्देश भन्दै तयारी समितिमा रहनुभएका र अमेरिकाभर छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुप्रति पार्टी नेतृत्वले संगठन निर्माण र विस्तारमा महत्वपूर्ण योगदानको अपेक्षा राखेको सन्देश सुनाउनु भएको थियो । सभापति कोइरालाले अमेरिकामा रहेका पार्टीका साथीहरुलाई जिम्मेवार र अनुशासित भएर संगठन सुदृढ गर्न निर्देशन दिएको बैठकमा जीसीले जानकारी गराउनु भएको थियो । सभापति कोइरालाले अमेरिकामा हुन लागेको समितिको महाधिवेशनले काँग्रेस शुभेच्छुकहरुलाई विगतका तिक्तताहरु भुलेर सुदृढ एकताको सन्देश प्रवाह गर्न सफलता प्राप्त होस् भन्ने सन्देश दिनुभएको संयोजक जीसीले बताउनु भएको थियो ।

जय नेपाल ।

धन्यवाद,
गौतम दाहाल

संयोजक
सूचना तथा प्रचार प्रसार

-Gautam Dahal in USA

Cordinator, Media & Publicity

Nepali Jana samparka Samiti America

2nd Unity Convention Organizing Committee

Read related news about Nepali Jana Samparka Samiti America:

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?