Inside

All Time Top 50 News

न्यू योर्कमा 'नेपाली लेडिज साँझ-६ आगामी जुन २ तारिख हुँदै, स्लिमिङ बन्ने लहर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 29 May 2018 16:50

Exclusive: न्यू योर्क- न्यू योर्कका नेपाली महिलाहरुले सन् २०१२ देखि भब्यतापूर्वक मनाउँदै आएको "नेपाली लेडिज साँझ" यसपाली जुन २ तारिख शनिवार न्यू योर्कको ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा आयोजना गरिने जानकारी आयोजकहरुले गराएकाछन् । बिगतका वर्षहरूमा जस्तै यस पटक पनि नेपाली महिलाहरुको ट्यालेण्टलाई प्रस्तुत गरिने छ । न्यू योर्कका नेपाली दिदि-बहिनीहरुले यसै साँझलाई लक्षित गरी डाईटिङ गर्ने र शारिरिक ब्यायम गरी को भन्दा को कम बन्ने लहर नै चलेको छ । एक जना महिलाले आफूले १४ पाउण्ड बजन घटाएको रोचक कुरा युएसानेपालअनलाईनलाई खुलाशा गर्दै भनिन्-"हाम्रो लेडिज साँझको हरेक वर्शको फोटोहरु रहेको वेबसाईड पनि बनिसकेछ । यसो फोटो हेर्छु त आफूलाई अरु भन्दा मोटी पो देख्छु त । यसपालीको मेरो फोटो हेर्नुहोला, मैले धेरै मिहिनेत गरेर आफूलाई स्लिम पारेकिछु ।" उनले बजन घटाए पछि आफू थप जाँगरिलो र स्वस्थ महसुस भएको र शरिरमा थकान हुन छोडेको उल्लेख गरिन् ।

Nepali Ladies Sanjh-6 is being held in New York on June 2, 2018.

नेपाली लेडिज साँझ आयोजक समितिले हरेक वर्षको आयोजनाको मुनाफाबाट नेपाल र अमेरिकामा सामाजिक सेवामा सहयोग पुर्याउँदै आएको छ । उक्त साँझले सन् २०१३ मा नेपालकि साबिका थापालाई किड्नी ट्रान्स्प्लाण्टको लागि सहयोग गरेको थियो भने सन् २०१४ मा न्यू योर्क कि प्रासा तुलाधरलाई फोक्सोको उपचारको लागि सहयोग पुर्‍याएको थियो । सन् २०१७ मा एनआरएन महिला उम्मेद्वारहरुको स्वायत तथा अन्तरकृया कार्यक्रम र गोर्खाअल्याण्ड आन्दोलनका पिडितहरुलाई राहत पुर्‍याएको थियो ।

त्यसैगरी, सन् २०१६, २०१७ र २०१८ मा नेपाली बालबालिकाहरुको किड्स ट्यालेण्ट कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिसकेको छ जसमा डेढ सयभन्दा बढी न्यू योर्कका बालबालिकाहरु सहभागी भएर आ-आफ्नो प्रतिभा प्रदर्शन गर्ने र नयाँ कुरा सिक्ने मौका पाएका थिए ।

नेपाली लेडिज साँझको अफिसियल वेबसाईट हेर्नुहोस्: www.NepaliLadiesSanjh.com

-Pradeep Pariyar Thapa Magar. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-Nepali Children showcased their talents in New York

-न्यू योर्कमा 'नेपाली लेडिज नाईट-५' भव्यतापूर्वक सम्पन्न

-न्यू योर्कमा तेश्रो नेपाली लेडिज नाइट सम्पन्न

-न्यू योर्कमा दोश्रो 'नेपाली लेडिज् नाइट' को रमाइलो हेर्ने हैन?

-न्यू योर्कमा दोश्रो वार्षिक लेडिज नाइट सम्पन्न, क्याट वाकदेखि इलेफेन्ट वाक !

-न्यू योर्कमा रमाइलो 'नेपाली लेडिज नाइट' सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुको रत्यौली "लेडिज नाइट" को रमझम हेर्ने होइन?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.