Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Bishal Shah   
Tuesday, 15 September 2009 14:30
न्यू योर्क- एन एण्ड जे इन्टरटेण्ट्मेन्ट इन्क्, यु. एस्. ए (N & J Entertainment Inc. USA) को आयोजनामा न्यू योर्कमा सेप्टेम्वर १३ का दिन साहित्य सम्मेलन सम्पन्न भएको छ ।
 
 
राष्ट्रिय गीतबाट शुरु गरिएको सो कार्यक्रममा संस्थाकी अध्यक्ष साहित्यकार कमला प्रसाईंले सहभागी नेपाली भाषा र साहित्य प्रेमीहरुलाई स्वागत गर्दै संस्थाले विगत चार वर्षदेखि नेपाली भाषा-साहित्यको संरक्षण र बिकासमा पुर्‍याएको योगदान बारे चर्चा गर्नु भयो ।

सो कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्यले नेपालकी वरिष्ठ कलाकार श्रीमती वसुन्धारा भुसालको सम्मान गर्नु भयो । कलाकार भुसालले चलचित्र क्षेत्रमा पुर्‍याउनु भएको योगदान स्वरुप संस्थाले सो सम्मान प्रदान गरेको हो ।
 
Senoir Actress Basundhara Bhusal. Photos: eEyeCam.com
 
सम्मान पाउने अन्य व्यक्तिहरुमा वरिष्ठ साहित्यकार होमनाथ सुबेदीलाई नेपाली भाषा-साहित्यमा योगदान पुर्‍याउनु भए वापत ‘चम्किलो साहित्यिक तारा’ को रुपमा, डा. कमल पाण्डेलाई सामाजिक र धार्मिक क्षेत्रमा, डिसीनेपाल डट्कम (DCNepal.com) का स्वंचालक रामहरि सुबेदीलाई सबैभन्दा उत्कृष्ट वेव-म्यागाजिनको र खेम भट्टचनलाई नेपाली भाषा-साहित्यको निमित्त गर्नु भएको सेवा वापत सम्मान प्रदान गरिएको थियो ।
 
Singer Pabita Bagchand Pariyar recieving appreciation letter from Senoir Actress Basundhara Bhusal. Photos: eEyeCam.com
 
कार्यक्रमको बिचार-सत्र अन्तर्गत “नेपाली भाषा-साहित्य, कला र संस्कृतिको संरक्षणमा हाम्रो भूमिका” विषयमा विभिन्न व्यक्तिहरुले विचार व्यक्त गर्नु भएको थियो । डा. गीता आचार्य, डा. तारा निरौला, वरिष्ठ साहित्यकार होमनाथ सुबेदी र डा. कमल पाण्डेले आ-आफ्नो विचार राख्ने क्रममा नेपाली भाषा-साहित्यलाई बचाई राख्नुपर्ने कुरा व्यक्त गर्नुको साथै नेपाली भाषा विश्वोको सबैभन्दा उत्कृष्ट भएको प्रमाण पेश गर्नु भयो ।

सगुन बस्नेत र सरोज अर्यालद्बारा स्वंचालित कार्यक्रममा कविता प्रतियोगिता पनि गरिएको थियो ।
 
विजयी कवि-कवयित्रीहरु- विद्याबिमल बराल (प्रथम), परिता राजभण्डारी (दोश्वो), पुनम काफ्ले (तेश्रो) र सान्तवना पुरस्कार रामचन्द्र थापालाई प्रदान गरिएको थियो । कविता प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार ज्योती पौडेल, डा. तारा निरौला र डा. कमल पाण्डे रहनु भएको थियो।

त्यस्तै, कार्यक्रम स्वंचालक सगुन बस्नेत र सरोज अर्याल तथा गायक तिलक श्रेष्ठ र गायिका पबिता परियारलाई पनि कार्यक्रम सफल बनाए वापत प्रमाण-पत्र प्रदन गरिएको थियो । 
 
N & J Entertainment Inc. USA President Kamala Prasai. Photos: eEyeCam.com
 
साहित्यकार कमला प्रसाईंको संयोजनमा भएको साहित्यिक कार्यक्रम स्मरण योग्य भएको कुरा सभाध्यक्ष वरिष्ठ कलाकार श्रीमती वसुन्धारा भुसालले बताउनु भयो ।

डिसीनेपाल डट्कम (DCNepal.com) द्बारा प्रत्यक्ष प्रसारित सो कार्यक्रम दशौं हजार दर्शकहरुले हेरेका थिए । विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरुले साहित्य सम्मेलनमा भाग लिएका थिए ।
 
-Bishal Shah in New York
 
Tek Gurung
 

Punam Kafle. Photos: eEyeCam.com


Singer Tilak Shrestha


Bidhyabimal Baral

Parita Rajbhandari. Photos: eEyeCam.com
 


Photos: eEyeCam.com
 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.